संकलक :- बिजु सुवेदी “विजय”
एक फकिर कहाँ , एक सिद्ध पुरुष कहाँ तीन युवक आए । उनीहरु तीनैजना सत्य खोजिरहेका थिए । उनीहरु तीनैजनाले चरणमा शीर राखे र भने कि म सत्यको खोजक हुँ । म टाढा-टाढा भट्किएर आएको थिएँ । अब
तपाइँको शरणमा आएको छु । मेरो प्रार्थना हो कि यो मेरो लक्ष्य हो । कहीँ अर्कोतर्फजान नपरोस् ।
त्यस फकिरले उनीहरु तीनैजनालाई घोरेर हेरे । उसले आफ्नो झोलाबाट तीनवटा स्वर्णपात्र निकाले । एक-एकवटा तीनैजनालाई दिए र भने कि कुरो पछि हुनेछ , यो पात्रलाई सफा गरेर आऊ ।
पहिलोले पात्रलाई घोरेर हेरे । पात्र स्वच्छ नै थियो । यस्तो उसलाई लाग्यो , किनकी दुर्गन्ध पात्रले नै पानी पिउने उसको आदत थियो । बस्तुतः यत्ति स्वच्छ पात्र उसले देखेकै थिएन तर उसको सारा अनुभव दुर्गन्ध पात्रको थियो । उसको तुलनामा यो स्वच्छनै थाहा भयो । सुनको थियो । सुनलेनै उसलाई चौंकाइदियो । ऊ त पात्र राखेर त्यहीँ बसिदियो ।
दोस्रोले पनि पात्रलाई घोरेर हेर्यो , बाहिर तिर गयो , नदी तर्फगयो , नदीको किनारमा गएर उसले खूब रगडी-रगडी पात्रलाई धोयो । बालुवाले रगड्यो तैपनि तृप्ती भएन , पत्थरले पनि रगड्न लाग्यो । उसले पात्रलाई रगड्न थाल्यो । त्यो पानी भर्न योग्य पनि थिएन । उसले बिलकुल सफाइ गरे । त्यसमा प्वाल परिदियो । सुनको नाजुक पात्र थियो । उसले त्यसको साथ त्यस्तो व्यवहार गरे जस्तो कुनै फलामको पात्रलाई सफा गरेको होस् । जिद्दी थियो , जब गुरुले भनिदियो त उसले त्यसलाई अहङ्कार बनाइदियो कि सफा गरेरनै लैजानेछु । उसले सफाइ गर्यो पात्रनै बचेन । जब फर्केर आए त उसको अनुहार हेर्न लायकको थियो ।
तेस्रोले घोरेर पात्रलाई हेरे , खल्तीबाट रुमाल निकाले , घरभित्र गए , पानीमा भिजायो र त्यस गिलो बस्त्रले विस्तारै त्यस पात्रलाई सफा गरे र फकिरकहाँ आएर बसे ।
त्यस फकिरले तीनैजनाको पात्रलाई हेरे । पहिलोको पात्रमा झीँगा भन्किरहेको थियो । तब उसले झीँगा देखेन । किनकी ऊ झीँगामै जिएको थियो । उसको अनुहारमा पनि भुनभुनाइरहेको थियो । उसले त्यसलाई पनि धपाइरहेको थिएन । गुरुले भने तिमी अलि ध्यानसँग त हेर , तिमीले पात्र सफा गरिनौ । मैले भनेको थिएँ …………. उसले भन्यो पात्र सफा छ , अब अरु के सफा गर्ने ? सुन्दर पात्र छ र के गर्ने हो ? गुरुले भने हेर झीँगा भुनभुनाइरहेको छ । उसले भन्यो कि यो त त्यसैले भुनभुनाइरहेको छ , यो त फूलमा भुनभुनाइरहेको छ , यसबाट के फूल फोहोर छ ? त्यो त पात्रको मधुरताको कारण भुनभुनाइरहेछ ।
दोस्रोलाई भने पानी भर । पहिलोको पात्र त पानी भर्ने योग्यनै छैन । दुर्गन्ध थियो । दोस्रोले पानी भरे । तर पानी चुहियो उसले जरुरतभन्दा ज्यादा सफा गरे । पात्रनै नष्ट गरिदियो ।
भनिन्छ गुरुले दुइलाई बिदा गरे । तेस्रोलाई स्वीकार गरे । तेस्रोले सोधे कि मैले त बुझीन । यो के भयो ? यो लेनदेन के हो ? यो राज के हो ? यी पात्रहरु बाँड्ने र चुन्नेमा ? उसको गुरुले भने पहिलो भोगी हो । दुर्गन्धमा बस्ने आदत भयो । उसको शरिर झीँगाले भुनभुनाइरहेछ । ऊ त्यसलाई पनि मीठास सम्झिरहेको छ । अब आत्मा उसको जीवनमा जाग्ने सम्भावना कम छ । दोस्रो त्यागी हो हठयोगी हो । तोडफोड गरेर आए ।
नाङ्गो बसेको छ । उपवास गरेको छ । उँगेर बसेको छ । शीर्षासन गरेको छ । भोको छ । प्यासी छ । घाममा शरिरलाई पोलाइरहेछ । काँटामा सुतिरहेछ । राख रमाएर बसेको छ , गर्मीले भरिएको दिन छ । आगो जलाएर , धुनी जलाएर बसेको छ । र्सर्दीको रात छ हिउँ भएको ठाउँमा नाङ्गो काँपिरहेको छ , पात्रलाई नष्ट गरिरहेको छ । पात्र एकदम नाजुक छ । सुन भन्दा नाजुक छ तिम्रो देह । सुन पनि त्यत्ति नाजुक छैन । आखिर धातु धातु हो । देह अत्यन्तै नाजुक छ । स्वर्ण मन्दिर हो तिम्रो देह । उससँग दुइ दुर्व्यवहार हुन सक्छ । एउटा त्यो दुर्व्यवहार हो जो भोगी गर्दछ , अर्को दोस्रो दुर्व्यवहार हो त्यो त्यागी गर्दछ ।
त्यसैले त्यस तेस्रोलाई चुनियो । ऊ योग्य थियो किनकी ऊ त्यो समत्व उपलब्ध उसमा थियो । उसले न त एक अति गयौ न त दोस्रो अति । उसले होशपूर्वक चिजलाई हेर्यो र जान्यो । पात्र दुर्गन्धित पनि थियो , सफा पनि थियो । त्यत्ति सफा पनि गरेन कि पात्रनै नष्ट भैजाओस् । किनकी यस्तो सफाइले के फाइदा ! यस्तो औषधिको के फाइदा कि बिरामीनै मरिजाओस् !
संकलक :- बिजु सुवेदी “विजय”
कुलेश्वर , काठमाण्डौं (bijusubedi@hotmail.com)
(श्रोत:- Blog)