~विवश सापकेाटा~
आयु छोटो भयो हजुर, देशको इज्जत पनि घट्यो
तर पनि सामानको मुल्य चाहीँ बढिरह्यो।
समानताका कुराहरु मात्र नारा हुन् है हजुर
बाहिर नारा लगाएनी भित्रभित्रै लडीरह्यो।
सबैजना आफ्नो मात्रै स्वार्थ हेर्ने भएपछि
मान्छेहरु अघि बढे, देश पछि सरिरह्यो।
इन्धनमा अभाव छ, विद्युतमा चाहीँ लोडसेडिङ्ग
तर पनि विकास गर्ने कुरा भने गरीरह्यो।
पानी पनि नपाइने कस्तो हाम्रो दुर्भाग्य
मेलम्ची त आउने हैन, बाटो मात्र हेरीरह्यो।
गफमा त सबैजना अगाडीनै हुन्छन् हजुर
देशको मुहार फेर्नु छैन कुरामात्रै फेरीरह्यो।
(श्रोत:-अन्तर्जाल)