~निरु अभागी~
मेरो हत्केलामा फूल्ने फूल बसाइँ सरेपछि
जँघार बीचै छाडी खोली तार्ने एक्लै तरेपछि
सम्झी बस्नु के अर्थ भो ? उही फूल दिनरात
पराई हातमा सुवास छर्न फूल आफैं झरेपछि ।
———————————————
थाहा छ अब उसको तस्वीर छुनुको क्यै अर्थ छैन
जोडी नाता पराईसँग रुनुको क्यै अर्थ छैन
नगरेको हैन कोसिस भूल्न भनी पापिनीलाई
अब अतित सम्झी तड्पिनुको क्यै अर्थ छैन ।
धरान, हालः दुबई
(श्रोत :- Vishwanews)