~विवश सापकेाटा~
आज मैले मान्छेको रगतले माटो मुछिएको देखेँ।
लाखौँ महिलाको सिउँदोबाट सिन्दुर पुछिएको देखेँ।
नेताहरुद्वारा देश लुछिएको देखेँ।
आज मैले देखेँ।
आज मैले शान्ती पनि लुकिरहेको देखेँ।
स्वार्थि नेता भुकिरहेको देखेँ।
नेपाली झण्डा झकिरहेको देखेँ।
आज मैले देखेँ।
आज मैले बाटोमा फुटेर छरिएका चुराहरु देखेँ।
मान्छे मार्न तम्सिएका सुराहरु देखेँ।
आमा बाबु खोसिएका टुहुराहरु देखेँ।
आज मैले देखेँ।
(श्रोत:-अन्तर्जाल)