~कमल खतिवडा~
सवैले गरेको काम हाम्ले चै किन नसक्ने र ? सुरवीरले आफ्नै ठाउँमा रेडियो चलाउन सुर कसे । रहरै रहरमा कुरो निकै अघि वढ्यो । अव नाम पो के राख्ने ? देशका गाउँ गाउँमा खुलेका रेडियोहरुले यति धेरै नाम राखि सके की अव रेडियोको लागि कुनै नामै छैन ।
नाम जुराउन उनी कहाँ पुगेनन्, ज्योतिष, पण्डित, आचार्य तर कतैबाट पनि उपयुक्त र चित्तबुझ्दो नाम जुरेन । शब्दकोषका प्राय: पाना पल्टिए तर नाम देखिएन । रेडियोको ‘र’ पनि थाहा नभएका यि भद्रभलाद्मी नामका लागि मात्रै भौतारिए । यिनलाई ट्रान्समिटर, रिसिभर, प्रोसेसर, हाइबि्रड, टावर, माइक्रोफोन र त्यसको गुणस्तरसँग कुनै प्रवाह थिएन । न यिनलाई वास्तविक लागतको ज्ञान थियो, नत कार्यक्रम उत्पादन र प्रसारणको पीर । थियो त केवल अरुले जस्तै रेडियो चलाउने झ्वाँक ।
केही दिन पछि यिनलाई नाम फुर्यो । फुरेको नाम सुनाउन उनले सम्पूर्ण सेयर सदस्यहरुलाई मिटिङ्गमा सहभागि हुन खबर गरे । उनी आफै पनि दौडिए , मिटिङ्गमा सहभागि हुन । जादै थिए ,अचानक उनको खुट्टो ढुङ्गामा ठेस लाग्न पुग्यो । उनी विरामी भए, विरामी हेर्न घरमा मान्छेको भिड बढ्यो । एक साता पछि राम नामको मन्त्रोचारण गर्दै गाउलेहरु घाटको वाटो तिर लागे ।
(स्रोत :- Onlinekhabar )