कथा : भ्रष्ट मनहरु 

~राजन थपलिया~Rajan Thapaliya

चुरोट धेरै नखा मर्लास भन्दा ऊ भन्थ्यो-त्यसो भए संसारमा मर्ने जती सबै चुरोट खाएर को भएरै मरे का हुन त रु यो सिक्षा प्राणाली नै गलत हो भन्दै, सर हरु सँग घन्टौ चर्को बहस गर्थ्यो । कक्षा ८ म पढ्दा पढदै उसलाई शिक्षा प्राणाली मा निकै खराबि छ, भन्ने लाग्यो ।

यो पढेर केहि काम नहुने देख्यो । त्यो बेला हजुर आमा ले भनि रहनु हुन्थ्यो बाबु पढाई नछोड राम्रो पढिस भने कसै ले नि त लाई हेप्न चेप्न सक्दैन तर पढ्न छोडिस भने सबै ले हेला गर्छन । बाबु तेसैले पढन जा- भन्दा उस्ले हजुर आमा को केहि कुरा सुनेन अनि जबाफ फर्काइ हाल्यो- त बुढी को होस धेरै जान्ने हुने पढ्न मन लागे त जान त ।

तलाई के थाहा, के राम्रो के नराम्रो । धेरै दिमाग न खा । जवानी मा आफु पढ्ने बेला मा चाही मोज मस्ती गरेर हिडिस अहिले चाही हम्लाई अर्ती दिन्छे , तेरो अर्ती त आफै राख।

त्यस पछी का दिन हरु जुवा तास खेल्ने, सधै तरुनी केटी को पछी लागेर हिंड्ने अनि ओल्टो कोल्टो कोही नदेख्ने बितिकै केटी लाई समाती हाल्ने ।

त्यो बेला कती सम्म अन्ध बिश्वास थियो कि ब्रामण सँग तल्लो जात को छोरी चेली ले महिनावारी नहुँदै यौन सम्बन्ध राख्यो भने धर्म हुन्छ भन्ने घटिया मन्यता थियो ।

त्यसैले भैरे ले कसै लाई पनि बाकी राखेन । स्कुल मा हुँदा पनि सधै साथी हरु लाई पिट्ने किताब च्याती दिने गर्दथ्यो । अझ समिर लाई त एकदिन मर्ने गरी पिटेर सिस्नु घारी मा फ्याकिदिएको थियो । उनि कक्षा मा सबै लाई इस्या गर्दथ्यो ।

उ सबै लाई निकै सताउथ्यो। भैरे ८ कक्षा म पढ्ने भए पनि उमेर चाही १६ बर्श काटी सके को थियो । यसरि नै दिन हरु बित्दै गए । भैरे राजनितीमा लागि सकेको थियो । गणतन्त्र को अन्धो भक्त भइ सकेको थियो । उसका साथी हरु ले जिस्काउदै उस्को नाम नै “गणतन्त्र” राखी दिएका थिए । उ आफु लाई निकै चतुर ठान्द्थ्यो ।

भैरे एक दिन बाटो मा हिडिरहेको थियो ।

अचानक २ तला माथि झ्याल बाट एक युबती ले सेक्स सिम्बोल दिइन अनि त भैरे पागल जस्तो बेचैनी भयो ।

उत्तेजित हुँदै सरासर त्यही युबती को कोठा तिर लाग्यो । ति युबती ले यस्तो व्यबहार गरिन कि भैरे लाई बर्षौं पुरानो साथी लाई भेटे जस्तो लाग्यो । रिया यस्ती युबती थिएन जस्ले जवान पुरुष हरु लाई खेलौना को रुप मा हेर्थिन ।

शरिर ले ईच्छा गर्दा युज गर्थिन जब खेल सकिन्थ्यो अनि थोत्रो कागज झै फ्याकी दिन्थिन ।

आज त्यसै खेल मा भैरे पनि एक थोत्रो कागज भएको थियो ।

रिमा लाई सेक्स को अनन्द प्रेम मा हुन्छ भन्ने राम्ररी थाहा थियो । उनि एक सिक्षित नारी थिएन ।

तर के गर्नु लामो समय सम्मन कसैलाई प्रेम गरेकी थिइन तर ब्वाई फ्रेण्डले विवाह गर्न नमाने पछी केटा हरु सबै स्वर्थी हुन्छन, अनि यिनी हरु हाम्रा खेलौना हुन भन्ने भावना उनको मन मा बिकास भइ सके को थियो ।

एक वर्ष पछी उनको त्यही ब्वाई फ्रेण्ड लिन आयो ।

रिना उसको माया मा यती पग्ली सकेकी थिइन कि बर्णन गर्ने कुनै शब्द छैन । अनि केहि बर्श पछी रिना को विवाह त्यही ब्वाई फ्रेण्डसँग भयो । आज उनि व्यवसायीक महिलाको रुपमा निकै सुखी जिबन बिताइ रहेकी छिन ।

भैरे भने त्यो हिजो भेटिएकी केटी रिनालाई आज पनि चान्स पाइन्छ कि भनेर त्यो बाटो ५, ६ महिना सम्म त्यही बाटो हिडिरहन्थ्यो तर त्यसपछी उस्को भेट रिना सँग कहिले भएन ।

देश मा निरङ्कुश राज तन्त्र को जरा उखेल्न महान जन-आन्दोलन भइरहेको थियो ।

भैरे पनि त्यस्को नेतृत्व गरी रहे को थियो । सडक को गल्ली गल्लिमा, चोक चोक मा ऊ सधै अघी अघी पुलिस लाई झम्टिन जान्थ्यो ।

कती लाई त हात खुट्टा भाची दिएको थियो । उ पनि कहिले काही मर्ने गरी पिटाइ खान्थ्यो । आखिर निरंकुश राजतन्त्रको जरा उखेलियो । उस्का साथी हरु अब भैरे लाई गृह मन्त्री बनाउनु पर्छ भन्थे । धेरै ले पार्टी अध्यक्ष लाई सिफारिस पनि गरी दिएको थियो ।

तर उस्को हैसियत केन्द्रिय स्त रमा नभएको कारण ले अनि पढाई लेखाइ पनि त्यती न भएको कारण ले ऊ माथि जान सकेन ।

त्यसपछी पार्टी को सिफारिस मा पर्यटन मन्त्रालयमा पिउन को जागिर दिइयो ।

मन्त्री बन्ने सपना देखेको भैरे त्यो सपना पुरा हुन नपाउदा निकै दुखी थियो ।

राजनीति गर्यो आखिर उस्ले के पायो । यस्तो तल्लो स्त र को जागिर त राजनीति नगरे को भए पनि पाइ हालिन्थ्यो नि जस्तो उस्लाई लाग्यो पुरा राजनीति प्रती उस्लाई घृणा लाग्यो ।

उमेर ले चालिस काटी सकेको थियो । बिगत सम्झी पछुतो मनी रह्यो ।

जे भए पनि आज पहिलो दिन अफिस गयो ।

-हाल: न्यूयोर्क्, अमेरिका
(लेखक लाई rajanthapaliya@gmail.com मा सम्पर्क गर्न सकिन्छ ।)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.