~विवश सापकोटा~
आज किन किन मुटु दुखेजस्तो लाग्यो।
पीडाका ती गाँठाहरु फुकेजस्तो लाग्यो।
त्यो मोडमा तिमीलाई अचानक देख्दा खेरी
यादका ज्वारभाटा मनमा उठेजस्तो लाग्यो।
तिम्रो माया ठुक्राउने कति सम्म निच रैछु
मेरो आत्माले मलाई नै थुकेजस्तो लाग्यो।
निरर्थक अडान लिई बसेको रहेछु म त
तिम्रो सामु मेरो अहम् झुकेजस्तो लाग्यो।
जीन्दगीको गोरेटोमा सहयात्री पाइनँ मैले
तिम्रो अमुल्य साथ पाउन चुकेजस्तो लाग्यो।
(श्रोत:-अन्तर्जाल)