~अधिकारी स्मित ~
सुनसान रातको सन्नाटालाई चिर्दै गल्लीतिर कुकुरको कोकोहोलो मच्चिरहेको छ । यदाकदा मोटर चलेको आवाजले कुकुरको हल्लालाई साथ दिइरहेकै छ । म √यालको पर्दा उघारेर निश्चल आकाशमा चाादीको भकुण्डो सरी चम्किरहेको चन्द्रमा हेर्दै त्यसमा कसैको आकृति बनाइरहेको छु । त्यो त्यस्तो आकृति जो मेरो अतितमा पि्रय थियो र अब मात्र कल्पनामा मात्र मसंग छ । मन एकाग्र छ । निकै बर्षसम्म आाधिहुरी बोकेर द्वन्दमा फसेको मन आज एकमग्न हुदा म मा अनौठो अनुभूतिको सञ्चार भइरहेको छ । मोटर र कुकुरको भुकाइका आवाज मनको एकाग्रतामा संगीत भरिरहेका छन् । मैले भनेनी चन्द्रमामा कसैकोे आकृति कोर्दै छु । साना साना नशालु आखा, स्पष्ट फराकिलो निधार, हिमचुली झै सेता दन्तलहर हाास्दाखेरी अस्पष्ट तर आकर्षक खाल्डो पर्ने गालाहरु, चुम्बनको तृप्ति मेटाउने खालका ओठहरु यि सबै बनाउन भ्याउछु म त्यो कल्पनाको आकृतिमा । अब मनमोहक छोटो कपाल भर्न थाल्दछु त्यो आकृतिमा । एक पाटो त भर्छु कुम कुम सम्म झारेर तर जब अर्को पाटो भर्ने सुर कस्छु, एउटा कारुणिक आवाजमा मेरो कल्पनाको लहर ठोक्किन्छ र टुट्छ स्मृतिको निरन्तरता ।
अहो π कति चर्को, कारुणिक र पिडा मिश्रति आवाज ? मेरो ध्यान पुरै खिच्दछ त्यो आवाजले । मेरा कान त्यो आवाज पछ्याउनमा ब्यस्त हुन्छन् अब । यस्तो लाग्छ आवाज मेरो छेउमै आउदैछ र लाग्छ छोप्दैछ मलाई त्यो आवाजले । केहिबेरको रुवाई, अलिबेरपछि हाासो अनि एकैछिनमा छट्पटाहट, लौन कस्तो अनौठो आवाज π जब आवाज एउटा अस्तब्यस्त आकृति संगै मेरो कोठाको समिपमै आईपुग्छ, म बल्ल ठम्याउछु आवाज उनै कबिको रहेछ । हो त आवाज त तिनै असन्तुलित कविकै हो । धेरै समयको अन्तरालपछि कवि मेरो कोठाछेउ आएर आˆना असंगठित कविता बाचन गर्दैछन् । काठमाण्डौ कोठा कोठाभित्र निदाइसकेको छ । कवि भर्खर जागेका छन् । धेरैपटक सुनेको छु ति कविका अकविताहरु मैले । उनका अकविताहरु सधैजसो छेउछाउमा सुतिसकेका मान्छेहरुलाई गरिएका गालि त्यसमा आफ्नै ताली मात्र हैन भुस्याहा कुकुर, आफ्नै अगाडिको पर्खाल र बिजुलीको खम्बा प्रतिको आक्रोशले भरिएका हुन्छन् । तर अचम्म आज उनका अकविताहरुको विषयबस्तुमा आमूल परिबर्तन छ । उनको आजको अनियन्त्रित मन्तब्य आक्रोशले त भरिएको छ तर सदाका झै खम्बा, कुकुर, पर्खाल र निदाइसकेका मेरा टोलबासीप्रति हैन एउता निश्चित ब्यक्तिप्रतिको गुनासो सहितको आक्रोश ।
दुनियाको नजरमा बहुला तर मेरो बुझाइमा कवि त्यो निर्भिक मान्छे बोल्दै छ बस् बोल्दै छ । उ भन्छ, “म कसरी निष्ठुरी र लाक्षी हुन सक्तछु , कसैलाई गहिराइमा नबुझि यसो भन्न पाइन्छ ? पाइन्छ ? हैन किन कोहि बोल्दैन ? पाइन्छ भनेको ? कि जसलाई जे भन्न पनि छुट छ यो दुनियामा ? कि म अचानो हु जति चोटपनि सहनुपर्ने ? ” प्रश्न सिलसिलाबद्ध नभएपनि मार्मिक लागे मलाई । मलाई थाह छैन संसाझै निदाइसकेको काठमाण्डौले सुन्यो कि सुनेन ति मार्मिक प्रश्नहरुको बिश्रृखलित श्रंृखला । तर मरो मुटमा भने अन्तर गहिराई सम्म पुग्न सफल भए ति । अब म यि प्रश्नहरुका बारेमा गम्दै सोचमग्न छुु । ढक्रक्क आवाज π मेरो ध्यानमग्नता पुन √यालबाहिरतिर दौडन्छ । लौन मेरा कवि त खम्बामा टाउको ठोक्दै रुदैपो छन् । केहि बेरको रुवाई पछि रक्ताम्य टाउको उठाएर उनि फेरि बोल्छन् “के दुनियामा बोलेर मात्रै प्रेम हुन्छ ? अब्यक्त प्रेम, के त्यो सम्भव छैन यो समाजमा ? ओइ समाज किन बोल्दैनस् ? साला सब सुतिसकेछन्, भुस भइसकेछन् ” म चिन्तित भएा सबै सुतेको थाह पाएर उनले कतै आफ्ना अकविताको बाचन सिलसिला नै टुङ्गयाउलान कि भनेर । वरिपरिका सबै आजित भइसक्दा पनि मैले चाहिन कि उनि चुप लागुन् । यो यस अर्थमा कि सधै अश्लिल शब्दमा तथानाम गाली गलौजका वाक्य ओकल्ने उनका ओठहरुबाट आज उनि भित्र दन्किरहेको ज्वालामूखिको लप्का निस्किइरहेछ । यस्तो लागिरहेछ उनि आज रित्तिन चाहन्छन मनभित्रको पिडा बिसाएर । त्यसैले सबै सुतेका छैनन् भन्ने भेउ दिन कृतिम रुपमा खोकिदिन्छु म । बिचबाटोमा घोप्टी परेका मेरा कवि धङ्गधडाउदै उठ्छन् र मेरो √यालपट्ट िफर्केर फेरी बोल्छन् ” तिमी सुन्दैछौ ? ” मलाइ लाग्यो आफ्ना बिलौना सुनिदिने कोहि चाहन्छन उनि । म कोठाबाट कौसीमा निस्कन्छु । उनि हाास्छन् ” ओइ काठमाण्डौ देखिस मलाई पनि सुन्ने कोहि छ । तिमी भन त भाइ म मरो बाध्यतामय भूमरीमा परेको बेला मौन रहन पाउछु कि पाउदिन ? ” जुनको मधुरो प्रकाशमा मुन्टो हल्लाउछु पाउछौ भन्ने संकेत दिन । ” बास् पाउछु होईन ? अनि कसरी म लाक्षी भए ? ” अब भने म मा प्रतिक्रिया दिने ल्याकत हराउाछ । के भनौ, कसरी भनौ । म अन्तरद्धन्दमा फस्छु । म उनका प्रश्नलाई बेवास्ता गर्न पनि त सक्तिन किनकी तिनले मलाई छोएका छन अन्तरमनको गहिराईमा । म त्यो सडकमा -वहुला) कवि होईन आफूलाई देख्छु । देख्छु विचबाटोमा बसेर म चिच्याईरहेको छु, खम्बामा टाउको ठाकिरहेको छु । मलाई लाग्यो मैले पनि होस गुमाईसके अब सायद । उता कबि बोल्दैछन् “कति निकृष्ठ छ यो दुनिया । प्रेम पनि भनेर गर्नुपर्ने । कस्तो देखावटी र भ्रामक समाज यो, प्रेम जस्तो पबित्र चिजमा पनि समयसिमा हुने । भाइ भनत प्रेममा पनि यतिबेला भनेको भए हुन्थ्यो अब ढिला भइसक्यो भन्ने हुन्छ ?” उत्तर को अपेक्षा सहित प्रश्नको बाण हान्छन् म माथि उनि । तर बाण उत्तर लिएर र्फकनुको साटो मलाई नै अर्धमूर्छित बनाउदै मुटुमा गडेर बस्छ । आखिर म पनि ठ्याक्कै त्याहि प्रश्न बोकेर निर्जर जीवन ब्यथित गर्दैछु कहि समय यता । लागिरहेछ कतै यि कबि मेरा प्रश्न मलाई नै सोधेर मरो घाउमा नुनचुक छर्दै त छैनन् ?
म कोठामा फर्केर पर्दा बन्द गरी बत्ती निभाउछु । कविले पत्थर मार्छन् मेरा √यालउपर । दुईचार पत्थरले पनि केहि नलागे पछि उनको आवाज टाढिदै गयो, सायद उनि हिडे । उनि त हिडे तर मेरो मनमा ज्वारभाटा उठाएर हिडे । जतन गरेर बन्द गरीराखेको अतितको पर्दा उघि्रयो । सम्झन थाले ति दिन । सानु थिई अतितको काहानीकी नायिका । उ नाच्न थाली मेरो स्मृतिमा । छाटो कद, छोटै कपाल, सेतो वर्ण, हरियो कुर्ता सलवार र हसिलो मुहार । लौन π अघि मैले चन्द्रमामा बनाएको आकृति जस्तै । मेरो मुटु चिरिने गरी हाास्न थाली ऊ । एकैछिन नाची, केहिबेर हाासी र आखिरीमा दाहिने हात हल्लाउदै क्षितिज पारी पुगीहाली । म रन्थनिए, छट्पटाए । भित्रभित्रै निश्सासिए म । लामो श्वास तानी ठूलो आवाज निकालेर बोलाउन मन लाग्यो, सानु…. π π π π π तर सकिन । बाक्यै फुटेन । यो रातको सन्नाटामा त्यति ठूलो आवाजमा बोलाउन त अघिको कवि हुनुपर्दछ । बल्ल बुझे मेरा कवि किन पागल भएको नाटक गर्दैछन् । तैपनि चिच्याउन मन लागेर आयो । यसपाली त चिच्याउनै आटेको थिए, फोनको घण्टी बज्यो । उठाउन चाहिन काटिदिए । पुन अतितको श्रृंखलालाई जोड्न चाहे, बिफल भए ,सकिन । फेरी घण्टी बज्यो । यसपाली भने उठाए । फोन बाल्यो, खाना खायौ । मनमा शितल भएर आयो । आवाज पि्रयाको थियो । यो त पि्रया थिई, त्यो सानु होईन जसले मेरो अब्यक्त प्रेमलाई बुझ्न सकिन जसको बुझाइमा प्रेममा पनि समय सिमा हुन्छ । यो आवाज त पि्रयाको थियो जो प्रेमलाई जीवन ठान्छे र कसैको भावनालाई टुक्राउनु उसको जीबनलाई बर्बाद पार्नु हो भन्छे ।अब म उसलाई सानुझै म गुमाउन चाहन्नथे अब्यक्त प्रेमको ज्वालामूखि बोकेर । पि्रयालाई सानु बन्न दिन्न भन्ने निश्चय गरी मनको सागर उनिसामु छताछुल्ल बनाउने अठोट गरेको छु । अघि एक्लो बहुला कविभित्र आफूलाई पाउने म अहिले सोचिरहेछु म एक्लो छैन ।
समाप्त
-हेमजा-६, सुइखेत, कास्की
(श्रोत:- Smit’s Blog)