कथा : लोग्ने मान्छे

~भवानी क्षेत्री~

अब बिदेस जाइन्छ, मन पर्दा लुगा लाइन्छ, पाइन्ट लगाउन पाइन्छ, साच्चै बिदेश जाइन्छ, जाइन्छ, जाइन्छ । यसरी मनमा फुरौला पाकिरहेछन् ।

भिजा लागेको दिन हो आज । यति बेला म औधि खुसि छु । मन तेसै-तेसै चरा जस्तै भएर हाँसु हाँसु नाँचु नाँचु गर्दै छ, तर मनका कुरा बाहिर ल्याउन पनि भा’छैन । एकैछिन छुटिन नचाहने मात्र होइन स्वास्नीमान्छेले बाहिर फेर निस्केर काम गर्न हुदैन भन्ने मेरा लोग्नेले बिदेस जाने अनुमति दिएका छन् । यो पनि उनमा आएको परिवर्तन र मेरो जीवनमा भएको ठुलै प्रगति हो ।

अनि एकपल्ट बिदेस गएर आएका सबैले सजिला लुगा लगाउछन् । मेरै उमेरका र म भन्दा जेठीहरुले पाइन्ट टीसर्ट लगाएको देख्दा हुरुकै हुनेगरि तेस्ता लुगा लगाउन रहर लाग्छ मलाइ तर यहिँ बसेर त असम्भव छ मेरो यो रहर पुरा हुन । सधै साडी लगाएकी मैले सासु ससुरा जेठाजुका अघि कसरी सक्थें र पाइन्ट लगाएर हिड्न । हो यस्तै धेरैको संख्यामा खुसि पाएर पनि होला आज मन यसरी रमाएको ।

हुन त मनमा दुःख र डर पनि नलागेको कहाँ छ र । घर परिवार छोराछोरी लोग्नेलाई छाडेर कहाँ हो कहाँ भाषा पनि नमिल्ने देश इजराएल जादैछु । छोराछोरी बिग्रिए भने रु सबैभन्दा ठुलो त्रास हो मेरो । कति हो कति दुर्घटनाहरु भएको सुनेकी छु पढेकी पनि छु । अझ सुनेकी छु यौन शोषणका कथाहरु । के हो के हो नि ज्यूदो जादै छु मरेको लास भएर फर्कन के बेर रु यस्तै यस्तै डर पनि छ मनभरि । डर, रहर र दुःखले पौडी खेलिरहेछ मनमा ।

तर डर र रहरको बिचमा उभिन आउछ आर्थिक अभाब, छोराछोरीको भबिष्य । अझ यो भन्दा पर अर्को पनि कुरा छ । त्यो हो आफ्नो कमाइ । आफ्नो स्वाभिमानको स्थाइत्व खातिर आर्थिक आत्मनिर्भरता जरुरी पर्छू बिमला दिदीले भनेको यो कुरा मेरो मन भित्र रोपिएको छ । मेरो आफ्नै रहर यो पनि छ की कसैको सामु हात फैलाउन नपरोस् । दाल छैन चामल छैन तरकारी छैन भनेर लोग्नेसंग पैसा माग्दा उनको अनुहार धमिलो देखेको दिन कम्मर कसेर निस्कौ बाहिरूजे त पर्ला जस्तो लाग्छ । उनलाई थोरै भए पनि सहयोग गर्न सकेको दिन म धन्य हुन्थे भन्ने लागि रहन्छ मलाई । यसरी सोचे पछि मनको दुःख र डर हाराएर गयो । मनमनै भने जे त पर्ला ।

आज-आज भन्दाभन्दै जाने दिन आयो । छोराछोरी र तिन्का बाउ काठमान्डौ यएरपोर्टसम्म पुरयार फर्किए । मलाइ बोकेर प्लेनले बिमान स्थल छोडेपछि मुटु चुडिएर जमिन मै छोडिए जस्तो भयो । अब म यो संसारमा एक्लै छु जस्तो लागेर असह्य पिडाले पोल्यो मुटु । ‘ला ! अब मैले रोएको हाँसेको देख्ने पनि कोहि छैनन्’ भन्ने लाग्यो । मनको दुःखाइ सहन नसकेर दुबै आँखा छोपेर आँशुले रुमाल भिजाएँ । मनमा धेरै कुरा खेल्न थाले पछि सोचें-बिदेस आउनु अघि धेरै सपनाहरु सजाएकी छु । मैले बिदेश आएर पुरागर्नु छ ति सपनाहरु । फेरी मनमनै जे त पर्ला भन्दै ­­आफ्नो छेउको सिटमा बसेकी म भन्दा अलिक जेठी जस्ति देखिने साथीलाई हेरे । यिनैहुन अब मेरा साथी भन्ने भावना जागेर आयो । उ एकदमै सामान्ने अवस्थामा थिइ । पल्लो सिटकीलाई हेरें उसको अनुहार मलिन थियो । पछाडिको सिटमा बसेकाहरुको अनुहार हेर्ने मेरो रहर पुरा हुन सकेन ।

हामी एयरपोर्टमा ओर्लिदा अचिनारु मान्छेहरु हामीलाई लिन आएका थिए । जब हामी आफ्नो गन्तब्यमा पुगेउ म असामान्ने नै थिएँ । अरु साथिहरु कस्ता ठाउमा पुगे था’ भएन म भने एउटी मोटी बुढीको स्याहार गर्नु पर्ने ठाउमा पुगें । त्यो बुढीको हेर बिचारको सम्पूर्ण जिम्मा मलाइ सुम्पेर मलाइ पुरयाउने मान्छे पनि फर्कियो ।

काम गाह्रो थिएन । यो भन्दा कति हो कति मुस्किल काम गरेको ज्यान हो यो तर भाषा गाह्रो थियो । सिकेको हिब्रो भाषाले सहयोग गरे पनि अपूर्ण नै भयो । मेरा कैयौ दिनहरु एक शब्द नेपाली नबोलि बितरे गए । अलि अलि गर्दै साथीहरुसंग सम्पर्क हुन थालेपछि भने सहज लाग्न थाल्यो । कुरा बुझ्दा मेरो भागमा काम सजिलै परेछ । बुढी असल थिइ । कुनै साथीको भागमा जति काम गरे पनि हप्काइ रहने बुढी परेछन् । कसैको भागमा त पागल र कसैकोमा दिसा पिसब सोहोरर्नु पर्ने परेछन् । मेरी बुढीका एउटा छोरी र एउटा छोरा थिए उनिहरु यु।के र अमेरीकामा बस्दा रहेछन् । आमा भेट्न आएको बेला हँसाइ-हँसाइ भाषा पनि निकै सिकाइ सकेका छन् मलाइ । बुढीका छोराछोरी असल रहेछन हप्काएर भन्दा फकाएर काम लगाउने खालका । आमालाई भेट्न आउदा मलाई उपहारहरु दिदै भन्छन्- प्यारी तिमी हाम्री बहिनी हौ, हाम्री आमा तिम्री पनि आमा हुन्, आमालाई राम्रो हेर ल । यसरी मेरो मन जित्दछन् उनिहरु । म पनि मन लगाएर काम गर्छु । साच्चि होला मेरै घर, मेरी आमा, मेरा दिदी दाजु जस्तै नै गरेर काम गर्छु म पनि । काम गरिरहदा कामलाई आफ्नै काम ठान्छु । यो मेरो सानै देखीको बानि हो ।

मेरा छ जना मिल्ने साथी भएका छन् । मेरै गाउँका दुई जना भाइहरु पनि भर्खरै आएका छन् । प्रत्येक दिन कोहि न कोहिसंग फोन भइनै रहन्छ।

हप्ता-दश दिनमा घरमा पनि सम्पर्क भैरहने हुदा तीन बर्ष बितेको पत्तै भएन । महिनामा दुई पटक बुढीलाई घुमाउने बहानामा बिभिन्न ठाउ घुम्न पनि पाएकी छु । मेरा दुई साथीको राम्रै छ तर छोरा बिग्रिएको अपुष्ट खवरले छटपटाएका छन् । अपुष्ट यस कारणले कि घरका मान्छेले भनेका छैनन् बाहिर बाहिरै बाट मात्र खवर आइरहेछ ।

एउटीले ठाउ फेर्दा पनि राम्रो परेन । अरु तीन वटीको दुःख दुःखै छ तर दुःखले कमाएको कमाइ पनि लोग्नेले सके भनेर रोई रहन्छन् । संगिताको लोग्नेले रिण तिर्न पठाएको सबै पैसा हरायो भन्दै जुवा खेलेर सक्यो अरे ।  ‘रीण पनि जस्ताको तस्तै छ पैसा पनि सकियो’ भन्दै रुन्छे । जमुनाले ‘तेरो लोग्ने अर्कीसंग लागेको छू भन्ने खवर सुनेपछि पैसा आफ्नो दाजुको नाममा पठाउन थालिछ । पैसा नपठाएपछि लोग्नेले ‘ए रण्डी कोसंग लागेकी छस्, कुन नाठोलाई ख्वाउदैछस् पैसा, म भन्दा ठुलो तिघ्रे भेटिस्’ जस्ता गालि मात्र गर्छ रे ।

मैले भनेू, साच्चो कुरा भनिदिनु नि

उसले भनीँ, बाफ रे मारी हाल्छ नि दाजुलाई, उ यहाँ आउन सक्ने होइन, बरु म त घरै जान्न, पहिलादेखि नै खराबै हो ।

मेरा घर परिवारबाट मलाइ दुःख छैन आफूलाई साह्रै भाग्यमानि ठान्छु म यसबेला । सबै साथीहरुको मेरै जस्तो भैदिए पनि त हुने जस्तो लाग्छ ।

तीन बर्ष पुरा भए पछि दुई महिनाको छुट्टीमा म घर आएँ । यतिन्जेल कमाएको पैसाले काठमाण्डौमा आठाना जग्गा किनें । जमिन हेर्दै बुढाले खुसी हुदै भने-

‘बुढी अबको तीनबर्ष पछि यो जग्गामा हाम्रो घर हुन्छ है र ‘ उन्को खुसीमा मैले पनि खुसी मिसाउदै भनें- ‘हो त एक तले मात्र भए पनि घर त बनाउनै पर्छ ।’

परिवारले मेरो बुद्धिमताको निकै प्रशसा गरे । दुई महिना हाँसी खुसी बसेर म फेरी तीनबर्षको निम्ती इजराएल गएँ ।

‘यो पटकको कमाइले घर बनाउनेूयो शब्द मनमा रिल झै घुमिरहेको छ । यसरी सोच्दा गर्बले छाती चौडा हुदै छ । म कसैले नपत्याउने, भात, भान्छा, छोरा-छोरी भित्रै हराएकी एउटी आइमाई आज हवाइ जहाज चढेर बिदेस जानसक्ने भएँ । यो हुनुमा मेरो लोग्नेको ठुलो देन छ,र त्याग पनि उत्तिकै छ । आफ्नो लोग्ने माथी पनि गर्ब लागेर आयो’ यस्तो लोग्ने कम्तिले मात्र पाउछन्’ मेरो मनले भन्यो ।

बडो मेहनतका साथ काममा लागें म । छोरा-छोरीको पढाइ अघि बड्दै गयो । एकदिन बुढाले खुसी हुदै फोनमा भने-

‘ठुली छोरी एघारमा पढ्ने भइ नी ।’

‘नम्बर कस्तो ल्याइ छ रु कान्छाको कस्तो भयो नी र ?’ खुसीले आँखा रसाए मेरा ।

‘६२ प्रतिशत् ल्याइ छ हौ, केटीले राम्रै गरिछ ।’ कान्छाको पनि राम्रो छ ।’

‘अब कान्छालाई स्कूलमै राखिदिनु । ठुली मामा घर मै बसेर पढोस् ।’

घरबाट धाउन अप्ठ्यारो थियो । त्यसैले उ मामाघर बसेर पढ्न थाली । छोरा-छोरी घरमा नभएपछि बुढालाई हैरान हुदैन भन्ने सोचेर सल्लाहले यसरी ब्यवस्ता मिलायौ ।

‘आभ दिदी नमस्ते, सन्चै हुनुहन्छ ?’ एक दिन यहि आएको गाउँको भाईको फोन थियो।

‘सन्चै छु कार्तिक भाइ तपाइलाई नि ?’

राम्रो छु, एउटा कुरा सुने मैले त ˲˲˲˲˲।

के कुरा भन न ?

आमाले अब त तपाइ घर फर्कदा राम्रो हुन्छ भन्दै हुनुहुन्थो ।

किन ? मेरो मुटुमा ढ्याङ्ग्रो जस्तै केही बज्न थाल्यो ।

खै राजनदाईले अलिक कुबाटो समातेको हो की˲˲˲˲˲˲˲˲ । त्यसपछि उसले जे भन्यो त्यो सुनेर मेरा हात खुट्टा सबै गले । सजिलै पुग्ने ठाउँ भए हिडिहाल्नु कि त बौलाउनु जस्तो भएर आयो ।

बेलुका घरमा फोन गरें ‘घर बनाउन साना मसिना खर्च कटौति गर्दै जानु पर्छ, भन्दै फोनमा पनि खर्च कम गर्नुपर्छ भन्नुहुन्थ्यो । हो त ठान्थें म लाटी । तर तपाइलाई मसंग बोल्न मन नलागेर पो रहेछ होइन ?’ एकैचोटि चर्किए म।

होइन आज के भन्छे यो ? ‘उनि पनि तर्सिए।

के भन्नु र केही देख्दिन, केही सुन्दिन भन्ने लागेको थियो ? झन् साह्रो स्वर निकाले मैले । त्यस पछि रुदै सुनेका सबै कुरा सुनाएँ र भने-

‘म पनि भेट्छु लोग्नेमान्छे । याहाँ थुप्रै छन् मलाइ फुस्लाउन खोज्ने। यदि यस्तै हो भने यतै बस्छु, आउदिन फर्केर˲˲˲˲˲ ।’ रुदै भन्दै थिएँ । एक किसिमको धम्किनै दिएँ मैले।

हुदै होइन नचाहिदो कुरा किन गरेकी रु नानीहरुको कसम तेरो˲˲˲˲˲ ।’

भो ! भो ! भो ! मेरो कसम खानु परेन ।

देबि देवताको कसम हौ अबत पत्याउछेस् होला नि ।

उनले नानीहरुको र देबी-देवताकै कसम खाएपछि के पत्याउनु के नपत्याउनु म असमन्जमा परें । तर पनिू नानीहरुकै झुठो कसम त कसरी खालान रू उनी बिग्रेका छैनन् की भन्ने झिनो आशा मनमा पलायो ।

दिनहरु बित्न थाले। मनको चोट निमिट्यान्न हुनसकेन तर बिसेक भने हुदै छ । कहिले म ठगिदै छु, त कहिले होइन होला, लाग्छ मलाइ । यसरी नौ महिना बगेर गयो ।

आज मंसिर चौध गते मन एकदमै प्रेमिल भएको छ । किन हो थाुछैन तर बिबाहदेखिका दीनहरु सम्झदै छु । छोरा-छोरीको सम्झनाले उस्तै सताइरहेछ । कति बेला काम सकौं, र कति बेला बुढी सुत्छे, अनि घरमा फोन गर्नु भइरहेछ।बल्ल काम सकें। त्यसपछी फोन गरें।लामो कुराकानी भयो । कुरा कानी गर्दा गर्दा धेरै रात बितेको पत्तो भएन। हाई हाई गर्दै उनले भने-

अब निद्रा लाग्यो सुतौ।

हुन्छ सुतौ । फोन राख्नै लागेको बेला ओइ, ओइू भनेको जस्तो लाग्यो । केही कुरा बाँकी रहेछ जस्तो लागेर मोबाइल कानमा टासें। त्यहाँ सुने-

ओइ˲˲ˌˌˌ यहाँ आइज ।

ओइ ˌˌˌˌˌसुनिनस् यहाँ आइज त अघि तैले के भनेकी रे˲˲˲˲˲ ? म एउटा कुरा भन्छु तँˌˌˌˌ ! ओइ मु ˌˌˌˌतँ मुˌˌˌˌ के के सुन्छेस् ? एउटी नारीसङ्गको अश्लिल ठट्टा । ज्वालामुखी उठ्यो मेरो मुटुमा । अघि मात्र हाई हाई गर्दै निद्रा लागेको भन्ने मान्छेको यस्तो तरोताजा स्वर र यस्तो हँसाइ˲˲˲˲! उफ कस्तो नकचरो लोग्ने मान्छे ! मैले आफ्नै कपाल लुछे । कतै सपनामा त देख्दै छुइन ? अहँ होइन यो सपना हुदै होइन । म सोच्दै थिएँ उताबाट झिनो नारी आवाज आयो । मैले त्यो आवाज प्रष्ट बुझ्न सकिन सायद- के बोलेको हजुरले यस्तो भनी उसले । त्यसैले त उसले भन्यो-तँ देखीबाहेक को छ र रु कसलाई भन्न सक्छु र यस्ता कुरा ?

मेरो महिनावारी कहिले भएको ?

दुइ-चार दिन ढिलो छिट्टोले केहि हुदैन, ह्या ढाडमा कन्या-कन्या कस्तो चिलायो। हो त्याँ, हो,हो त्यो फोको निचोर न, हो हो पहिला पीप पुछेर फ्याकन।

एकैक्षण शून्यता छायो फोनमा । सायद उ घोप्टो परेर सुतेको छ र उमाथि चढेकी छ त्यो आइमाई । नाङ्गो लोग्ने र नाङ्गी त्यो आइमाई मेरो कल्पनामा आए।

हजुरले यो कस्तो लुगा ला’को ? फेरी आइमाई बोली । अँगालोमा बेरिएका दुबै जना, मेरो कल्पनामा दृष्य बनेर आए ।

किनेर ल्याइ दे न तूउसले लाडिएर साएद ओठमा चुम्दै भन्यो ।

कस्तो मन पर्छ हजुरलाई मलाइ के था ? सायद सुमसुम्याउदै भनी।

बुट्टा सुट्टा भएको म लगाउदिन तँलाई था’छ त । खै मेरो दुध त्यो ठुलो कपमा ले त, तैले खाइस्  ?

खा छैन।

खा तँ पनि खा

थुइया गू खाने मेरो गू खाओनू बेहोसिमै मेरो मुखबाट निस्कियो।

अब भने मैले सुन्न जरुरी ठानिन, हो की सुन्न सकिन । एक अर्काको भावना बुझेका बर्षौदेखिसंगै बसेका त्यो पनि एकदम सभ्य, सहयोगि, लोग्ने स्वास्नीको भूमिकामा बनेको सिनेमा हेरै जस्तो लाग्यो मलाइ । एकै क्षेणको निम्ति त मलाइ म होइन त्यो आइमाई चाहि उसकी स्वास्नी हो । मैले लुकेर लोग्ने स्वास्नी बिचको प्रेमालाप सुने झै लागेर अपराध बोध जस्तो पो भएर आयो ।

साच्चै होला उनिहरु बिचको यो बार्तालाप कुनै सिनेमा हेरे भन्दा कम भएन मलाइ । फेरी लाग्यो फोन गरेर तमास झगडा गरौं, तर कैयौचोटि कसम खाने उसले फेरि पनि कसम खाने छ र भन्ने छ- त्यो एउटा अप्ठ्यारो अवस्था थियो । तलाइ के थाहा र म कस्तो फसादमा परेको छु । वा यस्तै कुनै बहानाले मेरो मुखमा बुजो लगाउने छ । त्यसैले लाग्यो बेकार छ, अब के अर्थ झगडा गरेर, चर्किएको सिसाको भाडो जोडेर कतिन्जेल चल्छ ? झगडा गरेर समाज गुहारेर फर्काएको लोग्ने त मुटु कलेजो निकालिएको नामको मात्र लोग्ने हुने छ । भो चाहिएन मलाइ यस्तो रण्डो लोग्ने । भाडमा जाओस् लोग्ने सोग्ने । उसले भेट्दा म भेटदिन र अर्को लोग्ने । मैले मनमनमा एउटा निर्णय लिए र ढुक्कले सुतें।

बिहान उठें मामालाई फोनमा बैंकको खाता मेरो मात्र नाममा पारिदिन भनें । त्यसपछि छोरा-छोरीसंग मैले आफ्नो योनना बारे कुरा गरें । उनिहरुलाई नयाँ मोबाईल नम्बर दिएँ । अनि राजनलाई अन्तिम फोन गरें-

राजन ! मैले जिन्दगीमा पहिलो पल्ट नाम काडेर लोग्नेलाई बोलाएँ । उसले जवाफ पनि दिन नभ्याइ थपें-

आजदेखि हाम्रो सम्बन्ध सकियो

सुˌˌˌˌन हेल्लो हेˌˌˌहे हेल्लो हेˌˌˌˌहेू

उ के के भन्दै थियो कोनि मैले सिम निकालेर फ्याकी दिएँ।

हाल : अनारमनि-३ बिर्तामोड झापा

(श्रोत :- Onlinekhabar )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.