~जनार्दन दाहाल~
बुद्ध धर्मावलम्बीहरुलाई बुद्ध जयन्तीमा बिदा भयो, क्रिसमसमा क्रिश्चियनहरुलाई बिदा भयो । शिवरात्रिमा हिन्दूहरुलाई बिदा भयो, इदमा मुसलमानहरुलाई ।
विद्यार्थी, शिक्षक, डाक्टर, इन्जिनियर, वकिल, कर्मचारी सबैले बिदा पाए । यतिमात्र होइन, बिदाका स्वरुपअनुसार दसैँ–तिहार, हिउँदे, वर्षे, तलबी–बेतलबी सबैले बिदा पाए ।
कहिल्यै र केहीमा बिदा नपाउने वीरबहादुर भरिया सारङ्गीजस्तो पेट लिएर बन्दको दिन सडकमै सुतिदियो र सोच्यो–
“म जस्ता भरियालाई बिदा त छैन–छैन, काम गर्नचाहिँ किन नदिएका होलान् ?”
(श्रोत :- Chitwanpost )