कथा : सानुको आगमन

~इल्या भट्टराई~Illya Bhattarai_1

बिहान उठेर बाथरुम गएँ । त्यहाँको भयालबाट आपनो मूलढोकाबाहिर सामान्य पहिरनको कोही मानिस उभिरहेको देखेँ । अज्ञात आशङ्काले मन ढक्क फुलेर आयो, “को होला त्यो, यसरी एकाबिहानैदेखि ढोका कुर्ने ? यति सबेरै त कोही पनि भेट्न आउँदैन थिए ।”

मनमा नानाथरी खुल्दुलीहरू जन्मिए । एक्कासि डरको झस्को पस्यो । हालसालै यस्तै एकाबिहानै घटाइएका हृदयविदारक घटनाहरूले मुलुककै सातो लिइरहेको थियो । र, त्यस्ता दुर्घटनाहरू घटाउन बिहानको समय नै रोजिएको थियो ।

संयोग, आज पनि मेरो मूलढोकाबाहिर सामान्य पहिरनको एउटा अपरिचित मान्छे एकाबिहानैदेखि कुरिरहेको थियो ।

बाथरुमबाट निस्केपछि म आपना अन्य कार्यहरूमा अल्भिmएँ । र, ढोकाबाहिर कुर्ने त्यस व्यक्तिको उपस्थितिलाई बिर्सिएँछु । झन्डै एक घण्टापछि भान्छामा काम गर्न लाग्दा झ्यालबाट दृष्टि पुनः बाहिर पर्‍यो र मेरो ध्यान त्यसतर्फ गयो ।

को होला त्यो ? “कान्छा जाऊ त हेर, बाहिर को आएको छ ? अँ, पहिले हत्तपत्त ढोका नखोल्नु । उसको नाउँ सोध्नु, कहाँबाट किन आएको सोध्नु अनि यहाँ मलाई भन्न आउनू ।” केटो दगुरेर गयो र जानकारी लिएर तुरुन्तै फर्कियो ।

“हजुर नाम सानु भुजेल रे, चितवनबाट हजुरहरू दुवैलाई भेट्न आउनुभएको रे !”

“को सानु भुजेल ? खै चिन्दिनँ म त ! हैन यो ब्यानब्यानै को आइपुग्या होला !”

“के भनिदिउ“m त ? सरलाई मान्छे भेट्न आउनु भा’छ भनिदिऊँ ?”

चिन्नु न जान्नुको मान्छेलाई घरभित्र झस्झस्ती बोलाउने मेरो आँट आएन ।

“ए पख ! सर उठ्नु भा’ भए उहाँलाई पहिला कौसीबाट बाहिर हेर्न भन । उहाँले चिनेकै मान्छे हो कि !”

केटोलाई त्यति अह्राउँदाअह्राउँदै बिजुली चम्केसरि मेरो मनमा सम्झनाको झल्को आउँछ ।

ए सानु त हामी चितवन छँदाखेरिको हाम्रो काम गर्ने केटो थियो । त्यसको थर भुजेल हो भनेर म के जान्नू !

“ए कान्छा पख, भो सरलाई नउठाऊ । बाहिर गएर त्यस मान्छेलाई बोलाएर ल्याऊ ।” म कान्छालाई रोक्छु ।

सानुको सम्झनाले मनमा खुसी र सन्देह दुवैको संवेग छायो । यत्रो वर्षपछि सानु हामीलाई सम्भिmएर आइपुगेछ । तर … त्यो किन आयो ? हाम्रो सम्झनाले त्यसलाई तानेर डोर्‍यायो कि ऊ कसैद्वारा सञ्चालित कठपुतली भएर हाम्रो स्थिति बुझ्न आयो !

मैले राखेका काम गर्नेहरूमध्ये सानु असल हो भन्दा फरक पर्दैन । हामी चितवन सरुवा भएर गएका थियौँ । क्वार्टरमा पुगेको लगभग एक घण्टापछि यात्राको थकाइ र चितवनको गर्मीले आलसतालस हुँदै म एक्लै सामानहरू तह लाउन खोज्दै थिएँ, ढोकामा ढकढक गरेको आवाज आयो । “भर्खरै अफिसतिर लाग्नुभएको पतिदेव के बिर्सेर फर्किनुभयो” यही सोच्दै मैले ढोका खोलेँ तर बाहिर श्रीमान्को साटो दुई जना १३-१४ वर्षे केटाहरू थिए, बाहिरको त्यो चर्को घाममा खलखल्ती पसिना काढ्दै उभिएका । तिनलाई देख्दा म छक्क परेँ । “काम गर्ने चाहिन्छ कि म्याडम हजुरलाई ?” तीमध्ये अग्लोचाहिँले प्रश्न गरेको थियो । सँगै ठिङ्ग उभिएको अर्कोचाहिँ लाज मानिरहेको थियो ।

“काम गर्नेचाहिँ को ?” मेरो मुखबाट प्रश्न अनायासै निस्केको थियो ।

“यही केटो हो हजुर !” अग्लोले थप्यो ।

“अनि मलाई काम गर्ने चाहिन्छ भनेर तिमीहरूलाई कसले भन्यो त ?” यसमा मलाई साँच्चिकै आश्चर्य लागिरहेको थियो ।

“हजुर, यस क्वार्टरमा हजुरहरूभन्दा पहिला बस्ने सरहरूले यसलाई राख्नुभएको थियो । उहाँहरू जानुभएपछि यो यसै हल्लिराखेको थियो । अहिले हजुरहरू आउनुभएको देखेर सोध्न आएको ! हजुरहरूले काम गर्ने ल्याउनुभएको नदेख्दा काम गर्ने केटा पक्कै पनि चाहिएला भनेर सोधेको ।” त्यो केटो निकै चल्तापुर्जा होला जस्तो देखिन्थ्यो ।

“अनि तिमी को त ?”

“हजुर म उऽऽ त्यो पल्लो क्वार्टरको सरकहाँ काम गर्ने केटो हुँ । हामीहरू एउटै गाउँका हौँ । यस क्याम्पभित्रका प्रायः सबै क्वार्टरहरूमा हाम्रै गाउँका ठिटाहरू नै काम गर्छन् ।”

“के-के काम गर्न जान्या छ त ?”

“हजुर पहिला पनि सरहरूकै काम गरेको हो । मलाई सप्पै कुरा पकाउन आउँछ । सफा गर्ने, लुगा धुने सप्पै काम गर्न सक्छु म ।” यसपालि त्यो सानो केटो नै मसँग मुखरित भएको थियो ।

“बानी कस्तो छ ? चोरी, ढाँटी गरेको त म सहन्न नि !”

“हजुर दुई पैसा चोरेर हाम्रो के भलो होला र ! हजुरहरूले थाहा पाएपछि हामीलाई निकाल्दिहाल्नुहुन्छ । अनि, फेरि हामीले कहाँ काम पाउँछाँै र ! घरमा बाउ-आमाले पाल्न सक्तैनन् । बरु हामीले नै कमाएर घरमा भरथेग गर्नुपर्छ । त्यसकारण हजुर यो मात्र हैन, यहाँ काम गर्ने हामी सबै नै इमानदार छौँ । हजुरले कुनै पीरै गर्नु पर्दैन ।” यसपालि अग्लोचाहिँ केटोले मेरो मनको सन्देह मेट्ने प्रयत्न गरेको थियो ।

तिनीहरूको आगमन त मलाई ढुङ्गो खोज्दा देउता मिलेजस्तै भइदियो । म सुरुमै त्यहाँको गर्मीबाट तर्सिसकेकी थिएँ । झन् त्यसमाथि त्यहाँ सस्तो हुने भएकाले सबै कुरो दाउरामै पकाउनुपथ्र्यो । त्यत्तिले नपुगेर भान्छाको छाना पनि जस्तापाताले छाएकाले गर्दा म प्रचण्ड गर्मीको अनुभूत गरिरहेकी थिएँ ।

र, त्यतिखेर तिनीहरूको आगमन उखरमाउलो गर्मीमा एक झर पानीले ल्याएको शीतलताजस्तो भएको थियो । मेरो क्वार्टरमा काम माग्न आएकै क्षणदेखि उसले कोठाभित्रको असरल्ल स्थितिलाई बुझेर काम गर्न लागिपरेको थियो ।

सानु हेर्नमा निकै राम्रो थियो । हिन्दी सिनेमाकी हिरोइन रेखाको भाइ होला जस्तो । ऊ काम पनि फुर्तिका साथ गथ्र्यो । पहिले नै तालिम पाइसकेकाले होला, जे पनि मीठो पकाउँथ्यो । उसलाई मैले कहिल्यै कुनै कुरामा कचकच गर्नुपरेन । पहिलो दिन मेरो काम सम्हाल्न आउँदा उसलाई मैले जे-जे सिकाएकी थिएँ, म दुई वर्ष त्यहाँ बसुञ्जेल उसलाई फेरि दोहोर्‍याइरहनुपरेन । मेरी एकवर्षे छोरीका लागि ऊ अत्यन्त स्नेही धाईआमासमेत भइदिएको थियो । ऊ तालिमप्राप्त र साह्रै शिष्टाचारी पनि थियो ।

दुई वर्षपछि त्यहाँबाट अन्त सरुवा हुँदा मैले उसलाई आफूसँगै लैजान बल गरेकी थिएँ । तर, आपनो घरपायक छाडेर अन्त जस्तोसुकै राम्रो काम पाएता पनि ऊ जान सक्तैन थियो, गएन । तर, हामी उसलाई पछिसम्म पनि बरोबर सम्भिmरहन्थ्यौँ । आफूलाई कामको चटारो पर्‍यो कि उसको सम्झना आउँथ्यो ।

“हजुर यता दुई चार-दिन भो सा’बलाई बरोबर सपनामा देखेँ, त्यही भएर सा’बको सञ्चो-बिसञ्चो सोध्न आएको । फेरि हजुरहरू सबैसँग भेटघाट गर्न पनि मन लागेको थियो …।”

अहिले उसको कुरा सुनेर एक मन त फुरुङ्ग भयो । “मैले यसलाई कति माया गरेर राखेकी रै’छु र त आज यत्रो वर्षपछि पनि हाम्रो माया लागेर ऊ हामीलाई भेट्न, हाम्रो सञ्चो-बिसञ्चो सोध्न आइपुग्यो ।” तर, तुरुन्तै शङ्कालु मनले प्रश्न गर्‍यो, “सम्बन्ध आलै छँदा कहिल्यै कुनै खोजखबर नराख्नेलाई १५औँ वर्ष बितेपछि एक्कासि हाम्रो सम्झना किन आयो ? हामीसँग भेट्ने इच्छा कसरी जागृत भयो ? ऊ को हो ? हामीलाई माया गर्ने एउटा सामान्य नेपाली अथवा कसैको रिमोट कन्ट्रोल ?”

मन एकतमासको भयो । उसको आगमनलाई कसरी लिने ? खुसीको घटना कि सम्भावित आपत्तिको सङ्केत ?

“हजुर सर कता हुनुहुन्छ होला ? माथि कोठामा हो कि, म एकचोटि भेटेर आउँछु नि !” उसको कुरो सुनेर मन आतङ्िकत भयो । डरले हातखुट्टै फतक्क गले ।

“कोठामा श्रीमान् एक्लै हुनुहुन्छ अनि ऊ यत्रो वर्षपछि आएको मान्छे, कोठैमा पुग्छु भन्ने आँट गर्दैछ । लौ न के हुन आँटेको हो ! भगवान् कुनै अनिष्ट नगराऊ !” म मनमनै भगवान्लाई पुकार्छु ।

“हैन, सर यतिखेर त बाथरुममा हुनुहुन्छ । अहिले यहीँ आइहाल्नुहुन्छ । बरु लौ यो चिया खाऊ ।” केही नभएको जस्तो संयमित भएर म सकेसम्म सम्भावित अपि्रय घटनालाई पर सार्न खोज्दै थिएँ । त्यहीबीच मैले उसबारे सामान्य जानकारी लिएँ । समय बगेको पनि निकै भइसकेको रहेछ । त्यतिखेरको १५ वर्षे ठिटो अहिले दुई-चार सन्तानको बाउ, ४० वर्षे प्रौढ भइसकेछ ।

तैपनि मलाई सानु २५ वर्षअघिको त्यो मायालाग्दो किशोरजस्तै लाग्यो । जो आपनो जाँगर, फुर्ति तथा शिष्टाचारले मेरो पि्रय बनेको थियो । ऊप्रति मेरो मनमा फेरि सकारात्मक भावहरू पलाउँदै थिए । तर, कुन्नि ऊचाहिँ आपनो मनमा कस्तो मनोभाव खेलाउँदै थियो । यत्रो वर्षपछि आपना पुराना मालिकहरू देख्दा उसको मनमा सुखद भावनाको प्रादुर्भाव भयो होला कि या क्रूरताले गाँजेर कठोर भएको मनमा, ‘काम सकेर’ सकेसम्म छिटोछिटो कसरी उम्किएर जाने होला भन्ने सोच आयो होला ! मैले अनुमान लगाउन सकिनँ ।

भान्छामा श्रीमान्सँगको उसको भेटघाट निकै छोटो अवधिको रह्यो । “ए यो आएको रहेछ, यसलाई राम्ररी खुवाइपियाई गरेर पठाऊ । अँ, अनि यसका बालबच्चालाई पनि यसो केही दिएर पठाऊ ।” उसले राम्ररी कुरा गर्नै नपाई श्रीमान् आफ्ना कुरा सकेर हिँडिहाल्नुभयो ।

उहाँ हिँडेपछि सानुले पनि ‘जान्छु’ भनेर हुटहुटी लायो । अघिसम्म भात खाएर जाऊ भन्दा हुन्छ भनेको मान्छे, अहिले बेर भयो भनेर भात खान पटक्कै मानेन । जाने बेलामा हातमा केही पैसा राखिदिँदा उसले लिनै मानेन । मैले उसको खल्तीमा त्यो पैसा जबर्जस्ती कोचिदिएँ ।

सानु आयो तर उसले आफूसँग थुप्रै प्रश्नहरूको सँगालो छाडेर गयो ।

केही वर्षअघिको समय भए, उसको आगमन मानवीय सम्बन्धको एउटा सुखद र दरिलो उदाहरण हुनसक्थ्यो । तर, अहिले परिस्थिति बदलिएको छ । मानवीय मूल्य, मान्यताहरू फरक भएका छन् । आस्थाले घरिघरि आफैँलाई प्रहार गरिरहेको छ । त्यस्तो स्थितिमा हाम्रा लागि सानुको आगमन निश्चय नै रहस्यमयी तथा आतङ्कित हुनपुगेको छ । विगतले निर्दोष र अबोध देखाएका सानुहरूलाई आज समयले एकाएक सन्दिग्ध बनाएको छ । अकल्पनीय रूपमा आतङ्क उमार्ने बीउ हुनपुगेका छन् ।

म अहिले पनि उसमा, त्यो १५ वर्षअघि चितवनमा मेरो भात पकाउने, भाँडा माझ्ने र लुगा धुने त्यही केटोेको प्रतिविम्ब मानसपटलमा जीवन्त राख्ने कोसिस गरिरहेकी छु । तर, मन मान्दैन र बारम्बार शङ्काका अनेकौँ प्रश्नहरू मतिर तेस्र्याउँछ । यतिका वर्षपछि अचानक ऊ आउनु के संयोग मात्र थियो ? र, आएर पनि पाकेको भातसम्म नखानु के साँच्चिकै समयाभाव नै थियो त ? के थियो यसलाई त्यस्तो बित्दो ! यी सबै कुराहरू कसरी संयोग मात्रै हुन सक्छन् ? प्रश्नहरूका अनगिन्ती झटारो खाएर म यतिखेर यस्तो मोडमा उभिन पुगेकी छु, जहाँबाट त्यो पुरानै निर्दोष, निश्छल सानुभित्र म अनेकौँ तर्कनाहरू देख्न थालेकी छु । ऊ आखिर किन आयो ?

(श्रोत:- नेपाल साप्ताहिक १४०)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.