कथा : सम्‍बन्‍ध

~आलोक चालिसे~

किस्सा १.

दीप शिक्षा र संस्‍कारमा महत्‍व दिने मध्‍म बर्गिय परिवारको आदर्श पात्र हो । नामधन्‍य बिध्‍यालयबाट राम्रो श्रेणीमा माध्‍यमिक तह उत्तीर्ण गर्छ । डाक्‍टर बन्‍ने धोको छ उसको ! तर उस्‍का पिता साधारण ब्‍यापारी, लाखौंलाख खर्च गर्न सक्‍ने आमत छैन । दीप मानसीक ज्‍वारभाटमा छ , अब के गर्ने ? संझौता !! स्‍थानिय उच्‍च मा बि मा ब्‍यबस्‍थापन बिषयमा दाखिल हुन्‍छ ।

दीपका प्रत्तेक कृयाकलाप र रुपगुणलाइ नियाल्न थालेकी छन्‌ जलुले । उनी पिताको रोजगारी सँगै भारतीय औधोगीक शहर मुम्‍बाइमा जन्‍मेकी आधुनिक बिचार मन पराउने केटी हुन्‌ । दुबैमा आकर्षण छ , घमण्‍ड पनि ! मौनतालाई जलुलेनै चिर्ने जमर्को गर्छीन्‌ । उनको प्रष्‍ताबलाई सहर्ष स्‍विकारर्‍यो दीपले । फलस्‍वरूप २१ वर्षे दीप र १९ की जलुमा एउटा सम्‍बन्‍धको अङ्‌कुरण भयो । सामाजिक पुरातन बिचार बिरुद्ध बिद्रोह गरे । परिणाम अन्‍तर जातीय बिबाह भयो उनिहरुमा,पारिवारीक मन्‍जुरी बीना । दीपलाई छात्रबृत्तीले जापान डोर्‍यायो । ऊ मेहेनतमा तल्‍लिन थियो । “जति टाढा रह्‌यो , उति माया मौलाउँछ “,दीप को ब्‍यबहारले यसै भन्‍थ्‍यो । तर जलुका बैशालु मनमा बिस्‍तारै बिस्‍तारै अषन्‍तोष पैदा गर्दे थियो – रहर र उमङगका चाहनाले । भनिन्‍छ नि “नौ दिन नदेख्‍दा नौलो, बीस दिन नदेख्‍दा बिर्रस्‍यो “। जलुका मनमा दीपका बिरुद्द गुनासा र अबिस्‍वासका चम्‍काहरु चुलिदै गए । ऊनको नजरमा अब दीप नालायक पती छ । न जलुलाई भौतिक – मानषिक सुख दियो, न यथेष्‍ट सम्‍पती नै । केबल भूगोलको सीमापारी कतै नाममात्रको सम्‍बन्‍ध छ । ऊन्‍को सोचमा कहालीलाग्‍दो पाहाड उभिए । अहिले उनिहरु एउटै भूगोलको सिमानामा छन्‌ तर साथ छैन । नत कानुनी रुपमै अलग छन ! सुनिन्‍छ , आजकाल दीप मानसिक बिछिप्‍त छ रे प्रेम बीयोगमा ।

किस्सा – २

धनबहादुर, ब्‍यापारको क्रममा बनेपाबाट बसाइ सरेर आएका नेवार परिवारको कान्‍छो छोरो । सम्‍पन्‍न वर्गको नभएपनि साथीभाइ बीचमा ऊस्‍को छुट्‌टै रवाफ छ । मिठाई, चकलेट र आइसक्रीमको भोज गर्न सक्‍ने उस्‍को आमत छ । शत्ति सधैं सम्‍पन्‍नता कै पछाडी त घुमेको हुन्‍छ । राजनीतिमा हेर्नुस्‌, इतिहासमा हेर्नुस्‌, समाज र संगठनको त कुरै छोडौं, बिद्वानमा पनि बिचलन आउछ सम्‍पन्‍नताको अगाडी । अनि त्‍यो फुच्‍चे केटोको त के कुरा ? खुल्‍ला आकाशको रोमान्‍चक उडानमा हराइदिन्‍छ आफ्‌नो जिन्‍दगीलाई ।लहैलहै न हो, लागू पदार्थको सेवनमा फस्‍छ । धन्‍नै दिदीका श्रीमान्‌ परिवारमा चल्‍ता-पुर्जा रहेछन्‌ र बिदेशको टीकट कटाइदिए , दु‍रर्ब्‍यसन्‌ले जकड्‌नु अगावै ।अब देख्‍यो धनबहादुरले देशमा गरेको दादागीरी र नबाफी पन । बल्‍ल तल्‍ल हारगुहार गरेर काम पाउने भाथ्‍यो , पर्यटकीय आगमनको इजाजतको समयाबधिले हात हल्‍लाउन थाल्‍यो ‘सायोनारा’ भन्‍दै।

अब धनबहादुरमा बच्‍पना सुधार्ने दृढता छर्लङगै देखिन्छ बिदेशको संगत र हण्‍डरले । उस्‍ले भिसा अनुमती नभएपनि नफर्किने निधो गर्‍यो । “पातलो गाठीको फराशिलो धनेको भाग्‍य पनि गतिलै रेछ “। साथीहरु खासखुस गर्थे । कारण उस्‍को सत्‍कार गर्ने भोजनालयमा एकजना स्‍थानीय युबती लठ्‌ठ परिसकेकी थिइन्‌ धनको ब्‍यबहार बाट। युबाहरुमा एउटा होडहुन्‍छ , बिपरीत लिङ्‌गीको मान जीत्‍ने । दौंतरी बीचमा धनले त्‍यो दौड जितिसकेको थियो । सम्‍बन्‍धलाई जीबन्‍त रुप दिने योजनामा मस्‍त थिए उनीहरु, दूर्भाग्‍यले अध्‍यागमन निरिक्षकको बल्‍क्षीमा पर्‍यो धन ।बचावटका शब्‍द थिनन्‌ । अध्‍यागमन अनुमतीलाई लत्‍याएको थियो उस्‍ले । बन्‍दी कक्षमा आ-आफना रुची र बिषयमा हराइरहेका झुण्‍ड भन्‍दा परको कुनामा बस्‍यो । नेपाल हुंदाको बीगत र जापान आएपछीको आइच्‍यान सँग मिलेर देखेको सपनाबारे गम्‍न थाल्‍यो ।’ के हाम्रो सम्‍बन्‍ध यत्तिकैमा तुषारापात हुने भो त ?’ ‘ आइच्‍यानले मलाई चटक्‍कै बिर्सन सक्‍छे ? ‘…गरोस्‌ पनि के ! जन्‍म थलोको सारा सुख-सुबिधा छोडेर किन आउँछे म जस्‍तो अल्‍लारेको पछिलागेर ? बुढो सारसले पँकेटा फड्‌फडाउँदा उडेका प्‍वाँख जस्‍तै महसुष गर्‌यो उस्‍को प्रेमसँबन्‍ध धुजाधुजा भएर उडेको । हुनपनि त अति-बिकशीत शहरका मान्‍छेहरुमा मानषिक सँबेदना भन्‍दा ज्‍यादा यान्‍त्रीक गती र भाव सुन्‍य मनको बाहुल्‍याता हुन्‍छ । बिस्‍तार अरुकोही आउनेछ ऊस्‍को मनमा । सोझी छ, दूख नपाए हुन्‌थ्‍यो !!आषा मार्‍यो त्‍यो सम्‍बन्‍धको ।

‘धन, मैले वकीलसँग कुरा गरें ।’ एकै सासमा थपी-हाम्रो बिबाह दर्ता नभएपनि भावनात्‍मक सम्‍बन्‍ध र साथको प्रमाड जुटाउछु म ।हामी सँगै छौं नि महिनौं देखी। म तिमीलाई टाढा हुन दिनेछैन आफुबाट !’ मंगोलीयन बनोटको भिउंटे मुहारमा ठुलाठुला आँखाको तरेली भिजाउँदै शीशाको पर्दा बीचमा अन्‍तरापबाट बेदना पोखी ऊस्‍ले । तिमी… यहासम्‍म…??? बक्‍बकाउँदो स्‍वरमा सोध्‍यो आश्‍चर्य चकित धनले । डुब्‍न लागेको स्‍वासमा एउटा त्‍यान्‍द्रोको सहारा देख्‍यो धनले । साँच्‍चै त्‍यो मिहिनेती केटीले अध्‍यागमन कानुन्‌सँग कुश्‍ती खेलेर जिती उस्‍को प्रेमलाई । कसरी भन्‍ने , सम्‍बन्‍ध कच्‍चा धागो हो ? ऊनीहरुको सम्‍बन्‍ध त माया र बिश्‍वाषको बलियो गाँठोले जोडिएको छ ।

किस्‍सा ३

प्रीतीमा, सम्‍पन्‍न परिवारकी सुशिल केटी । सभ्‍यता छ । सुसंस्‍कार छ । नेपाली-हिन्‍दी चलचित्रमा शोख छ उन्‌को । अनि चलचित्र घर जान सक्‍ने आर्थिक पहुंच पनि । जब ऊ किशोराबस्‍थामा प्रबेश गर्छे, लोक कथामा मधुकरले दानबहरु बाट छुटाएर लगेको मालतीको रोमान्‍चकारी कल्‍पनामा डुबाउन रुचाउछे आफुलाई । चलचित्रका नायक-नायीकाको भाबभङ्‌गीमा हराउछे । अनी उमेरकै दोषहोला, सहपाठीको आकर्षक रुपबाट सम्‍मोहीत छ उ आजकाल ।साँच्‍चै मधुकर र मालतीको दुनियामा हराउने बाचामा दुबैजना घरमा थाहैनदिई भाग्‍छन्‌ । घरमा खल्‍लिबल्‍ली चल्‍छ , अत्तोपत्तो छैन उनको । गाइगुई चल्‍छ-भागे रे पृतीमा र आकाश !

उनका अभिभावकले निकै जोड गर्छन्‌ छुटाउनलाई – सम्‍पन्‍नताको दम्‍भ र यथार्थताको बिष्‍लेषण मिसाएर । ”छोडिदे छोरी,केही बिग्रेको छैन । पढ लेख , सबै ठीक हुन्‍छ २-४ बर्षमा । बिर्सिदेऊ तेसलाई।” पृतीमाकी आमाले भनिन्‌। उनी मौन छिन्‌ । दुबैमा दृढ अठोट छ आजिबन साथको । यथार्थको धरातल अर्के छ । माध्‍यमिक तह पनि पास नगरेको केटोले बिहा गरेर कसरी पारिवारीक दायित्‍व सम्‍हाल्‍ने ? कल्‍पनामा त जिन्‍दगी गुज्रिन्‍न । आकाशमा हिनता र अत्‍यास बढ्‌दो छ । बिपरीतमा प्रितीमा दृढ छ । बिहान घर धन्‍दा गर्छे , दिउसो क्‍याम्‍पस जान्‍छे । अनि हरतरहले आकाशको परिबारलाई खुशी तुल्‍याउने ध्‍येयमा लाग्‍छे बाकी समय । आकाश बिस्‍तार-बिस्‍तार असन्‍तुलित हुदै छ । परिबारमा उस्‍को प्रभाब र महत्‍व गीर्दो छ । त्‍यसैले होला चिडचिडाहट र क्रुरता पनि बढ्‌दो छ उस्‍मा ।

पृती भने धर्ती जत्तिकै सहनशील छ । सारा पीडालाई एकान्‍तमा आँसुका ढीक्‍कामा बगाइदिन्‍छे । प्रमाण पत्र तह पनि पुरा गरिसकी उसले । आजकल पिताजीको भन्‍सुनले नोकरीपनि पाएकी छ। आकाश आफुलाई अपमानित महषुस गर्छ पृतीको यो सफलताबाट । पेटमा उनीहरुको मायाको निसानी बढ्‌दो छ । पृतीमाको एकमात्र आषा छ, सन्‍तान भएपछि आकाशमा बदलाब आउने छ । अहँ, स्‍थिती सहन र नियन्‍त्रण बाहिर गैसकेको छ । पित्री प्रधान समाजमा उन्‍ले छोरीलाइं जन्‍माएपछी त झन उग्रता बढेको छ आकाश र उस्‍को परीवारमा । केही लागेन पृतीमाको, छ महिनाको सन्‍तान च्‍यपेर आफ्‍नो अल्‍लारे प्रेमलाई धिक्‍कारर्दे माईतीको शरणमा जान्‍छे । अब जीन्‍दगी ऊस्‍लाई वाक्‍क भैसक्‍यो । माया-प्रेम-सँबन्‍ध सबै सबै उस्‍लाई मशान घाटको कथा जस्‍तै लाग्‍छ आजकाल । आकाशको धम्‍की र ताडना जारी छ । नशामा मातेर जान्‍छ ऊ पृतीमाको जन्‍म घर । तथानाम असभ्‍यता ओकल्‍छ । “छिमेकमा पनि नाकै देखाउन नहुने पारिसक्‍यो । ” पृतीकी आमा फतफताउँछीन्‌ । झन्‌ दुख्‍छ पृतीको मन – धारीलो फलामले रेटे जस्‍तै । उनी पलायन हुन चाहन्‍छीन आकाशको नजर बाट , यो बीरही समाज बाट । पारिवारीक सल्‍लाह र एकजना नातेदारको सहयोगमा उनी जापान पुग्‍छीन्‌ । यात्राभरी ऊनको मन चङगा जस्‍तै हलुका भएर उड्‌छ जहाज सँगै । प्रेम, बिबाह, लोग्‍ने, घर…सबैलाई सँझिन्‍छीन‌ । शब्‍दमा पनि घृणा लाग्‍छ । कहालीलाग्‍दो बिगतमा फर्केर पनि हेर्ने ईच्‍छा हुन्‍न । ऊनी द्रिढ भएर सोच्‍छीन्‌- ” एउटा नया जीन्‍दगी बाँच्‍छु , निष्‍फिकृ-स्‍वतन्‍त्रताको ।जसमा कुनै लैङगीक बिभेद हुन्‍न , श्रीमान पनि हुन्‍न र बन्‍धन्‌ पनि !”

नौलो समाजमा खुल्‍ला पंक्षी भएर बाँच्‍न चाहन्‍छीन ऊनी । अब यही एउटै मात्र धोको छ । समयको प्रबाह बग्‍दो छ । खात्राक-खुत्रुक काम पाएकी छन । तर आम्‍दानी खासै छैन , खोजी जारी छ । यसै सीलसीलामा एकजना फरासीलो सहयोगी भेटीन्‍छ । प्रवेश साँच्‍चै सहयोगी छ, मीहिनेती छ, एउटा आदर्श गुँण बोकेको युबक । पृतीमाको समय भागदौडमै बितिराखेको छ । सँघर्ष छ , नयाँ भाषा र परीबेष मा, तर बिगतको भन्‍दा कता हो कता सहज । नारी मन नहो, भाबनाको कोमल पत्र छेड्‌दै कहीलेकाहीं फुर्सदको समयमा अनायासै लहर उठ्‌छ-”यदी मेरो आकाशमा प्रवेशको ब्‍यबहार भैदिएको भए…।” कल्‍पनाको तड्‌पनबाट ओर्लीएर मन बुझाउँछे- “शुरुमात ऊ पनि कहाँ त्‍यस्‍तो थियो र ? सब यस्‍तैहुन्‌ लोग्‍ने मान्‍छे ! “उनको मनले खबरदारी गर्छ- फेरी त्‍यही मायाको भोक छ तँलाई ? कम्‍जोरी हो यो माया । घण्‍टौँ सम्‍म ओल्‍टे र कोल्‍टे फेरेर बिताउँछे । मनभरी प्रश्‍नोत्तरका तुफान उठ्‌छन्‌ । बिहानीपख बल्‍ल आँखा लागेछ । ऊ त सपनामै युद्‌धको जेहाद छेड्‌दै थिई- बिहा गर्नु, लोग्‍ने हुनु मात्रै पबित्र सँबन्‍ध हो ? कदापी होइन ! एक्‍लो जन्‍मीनु, मर्नुको बीचमा किन कसैको सहारा चाहीन्‍छ? फेरि म तेही दलदलमा फसुँ ?? महाभारत कालमा अर्जुनलाई श्रीकृष्‍ले संझाएका थिए- पार्थ, तिमी युध्‍दको मैदानमा छौ-धर्म र न्‍याय को वकालतको लागी । नाता- सँबन्‍ध केबल भ्रम हुन्‌ । च्‍यतेर हटाउ भ्रमका पर्दालाई ।त्‍यो नव परिचित फरासिलो केटोलाइ टाढा पन्‍छाउने प्रयाशमा थिइन मनको कुनाबाट । आकाशको दानबी रूप संझीदा बद्रोहको आगो दन्‍किन्‍थ्‍यो मनमा । त्‍यसैको ज्‍वालामा कागजका पत्ता सरी जलाउँदै थिइन्‌ पुरुष प्रधान समाजमा महीलाको दासत्‍व सम्‍बन्‍ध । झिसमीसे बिहान भैसकेको थियो । झ्‍यालको अन्‍तराप बाट भित्रिएको चिसोपनले कोठा ओसींदै थियो । तर उनी ऊष्‍णतामा छट्‍पटाइ रहेकी थिइन्‌ । पुस्‍तौं देखी बज्‍यैबाट आमा र आमाबाट उन्‌मा आएको नारी सुलभ कोमल मनले बिद्रोहको आधुनिक बिचारलाइ अबरोध सिर्जना गरी रहेको स्‍पष्‍ट देखिन्‍थ्‍यो । अन्‍तर मनमा त्‍यो नवपरिचीत आकर्षक युबकले बलियो घर बनाइसकेको थियो ।

उनका हातहरु बिस्‍तरा भित्रै सल्‍बलाइ रहेका थिए लोग्‍नेको न्‍यानो आलिङ्‌गनको लागी, अनि फेरि एउटा सँबन्‍ध रोपणकालागी । निद्रामै बरबराउंदै बिच्‍छ्‌यौना बाट जुरुक्‍क उठीन्‌-”सबै पुरुष आकाश हुँदैनन्‌ ।…एउटा परिपक्‍व संबन्‍धको खाँचो छ !”

टोकीयो, डिसेम्‍बर २००७

(श्रोत:-अन्तर्जाल)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.