बाल कथा : जूनटिकी

~सबिना सिन्धु~

मेरो जन्म जूनेली रातमा भएको थियो । त्यसैले वैज्ञानिकहरूले मेरो नाम जूनटिकी राखे । मलाई पनि आफ्नो नाम खुब राम्रो लाग्छ । सर्वप्रथम मलाई वैज्ञानिकहरूले खेलौनाको रूपमा जन्माए । म भित्र एउटा साउन्डबक्स राखिएको थियो । मेरो ढाडको पछाडि पट्टी ब्याट्री राख्ने ठाउँ थियो । त्यसमा ब्याट्री राखेपछि म सुरीलो भाकामा गीत गाउन सक्थेँ । एउटी सानी केटीको स्वर मेरो शरीरमा रहेको साउन्डबक्स भित्र रेकर्ड गरिएको थियो । ती केटीको नाम कि्रस्टिना थियो । उनी वैज्ञानिक डब्लु। डब्लु। एच। कि छोरी थिइन् । मेरो निर्माणकार्यमा अमेरिकी नेपाली फ्रान्सेली वैज्ञानिकहरू संलग्न थिए । मेरो नाम सर्वप्रथम प्रस्तावित गर्ने नेपाली वैज्ञानिक नै थिए । एकदिन वैज्ञानिक डब्लु। डब्लु। एच। लगायत दर्जनौं बैज्ञानिकहरुको बैठक बस्यो । ती वैज्ञानिकहरूले मेरो शरीरमा तराहरु जडान गर्नु भयो । मलाई ठुलो आकार दिनुभयो । म अब कि्रस्टिना जत्रै देखिने भएँ । म रिमोटबाट चल्थेँ । ठुला ढुङ्गाहरू उचाल्न सक्थेँ । टे्र माथि चियाहरु बोकेर सबैलाई चिया बाँड्न सक्थेँ । किस्टिनाको जन्मदिनको दिन उसले मलाई हाँगा माथिको फूल टिप्न लगाएकी थिई । उसले रिमोट थिची । मैले आफूभन्दा धेरै अग्लो रुखको हाँगाबाट फूल टिपेँ । किस्टिनाले आफैँले माला उनी । त्यसदिन सबै निम्तालुृहरुको अगाडि मैले उसलाई माला लगाइदिएँ । उसले मख्ख पर्दै मलाई धन्यवाद ! जूनटिकी भनी । सबैले रमाइलो गरी ताली बजाए । खाना खाइसकेपछि कोही गीत गाउन थाले कोही नाच्न थाले । कि्रस्टिना पनि नाच्न थालिन् म मात्र चुपचाप टोलाएर उभिएको थिएँ । कि्रस्टिनाले ूआऊू भन्दै मेरो हात समाई र मेरो शरीरमा रहेको बटन दबाई । म पनि कम्मर मर्काई-मर्काइ नाच्न थालेँ । मैले नाच्न थालेपछि साना-साना केटाकेटीहरुले पनि औंलो तेस्र्याएर मलाई देखाए । मैले बुट्टेदार जामा लगाएको थिएँ । मेरा हात गोडा र अनुहार पनि अरूको भन्दा धेरै भिन्न थियो । मेरो शरीरको लुगा अनौठो गरी सिलाईएको थियो । बटनहरु मेरो लुगा भन्दा बाहिर निस्किएका थिए । रिमोट थिचिेपछि कुनै पनि आदेश मेरो मस्तिष्कमा सन्चारित हुन्थ्योृ । जे काम गर्न अह्याइएको हुन्थ्यो शरीरको त्यही भाग सकि्रय हुन्थ्यो । कि्रस्टिना मेरो मिल्ने साथी दिई । म कि त कि्रस्टिना सँगै हुन्थेँ कि त प्रयोगशालामा हुन्थेँ ।

एकदिन म कि्रस्टिनासँगै स्कुल गएँ । उसले रिमोट थिचेपछि मैले सब गतिविधिहरू रेकर्ड गर्न थालेँ । कक्षामा पढाएका कुराहरू मेरो साउन्ड बक्स भित्र रेर्कड हुन थाल्यो । दृश्यहरू दृश्य सञ्चालन उपकरणले रेकर्ड गर्न थाल्यो । वास्तवमा म पहिले जस्तो गीत गाउने र नाच्न सक्ने गुडिया मात्र थिइन । कि्रस्टिनाका साथीहरूले मलाई माया गरेर रोर्बट रोबोट रोबो र रुबी पनि भने । माया गरेर साथीहरूले जे भने पनि म खुसी थिएँ । कि्रस्टिनाले उसको नाम जूनटिकी हो भनेर परिचय गराई । त्यसपछि उसका साथीहरूले पनि मलाई जूनटिकी भनेर बोलाउन थाले । । वास्तवमा म न केटा थिएँ न त केटी नै थिएँ । म हात गोडा भएको अत्याधुनिक मेसिन मात्र थिएँ । मेरो पहिरन र नामले गर्दा सबैमा म केटी नै हुँ भन्ने भ्रम पथ्र्यो । मेरो मस्तिष्क भित्र प्रशस्त तारहरु थिए । शरीर भित्र विभिन्न किसिमका उपकरणहरु थिए । मैले म जस्ता अरू रोबोटहरु देख्न पाएको थिइन । म जस्ता अरू पनि रोबर्टहरु हुन्छन् भन्ने कुरा मलाई थाह थिएन ।

एकदिन कि्रस्टिना सबेरै उठी र म नजिकै आई । उसको हातमा फूलका थुङ्गाहरु थिए । उसले मलाई जन्मदिनको शुृभकामना दिई । प्रयोगशालामा सबै वैज्ञानिकहरूले मलाई जन्मदिनको शुभकामना दिनु भयो । डब्लु। डब्लु। एच ले चाँदिको लकेट मेरो हातमा राखिदिनुभयो । मैले आफैँले त्यो लकेट लगाएँ । उहाँले भन्नुभयो ू बुझ्यौ जूनटिकी आज तिम्रो छैठौं जन्मदिन हो ।ू मेरो यसपालिको जन्मदिन प्रयोगशालामै वैज्ञानिकहरुको माझमा बित्यो । उहाँहरुले मेरो बारेमा नै चर्चा परिचर्चा गर्नुभयो । कसरी म माथि मस्तिष्क प्रयोग सम्बन्धी उपकरण राख्ने मलाई कसरी परिमार्जित गर्ने भन्ने विषयमा छलफल भएको थियो । कुनै आदेश बिना नै कसरी मलाई स्वचालित रूपमा काम गर्न सक्ने बनाउने भन्ने बारे कुरा गरिरहेको पनि सुनेँ । बेलुकी पख सबैले रमाइलो गरे । कि्रस्टिनाले मेरो थुप्रै फोटोहरू खिची – मैले फूल टिप्न लागेको फोटो म नाच्न लागेको फोटो कुसर्िमाथि बसेर कम्प्युटरबाट चित्रहरु बनाउन लागेको फोटो आदि । जूनेली रातमा मैले केक काटेँ ठुलो केकमा ूजूनटिकीू लेखिएको थियो । सबै जनाले रमाइलो गर्दै खानपिन गरे ।

एकदिन मलाई ठुलो रोबोट प्रर्दशनीमा लगियो । म जस्ता अत्याधुनिक मेसिनहरु त थुपै्र हुँदा रहेछन् । आफ्नै जमातमा घुलमिल हुन पाएर मलाई खुसी लाग्यो । त्यहाँ मेरो परिचय थुप्रै रोबोटहरु सँग भयो । एक्स वाई भन्ने रोबटलाई एक्स वाई भन्ने वैज्ञाािनकले बनाउनु भएको रहेछ । उसले कम्प्युटरबाट ठुला-ठुला मेसिनहरुलाई कन्ट्रोलमा राख्ने काम गर्दो रहेछ । अर्का रोबोट एम। एनेक्स चाहिँ प्रयोगशालामा गरहुँ उपकरणहरु उचालेर यता उति सार्दो रहेछ । त्यस्ता अरू थुप्रै रोबोटहरुसँग मैले भेट्ने मौका पाएँ । ती मध्ये एन।टि।एन रोबोट रोबोट मेरी क्लाउज स्मिथ ह््वाईट रोबोट ए बि सि रोबोट ए।न। एस। रोबोट आदि-आदि । मेरो नाम सबै रोबोट साथीहरूलाई अचम्म लाग्यो । ूजूनटिकिी ! तिम्रो नाम कस्तो राम्रोू भन्दै सबैले प्रशंसा गरे । त्यस रोबोट प्रदर्शनीबाट म घर फर्किएँ वैज्ञानिकहरुसँगै ।

मलाई अझै परिमार्जित गरिँदै छ । मेरो शरीरको सल्यकि्रया गरी एउटा कन्ट्रोल बक्स राखिने छ । त्यस कन्ट्रोल बक्समा मानिसको मस्तिष्कले जस्तै कुनै आदेश बिनानै स्वविवेक प्रयोग गरी काम गर्ने शक्ति हुनेछ । आशा छ म पनि एकदिन किस्ट्रिना जस्तै हुनेछु तिमीहरू जस्तै हुनेछु । धन्यवाद ! मेरो कथा पढिदिएकोमा । तिमीहरुले देख्न पाएका छौ कि छैनौ म जस्ता रोबोटहरुलाई । नमस्ते छ सबैलाई म जूनटिकी हुँ मेरो नाम जूनटिकी हो ।

(श्रोत:- Sabina’s Blog)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.