~बूँद राना~
काँडामा टेकी पाइला अघि सारे पो जिन्दगी
भुमरीमाझ परेको डुङ्गा तारे पो जिन्दगी।
आफन्तहरुले मात्र ‘आहा’ भने त के भने
पराई जति सबैले मन पारे पो जिन्दगी।
‘माटामा मिल्ने, माटो हो’ भन्ने हो भने के भनौँ
नम्बरी सुन भन्ने हो भने खारे पो जिन्दगी।
कालले डाक्यो भन्दैमा सँगै जाने के जिन्दगी?
कालले सँगै नसकी लान छाडे पो जिन्दगी।
गार्हो छ भिर्न लाछी र हुतिहारामो पगरी
यो जानी–जानी कल्ले पो भन्ला– ‘हारेको जिन्दगी?’
(श्रोत:- अन्तर्जाल)