~डा.रवीन्द्र समीर~
– ‘हैन ए बूढा ! नाति जन्मिने बेलामा म दुई जीउकी भएजस्तो लाग्यो ! नाकै काटिने भो नि समाजाँ !
-’नदेखिने ठामको काटिने भए त केही हुने थिएन । देखिने ठाममै पर्यो । नाक त जोगाउनै पर्यो नि ।’
– ‘नाकमा एउटा गतिलो सुरक्षाकवच लगाउनुपर्यो ।’
– ‘तेसो भए अब केही न केही नगरी भएन !’
बूढाको दिमागमा एउटा बलियो आधुनिक विचार आयो । बूढीसँग सल्लाह गर्यो । जति पीडा भए पनि बूढीले नमान्ने कुरै थिएन । किनभने, बूढीको पनि नाकको सवाल थियो । बूढाबूढी दुवैले आफूहरुको नाक एउटै भएको सम्झिए । त्यसैले बूढी पनि तुरुन्तै नाक जोगाउन तयार भई ।
नजिक गर्भपतन गराउँदा छिमेकीहरुलाई थाहा हुने डरले उनीहरु सीमा काटेर बाहिर गए । दिनभरि औषधिपसल, क्लिनिक, अस्पताल आदि स्वास्थ्यसंस्थाको साइनबोर्ड हेर्दै हिँडे । तर, कतै पनि गर्भपतन सेवाबारे लेखिएको देखेनन् ।
निराश मनले गह्रुङ्गा पाइला चाल्दै हिँड्दा उनीहरुले एउटा साइनबोर्ड देखेर भित्र पसे ।
गर्भपतन गराएपछि फेरि पनि आउनु पर्ला कि भनेर पुनः साइनबोर्डतिर फर्केर हेरे । त्यहाँ लेखिएको थियो – यहाँ गर्भपतन नही किया जाता है !
(श्रोत :- अन्तर्जाल )