~हरीभक्त कटुवाल~
मेरो यो गीतमा जून मुर्छना छ
त्यो तिमी होइनौ को भन्न सक्छ ।
एउटै छ धरती, आकाश एउटै
एउटै छ उच्छवास, चाहना एउटै;
तरङ्ग धेरै बिक्षिप्त मनमा
आँखाले मात्र को गन्न सक्छ ।
तिमी हात म देऊ, म प्रीत दिन्छु
तिमी आँट देऊ, म जीत दिन्छु,
रहर-कुदेका पाइलाहरूलाई
बन्धनको सागर को खन्न सक्छ ।
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.