~संजिब ढुंगाना~
राती अबेर फर्किए |सबै निदाईसकेका रहेछन | आफुसंग भएको साचोले ढोका खोले | किचेनमा हेर्दा केही थिएन | ब्यागमा भएको चाउचाउ निकाले |२ ओटा अण्डा तारे अनि खादै कम्प्यूटर खोले | अनि जोडे नेपालको इतिहासमा सर्वाधिक महगो नेट एनसेलको डाटा कार्ड | इमेल चेक गर्दा १२-१३ ओटा जति आको रहेछन | कुनै अफिसियल त कुनै व्यक्तिगत | २-३ ओटा बाहेक अरु हेर्न अल्छि लाग्यो | साइडमा एउटा नयाँ गित बजाउदै त्यसैको सिर पट्टि फेसबुक.कम टाइप गरे | नखोलेको ४-५ दिन भाको थियो |च्याटमा ७-८ जना रहेछन | म प्राय: अनलाइन बस्दिनथे | आज खोल्दा सिधै अनलाइनमा देखायो | एकजना साथीलाई “ओइ के छ ?” भनेर पठाए | कुनै प्रतिकिर्या आएन | मुला कुनै केटीसंग व्यस्त होला | नाम नै त्यस्तै छ यसको | माथि २-४ ओटा (साथी बनुम न भनेर) आको रहेछ | ८ ओटा जति म्यासेज र ४० भन्दा बढी नोटिस पनि संगै थियो |
“हेलो “
च्याट साउण्ड आयो | नाम हेरेको कुनै बिदेशी नाम रहेछ “क्यारोलिना” | कहिले मेरो लिस्टमा पारे पत्तो लाउन सकिन |
“हेलो ” लेखिदिए मैले पनि | अनि प्रोफाइल चेक गर्न तिर लागे | फिमेल,फर्म काठमाडौँ-लिभ इन काठमाडौँ,वर्क याज स्टुडेन्ट यस्तै थियो | उ मसंग मात्र एड रहिछे | प्रोफाइलमा पनि कुनै कोरियन केटीको फोटो थियो | यो त पक्कै होइन |
“हाउ र यु ?” उताबाट फेरी आयो |
“फाइन एन यु ?”
“सेम…”
एकछिन कुनै अरु आएन |मैले पनि पठाईन |नचिनेकोसंग धेरै किन बोल्ने |नोटिस हेर्न लाग्दा अरु ४ ओटा थपिए |ति सबै त्यही नामबाट मेरो फोटोमा लाइक हानिएको थियो |
” नाउ होइर आर यु ?”
“@होम एन यु ?”
“म चै दिदी होममा…”
“कहाँ ?”
“बानेश्वोरमा “
“ए !अनि तिम्रो वास्तविक नाम चै के हो नि ?”
त्यसपछि उताबाट २ मिनेट जति केही आएन |यस बिचमा त्यो साथी आयो |”सन्चै छु |तेरो के छ?” भनेर |म पनि व्यस्त छु भन्ने भाव देखाउदै केही पनि रिप्लाई गरिन |म नोटिस हेर्दै व्यस्त थिए |
“सिम्रन..”
“सिम्रन के ?”
“सिम्रन थापा “
“मैले त चिनिन नि !!!”
“मैले तपाइलाई चिनेको छु नि त “
थापा थर भएका सबलाई एक चोटी सम्झिए |अह !कोही भेटिएन |
“तपाई र मेरो दिदीसंगै पढेको..”
“स्कुल कि कलेज ?”
“कलेज “
“ए !अनि तिमी चै ?”
“म तपाई भन्दा एक ब्याच तल “
“दिदीको नाम के हो ?”
“सर्मिला थापा “
मसंगै पढ्ने धेरै सर्मिला छन् |तर थापा होइन |मैले अझ पनि चिनिन |
“अनि आजकल के गर्दै हुनुहुन्छ त ?”
“म भर्खर हेटौडाबाट फर्केको…”
“के गर्न जानु भाको थियो ?”
“काम बिषेशले “
“अफिसबाट हो ?”
“होइन |आफ्नै…अनि तिमी चै के गर्दै छौ ? “
“परिक्षा दिएर बसेको…”
“कुन को ?”
“बि.बि.एस फर्स्ट एयरको …अनि तपाई कुन एयर ?”
“तिमी भन्दा एक ब्याच माथी…”
“हा हा हा…”
“प्रोफाइलमा किन फोटो नराखेको ?”
“राखेको छु त…”
“होइन,आफ्नै भनेको “
“आखा लाग्ला भनेर ” अचम्मको जबाफ थियो त्यो |सोधे :
“कस्को ?”
“तपाई जस्तै अरुको…”
“हा हा हा …”
उताबाट पनि उस्तै आयो |गित बन्द भयो |फेरी अर्को लगाए |च्याट टोन बज्यो |
“अनि आजकल के गर्दै हो नि ?”
“त्यस्तै…”
“अरु ?”
“अरु पनि त्यस्तै…”
“यस्तो त हुनु न पर्नी हो “
“कस्तो चाही हुनु पर्नी त?”
“अति राम्रो…”
“प्रोफाइलमा आफ्नो फोटो कहिले राख्छौ त ?”
फेरी उही प्रसङ्ग कोट्याई |
“किन र ?मलाई हेर्न बेताब हुनु भयो जस्तो छ नि ?”
“होइन ,सबैले चिनुन भनेर हो “
“अनि हेटौडाको कता तिर जानु भयो नि ?”
“अलि गाम इलाकातिर गको “
“राम्रो भयो “
“के राम्रो ?”
“गाउ घुमेर आउनु भयो नि त “
“होइन ,म गाउमा थुनीएर आको “
“किन र ?”
“खै कसरी भन्नु…”
यति मात्रै के टाइप गर्न भ्याको थिए |झ्याप लाइन गयो |
“ह्या !कस्तो बोर लाग्दो …”
सुजनलाई एक कल गरे |म काठमाडौँ आए भनेर |केही बेर पर्खीए |अह !आएन |यो नजाने बेलामा पनि काट्यो |यस्तै हो “हामी नेपाली…”
अर्को दिन त्यही नाम टाइप गरि फेरी चेक गरे |देखाउन त देखायो तर छेउमा एउटा नोटिस थियो |
“सि इज नट अभाइलेभल ,यु क्यान सी ओन्ली इन योर लिस्ट “
******
हिजो म कतै जादै थिए,एउटा साथी भेटियो | म संगै स्कुलमा पढेको साथी |कक्षामा प्राय : हामी संगै बस्थेउ |उ म संग थेउरी बिषय सिक्ने गर्थियो भने म उ संग प्राटिकल |मैले सुरुमा चिन्न सकिन |उसैले बोलाएर गर्ल्लम अंगालो हाल्यो र मात्र |दुवैजना एउटा बेकरी तिर पस्यौ |चिया भन्यौ,पिउदै केही कुरा भयो |उसले हतार देखायो |
“कता जना हो यस्तो हतार…?”
“एउटा जागिरको लागी अन्तरबार्ता दिन…”
“के मा ?”
“के मा चै थाहा भएन |दाईले मिलाईदेको…”
“तिम्रो नम्बर देउ त “
“भर्खर यता आकोले लिन भ्याको छुइन “
मेरो नम्बर लियो |
“कल गर्छु |फेरी पछि भेटौला नि “
“हुन्छ ,किन नहुनु |अब त फेसबुक पनि चलाउने होला नि “
उ मुसुक्क हास्यो |
“के छ तिम्रो नाम फेसबुकमा “
मैले नम्बर लेखेकै कागजमा आफ्नो फेसबुकको नाम लेख्दै भने |
“खोज्यौ भने एउटा मात्र भेटिएला “
उसले घडी हेर्दै भन्यो |
“अब म जान्छु पछि भेटौला “
“ल “
पर्दैन भन्दा-भन्दै चियाको पैसा तिरयो |बेकरी पसलबाट निस्कने बेला ढोकामा पुगेर मुसुक्क हास्दै भन्यो |
“संजिब !तिमीले फेसबुकमा सिम्रन थापालाई त बिर्सेदैनौ होला नि “
यसो भन्दै उ बाहिरिदा म अवाक्क भए |
(श्रोत:- Blog)