~विकाश सापकोटा~
किन छाडी गयौ टाढा मैले के गरेको थ्ये र पाप
निष्ठूरीको जसरी माया मोड्यौ मलाई भोगाई कुन जन्मको पाप ?
जिवनका मोडमा आएका बाधाहरुलाई गर्ने भन्थ्यौ मिलिजुली साफ
मैले त्यस्तो के गरे र ? गल्ति भए देऊ माफ ।
सात जन्म सँगै विताउने भनि देखाएको थ्यौ ख्वाब
सात दिनमै रुख्याई गयौ, खायौ बनाई मलार्ई कबाब
अपनाएकै थिए तिमीलाई, थाहा पाएनि तिमी छौ खराब
मैले त्यस्तो के गरे र ?? पिउने बनायौ मलाई सराब ।
किन गयौ ऊ सँग, लग्यो टपक्क टिपी तिम्लाई बनि बाज
बाहाना बनाइ जान्थ्यौ, आउथ्यौ बनाई झपक्क साँझ
सुखी पार्थे तिम्लाई, लगाई दिन्थे ‘मिस नेपाल’को झै ताज
मैले त्यस्तो के गरे र ??? छाडी गयौ एक्लै पारी यो पापी समाजको माझ ।
मट्टीतेल हाली जलायौ माया, महिला देखी नै आउने गरी धोकाको राँप
मन जितेको थ्यौ, अन्तर र’ैन र’छ केहीपनि तिमी र साँप
छाडी मलाई एक्लो पारी हान्यौ अर्कै सँग टाप
मैले त्यस्तो के गरे र ???? गल्ति भए देऊ माफ । गल्ति भए देऊ माफ ।
(श्रोत:-अन्तर्जाल)