~बिजु सुवेदी “विजय”~
१
डल्ले र डल्ली श्रीमान् श्रीमती थिए । उनीहरु एकदमै मिल्थे । उनीहरु एकदमै गरिब पनि थिए । तर काम गर्नमा उनीहरु ज्यादै अल्छी थिए त्यसैले उनीहरुले एकदिन विराएर घरको काम गर्ने गर्दथे । उनीहरुको एकदम नराम्रो बानी पनि थियो त्यो थियो सुत्ने । उनीहरुले धेरैजसो समय सुतेरै खेर फाल्थे । एकदिन एकजनाले घरको काम गथ्र्यो भने अर्को सुतेर बस्थ्यो । एकदिन उनीहरुले छिमेकबाट क्यालेण्डर उपहार पाए । “अबको एक महीना सम्मका लागि एकदिन विराएर दुबैले काम गर्ने अर्को महीनामा जो पहिले उठ्छ उसले शुरुमा काम गर्ने ” भनेर क्यालेण्डरमा रातो र हरियो चिन्ह लगाए । अर्को महीना शुरु भयो तर उनीहरुले अर्को महीनाको शुरुमा कसले घरको काम गर्ने भनेर तय गरेका थिएनन् । त्यसैले दुबैजना सुतेरै बसे ।
डल्ले भने डल्ली उठेपछि मात्रै उठ्ने बिचार गरी निदाएझैं गर्न थाल्यो । डल्ली पनि डल्ले उठेपछि मात्र उठ्ने बिचार गरी निदाएझैं गर्न थालिन् । घरमा वस्तुहरु खोले नपाएर छटपटाएर कराउन थाले तर उनीहरु सुतेरै बसे । छिमेकीहरुले वस्तुहरुलाई खुवाए । उनीहरु के के गरि बसेछन् भनी हेर्दा उनीहरु मस्ताराम भइरहेका थिए । छरछिमेकीहरुले उनीहरुलाई उठाउने लाख प्रयत्न गरे तर उनीहरु टसमस भएनन् किनकी जो शुरुमा उठ्थ्यो उसले घरको काम गर्नु पथ्र्यो र अर्कोले मज्जाले सुत्नु पाउँथ्यो ।
छरछिमेकीहरुले चार घण्टा प्रतिक्षा गर्दा पनि उनीहरु टसमस नभएपछि उनीहरुलाई उठाएर भूइँमा राखेर सेतो कपडाले छोपिदिए र घाटमा बोकेर लगे । गाउँलेहरुले उनीहरुका लागि एउटै चिता बनाए । उनीहरु दुबैलाई उठाएर चितामाथि राखे तैपनि उनीहरु उठेनन् । उनीहरुले काम गर्नु पर्ला भनेर कुनै पनि हालतमा नउठ्ने मनमनै प्रण गरिरहेका थिए ।
डल्ले र डल्ली मरे अब आगो हाल्नु पर्यो भन्दा पनि उनीहरु टसमस भएका थिएनन् । उनीहरुको एकमात्र नजिकको नाता पर्ने हजूरबाले मशाल बालेर चिताको दाउरामा “ के देख्नु पर्यो नि आफ्ना नातिहरुलाई आगो हाल्नु पर्यो ” भन्दै आगो लगाए । गाउँलेहरु सबै “ मृत आत्माले शान्ति पाओस् ” ”“ दुबैजना अति मिल्ने भएकाले एकै पटक एकै ठाउँमा गए धन्य डल्ले डल्ली ” भन्दै आँसु बगाउन थाले । जब आगो विस्तारै तलबाट सल्कँदै माथि मथि आउन थाल्यो उनीहरुलाई पोल्न थाल्यो । उनीहरुलाई पोलेपछि आथ्थाथाथा भन्दै भाग्न थाले ।
फेरि डल्ले र डल्लीको झगडा शुरु भयो ।
डल्ले :– तँ पहिला उठेको हो त्यसैले तैंैले पहिले घरको काम गर्नुपर्छ ।
डल्ली :– तँ पहिला उठेको हो त्यसैले तैंैले पहिले घरको काम गर्नुपर्छ ।
२
उनीहरुको खाना खाने बेलुकीको ७ बज्यो । त्यो बेलादेखि उनीहरु पनि झनै ढिलो उठ्न थाले । सधैं बिहानको खाना बनाउने बेला साँझको पाँच बजिसकेको हुन्थ्यो र उनीहरुले एक छाक मात्रै खान थाले । उनीहरु व्राम्हण परिवारको थियो त्यसैले कसैको जन्मदिन , श्राद्ध आदि कार्यहरु गर्न खाना नखाएको बाजे चाहिने भएकोले गर्दा यहाँका बाजेले त खाना खाएका छैनन् होला भनेर बोलाउन आउनेहरु बढ्न थाले । विस्तारै उनीहरु डल्ले पंडित र डल्ली पंडितनी बज्यै नामले प्रसिद्ध हुन थाले ।
साँच्चै त्यो बेलादेखि उनीहरुको आम्दानी मनग्गे हुन थाल्यो । एक त उनीहरुले दिनमा एक छाक मात्रै खाने अनि गाउँमा कसैको जन्मदिन , श्राद्ध आदि कार्यहरु गर्न खाना नखाएको बाजे चाहिने भएकोले यहाँका बाजेले त पक्कै खाना खाएका हुँदैनन् भनेर पूजा पाठ गर्न बोलाउन आउन थाले । अनि डल्ले पंडितको पूजाको कार्य साँझ पाँच बजेपछि शुरु हुन्थ्यो । गाउँमा गाउँलेहरुलाई जन्मदिन श्राद्धको मतलबै हुँदैनथ्यो त्यसैले धेरैजसोले जब पर्यो राती अनि बुढी ताती भनेझैंै त्यही दिन मात्र ढिलो समयमा जन्मदिन , श्राद्धहरु थाहा पाउँथ्यो । आफ्नो बाजेलाई भन्न जाँदा खाना खाइसकेको हुन्थ्यो । अनि डल्ले पंडितको शरणमा जानु पथ्र्यो । डल्ले पंडितले भने किन चाँडो आएको म एकछिन सुतेर आउँछु भनेर आउन ढिलो गथ्र्यो । जजमानहरुले मनाई मनाई साँझ पाँच बजेपछि मात्र उसलाई लान समर्थ हुन्थ्यो । उसको पूजापाठको काम सधैं मारामार हुन्थ्यो । यसरी डल्ले पंडितको कामको मारामारीले गर्दा त्यसपछि डल्ली पंडितनीले मात्रै घरको कामकाज गर्न थालिन् । डल्ले पंडितलाई भने कहिल्यै फुर्सद हुँदैनथ्यो ।
यसो गर्दा गर्दै उनीहरुले गाउँमा सिमेन्टको पक्की घर बनाए तर अरु गाउँले सबैको माटोको कच्ची घर थियो । “दुबैजनालाई चितामा जलाएपछि उनीहरुको भाग्य नै बदलियो” भनेर गाउँकाहरुले उनीहरुका बारे जहिल्यै कुरा गर्न थाले ।
३
डल्ले पंडित र डल्ली पंडितनीका एउटा छोरो थियो । छोरोको नाम मदन थियो । मदनले १६ वर्ष टेकिसकेको थियो । घरको काम सम्हाल्न भनेर बाबुआमाले भनेको उसले पटक्कै मान्दैनथ्यो । किनकी उसलाई पंडित्याँइ काम गर्न मन लाग्दैनथ्यो । उसले कपाल जुरेली जस्तो पारेर रङ्गाएको थियो । अरुले “यो के कपाल पालेको ?” भनेर सोधेपछि उसको चर्चा भएकोमा ऊ खुशीले गदगद हुन्थ्यो र “सोधेकोमा मलाई खुशी लाग्छ ” भन्थ्यो । त्यस्तै उसले कानमा एकापट्टी मात्रै मुन्द्रा लगाएको थियो । ऊ जतिबेला पनि रक्सी मात्रै खाने गथ्र्यो । केही रमाइलो भएपनि रक्सी खान्थ्यो । केही पीर परे पनि रक्सी खान्थ्यो । “पिउने मानिसलाई पिउने बहाना चाहिन्छ ” भनेजस्तै उसले जो सँग भेटे पनि पिउनका लागि एक न एक बहाना बनाउँथ्यो तर घरमा आउँदा हररर वासना आउने पान खाएर आउँथ्यो ताकि घरकाहरुले जात फालेको भनेर नभनोस् भनेर । तर गाउँकाहरुलाई उसको यो आनीबानी सबै थाहा थियो । त्यसैले सबैले उसलाई मुन्द्रे भन्थ्यो । मुन्द्रे भनेर बोलाउँदा पनि उसको नाक घिरौंला जस्तो हुन्थ्यो ।
उसले गाउँका केटीहरु जो देखे पनि लभ गर्न खोज्थ्यो । तर कोही केटी पनि पट्टिएनन् । अनि ऊ शहरकी केटी भए पनि पट्टाउने भनेर काठमाण्डौं तिर गयो । काठमाण्डौंमा पनि पैसा भएसम्म केटीहरु उसको पछि लागे । जब उसको खल्ती रित्तियो कसैले पनि टेरपुछ नै गरेनन् । फेरि उसले गाउँमा आमाबुबासँग पैसा मगायो तर बुबाआमाले पैसा पठाएनन् । अनि ऊ रिसाएर घरै आउँदिन भनेर खबर पठायो । उसले खान नपाएर भोकाएर विजोग हुन थाल्यो । ऊ सरकारी अस्पतालमा नक्कली बिरामी बनेर भर्ती भयो अनि अस्पतालमा खाना बाँड्ने समयमा बेडमा सुत्न आउँथ्यो ।
एकपटक ऊ सुत्ने अस्पतालको कोठामा एउटी लाटी केटी पनि बिरामी भएर ल्याएको थियो अनि त्यहाँ एकजना लङ्गडो पनि विरामी थियो । त्यो अस्पतालको कोठामा उनीहरु तीनजना बिरामी भएर बसेको थियो । तीनै जनाको आ–आफ्ना कथा व्यथाहरु थिए । उसले त्यो लाटी केटीसँग पनि लभ गर्न खोज्यो तर लाटीले पनि टेरिनन् तैपनि फकाउने कोशिश गरिरह्यो ।
रातको साढे एघार बजे समयमा शहरभरि हल्लाखल्ला भयो । अस्पताल साह«ै फोहोर थियो । मुन्द्रेलाई राति मुसाले टोक्न आयो तर उसले लाटीले माया गर्न आएकी होलिन् भनेर आनन्द लिइरह्यो । शहरको हल्ला त्यो केही थिएन त्यहाँ त भूइँचालो आएको थियो । मुन्द्रे भने “मेरो मुटु हल्लियो मैले धेरै रक्सी धोकेकोले भएको होला भनेर अब म मर्छु कि क्या हो” भन्दै आँखा चिम्म पारेर चिटचिट पसिना निकाल्दै रगमा गुटमुटिएर बसिरह्यो ।
उता लाटी सुतिरहेकी थिई भने लङ्गडोले भूइँचालो आएको चाल पायो । अब भाग्नु पर्यो भनेर लङ्गडोले लाटीलाई आफ्नो बैशाखीले छ्याक्क छ्याक्क गर्यो । लाटी भने लङ्गडोले माया गर्न बोलाएको भनी झल्यास्स भएर दङ्ग पर्दै लङ्गडोलाई च्याप्प अङ्गालो मारेर उसलाई भाग्नै दिइनन् । लङ्गडो भाग्न खोज्थ्यो भने लाटी उसलाई भाग्न नदिई तानेर माया गर्न खोज्थी भूइँचालो रोके तापनि उनीहरुको गुडुलमुडुल चलिरह्यो । मुटु हल्लिन रोकियो भनेर अब त बाँचियो भनेर “ धन्य ईश्वर” भन्दै मुन्द्रेले आँखा खोल्दा त दुईटाको गुडुलमुडुल देखेपछि “ थुइक्क मैले लाटी एउटी पनि पट्याउन सकिन ” भन्दै रुन थाल्यो । अनि त्यहाँबाट तत्कालै नाइटबसको पछाडि झुण्डिएर गाउँ गएर बुबाआमासँग माफी माग्यो र रक्सी खान छोडेर पंडित्याँइ काम गर्न थाल्यो । मुन्द्रे यसरी एकाएक परिवर्तन भएकोमा सबैजना अचम्मित भए ।
डल्ले पंडित र डल्ली पंडीतनीले मदनलाइृ “सधैं धेरै सुत्नुपर्छ ढिलो काम जानुपर्छ । यसरी नै हामी सम्पन्न भएका हौं । तिमीले यो सूत्रलाई कहिल्यै नभूल ” भनेर बारम्बार सम्झाइरहन्थे ।
अनि मदनको पनि आपूmले सोचेभन्दा असल र राम्री केटीसँग बिहे भयो भने डल्ले पंडित र डल्ली पंडितनीले राम्री असल बुहारी पाइन् । केही समयपछि डल्ले पंडित र डल्ली पंडितनी पनि परलोक भए । पंडित मदन र उसकी श्रीमतीको पनि १६ वर्षको छोरा भइसकेको थियो । उनीहरु तीनवटैको कहानी पनि डल्ले पंडित , डल्ली पंडितनी तथा मदनको १६ वर्षको उमेरदेखि भएको घटना जस्तै घटनाहरु क्रमशः पुस्तौं पुस्ता यसरी नै समयचक्र जसरी नै घटित हुन थाले । डल्ले डल्लीका पुस्ताका थुप्रै परिवारहरु भैसकेका थिए । त्यस्ता थुप्रै परिवारहरुको “ दिनको एक छाक खाने तथा सुताहा बनेर बस्ने जस्ता प्रवृत्तिहरु” भने कहिल्यै परिवर्तन हुन सकेन ।
४
समयको निरन्तरता सँगै देशमा जनयुद्ध विद्रोह शुरु हुन थाल्यो । डल्ले डल्लीको पुस्तामा एउटा विद्रोही युवा “विजय”को जन्म भयो । विजयले आफ्नो परिवारले ढिलो उठ्ने कुरा परिवर्तन गर्न चाँडै उठ्न थाल्यो तर उसका परिवारले उसलाई उल्टै “चाँडै उठ्यो ,कहिल्यै सुत्दैन , खर्च बढायो ” भनेर मानसिक डक्टरकहाँ जँचाउन लगे । डक्टरलाई पनि के चाहियो र सबै परिवारले भने अनुसार नै गरेर पैसा हसुर्नका लागि उसलाई पागल बनाई उपचार गर्न थाल्यो । यस्तो समस्या परेपछि विजयले आफ्नो समस्या विद्रोहीहरु समक्ष राख्यो । उसलाई उसको आफ्नो नाम पनि बिप्लब भनेर बिद्रोहीहरुले राखिदिए । तर विद्रोहीहरुले “तिम्रो घरलाई बमले उडाएपछि मात्रै ठीक हुन्छ” भनेर आक्रोश पोखे । त्यसपछि विजय विद्रोहीहरु कहाँ पनि गएन तर विद्रोह गर्न भने छोडेन । हुँदाहुँदा जनयुद्धलाई सरकारले तीव्र दमन गर्न थाल्यो । संकटकाल लाग्यो । एक लाख जति जनताका छोराछोरीहरु शहीद भए , कैयौं अङ्गभङ्ग भए अपाङ्ग भए , कैयौं बेपत्ता भए । विजय पनि पागलको संज्ञा पाएकोले गर्दा मात्रै भूमिगत रुपमा रही सरकारी दमनबाट बच्न सफल भएको थियो । हुँदा हुँदा ०६२/०६३ सालको जनआन्दोलनले विद्रोहीहरुले पनि विजय प्रप्त गरी सत्तामा पुग्न सफल भए । तर नेताहरुका लागि जनताको रगतको खोलो सत्ता चढ्ने सिँढी मात्रै भयो ।
यस्ता स्वार्थी कार्यहरुले गर्दा विजयको परिवारमा तथा डल्ले, डल्लीका पुस्तेली परिवारको सुताहा प्रवृत्तिमा कुनै परिवर्तन हुन सकेन ।
अहिले त झन् सुताहा परिवारहरु बढ्न थाले र एक छाक खाने परिवारहरु पनि ।
समय :– २०७० भाद्र १४ शुक्रवार राति ११:३० बजे भुइँचालो आएको समय
बिजु सुवेदी “विजय”
कुलेश्वर , काठमाण्डौं
bijusubedi@gmail.com
(श्रोत:- Blog)