बाल कथा : ब्रेन बल

~सबिना सिन्धु~

अपरेसन फेल्ड ! डा जोन्सन् एक्कासि चिच्याए । शैलीको अचेतन मन अत्तालियो । उनको मस्तिष्कलाई डाक्टरहरुले झिके र फुटबल जस्तो आकारको गोलो वस्तुमा प्वाल पारेर त्यस भित्र शैलीको मस्तिष्क गिदी र टाउकामा भएका नशाहरुलाई हाले । त्यसपछि त्यसको प्वाल टालिदिए । त्यस वस्तुलाई ‘ब्रेन बल’ भनियो । शैलीको मस्तिष्क ब्रेन बल भित्र सर्यो र उसले आफ्नो लम्पसार परिरहेको शरीर देखी । स्थानान्तरण हुन सक्ने टाउको भित्र सीमित हुनु परेकोमा शैलीलाई ज्यादै दुख लाग्यो । उसले आफू हल्लिन खोजी र मस्तिकमा रहेको गीलो पना महसुस गरी । तर एकैछिन पछि डाक्टरले शैलीको मस्तिष्कलाई शरीरमा जोडे । अब शैलीको टाउको र शरीर एकै ठाउँमा भयो । डाक्टरले इन्जेक्सन लगाईदिएको केही क्षण पछि ऊ सम्हालिएर उठी । उसको वास्तविक टाउको अपरेसन कक्षमा रहेको मध्यम साइजको टेबुल माथि राखिएको थियो । वास्तविक टाउको राखेर अपरेसन सफल नभएपछि शैलीमा ब्रेन बल प्रत्यारोपण गरिएको थियो ।

अपरेशन कक्षबाट बाहिर निस्किँदा भित्तामा टाँगिएको ऐनामा उसले आफ्नो मुहार हेरी । ऐनमा देखिएको अनुहार पहिलेको उसको अनुहार जस्तो थिएन । “अब स्कुलका साथीहरूले मलाई चिन्दैनन् । घर नजिकैका साथीहरू माझ पनि अब म बिरानो बन्नेछु । साथीहरूलाई म शैली नै हो भनेर कसरी विश्वास दिलाउने होला” उसले मनमनै भनी । आफू जीवित हुन पाएकोमा भने उसलाई साह्रै खुसी लागेको थियो । केही दिन अघि भएको दुर्घटनाको कारण उसको मस्तिष्कको केही भाग क्षति भएको थियो । त्यसैले ऊ अस्पतालमा थिई । साँच्चै म बाँचेको छु । शैलीलाई रमाइलो लाग्यो ।

दौडिन खोज्दा ऊ लड्न पुगी । त्यसपछि झस्याङ्ग भई । बिहान भईसकेको रहेछ उसले यो सबै त सपना पो देखेकी रहिछ । ऐनामा हेर्दा शैलीको अनुहारमा कुनै परिवर्तन आएको थिएन । Accident, हस्पिटल, मस्तिष्क प्रत्यारोपण, ब्रेन बल ती सब त सपना पो रहेछन् । शैली विज्ञानका कुराहरू चासो दिएर पढ्ने गर्थी । हिजो बेलुकी विज्ञान पुस्तकमा लेखेको मस्तिष्क सम्बन्धी जानकारी पढेकी थिई । त्यसपछि उसले धेरैकुरा सोची । ऊ नयाँ-नयाँ कुराहरू आविष्कार गर्ने वैज्ञानिक हुन चाहान्थी । नयाँ फर्मुला प्रयोग गरी औषधिहरुको निर्माण गर्न सके कस्तो हुन्थ्यो संसारमा नयाँ कुराहरू पत्ता लगाउन पाए उसको सोचाई यस्तै तिर जान्थ्यो । शैलीले फेरी ‘ब्रेन बल’ सम्झी । मानिसको टाउको को स्थानमा कतै यसैगरी ब्रेन बल अथवा अन्य केही प्रत्यारोपण गर्न सम्भव छ शैलीले निकै बेर सोची र निर्कोल निकाली अहिले सम्भव नभए पनि भविष्यमा कसो नहोला !

(श्रोत:- Sabina’s Blog)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.