~बूँद राना~
जैले पनि खुकुरीको धार हदै भो
फूलजस्तो जिन्दगीमा भार हदै भो।
सुमधुर धून झिकूँभन्दा झिकिन्न
छिन्छ सधैँ सारङ्गीको तार हदै भो।
‘जीत’ भन्ने शब्द मात्र हुन्छ कि क्या हो?
कैलेसम्म घाँटी भिर्ने? हार हदै भो।
घाम माग्दा पानी दिई पार्छ धुरुक्क
बैइमानी मौसमको मार हदै भो।
उनले गुने दुई दुने आठ हुन्छ रे
हाम्रो भने आठ दुने चार हदै भो।
टुकी निम्ति हो भने त होला भनिन्थ्यो
सुर्जेलाई हत्केलाको बार हदै भो।
मालीलाई ‘माली’ अब भन्नु कसरी?
गुलाफमा बारुदको खार हदै भो।
भेलबाढी हुन्छु भनेको छ ‘बूँद’ले
हुन्छ अब वार कि त पार हदै भो।
(श्रोत:- अन्तर्जाल)