~‘अभागी’रामचन्द्र रेग्मी~
जन्म र मृत्युको दोसाँधमा अडेर बाँचेको मान्छे
प्रेमको चपेटामा गडेर बाँचेको मान्छे |
हरपल प्रेमको भीख माग्दा माग्दै
सडक र गल्लीमा सडेर बाँचेको मान्छे |
समयलाई आफ्नो काँधमा राख्न खोज्दा खोज्दै
कैंयौ व्यवधान लडेर बाँचेको मान्छे |
तिमी त स्वार्थी नारी परिचय दिईसक्यौ
हृदयको मुटु डढेर बाँचेको मान्छे |
तिमी सधै काँडा हैन फूल झैँ फुलिरहनु
तिम्रै तिरस्कारमा पढेर बाँचेको मान्छे |
(श्रोत:- अन्तर्जाल)