अनूदित कथा : एउटा अत्यन्तै पुरानो चिनीयाँ कथा

संकलक :- बिजु सुवेदी “विजय”

एक फकिर कहाँ , एक सिद्ध पुरुष कहाँ तीन युवक आए । उनीहरु तीनैजना सत्य खोजिरहेका थिए । उनीहरु तीनैजनाले चरणमा शीर राखे र भने कि म सत्यको खोजक हुँ । म टाढा-टाढा भट्किएर आएको थिएँ । अब
तपाइँको शरणमा आएको छु । मेरो प्रार्थना हो कि यो मेरो लक्ष्य हो । कहीँ अर्कोतर्फजान नपरोस् ।

त्यस फकिरले उनीहरु तीनैजनालाई घोरेर हेरे । उसले आफ्नो झोलाबाट तीनवटा स्वर्णपात्र निकाले । एक-एकवटा तीनैजनालाई दिए र भने कि कुरो पछि हुनेछ , यो पात्रलाई सफा गरेर आऊ ।

पहिलोले पात्रलाई घोरेर हेरे । पात्र स्वच्छ नै थियो । यस्तो उसलाई लाग्यो , किनकी दुर्गन्ध पात्रले नै पानी पिउने उसको आदत थियो । बस्तुतः यत्ति स्वच्छ पात्र उसले देखेकै थिएन तर उसको सारा अनुभव दुर्गन्ध पात्रको थियो । उसको तुलनामा यो स्वच्छनै थाहा भयो । सुनको थियो । सुनलेनै उसलाई चौंकाइदियो । ऊ त पात्र राखेर त्यहीँ बसिदियो ।

दोस्रोले पनि पात्रलाई घोरेर हेर्यो , बाहिर तिर गयो , नदी तर्फगयो , नदीको किनारमा गएर उसले खूब रगडी-रगडी पात्रलाई धोयो । बालुवाले रगड्यो तैपनि तृप्ती भएन , पत्थरले पनि रगड्न लाग्यो । उसले पात्रलाई रगड्न थाल्यो । त्यो पानी भर्न योग्य पनि थिएन । उसले बिलकुल सफाइ गरे । त्यसमा प्वाल परिदियो । सुनको नाजुक पात्र थियो । उसले त्यसको साथ त्यस्तो व्यवहार गरे जस्तो कुनै फलामको पात्रलाई सफा गरेको होस् । जिद्दी थियो , जब गुरुले भनिदियो त उसले त्यसलाई अहङ्कार बनाइदियो कि सफा गरेरनै लैजानेछु । उसले सफाइ गर्यो पात्रनै बचेन । जब फर्केर आए त उसको अनुहार हेर्न लायकको थियो ।

तेस्रोले घोरेर पात्रलाई हेरे , खल्तीबाट रुमाल निकाले , घरभित्र गए , पानीमा भिजायो र त्यस गिलो बस्त्रले विस्तारै त्यस पात्रलाई सफा गरे र फकिरकहाँ आएर बसे ।

त्यस फकिरले तीनैजनाको पात्रलाई हेरे । पहिलोको पात्रमा झीँगा भन्किरहेको थियो । तब उसले झीँगा देखेन । किनकी ऊ झीँगामै जिएको थियो । उसको अनुहारमा पनि भुनभुनाइरहेको थियो । उसले त्यसलाई पनि धपाइरहेको थिएन । गुरुले भने तिमी अलि ध्यानसँग त हेर , तिमीले पात्र सफा गरिनौ । मैले भनेको थिएँ …………. उसले भन्यो पात्र सफा छ , अब अरु के सफा गर्ने ? सुन्दर पात्र छ र के गर्ने हो ? गुरुले भने हेर झीँगा भुनभुनाइरहेको छ । उसले भन्यो कि यो त त्यसैले भुनभुनाइरहेको छ , यो त फूलमा भुनभुनाइरहेको छ , यसबाट के फूल फोहोर छ ? त्यो त पात्रको मधुरताको कारण भुनभुनाइरहेछ ।

दोस्रोलाई भने पानी भर । पहिलोको पात्र त पानी भर्ने योग्यनै छैन । दुर्गन्ध थियो । दोस्रोले पानी भरे । तर पानी चुहियो उसले जरुरतभन्दा ज्यादा सफा गरे । पात्रनै नष्ट गरिदियो ।

भनिन्छ गुरुले दुइलाई बिदा गरे । तेस्रोलाई स्वीकार गरे । तेस्रोले सोधे कि मैले त बुझीन । यो के भयो ? यो लेनदेन के हो  ? यो राज के हो ? यी पात्रहरु बाँड्ने र चुन्नेमा ? उसको गुरुले भने पहिलो भोगी हो । दुर्गन्धमा बस्ने आदत भयो । उसको शरिर झीँगाले भुनभुनाइरहेछ । ऊ त्यसलाई पनि मीठास सम्झिरहेको छ । अब आत्मा उसको जीवनमा जाग्ने सम्भावना कम छ । दोस्रो त्यागी हो हठयोगी हो । तोडफोड गरेर आए ।

नाङ्गो बसेको छ । उपवास गरेको छ । उँगेर बसेको छ । शीर्षासन गरेको छ । भोको छ । प्यासी छ । घाममा शरिरलाई पोलाइरहेछ । काँटामा सुतिरहेछ । राख रमाएर बसेको छ , गर्मीले भरिएको दिन छ । आगो जलाएर , धुनी जलाएर बसेको छ । र्सर्दीको रात छ हिउँ भएको ठाउँमा नाङ्गो काँपिरहेको छ , पात्रलाई नष्ट गरिरहेको छ । पात्र एकदम नाजुक छ । सुन भन्दा नाजुक छ तिम्रो देह । सुन पनि त्यत्ति नाजुक छैन । आखिर धातु धातु हो । देह अत्यन्तै नाजुक छ । स्वर्ण मन्दिर हो तिम्रो देह । उससँग दुइ दुर्व्यवहार हुन सक्छ । एउटा त्यो दुर्व्यवहार हो जो भोगी गर्दछ , अर्को दोस्रो दुर्व्यवहार हो त्यो त्यागी गर्दछ ।

त्यसैले त्यस तेस्रोलाई चुनियो । ऊ योग्य थियो किनकी ऊ त्यो समत्व उपलब्ध उसमा थियो । उसले न त एक अति गयौ न त दोस्रो अति । उसले होशपूर्वक चिजलाई हेर्यो र जान्यो । पात्र दुर्गन्धित पनि थियो , सफा पनि थियो । त्यत्ति सफा पनि गरेन कि पात्रनै नष्ट भैजाओस् । किनकी यस्तो सफाइले के फाइदा ! यस्तो औषधिको के फाइदा कि बिरामीनै मरिजाओस् !

संकलक :- बिजु सुवेदी “विजय”
कुलेश्वर , काठमाण्डौं (bijusubedi@hotmail.com)

(श्रोत:- Blog)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in अनूदित कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.