~पुरुषोत्तम पौडेल ~
एउटा गाउँमा एउटा किसान बस्थ्यो। उसको सारा धनसम्पत्ति भन्नु नै एउटी स्वास्नी मात्र थिई। उसको नाम रुपमती थियो तर किसानको नाम भने उसलाई पनि थाहा थिएन किनकी उसका बाबुआमा ऊ जान्ने नहुँदै बितिसकेका थिए। समय बित्दै जाँदा उसकी जेठी छोरी जन्मिई। किसानले तत्काल उसको नामाकरण नगर्ने बिचार गर्यो। एक-एक गर्दै उसका पाँच वटा छोरीहरु जन्मिए, तर छोराहरु नजन्मिएकाले किसान चिन्चित थियो्। किसानले छोरा नहुनेभयो भन्ठानी अरु सन्तान नजन्माएने विचार गर्यो। आजभोलि गर्दागर्दै उसका छिरीहरु पनि जान्ने बुझ्ने भैसके । अहिले ऊ छोरा नजन्मिए तापनी दुखी छैन किनकि उसका सबै छोरीहरु अनौठा लछ्छिन र लक्षण का निस्किएका छन् । त्यैसैले ऊ अहिले आफ्ना छोरिहरु को नामाकरण गर्न गइरहेको छ। उसले छोरीहरुको नाम उनीहरुकै स्वभाव र कामअनुसारनै राख्ने विचार गरी उसले यसरी नामाकरण गर्छ- जेठीको नाम “कल्पना” किनकि ऊ हरेक कुराको कल्पना गर्न सिपालु थिई। माहिलीको”थाममायाँ” किनकि ऊ हेर्दा पनि मोटि र सुरिलो शरिर गरेकी थिई । मुख्यत:उसले आफुले गरेको निर्णयलाई दह्रोसाथ लिन्थी यतीसम्मकी गाडेको खम्बा जस्तै हलचल नै गर्दिनथी। त्यस्तै साहिँली “सिर्जना” ऊ कल्पनामा सिमित देखिने कुरालाई पनि सिर्जना गर्न सक्थी। काइँली “दिपा” – ऊ सिर्जना भएका कुरालाई दिप अर्थात् बत्तिले जस्तै उज्यालो दिई सफल पार्न सक्थी । अब कुरा रह्यो कान्छी “योजना” को, ऊ हरेक कुराले सफलता प्राप्त गरेपछि नयाँ र समुचित योजनाको तय गर्न सिपालु थिई। यसरी उसका छोरीहरु अनौठा भैकन पनि एक -अर्काका पुरक थिए। यस कुराले किसानलाई हर्षित तुल्याएको मात्र होइन उसले आफ्नो नाम राख्ने ठुलो सपना पनि पुरा गर्न गैरहेको छ। नामका लागि उसले जेठी कल्पना को नामको पहिलो अक्षर “क”, माहिली थाममायाँको नामको पहिलो अक्षर “था” , त्यसैगरि साइँली को नामको पहिलो अक्षर “सि”, काइँली को नामको पहिलो अक्षर “दि” र कान्छी योजना को नामको पहिल अक्षर “यो” छनोट गरिसकेको छ अर्थात् “कथासिदियो”।
(श्रोत:- ११ कक्षाको नेपाली किताब)