~विवश सापकेाटा~
एकदुई दिनमै चुँडिने, काँधको त्यो धागोमा हुन्न धर्म अडेको।
वली दिन ठीकपारेको विचरा त्यो राँगोमा हुन्न धर्म अडेको।
युद्ध, द्वन्द, खडेरी अनि खाद्य संकटले मर्दैछन् मान्छे यहाँ
चामल, घ्यू डढाउन बालेको त्यो आगोमा धर्म अडेको।
राम्रो काम गरेर ईश्वरलाई खोजेमा भेटिन्छ है आफैमा
भगवान भनि पुजीने पहिरो जाने डाँडोमा हुन्न धर्म अडेको।
चिप्ला बचन बोलेर, दुई मन्त्र फुकेर धेरै धन कमाउन
अर्को घर भ्याउन गरिने त्यो चाँडोमा हुन्न धर्म अडेको।
(श्रोत:-अन्तर्जाल)