~हरिश कल्पित~
“अमिनाको त कुरो छिनिने भयो नि थाहा पाउनु भो तपाईले -“असिमा खुशीले प्रफुल्ल हुँदै भन्छे ।
ए हो र ! कहिले – आर्श्चर्यको भाव ब्यक्त गर्दे रन्जन भन्छ- “कसले भनेको – तिमीले थाहा पायौ त – “स्वास्नीको मुखमा पुलुक्क हेछ ।
– “आज दिउँसो भाई आ’थ्यो- उसैले भनेको ।”
“एsss !को संग रहेछ -“हातको फाइल टेबिलमा फ्यात्त मिल्काई स्वास्नीको मुखमा प्रश्नसूचक दृष्टिले हेछ । अनि सुइयँ गरेर लामो सुस्केरा हाल्दै सोफमा थ्याच्च बस्छ ।
असिमा हतारिँदै भान्छा कोठातिर लाग्छे । एक छिनमै एब कप तात्तातो चिया ल्याउँदै भन्छे-“केटो अमेरिकाबाट भर्खरै आएको रे । त्याहाँको कम्प्युटर इन्जिनीयर रे । अब बिहे गरेपछि यहीँ जागिरर खाएर बस्ने रे यी लिनुस् चिया ।”
रन्जन स्वास्नीको मुखमा पुलुक्क हेछ । अनि मुस्कुराउँदै भन्छ -“तिम्रो बहिनी त साह्रै भाग्यमानी रहिछिन् कसो – “स्वास्नीको प्रतिकृया अनुहारमा खोज्न थाल्छ ।
-“भाग्यमानी हैन त – भाग्यमानी नभएको भए त्यत्रो धनी इन्जिनीयर जस्तो केटा कहाँबाट माग्न आउँथ्यो -“वनावटी रीस पोख्छे ।
-“के तिमीले चाहिँ आफूलाई अभागिनी भन्न खोजेको -“रन्जन हाँस्दै भन्छ ।
-“के भाग्यमानी त, यसो एउटा ……”वाक्य बिचमै रोकिन्छ, अनि पुनः संझदै भन्छे -“के भन्ने, भनेर लाग्ने भए पो, रहरै रहरमा जिन्दगी बित्ने भो ….।”लामो सुस्केरा छाड्छे ।
-“भनन भन । किन रोकिएकी -“रजन जिस्काउने सुरमा भन्छ ।
-“भयो, भयो ।”हातको इसाराले लोग्नेतर्फझर्किदै भन्छे -“तपाईलाई भनेर पार लाग्ने भए पो, जान्छु बरु, भात पकाउन ।”भान्छा कोठातिर लाग्छिन् । रन्जन हाँस्दै असिमा गएतिर हेरिरहन्छन् ।
असिमाको बिहे भएको भर्खरै दुइ बषैमात्र भयो । कलेजबाट दुवैको मनमा प्रेमको मुना पलाएको थियो ।
जव कलेज जीवन सकियो तब दुवैले आमा-बाबुको स्वीकृति लिएर प्रणयसुत्रमा बाँधिए र गृहस्थी जीवनमा पदार्पण गरे । रन्जन एक शिछित साधारण परिवारको यूवक, जागिरे, जसो-जसो जीन्दगीको गाडी चलाउन सछम, एक आदर्श लोग्ने ।
रातमा असिमालाई निन्द्रा पटक्कै लाग्दैन । बिस्तारै उठ्छ् । सुस्तरी लोग्नेको मुखमा हेर्छ रन्जन मस्तसँग निदाइरहेको हुन्छ । बत्ती बाल्छे, कोठा उज्यालोले नुहाउन पुग्छ । चारैतिर आँखा दौडाउँछे । भित्तामा टाँगिएको बिहेको फोटोमा आँखा ठोकिन पुग्छ । रन्जन र उसको बिहेको फोटो, त्यो पनि उसकी चुलबुली प्यारी बहिनी अमिनाले खिचिदिएकी थिइन् ।
-“ल ल, भिनाज्यू ! दिदीलाई अँगालो मान पर्यो नि ।”वरिपरि सबै हा…हा गरेर हाँसे । उनी लाजले राती भइन् । मनमनै भनिन् -“कस्ती लाज नभएकी मोरी ।”
झन त्यसमाथि दुलाहा रन्जन सालीसँग जिस्किँदै “लौ यसरी -“भन्दै उनको नजिक आई अँगालो पो हाले । उनी भने लाजले गर्दा भूइँतिर हेरेर निहुरिरहिन् ।
-“अँहँ, दिदी यो त भएन । दिदीको मुखै आउँदैन ।”अमिनाले झन जिस्किँदै भनिन् ।
-“एकचोटि त हेर ।”रंजनले खुसुक्क कानमा भने । उनले पुलुक्क के क्यामरातिर हेरेकी थिइन्-त्यहीवेला ल्किक गरेर खिचिदिइन ।
-“किन नसुतेकी तिमी, के भयो -“आधा आँखा उघारेर नजिकै ट्वाल्ल परेर बसिरहेकी स्वास्नीलाई सोध्छ । लोग्नेको आवाजले असिमा झस्किन्छिन् । अतित छताछुल्ल भई पोखिन्छ ।
-“खै निन्द्रा लागेन ।”बिस्तारै जवाफ दिन्छिन् । फेरि निदाउँने प्रयास गर्छिन् ।
असिमा र अमिना दुइ दिदी बहिनी । उमेरमा दुइ वर्षो मात्र फरक । कलेजको अन्तिम वर्षी छात्रा अमिना बैंसले लवालब भरिएको सौर्न्दर्यकी प्रतिमूर्ति थिइन् । ठूलाठूला चन्चले आँखा, लाम्चो सुलुत्त परेको नाक, पातलो आंेठ, अनारदाना दाँत, बाटुलो अनुहार, गोरो वर्ण्र्ाालामालामा केशराशी, अग्ली, छिनेको कम्मर । शायद भगवानले खुवै मेहनत गरी बनाएको अमिनाको सौर्न्दर्यदेखि कहिलेकाहीँ असिमा समेत इष्र्या गर्न पुग्थिन् ।
घरमा आउने जोसुकै पनि अमिनाको सौर्न्दर्य देखी प्रभावित नभई रहन सक्दैनथे । छोरीको प्रशंसामा बाबु-आमा दंग पर्थे ।
-“हेर अमुकी आमा, हाम्रो असुलाई त ठूलै घरबाट माग्न नआइकन त दिँदै दिन्न, त्यो पनि डाक्टर, इन्जिनीयर नभइकन त कुरै गर्नू पर्दैन ।”स्वास्नीको अगाडी घमन्डले फुल्दै बाबु भन्ने गर्थे ।
-“अ, डाक्टर, इन्जिनीयर आएन भने, के छोरीलाई बूढीकन्या बनाएर राख्ने बिचार छ कि कसो – “हात हल्लाउँदै झर्किदै भन्थिन् ।
-“हेरी राख्न तँ ।” स्वास्नीलाई आश्वाशन दिदै भविश्यप्रतिको आशावान हुन्थे बाबु ।
-“कहिले छोरी बूढी भएपछि – “त्यत्रो ठाउँबमट माग्न आइसके तर तपाई भने …..।”वाक्य बिचमै रोकिन्छ ।
-“हैन, केटो असल खान्दानी छ भने भइहाल्यो नि, खै हाम्री असुलाई आनन्दैछ । भन्या जस्तो लोग्ने छ । तपाई भने खाली …….खै, कतिसम्म छोरीलार्इर्र्घरमा राख्ने हो कुन्नि, केहि थाहा छैन ।”दिक्क मान्दै भन्छिन् असरकी आमा ।
-“हतार नगर्न तँ, के बित्या छ – हेर न, छोरीको बिहे म धुमधामसंग गर्छु”बाबु प्राय भन्ने गर्थे ।
आज घरमा निकै रमझम छ । पूरै घरलाई झिलीमिली बत्तीले दुलही झैं सिंगारिएको छ । मानिसहरु राम्रा-राम्रा लुगा लगाई आहोर-दोहोर गरिरहेका छन् । अत्तरको सुगन्धले वातावरणमा मिठास भरिदिएको छ । असिमालाई सास फेनसमेत फूसत छैन । घर नगिचै जग्गे लगाइएको छ ।
-“दिदी !आमालाई बोलाई दिनुस् न ।”तलबाट भाइले आवाज दिन्छ । असिमा हत्पतिँदै माथी पुग्छे । बैठबमा पुगेपछि केटिहरु हाँसेको आवाज आउँछ । आवाज भएतिर तानिँदै जान्छे । भित्री कोठाको ढोकमा पुग्छे । सुस्तरी ढोकाको कापबाट चियाउछे । साथीहरुको माझमा आज उसकी प्यारी बहिनी अमिना ताराहरुको बिचमा चन्द्रमाझैं खुलेकी देखिन्छे । बहिनीको रुप लावण्य देखेर ऊ मोहित हुन्छे ।
-“भित्र आउनुस् न दिदी ।”अमिना मायालु स्वरमा बोलाउँछे ।
-“हँ ! ऊ झस्किन्छे । बिस्तारै भित्र आउँछे । सबै उसलाई हेरिरहेका हुन्छन् । ऊ नगिचै पुग्छे । आँखाभरी अथाह माया उम्लिएर आउँछ । बहिनीको चिउडो समाती बिस्तारै उठाउँदै भन्छे -“तँ साह्रै भाग्यमानी छेस् अमु ।”
टाढा बैंड बाजा बजेको सुनिन्छ । आवाज क्रमशः नगीच हुँदै आउँछ । ऊ हतारिँदै बार्दलीमा आउँछे । कारबाट दुलाहा उत्रन्छ । कालो रंगको सुट, सेतो कमीज, रातो र्टाईमा सुसज्जित दूबोको माला, निधारमा रातो टिका,खवटे अनुहार, कालो वर्ण्र्ाा ऊ दुलाहाको अङ्ग-अङ्ग नियाल्न पुग्छे ।
-“त्यति राम्रो त छैन रै’छ, फोटोमा त कति राम्रो देख्या’थ्यो,” मनमनै भन्छे । “उहुँ अमुलाई त पटक्कै सुहाउदैन । तर……करोडपति बाबुको छोरो, अमेरिकाबाट इन्जिनीयर भएर आएको, राम्रो किन चाहियो र लोग्ने मान्छे – गुण र धन भए त पुगिहाल्यो नि ।”कार, बङ्गला, प|mीज, टिभी र डेक उसका आँखा अगाडी नाच्न थाल्छन् ।
“रन्जन त धेरै राम्रो, अग्लो लायकको, हँसिलो अनुहार । हेरिरहुँ जस्तो । असल बानी-ब्यहोरा।”असन्तुष्ट मनलाई सान्त्वना दिन्छे -“यसको बानी-ब्यहोरा कस्तो होला । अमेरीकामा बसेको मान्छे कहीँ बढी स्वच्छन्द त छैन -“मनमनै सशंकित हुन्छे -“आ˜˜˜ पैसा प्रशस्त भएपछि त सुख पाइहाल्छे नि । अब मेरी बहिनी पनि करोडपति हुने भई । आफू भने जाबो एउटा……”बहिनीप्रति मनमनै इष्र्याको मुना पलाउँछ ।
-“हैन, त,यहाँ के गर्न लाग्या हँ – “आमाको आवाजले कल्पनाबाट बिउँझिन्छे ।
-“के भो आमा -“असिमा आमातर्फप्रश्नसूचक दृष्टि फ्याँक्छे ।
-“बहिनीलाई तल लिएर आइज, स्वयम्बरको बेला भो रे ।”भन्दै जवाफको प्रतीछा वेगर हतारिदै आमा तल ओर्लिहाल्छन् ।
-“हस् आमा ।”टाउको हल्लाउदै उनी बैठक कोठाभित्र पस्छिन् ।
भोलिपल्ट दुलही अन्माएर पठाउने बेलामा रुवाबासी चल्छ । अमिनाको त रुँदारुँदा आँखै सुन्निसक्यो । आमाको त्यस्तै हाल छ । असिमा पनि मनलाई सम्हाल्न सक्दिन बहिनीलाई अँगालेर रुन्छे ।
आँखाभरि आँसु राखी छोरीलाई अन्म्ााई गाडीमा राख्छन् । आँआबाट आँसुको भल बग्छ । आँसु पुछ्दै बाबु आमा छोरीतिर हेरिरहन्छन् । गाडी बिस्तारै बाजाको पछि-पछि लाग्छ । आँखाभरि आँसु राखी सबैजना गाडी ओझेल नभएसम्म गाडी गएतिर हेरिरहन्छन् ।
दिन, हप्ता, महिना गर्दै वर्षदिन पनि बित्छ । समयलाई रोक्न नै कसले सक्छ र –
असिमा हुरिदै कोठा भित्र पस्छे । फ्यात्त ब्याग टेबिलमा मिल्काई खाटमा डङ्रङ्ग पल्टिन्छे । लामो निःश्वास छोड्छे । आँखाहरु चारैतिर भित्तामा दौडाउँछे । आँखामा आँसु टम्म भरिएर आउँछ । उसको नजर उहि बिहेको तस्वीरमा गएर स्थिर हुन्छ । आँसुले गर्दा नजर धमिलिन्छ । जुरुक्क उठ्छे । तस्वीरलाई नियाल्छे । साडीको सप्कोले सफासंग पुस्छे । बिहेको फोटो, जुन अमुले खिचिदिएकी थिइन् । एकाएक तस्वीरमा अमुलाई देख्छे ।
सुकोमल अनुहार, ठूलाठूला चन्चले आँखा, पातला आंेठ, अचानक परिवर्तित हुन थाल्छन् । उडेको अनुहार, डरले कामेको ओठ, त्रसित आँखा……।
-“अमु तलाई केहि हुन्न । “एक्कासि चिच्याउछे । दुइ थोपा आँसु तुरुक्क चुहिन्छ । बिस्तारै आँसु पुस्छे । तस्वीरलाई पहिलेकै ठाउँमा राख्छे । टेबिलबाट गिलास उर्ठाई घट्घट् पानी पिउँछे । आज उसलाई केहि पनि गर्न मन लाग्दैन । घडी हेर्छ भर्खर चार बजेको छ । रन्जन फर्किन पनि अझै दुइ घन्टा बाकी छ ।
कहाली लागेर आउछ । फेरि विछौंनामा पल्टिन्छे । आँखा दलिनको त्यो भागमा स्थिर हुन्छ, जहाँ माउसुलीले बिस्तारै एउटा पुतलीलाई ताकेर बसेको हुन्छ । सास नफेरी हेरिरहन्छे । माउसुलीले बिस्तारै घ्रि्रेर च्याप्प समात्छ, पुतली उम्कनको लागि फडफडाउँछ, तर……उनको अगाडी बिहानका दृश्यहरु एकपछि अर्का गर्दे चलचित्रका भाँती नाच्न थाल्छन् ।
-“के गर्नू नानी, हाम्रो त कर्मै फुटेको रहेछ ।”आँखाभरि आँसु राखी आमा भन्दैहुनुहुथ्यो ।
-“हैन आमा के भन्नु भएको – अलि शंकापूवृक सोध्छे । आमा केही भन्न नसकी आँखाबाट बरबर आँसु खसाली रुन थाल्छिन् । अनि आर्श्चर्यचकित भावले ऊ बाबुको अनुहार केलाउन थाल्छे । बाबुको मलीन अनुहार, आँखा शुन्यमा हेरिरहन्छन् ।
आफ्नो प्रश्नको उत्तर नपाएपछि ऊ जुरुक्क उठेर आमाको नगीचै बस्न जान्छे । आमाको आँसु पुछ्दै पुनः बाबुतिर फर्किई भन्छे-“हैन् आखिर के भयो – तपाईहरु मलाई केही भन्न चाहनुहुन्न -“अलि आवेशमा आँउछे ।
-“भिनाजुलाई एड्स लाग्या रै’छ ।”नगिचै बसिरहेको सानो भाइ कुरा ओकल्छ । ऊ बिस्फरित नजर भाईतिर फ्याँक्छे भाइ पुनः भन्छ -“अस्ति भिनाज्यूलाई र्टाईफइडको शंका गरेर उहाँको ब्लड टेष्ट गराउँदा डाक्टरले अमुदीलाई भनेको रे ।”
-“तर डाक्टरको गल्ती पनि त हुनसक्छ -“असिमा बाबुतिर फर्किदै प्रश्न गर्छ
-“हामीले दुइ/तीन ठाउँमा चेक गराइसक्यौं । सवैतिर उहि रिपोर्ट छ । त्यतिमात्र हैन हामीले अमुको पनि चेक गर्राई सक्यौ । अमुलाई पनि एड्स सरिसकेछ । …….अब छोरी दिंदा केटाको परिवार, सम्पति वा उच्च शिछाको प्रमाण-पत्र हाृइन, रक्त परिछणको रिपोर्ट हेर्नू पर्ने जमाना आएछ …..।”-“अमु काहाँ छे अहिले -“
-“भित्र कोठामा ।”भाइले जवाफ दिन्छ ।
ऊ दौडिदै जान्छे । ढोकामा पुगेर टक्क अडिन्छे । बिस्तारै ढोका ठेल्छे । छेस्किनी नलगाएको हुनाले ढोका बिस्तारै उघ्रन्छ । फुङ्ग उडेर पँहेलिएको अनुहारमा चारैतिर फैलिएको केश, त्रसित आँखा, पत्थरको मूर्ति झै खाटमा अचल भै बसेकी अमिनावाट पहिलेको चंचलता, निश्छल सौर्न्दर्य धेरै पर भागिसकेको हुन्छ । दिदीको उपस्थितिबाट अनभिज्ञ अमिना अझै पनि एकनासले टोल्हाएर बसेकी हुन्छे । ऊ बिस्तारै पाइला बढाउँछे । नगिचै गई दुवै हातले वहिनीको गाला सुम्सुम्याउँदै भन्छे -“अमु तलाई के भयो -“
अमिना बिस्तारै चल्मलाउँछे । दिदीको हातलाई समाउँदै झिनो श्वरमा भन्छे -“दिदी यो के भयो – आँखाबाट बलिन्द्र आँसुको भेल बग्छ । यो देखेर उसको मुटुमा भक्कानो फुट्छ ।
-“तँलाई केही हुन्न अमु, केही हुन्न ।”रुन्चे श्वरमा भूठो आश्वाशन दिँदै, बहिनीलाई अँगाल्दै रुन्छे ।
-“लौ अब तिम्रो इच्छा पनि पुरा हुने भो । बाहिरैदेखि कराउदै रंजन भित्र पस्छ ।
असिमा अतीतबाट वर्तमानमा आईपुग्छे । हतपत ओछ्यानबाट उठ्छे । आँखाको आँसु पुस्छे । स्वस्नीको त्यो रुन्चेअनुहार देखि रन्जन जिल्ल पर्छ मनमा अनेकौ शंका मडारिनथाल्छन् । केह पिहिलेको जस्तो भयो कि – डाक्टरले केहि भन्यो कि, हैन हैन, त्यो हुनै सक्तैन । मनमनै बिश्वस्त हुन्छ ।
-“यो कहाँ राखुँ सा’ब । “
भरियाको आवाजले रन्जन पछिल्तिर फर्की हातले औल्याउँदै राख्ने ठाउँ देखाइदिन्छन् । भरिया ज्याला लिई बाहिर निस्कन्छ ।
असिमा अझै पनि कुनै उत्सुकता नदेखाई पहिलेकै ठाउँमा बसिरहन्छे । रन्जन स्वास्नीको नजिकै जान्छ र उनको चिउँडो उर्ठाई स्नेहका साथ सोध्छ -“असु !हे भयो तिमीलाई, किन उदाश छ्यौ – आँखाहरु रोएका जस्ताछन् । के भयो – कहीँ डाक्टरले पहिले झैं ……..-“वाक्य बिचमै अड्कन्छ । एकछिन पछि पुनः भन्छ,-“भयो मलाई बच्चा-सच्चा चाहिँदैन । तर तिम्रो यो उदास अनुहार हेन सक्दिन ।”
लाग्नेको माया देखी तिनी पग्लिएर पानी-पानी हुन्छिन् । निहुरिएर मसिनो स्वरमा भन्छिन् -“यसपाली केहि खतरा छैन रे ।”
-“अब तिम्रो टि भि हेर्ने इच्छा पनि पूरा भयो । अबमलाई त करकर गर्न पाउँदिनौ ।”रन्जन हर्षे बिभोर हुँदै भन्छ र स्वास्नीको प्रतिकृया बुझ्न खोज्छ ।
असिमा बिस्तारै मुन्टो उठाउँछिन् । लोग्नेको अनुहार हेर्छिन् । आँखाभरि आँसु टम्म भरिएर आउँछ । लोग्नेको छातीमा मुन्टो ठड्याई सुकसुकाउँदै भन्छिन-“मलाई टि भि सिबि चाहिदैन । मेरो बिश्वासको बलि नचढाउनु होस् त्यति भए पुग्छ ।”
रन्जन अचम्म पर्दे भर्खरै भरियाले राखेर गएको नयाँ टि.भि. मा टोल्हाएर हेरिरहन्छ ।
(श्रोत:- Blog)