~भवानी क्षेत्री~
अब बिदेस जाइन्छ, मन पर्दा लुगा लाइन्छ, पाइन्ट लगाउन पाइन्छ, साच्चै बिदेश जाइन्छ, जाइन्छ, जाइन्छ । यसरी मनमा फुरौला पाकिरहेछन् ।
भिजा लागेको दिन हो आज । यति बेला म औधि खुसि छु । मन तेसै-तेसै चरा जस्तै भएर हाँसु हाँसु नाँचु नाँचु गर्दै छ, तर मनका कुरा बाहिर ल्याउन पनि भा’छैन । एकैछिन छुटिन नचाहने मात्र होइन स्वास्नीमान्छेले बाहिर फेर निस्केर काम गर्न हुदैन भन्ने मेरा लोग्नेले बिदेस जाने अनुमति दिएका छन् । यो पनि उनमा आएको परिवर्तन र मेरो जीवनमा भएको ठुलै प्रगति हो ।
अनि एकपल्ट बिदेस गएर आएका सबैले सजिला लुगा लगाउछन् । मेरै उमेरका र म भन्दा जेठीहरुले पाइन्ट टीसर्ट लगाएको देख्दा हुरुकै हुनेगरि तेस्ता लुगा लगाउन रहर लाग्छ मलाइ तर यहिँ बसेर त असम्भव छ मेरो यो रहर पुरा हुन । सधै साडी लगाएकी मैले सासु ससुरा जेठाजुका अघि कसरी सक्थें र पाइन्ट लगाएर हिड्न । हो यस्तै धेरैको संख्यामा खुसि पाएर पनि होला आज मन यसरी रमाएको ।
हुन त मनमा दुःख र डर पनि नलागेको कहाँ छ र । घर परिवार छोराछोरी लोग्नेलाई छाडेर कहाँ हो कहाँ भाषा पनि नमिल्ने देश इजराएल जादैछु । छोराछोरी बिग्रिए भने रु सबैभन्दा ठुलो त्रास हो मेरो । कति हो कति दुर्घटनाहरु भएको सुनेकी छु पढेकी पनि छु । अझ सुनेकी छु यौन शोषणका कथाहरु । के हो के हो नि ज्यूदो जादै छु मरेको लास भएर फर्कन के बेर रु यस्तै यस्तै डर पनि छ मनभरि । डर, रहर र दुःखले पौडी खेलिरहेछ मनमा ।
तर डर र रहरको बिचमा उभिन आउछ आर्थिक अभाब, छोराछोरीको भबिष्य । अझ यो भन्दा पर अर्को पनि कुरा छ । त्यो हो आफ्नो कमाइ । आफ्नो स्वाभिमानको स्थाइत्व खातिर आर्थिक आत्मनिर्भरता जरुरी पर्छू बिमला दिदीले भनेको यो कुरा मेरो मन भित्र रोपिएको छ । मेरो आफ्नै रहर यो पनि छ की कसैको सामु हात फैलाउन नपरोस् । दाल छैन चामल छैन तरकारी छैन भनेर लोग्नेसंग पैसा माग्दा उनको अनुहार धमिलो देखेको दिन कम्मर कसेर निस्कौ बाहिरूजे त पर्ला जस्तो लाग्छ । उनलाई थोरै भए पनि सहयोग गर्न सकेको दिन म धन्य हुन्थे भन्ने लागि रहन्छ मलाई । यसरी सोचे पछि मनको दुःख र डर हाराएर गयो । मनमनै भने जे त पर्ला ।
आज-आज भन्दाभन्दै जाने दिन आयो । छोराछोरी र तिन्का बाउ काठमान्डौ यएरपोर्टसम्म पुरयार फर्किए । मलाइ बोकेर प्लेनले बिमान स्थल छोडेपछि मुटु चुडिएर जमिन मै छोडिए जस्तो भयो । अब म यो संसारमा एक्लै छु जस्तो लागेर असह्य पिडाले पोल्यो मुटु । ‘ला ! अब मैले रोएको हाँसेको देख्ने पनि कोहि छैनन्’ भन्ने लाग्यो । मनको दुःखाइ सहन नसकेर दुबै आँखा छोपेर आँशुले रुमाल भिजाएँ । मनमा धेरै कुरा खेल्न थाले पछि सोचें-बिदेस आउनु अघि धेरै सपनाहरु सजाएकी छु । मैले बिदेश आएर पुरागर्नु छ ति सपनाहरु । फेरी मनमनै जे त पर्ला भन्दै आफ्नो छेउको सिटमा बसेकी म भन्दा अलिक जेठी जस्ति देखिने साथीलाई हेरे । यिनैहुन अब मेरा साथी भन्ने भावना जागेर आयो । उ एकदमै सामान्ने अवस्थामा थिइ । पल्लो सिटकीलाई हेरें उसको अनुहार मलिन थियो । पछाडिको सिटमा बसेकाहरुको अनुहार हेर्ने मेरो रहर पुरा हुन सकेन ।
हामी एयरपोर्टमा ओर्लिदा अचिनारु मान्छेहरु हामीलाई लिन आएका थिए । जब हामी आफ्नो गन्तब्यमा पुगेउ म असामान्ने नै थिएँ । अरु साथिहरु कस्ता ठाउमा पुगे था’ भएन म भने एउटी मोटी बुढीको स्याहार गर्नु पर्ने ठाउमा पुगें । त्यो बुढीको हेर बिचारको सम्पूर्ण जिम्मा मलाइ सुम्पेर मलाइ पुरयाउने मान्छे पनि फर्कियो ।
काम गाह्रो थिएन । यो भन्दा कति हो कति मुस्किल काम गरेको ज्यान हो यो तर भाषा गाह्रो थियो । सिकेको हिब्रो भाषाले सहयोग गरे पनि अपूर्ण नै भयो । मेरा कैयौ दिनहरु एक शब्द नेपाली नबोलि बितरे गए । अलि अलि गर्दै साथीहरुसंग सम्पर्क हुन थालेपछि भने सहज लाग्न थाल्यो । कुरा बुझ्दा मेरो भागमा काम सजिलै परेछ । बुढी असल थिइ । कुनै साथीको भागमा जति काम गरे पनि हप्काइ रहने बुढी परेछन् । कसैको भागमा त पागल र कसैकोमा दिसा पिसब सोहोरर्नु पर्ने परेछन् । मेरी बुढीका एउटा छोरी र एउटा छोरा थिए उनिहरु यु।के र अमेरीकामा बस्दा रहेछन् । आमा भेट्न आएको बेला हँसाइ-हँसाइ भाषा पनि निकै सिकाइ सकेका छन् मलाइ । बुढीका छोराछोरी असल रहेछन हप्काएर भन्दा फकाएर काम लगाउने खालका । आमालाई भेट्न आउदा मलाई उपहारहरु दिदै भन्छन्- प्यारी तिमी हाम्री बहिनी हौ, हाम्री आमा तिम्री पनि आमा हुन्, आमालाई राम्रो हेर ल । यसरी मेरो मन जित्दछन् उनिहरु । म पनि मन लगाएर काम गर्छु । साच्चि होला मेरै घर, मेरी आमा, मेरा दिदी दाजु जस्तै नै गरेर काम गर्छु म पनि । काम गरिरहदा कामलाई आफ्नै काम ठान्छु । यो मेरो सानै देखीको बानि हो ।
मेरा छ जना मिल्ने साथी भएका छन् । मेरै गाउँका दुई जना भाइहरु पनि भर्खरै आएका छन् । प्रत्येक दिन कोहि न कोहिसंग फोन भइनै रहन्छ।
हप्ता-दश दिनमा घरमा पनि सम्पर्क भैरहने हुदा तीन बर्ष बितेको पत्तै भएन । महिनामा दुई पटक बुढीलाई घुमाउने बहानामा बिभिन्न ठाउ घुम्न पनि पाएकी छु । मेरा दुई साथीको राम्रै छ तर छोरा बिग्रिएको अपुष्ट खवरले छटपटाएका छन् । अपुष्ट यस कारणले कि घरका मान्छेले भनेका छैनन् बाहिर बाहिरै बाट मात्र खवर आइरहेछ ।
एउटीले ठाउ फेर्दा पनि राम्रो परेन । अरु तीन वटीको दुःख दुःखै छ तर दुःखले कमाएको कमाइ पनि लोग्नेले सके भनेर रोई रहन्छन् । संगिताको लोग्नेले रिण तिर्न पठाएको सबै पैसा हरायो भन्दै जुवा खेलेर सक्यो अरे । ‘रीण पनि जस्ताको तस्तै छ पैसा पनि सकियो’ भन्दै रुन्छे । जमुनाले ‘तेरो लोग्ने अर्कीसंग लागेको छू भन्ने खवर सुनेपछि पैसा आफ्नो दाजुको नाममा पठाउन थालिछ । पैसा नपठाएपछि लोग्नेले ‘ए रण्डी कोसंग लागेकी छस्, कुन नाठोलाई ख्वाउदैछस् पैसा, म भन्दा ठुलो तिघ्रे भेटिस्’ जस्ता गालि मात्र गर्छ रे ।
मैले भनेू, साच्चो कुरा भनिदिनु नि
उसले भनीँ, बाफ रे मारी हाल्छ नि दाजुलाई, उ यहाँ आउन सक्ने होइन, बरु म त घरै जान्न, पहिलादेखि नै खराबै हो ।
मेरा घर परिवारबाट मलाइ दुःख छैन आफूलाई साह्रै भाग्यमानि ठान्छु म यसबेला । सबै साथीहरुको मेरै जस्तो भैदिए पनि त हुने जस्तो लाग्छ ।
तीन बर्ष पुरा भए पछि दुई महिनाको छुट्टीमा म घर आएँ । यतिन्जेल कमाएको पैसाले काठमाण्डौमा आठाना जग्गा किनें । जमिन हेर्दै बुढाले खुसी हुदै भने-
‘बुढी अबको तीनबर्ष पछि यो जग्गामा हाम्रो घर हुन्छ है र ‘ उन्को खुसीमा मैले पनि खुसी मिसाउदै भनें- ‘हो त एक तले मात्र भए पनि घर त बनाउनै पर्छ ।’
परिवारले मेरो बुद्धिमताको निकै प्रशसा गरे । दुई महिना हाँसी खुसी बसेर म फेरी तीनबर्षको निम्ती इजराएल गएँ ।
‘यो पटकको कमाइले घर बनाउनेूयो शब्द मनमा रिल झै घुमिरहेको छ । यसरी सोच्दा गर्बले छाती चौडा हुदै छ । म कसैले नपत्याउने, भात, भान्छा, छोरा-छोरी भित्रै हराएकी एउटी आइमाई आज हवाइ जहाज चढेर बिदेस जानसक्ने भएँ । यो हुनुमा मेरो लोग्नेको ठुलो देन छ,र त्याग पनि उत्तिकै छ । आफ्नो लोग्ने माथी पनि गर्ब लागेर आयो’ यस्तो लोग्ने कम्तिले मात्र पाउछन्’ मेरो मनले भन्यो ।
बडो मेहनतका साथ काममा लागें म । छोरा-छोरीको पढाइ अघि बड्दै गयो । एकदिन बुढाले खुसी हुदै फोनमा भने-
‘ठुली छोरी एघारमा पढ्ने भइ नी ।’
‘नम्बर कस्तो ल्याइ छ रु कान्छाको कस्तो भयो नी र ?’ खुसीले आँखा रसाए मेरा ।
‘६२ प्रतिशत् ल्याइ छ हौ, केटीले राम्रै गरिछ ।’ कान्छाको पनि राम्रो छ ।’
‘अब कान्छालाई स्कूलमै राखिदिनु । ठुली मामा घर मै बसेर पढोस् ।’
घरबाट धाउन अप्ठ्यारो थियो । त्यसैले उ मामाघर बसेर पढ्न थाली । छोरा-छोरी घरमा नभएपछि बुढालाई हैरान हुदैन भन्ने सोचेर सल्लाहले यसरी ब्यवस्ता मिलायौ ।
‘आभ दिदी नमस्ते, सन्चै हुनुहन्छ ?’ एक दिन यहि आएको गाउँको भाईको फोन थियो।
‘सन्चै छु कार्तिक भाइ तपाइलाई नि ?’
राम्रो छु, एउटा कुरा सुने मैले त ˲˲˲˲˲।
के कुरा भन न ?
आमाले अब त तपाइ घर फर्कदा राम्रो हुन्छ भन्दै हुनुहुन्थो ।
किन ? मेरो मुटुमा ढ्याङ्ग्रो जस्तै केही बज्न थाल्यो ।
खै राजनदाईले अलिक कुबाटो समातेको हो की˲˲˲˲˲˲˲˲ । त्यसपछि उसले जे भन्यो त्यो सुनेर मेरा हात खुट्टा सबै गले । सजिलै पुग्ने ठाउँ भए हिडिहाल्नु कि त बौलाउनु जस्तो भएर आयो ।
बेलुका घरमा फोन गरें ‘घर बनाउन साना मसिना खर्च कटौति गर्दै जानु पर्छ, भन्दै फोनमा पनि खर्च कम गर्नुपर्छ भन्नुहुन्थ्यो । हो त ठान्थें म लाटी । तर तपाइलाई मसंग बोल्न मन नलागेर पो रहेछ होइन ?’ एकैचोटि चर्किए म।
होइन आज के भन्छे यो ? ‘उनि पनि तर्सिए।
के भन्नु र केही देख्दिन, केही सुन्दिन भन्ने लागेको थियो ? झन् साह्रो स्वर निकाले मैले । त्यस पछि रुदै सुनेका सबै कुरा सुनाएँ र भने-
‘म पनि भेट्छु लोग्नेमान्छे । याहाँ थुप्रै छन् मलाइ फुस्लाउन खोज्ने। यदि यस्तै हो भने यतै बस्छु, आउदिन फर्केर˲˲˲˲˲ ।’ रुदै भन्दै थिएँ । एक किसिमको धम्किनै दिएँ मैले।
हुदै होइन नचाहिदो कुरा किन गरेकी रु नानीहरुको कसम तेरो˲˲˲˲˲ ।’
भो ! भो ! भो ! मेरो कसम खानु परेन ।
देबि देवताको कसम हौ अबत पत्याउछेस् होला नि ।
उनले नानीहरुको र देबी-देवताकै कसम खाएपछि के पत्याउनु के नपत्याउनु म असमन्जमा परें । तर पनिू नानीहरुकै झुठो कसम त कसरी खालान रू उनी बिग्रेका छैनन् की भन्ने झिनो आशा मनमा पलायो ।
दिनहरु बित्न थाले। मनको चोट निमिट्यान्न हुनसकेन तर बिसेक भने हुदै छ । कहिले म ठगिदै छु, त कहिले होइन होला, लाग्छ मलाइ । यसरी नौ महिना बगेर गयो ।
आज मंसिर चौध गते मन एकदमै प्रेमिल भएको छ । किन हो थाुछैन तर बिबाहदेखिका दीनहरु सम्झदै छु । छोरा-छोरीको सम्झनाले उस्तै सताइरहेछ । कति बेला काम सकौं, र कति बेला बुढी सुत्छे, अनि घरमा फोन गर्नु भइरहेछ।बल्ल काम सकें। त्यसपछी फोन गरें।लामो कुराकानी भयो । कुरा कानी गर्दा गर्दा धेरै रात बितेको पत्तो भएन। हाई हाई गर्दै उनले भने-
अब निद्रा लाग्यो सुतौ।
हुन्छ सुतौ । फोन राख्नै लागेको बेला ओइ, ओइू भनेको जस्तो लाग्यो । केही कुरा बाँकी रहेछ जस्तो लागेर मोबाइल कानमा टासें। त्यहाँ सुने-
ओइ˲˲ˌˌˌ यहाँ आइज ।
ओइ ˌˌˌˌˌसुनिनस् यहाँ आइज त अघि तैले के भनेकी रे˲˲˲˲˲ ? म एउटा कुरा भन्छु तँˌˌˌˌ ! ओइ मु ˌˌˌˌतँ मुˌˌˌˌ के के सुन्छेस् ? एउटी नारीसङ्गको अश्लिल ठट्टा । ज्वालामुखी उठ्यो मेरो मुटुमा । अघि मात्र हाई हाई गर्दै निद्रा लागेको भन्ने मान्छेको यस्तो तरोताजा स्वर र यस्तो हँसाइ˲˲˲˲! उफ कस्तो नकचरो लोग्ने मान्छे ! मैले आफ्नै कपाल लुछे । कतै सपनामा त देख्दै छुइन ? अहँ होइन यो सपना हुदै होइन । म सोच्दै थिएँ उताबाट झिनो नारी आवाज आयो । मैले त्यो आवाज प्रष्ट बुझ्न सकिन सायद- के बोलेको हजुरले यस्तो भनी उसले । त्यसैले त उसले भन्यो-तँ देखीबाहेक को छ र रु कसलाई भन्न सक्छु र यस्ता कुरा ?
मेरो महिनावारी कहिले भएको ?
दुइ-चार दिन ढिलो छिट्टोले केहि हुदैन, ह्या ढाडमा कन्या-कन्या कस्तो चिलायो। हो त्याँ, हो,हो त्यो फोको निचोर न, हो हो पहिला पीप पुछेर फ्याकन।
एकैक्षण शून्यता छायो फोनमा । सायद उ घोप्टो परेर सुतेको छ र उमाथि चढेकी छ त्यो आइमाई । नाङ्गो लोग्ने र नाङ्गी त्यो आइमाई मेरो कल्पनामा आए।
हजुरले यो कस्तो लुगा ला’को ? फेरी आइमाई बोली । अँगालोमा बेरिएका दुबै जना, मेरो कल्पनामा दृष्य बनेर आए ।
किनेर ल्याइ दे न तूउसले लाडिएर साएद ओठमा चुम्दै भन्यो ।
कस्तो मन पर्छ हजुरलाई मलाइ के था ? सायद सुमसुम्याउदै भनी।
बुट्टा सुट्टा भएको म लगाउदिन तँलाई था’छ त । खै मेरो दुध त्यो ठुलो कपमा ले त, तैले खाइस् ?
खा छैन।
खा तँ पनि खा
थुइया गू खाने मेरो गू खाओनू बेहोसिमै मेरो मुखबाट निस्कियो।
अब भने मैले सुन्न जरुरी ठानिन, हो की सुन्न सकिन । एक अर्काको भावना बुझेका बर्षौदेखिसंगै बसेका त्यो पनि एकदम सभ्य, सहयोगि, लोग्ने स्वास्नीको भूमिकामा बनेको सिनेमा हेरै जस्तो लाग्यो मलाइ । एकै क्षेणको निम्ति त मलाइ म होइन त्यो आइमाई चाहि उसकी स्वास्नी हो । मैले लुकेर लोग्ने स्वास्नी बिचको प्रेमालाप सुने झै लागेर अपराध बोध जस्तो पो भएर आयो ।
साच्चै होला उनिहरु बिचको यो बार्तालाप कुनै सिनेमा हेरे भन्दा कम भएन मलाइ । फेरी लाग्यो फोन गरेर तमास झगडा गरौं, तर कैयौचोटि कसम खाने उसले फेरि पनि कसम खाने छ र भन्ने छ- त्यो एउटा अप्ठ्यारो अवस्था थियो । तलाइ के थाहा र म कस्तो फसादमा परेको छु । वा यस्तै कुनै बहानाले मेरो मुखमा बुजो लगाउने छ । त्यसैले लाग्यो बेकार छ, अब के अर्थ झगडा गरेर, चर्किएको सिसाको भाडो जोडेर कतिन्जेल चल्छ ? झगडा गरेर समाज गुहारेर फर्काएको लोग्ने त मुटु कलेजो निकालिएको नामको मात्र लोग्ने हुने छ । भो चाहिएन मलाइ यस्तो रण्डो लोग्ने । भाडमा जाओस् लोग्ने सोग्ने । उसले भेट्दा म भेटदिन र अर्को लोग्ने । मैले मनमनमा एउटा निर्णय लिए र ढुक्कले सुतें।
बिहान उठें मामालाई फोनमा बैंकको खाता मेरो मात्र नाममा पारिदिन भनें । त्यसपछि छोरा-छोरीसंग मैले आफ्नो योनना बारे कुरा गरें । उनिहरुलाई नयाँ मोबाईल नम्बर दिएँ । अनि राजनलाई अन्तिम फोन गरें-
राजन ! मैले जिन्दगीमा पहिलो पल्ट नाम काडेर लोग्नेलाई बोलाएँ । उसले जवाफ पनि दिन नभ्याइ थपें-
आजदेखि हाम्रो सम्बन्ध सकियो
सुˌˌˌˌन हेल्लो हेˌˌˌहे हेल्लो हेˌˌˌˌहेू
उ के के भन्दै थियो कोनि मैले सिम निकालेर फ्याकी दिएँ।
हाल : अनारमनि-३ बिर्तामोड झापा
(श्रोत :- Onlinekhabar )