~विवश सापकेाटा~
अँध्यारोमा बाँच्नेहरु अंधकारमै बाँचिराख
सत्यतालाई बिर्सिएर अज्ञानतामै हाँसिराख।
आँफू बाँच्न पायौ भने अरु किन बाँच्नु पर्यो
तिम्रो देशलाई टुक्र्याएर त्यहाँ आफ्नो जाति राख।
देशमा विकास झँागीएमा घाटा हुन्छ तिमीलाई
बढ्न नदेउ कलिलैमा त्यसको हाँगा भाँचिराख।
कमाऊ तिमी जति सक्छौ, पैसाकै त भोको रैछौ
आफ्नो खल्ति भर्नलाई जनताको काम थातिराख।
सन्ततिका टाउकामा टेकी अघि बढ्नेभए
आफ्नो व्यक्तिगत स्वार्थ देशभन्दा माथि राख।
सोझासाझालाई हेप्ने बानीनै हो मान्छे तिम्रो
लालीगुराँस फूल उखेली त्यहाँ तितेपातिराख।
देश बेचिसके अव तिमीलाई पनि बेच्छन्
तैपनि प्यारो मेरो पार्टी भन्दै नाचिराख।
(श्रोत:-अन्तर्जाल)