~घनश्याम ढकाल~
घनश्याम ढकाल, मध्यरातमा अस्पतालमा सातजना माओवादीहरुको लास ल्याइएको छ भन्ने कुरा बिहान भइसक्दा सदरमुकामभरि फैलिइसकेको थियो । लास हेर्न मानिसहरुको घुइँचो लाग्यो । सबै सन्न र स्तब्ध थिए । चारैतिर भय र क्षोभ मडारिएका थिए । मृतकहरु कहाँबाट ल्याइएका थिए र को थिए भन्ने तथ्यलाई गोप्य राखिएको थियो । कसैलाई हेर्न दिइएको थिएन ।
लासको विवरण भने अस्पतालको चौघेराले कैद गर्न सकेको थिएन । मारिनेमा सबै तीस वर्षभित्रका युवाहरु थिए । मुर्दाघरमा लहरै सुताइएका सबै शवहरु नाङ्गै थिए । शरीरमा कट्टुभन्दा केही थिएन । हरेकको छाती र मुखमा प्वालै प्वाल थिए । लाग्थ्यो कतै बाँधेर गोली हानिएको थियो । लासको सनाखत हुनुपर्छू एकत्रित भीडको आवाज ठूलो हुँदै थियो । पुलिसहरु पागल मुद्रामा क्रुद्ध थिए । हामीलाई लास देखाउने आदेश छैन । अस्पतालले आफ्नो लाचारीपन प्रकट गर् यो । ू
मानवता लज्जित भएको छू यसै कुरालाई लिएर जनसमूहको एउटा जत्था जिल्ला प्रशासनसमक्ष गएर गम्भीर आपत्ति प्रकट गर् यो । सबै कुरा कानूनअनुसार नै भएको छ केही तलमाथि भएको छैन फेरि यो पुलिसको मामिला हो मैले भनेर हुँदैनू सिडिओले कत्ति पनि लाज नमानी आफ्नो निरीहता प्रकट गर् यो । मानौं ऊ एउटा रोबोट मात्र थियो । तपाइँ ज·लमा शासन गर्दै हुनुहुन्छ कि समाजमा उजुरीमा जानेहरुले जङ्गिएर रोष देखाउँदै भने । मानवअधिकार उल्लंघन भएको भनी पत्रकार सम्मेलन गर्नुहोस् सिडिओलॆ फेरि उपहासपूर्वक भन्यो । आत्मग्लानिले पानीपानी भएर टाउको निहुँराउँदै त्यहाँ जाने मानिसहरु कोठाबाट बाहिर निस्के । फेरि मध्यरातमा अस्पतालमा मूर्दाघरको ढोका उघारियो । राइफलधारी पुलिहरुले घेरा हालेर मृतकहरुलाई भ्यानमा कोचें । त्यसबेला पुलिसहरु अत्तालिएका थिए किनभने लासहरुको ठाउँमा उनीहरु आ-आफ्नो लास देखिरहेका थिए ।
(श्रोत :- Portonepal )