कथा : म के गरूँ

~इल्या भट्टराई~Illya Bhattarai_1

जीवनलाई कुनै परिभाषामा कैद गर्न सकिन्न शायद, त्यसैले त जीवन अस्तव्यस्त छ । सोचेजस्तो फ्रेममा जीवनलाई राख्न सके यो एकनासको बाटोमा सोझै हिँड्थ्यो होला । तर जीवन कथाकारले सोचेको प्लट होइन, त्यसैले त यो सरल पनि भएन । आउने मोडमा यो कुन रुपमा आफ्नो अगिल्तिर आइदिन्छ आफूलाई नै केही थाहा पनि भएन ।

कोठामा पस्ता त्यहाँ एउटा अपरिचित मौनताले मलाई चिसो दृष्टिले स्वागत गरेको थियो । अपरिचयको एउटा उराठलाग्दो गन्ध … एउटा कठयाग्रिने कठोर चिसो हामी दुवैको बीचमा मौन भई पसारिएको थियो । कोठाबाहिरको बेगमबेली पनि अँध्योरो छायामा उभिएर अपरिचयको पराई लयमा कुन्नि के गीत हो सुसेल्दै थियो ।

तर अगाडिको ओछ्यानमा सुतेकी तिनका निर्जीवजस्ता आँखा मेरो आकृति देख्नासाथ कुनै उज्यालो वत्ती झै धपक्क बले । अघिसम्म सुकेका तिनका जीवनविहिनजस्ता लागेका अस्तित्वमा मलाई देख्नासाथ मानौं अमृतधारा वषिर्ए । तिनमा प्राण संचार भयो ।

ती नारी, जसलाई मैले जीवनमा निकै घृणा गरेँ । तिनीलाई भनुँ भने कैयौंपल्ट सरापेँ, कुभलो चिताएँ । तर खोई कस्तो सम्बन्ध हो यो कुन्नि फेरि तिनैलाई जीवनभरि धेरै नै मायाँ पनि गरेँ । जीवनको प्रत्येक आउँदो पलमा तिनीसित सुमधुर सम्बन्धको कामना गरेँ । अनि तिनले पनि मलाई अत्यधिक मायाँ गरेको कल्पना गरेँ ।

तर कल्पना जीवन कहाँ हुन्छ र ………

सोचेजस्तो कहाँ हुन्छ र जीवन……….

कस्तो यो रुप हो यो आकर्षण र विकर्षणको, कसैलाई एकैपल्ट एकदमै माया गर्न सकिने र संगसंगै उत्तिकै घृणा पनि गर्न सकिने ।

सम्बन्ध बिग्रिदै बिग्रिदै ओरालो लाग्दै गएपछि त्यसलाई छोडने निर्णय मेरै थियो । धेरै भएको थियो मैले उनलाई त्यागेको । अब फेरि तिनीसंग कुनै सम्बन्ध राख्दिन भनी आफैसंग प्रतीज्ञा गरी त्यो ठाउँ छाडेको । यत्रो वर्षसम्म कुनै सम्पर्क थिएन, र पनि उनको सम्झनामा मेरो भित्रको चस्किने घाउ निको त कहिले पो भयो र झन उनको सम्झनाबाट टाढिन खोज्थेँ म, तर सम्झनै त हुन्, मैले चाहे पनि नचाहे पनि तिनीहरु बलजफ्ति मेरो मानसमा अतिक्रमण गर्न आइहाल्थे । मुटुमा गडेको खिल सधैं चस्किन्थ्यो अनि आँसुका थोपा भएर मेरा गहका डिलबाट झर्ने गर्दथ्यो ।

तर मेरा यी आहत भावनाहरुसंग तिनीलाई के नै सरोकार थियो र । तिनको लागि त ममात्र घृणाको पात्र न थिएँ ।

तिनीले मलाई भेटन खोजेकी छिन् रे भन्ने सूचनाले मलाई धेरैबेर आश्चर्यमा पारेको थियो । कसरी ? किन ? तिनले मसंग भेट्न खोजेकी हुन् । मैले कुरो बुझिनँ ।कसरी जाने होला झ् असजिलोको एउटा गह्रौं ढुंगाले मलाई धेरै दिनसम्म थिचेको जस्तो भइरह्यो । तर पनि उनीप्रतिको गहिरो आकर्षणको डोरी कस्तो हो कुन्नि, जसले मलाई बलियोसंग तिनीतिर तानेरै छाड्यो ।

कोठामा अहिले म छु, उनी छिन् अनि एउटा मौनता शिलाखन्ड भएर जमेर बसेको छ हामी दुवैको बीचमा । झ्यालबाट आएको एक टुक्रो घाम पनि हामी दुईबीच चुपचाप चुपचाप उभिएको छ ।

” मलाई माफ गरिदेऊ” धेरै बेरपछि कामेको उनको ओठबाट यी शब्दहरु निस्केका थिए ।

के सुने मैले ? आफैले सुनेको कुरामा विश्वास भएन मलाई ।

एउटा चिसो संवेगले थाहा छैन कसरी मेरो मुटुलाई सर्रर्र चिरेर टुक्रा टुक्रा पारिदियो । आह झ् यो कुरा तिनले धेरै पहिले नै किन नभनेको होला ।

” मैले तिमीप्रति धेरै नै अन्याय गरेँ । मैले तिमीलाई धेरै नै दुख दिएँ । म आफ्नो भावनालाई जित्छु भन्ठान्थेँ, तर म हारेँ । तिमीसंग सबै कुरा भनिनँ भने सके मैले मरेर पनि मुक्ति पाउने छैन । त्यसकारण प्रायश्चितको लागि मैले तिमीलाई बोलाएकी हुँ । तिमीले मलाई माफ गरिनौ भने मेरो आत्माले शान्ति पाउने छैन ।

मैले जीवनभरि तिमीलाई घृणा गरेँ । मेरो घृणा तिमीले सधै्र बेहोर्‍यौ । तर सके तिमीलाई विश्वास नलाग्ला, मैले तिमीलाई जति घृणा गरेँ त्योभन्दा कैयौं खन्ड बढी म तिमीलाई मायाँ गर्थेँ । कस्तो श्रापित जीवन मेरो मुटुभरि मायाँ र घृणा एकैसाथ राख्नु पर्ने । माया मुटुमै थुन्नु पर्ने अनि घृणा…त्योचाहिँ सम्पूर्ण अस्तित्वबाट छताछुल्ल पार्नु पर्ने ।

म अभिशप्त भएँ तिमीलाई अत्यधिक माया गर्दागर्दै पनि घृणा गर्नका लागि । अनि घृणा गर्दा गर्दै पनि माया गर्नका लागि ।” एउटा चिसो उच्छ्वास् तिनको ओठबाट निस्कियो, अनि आँखामा भएको मौनता मतिर एकोहोरिए ।

समय यतिखेर एउटा गहिरो खाडल बनेर मेरो अगाडि तेर्सियो, म निस्सासिँदै त्यसभित्र खस्न पुगेँ । मेरो मन मस्तिष्क शून्य हुन पुग्यो । हैन के कुरा गर्दैछिन यिनी ? घृणाको चुली चुली मतिर उराल्ने तिनले मलाई कहिले एक दंसो माया पनि गर्लिन् भन्ने कुरो मेरो सचेत मनले कहिले पो सोच्न सक्थ्यो र ? तर अचम्म झ् जीवनको अन्तिम घडीमा आएर आज तिनी मलाई भन्दैछिन “म तिमीलाई धेरै माया गर्छु”।

जीवनमा एउटा अप्रत्यासित मोड आयो । उनको मुखबाट आफूप्रति यति मीठो वचन म पहिलो पल्ट सुन्दै थिएँ । जुन क्षणको कल्पना मैले जीवनभरि गरेँ , त्यो क्षण आज अनायासै आइदियो । आह झ् अहिले मलाई लाग्दैछ मभित्र एउटा नयाँ अनुभूति जन्मिँदैछ । एउटा नयाँ अनुभूति…लाग्दैछ एउटा नयाँ सुगन्ध एक्कासि मेरो अस्तित्वबाट निस्किएर मेरो आत्मालाई छपक्क भिजाएर गयो । गर्मी महिनाको तप्त भूमिलाई पहिलो झर पानीले भिजाएजस्तै । शीतल,कोमल अनि पानीको संसर्गबाट निस्केको माटोको सुगन्धित अनुभूति…।

तिनले मलाई पुलुक्क हेरिन् । मलाई किन यस्तो लागेको तिनी आफ्नो मुटुबाट झिकेर भावनाको नरम फाहा मेरो आँखाको बाटोबाट छिराएर मेरो आहत मुटुमा टाँस्न खोज्दैछिन । विगतमा तिनले चिथोरेर घाइते पारेर चहर्‍याएको मेरो मुटुमा शब्दको मलम लगाउन खोज्दैछिन् । म अवाक भएँ, उनी मौन रहिन अनि चुपचाप भैदिएको यो समयमा एउटा ताजा हावाको झोक्का अनायासै विस्तारै आएर मेरो सम्पूर्ण अस्तित्वलाई आफ्नो नरम स्पर्शले सुम्सुम्याएर गयो ।

मेरो आँखा तिनको तिनको आँखामा टाँसिन पुग्यो ,अहिले उनको आँखामा त्यो घमन्ड थिएन । तर त्यहाँ केही थियो जसलाई मैले बुझ्न सकिनँ । सके पछुतो …?

उनी मेरी आमा, मलाई जन्म दिने मेरी साख्खै आमा । जसलाई म मुटुको भित्री तहबाट घृणा गर्थेँ अनि उनी पनि मलाई सधैं सधैं सात जन्मको वैरीलाई जस्तै व्यवहार गर्थिन् ।

तर थाहा थिएन मलाई आफैंले जन्माएकी छोरीलाई कुनै आमाले कसरी घृणा गर्न सक्छिन् ।

अनि त्यस्तो घृणाको पात्र बन्न मैले के कुकार्य गरेकी थिएँ ।

” जीवनभर एउटा बोझ बोक्न अभिशापित थिएँ । त्यही अभिशापले मलाई तिमीलाई घृणा गर्न लगायो” । चिम्लिएका उनका आँखाका कोसबाट आँसुको मसिनो भेल स्वाल्ल बग्यो । अनि एउटा कोमल हावाको झोक्काजस्तै उनका शब्दहरु बिस्तारै बगेर मसम्म आइपुगे ।

सके कैयौं जन्मको प्यासले मेरो अस्तित्वलाई रुखो पारेको थियो । अनि अहिले हावामा सुस्तरी बग्दै आएका ती शब्दहरु मेरो मनको मरुभूमिलाई पानीको फोहोरा बनेर बिस्तारै मरुउद्यानमा परिणत गर्न थालेकाछन् ।

“पहिले त तिमी मेरो लागि उत्तिकै प्रिय थियौ ,मैले अरु दुईजनालाई जस्तै मायाले दुई वर्षसम्म तिमीलाई आफ्नै दूध ख्वाएर हुर्काएकी हुँ ।” सुस्तरी तिनका ओठ चलेका थिए ।

“तिम्रो बाबाले तिमीलाई सारै नै माया गर्नु हुन्थ्यो । म जत्ति जत्ति तिमीलाई आफूबाट टाढा पार्दै थिएँ, तिम्रो बाबाले तिमीलाई त्यति त्यति नै अँगाल्न थाल्नु भएको थियो । तिमीले बाबाबाटै बाबु आमा दुवैको माया पाइरहेकी थियौ ।”

आह ! बाबाको सम्झनाले फेरि पनि मुटु चस्किएर आयो । मेरो बाबा, मेरो सर्वस्व ! बाबा मेरो लागि आमाको पर्याय ।

सम्भिmन्न म मेरी आमाले कहिल्यै मलाई काखमा राखेर माया गरेको । हो हो बा बा गर्दै काखमा हल्लाउँदै निद्राको काखमा पुर्‍याएको । को खाई को खाई भन्दै भात खुवाएको । अनि ज्वरोले निश्लोट भएको बेलामा सिरानमा बसेर निधारमा पानी पट्टी दिएको ।

यी सबै मेरो बाबाले गर्नु हुन्थ्यो । स्कूल जाने बेलामा मलाई लुगा फेराई, कोरीबाटी गरिदिई, चुल्ठोमा रिबनको ठूलो फूल बनाइदिनु हुन्थ्यो अनि आँखामा गाजल लाइदिएर “मेरी छोरी कति राम्री छे अप्सराजस्तै भन्दै मलाई आफै स्कूल पुर्‍याइदिनु हुन्थ्यो ।

एकपल्ट स्कूल जाँदा दिदीले मलाई रिसाएर घचेडदा म लडेर निधार फुटेदेखि बाबा सधैं आफै मलाई स्कूल पुर्‍याउन जानु हुन्थ्यो । त्यसबेलादेखि बाबालाई कुरा लाई भनेर दिदी मेरी शत्रुजस्तै भएकी थिई । उसो त दिदी आमाकी पुच्छर थिई । आमाले जे जे भन्यो त्यही गर्थी अनि आमालाई जे मन पर्छ त्यही मात्रै गर्थी । त्यस्ती दिदीले आमाको विरुद्धमा गएर मलाई माया गर्नै कुरै थिएन ।

त्यसताका रेडियो सुन्ने खुब चलन थियो । रेडियोमा आमाका ममताका गीतहरु खुबै बज्थे । ती गीतहरु सुन्दा मन एकतमासको हुन्थ्यो । म त्यस्ता गीतहरु सुन्नै सक्दिनथेँ । के अर्थ थिए र त्यस्ता गीतहरुको मेरो जीवन मा जबकि आमाको लागि त म मात्र आँखाको कसिंगर थिएँ ।

तर आमा नभए पनि, मेरो बाबा मसंग हुनुहुन्थ्यो ।

म सम्झिन्छु कसैले मलाई केही गर्‍यो भने म जहिल्यै बाबालाई भन्थेँ । सुखका कुरा बाबालाई भनेँ ….दुखका कुरा पनि बाबालाई नै भने । स्कुलका साथीहरुसंगको हाँसखेल ठट्टाहरु पनि मैले बाबासंगै साटेँ । हुँदा हुँदा त आफू पहिलोपल्ट छुन नहुने भएको कुरा पनि मैले थाहै नपाई बाबासितै गरिछु । बाबालाई आफैले त्यस्तो कुरो भनेँ भनेर आमाबाट कम्ति झम्टाई खाइनँ मैले ।

ती बाह्र दिन मेरालागि कम्ति कष्टपूर्ण थिएनन् । ती दिनहरुमा मैले कुनै पनि लोग्नेमान्छेलाई हेर्न नहुने रे । हुँदा हुँदा आफ्नै बाबालाई पनि हेर्न नहुने रे ।

अरुको त मलाई के वास्ता र झ् तर बाबालाई नहेरी , उहाँसित कुरा नगरी ती दिनहरुमा म कसरी बाँच्न सकेँ म आफै जान्दिनँ । कहाली लाग्दा थिए ती क्षणहरु ।

सके आगतमा हुने बाबासंगको विछोडको पूर्वाभ्यास गराएको थियो नियतिले मलाई । बाबाबिना जीवन एक्लै कसरी बाँच्ने अभ्यास गराएको थियो समयले मलाई । अनि बाबाको छत्रछायाँको अभावमा जीवनमा एक्लै संघर्ष कसरी गर्ने भन्ने पाठ पढाउन खोजेको थियो भाग्यले मलाई ।

बाबा मेरो जीवनको सर्वांग अस्तित्व हुनुहुन्थ्यो । एउटा लहरा बलियो रुखमाथि निर्भर भए जसरी म बाबामाथि निर्भर थिएँ । आमाबाट परित्यक्ता मलाई उहाँले आफ्नो बलियो आड र छत्रछाया हुर्काउँदै लानु भएको थियो । तर के थाहा नियतिले लगत्तै आउने पलमा कस्तो खेल खेल्छ झ्

म मात्र चौध वर्षकी थिएँ । मेरो बाबा स्वर्गे हुनुभयो । बाबासंगै मेरा सम्पूर्ण खुशीहरु गए । सधैंभरि मसंग हुने मेरो माया गयो,मेरो सुखमा खुशी हुने र मेरो दुःखलाई आफ्नै दुःख ठान्ने एउटा अस्तित्व यो निस्सिम व्रम्हान्डमा एकाएक बिलाएर गयो । मलाई सधैं ढाढस दिएर मेरो आत्मविश्वासलाई सगरमाथाको टुप्पोमै पुर्‍याउन खोज्ने एउटा दरिलो आड नै मेरो जीवनबाट अनायासै हरायो । मैले हेर्दा हेर्दै सबै क्षणभरमै स्वाहा भयो । मात्र एउटा झिलिक्क थियो बिजुली चम्केजस्तो…हृदयाघातको एउटा झड्का अनि निमेषभरमै सबैकुरा सकियो ।

मेरो कलिलो उमेर अनि एक्लो म । बाबाबिनाका जीवन मात्र एउटा दुस्वप्न……

जीवनको समरमा तातो हावाको लू चल्न थालेको थियो । एकातिर आमा वचनका सम्पूर्ण तीरहरुलाई संन्धान गरेर आफ्नो जीब्रोको टुप्पोमा राख्नु हुन्थ्यो । उहाँको ध्याउन्ना मात्र एउटै थियो कसरी ती तीरहरुले मेरो मर्ममा च्छेदन गर्ने झ् दिदी त भैहाली । मभन्दा मात्र दुई वर्ष जेठी मेरी दिदी कहिल्यै मेरी साथी त बनिन बनिन कहिले मेरो दिदी पनि बन्न सकिन ।

आमाले तिरस्कार गरेकोले नै बाबाले मलाई च्याप्नु भएको हो कि वा बाबाले अरु छोराछोरीमा भेदभाव गरेर मलाई मात्र च्याप्नु भएकाले आमा मलाई तिरस्कार गर्नु भएको हो …थाहा थिएन मलाई ।

हुन पनि बाबाले दाइ र दिदीलाई कहिल्यै पनि मलाई जस्तो गर्नु भएन ।

अनि आमासंग पनि बाबाको सारो आत्मीयता मैले देख्तिनथेँ । अहिले आएर लोग्ने स्वास्नीको अर्थ बुझ्दा सके बाबाआमामा त्यो सम्बन्ध मृतै पो थियो कि भन्नेजस्तो लाग्छ ।

कतै उहाँहरूको सम्बन्ध चिसो हुनुको कारक मै त थिइनँ ?

बाबाको मृत्युपछि आमाको तिरस्कारको उग्रता केही मत्थर नभएको होइन, र पनि उहाँको व्यवहारको पराइपन यथावतै थियो । दाइको निस्पृहता उस्तै थियो । उसबाट पनि आत्मीयताको न्यानो पाउनु मेरोलाई अलभ्य वस्तु भैदिएको थियो । दिदीको इष्र्या त झन् झन् बढदो थियो । वयःसन्धिले मेरो अनुहार र जीउमा ल्याएको सुन्दर परिवर्तनको अघिल्तिर मेरी दिदी कतै पनि अडन सक्दिनथिइन् । त्यसैले उनी मलाई देखिसहन्न थिइन ।

मात्र दुई वर्ष जेठी त हुन् नि मभन्दा । तर मेरो पछाडि बथान भएर लाग्ने केटाहरु, एउटले पनि दिदीको अस्तित्वलाई याद नगरेको देख्दा दिदी इष्र्याको अग्निकुन्डलाई आफ्नो मनभित्र हुर्हुर्ती बालेर त्यसको रापले मलाई मौका भेट्यो कि डाम्ने गर्थिन् । झन् दिदीको बिहेका लागि कुरा गरेको केटाले मलाई देख्नेबित्तिकै दिदीको साटो मलाई रोजिदिएपछि आमा र दिदीका मर्मभेदी प्रहारहरूले सोझै मेरो मुटुलाई नै तारो बनाउँथे ।

झगडा हुन्नथ्यो होला यदि मैले ती सबै प्रहारहरु हलाहल विषझैं आफूभित्र समाहित गर्दिहुँ त । घरमा शान्ति हुन्थ्यो होला यदि निमुखाको आवरणभित्र मैले आफ्ना सबै संवेदनाहरुलाई थुन्न सक्दिहुँ त ।

तर बाबाको मायाले चुलिएको थियो मेरो आत्मविश्वास । त्यसैले नै आइलाग्नेमाथि जाइलाग्न म बेर लाउँदिनथेँ । चाहे वचनले नै सही, अनि आफ्नो अगाडि आफ्नी आमा नै सही ।

बाबाबिनाका मेरो जीवन बेरंग र खल्लो थिए । मायाको न्यानो खोज्ने मन त्यसै त्यसै रित्तिएको थियो । घरका कुनाकाप्चाले पनि प्रताडनाका निष्ठूर ध्वनिहरू जतासुकै गुन्जाउन थालेका थिए ।

तर घरबाहिर मलाई आफ्नो मुटुमा राखेर मेरो आत्मालाई न्यानो पारिदिन खोज्नेहरु धेरै थिए । अल्लारेहरूले, अनि उमेर पुगेकाहरूले पनि आफ्ना गम्भीर प्रस्ताव मेरो अगि नराखेका थिएनन् ।

तर लोग्ने मानिसको नाउँमा म आफ्नै बाबाको अति नजिक थिएँ । मेरो बाबा मेरो आदर्श लोग्नेमानिसको साँचो प्रतिमूर्ति । जुन जुन केटा मेरो नजिक पर्न खोज्थे, तिनीहरूलाई म आफ्नो बाबाको लोग्ने मानिसत्वको तराजुमा तौलिने गर्थेँ । मेरा बाबाको अगिल्तिर ती सबै बाउन्ने थिए । साँचो लोग्नेमानिसको जल्दोबल्दो छवि मैले कसैमा भेटिनँ ।

न त कोही मेरो बाबाजस्तो सुदर्शन थिए…

न त कोही मेरो बाबाजस्तो ज्यानका थिए…

न त कोही मेरो बाबाजस्तो विद्वान, बुद्धिमान र प्रतिष्ठित थिए…

न त कोही मेरो बाबाजस्तो कोमल र मायाले ओतप्रोत भएका थिए ।

सम्पूर्ण लोग्नेमान्छे त मेरो बाबा पो हुनुहुन्थ्यो , बाँकि अरु त लोग्ने मानिस भए पनि अपूर्ण अपूर्ण अनि अधूरो अधूरो …एउटा आदर्श लोग्नेमानिसको कहिले नसकिने खोजीले नै आजसम्म मलाई कुमारी कै रूपमा नै रहन बाध्य तुल्याएको छ ।

सत्र वर्षको उमेरमा पढनका लागि घर छोडेर राजधानी आउँदा आमा र दिदीले सन्तोषको लामो सास फेर्नु भएको थियो होला । आमालाई आफ्नी छोरी बिहेको बाटोमा तेर्सिएको एउटा ठूलो ढुंगो पन्छिएको अनुभूत भएको हुनुपर्छ । दाइ त ६ वर्षको लागि पढन बाहिर जानु भएको थियो , त्यसैले उहाँ प्रतिकि्रयाविहिनजस्तै हुनुहुन्थ्यो ।

बीचका सत्र वर्ष सरक्क यत्तिकै बगेर गएछन् । एक्लो मेरो जीवनमा संघर्ष अरु घनिभूत भएर गएको थियो ।

यत्तिकैमा स्थीर पोखरीमा ढुंगा फालेजस्तै मलाई तरगिंत पारेर खबर आएको थियो । मेरी आमाले मलाई भेटन खोज्नु भा छ रे ।

“हाम्रो प्रेम विवाह भएको थियो । ती नारी सुस्तरी बोल्दैथिइन् ।”

“तिम्रो बाबा र म अति मिल्ने जोडी थियौं । मैले जीवनमा आÇनो अन्तर्मनको गहिराईदेखि प्रेम गरेकी थिएँ । अझ भनुँ उहाँप्रति मेरो अन्ध भक्ति, अन्ध विश्वास थियो । हाम्रो जोडी सबैको लागि आदर्श जोडी थियो त्यतिखेर । सात जुनीसम्म यसैगरी एकअर्कालाई माया गर्ने वचन खाएका थियौं । तर कसैको मन बुझ्न सकिँदो रैन छ । यसरी संगै हिँडेका हाम्रा पाइला उनले कुन सड्को अन्ततिर मोडिसकेका रहेछन् मैले चालै पाइनँ । उनी बिस्तारै मबाट टाढिएर अर्कैको अँगालोमा पुगिसकेका रहेछन् मलाई पत्तै भएन । मलाई आफ्नो मनबाट विस्थापित गरेर कोही अरूलाई नै आÇनो मनभित्र स्थापित गरिसकेका रहेछन् मलाई थाहै भएन । उनको मनमा मप्रतिको प्रेममा खडेरी पर्दै गएको रहेछ, म भने उनको प्रेमकै संसारमा विस्मृत भै रहेँ ।

मैले तिम्रो बाबालाई आफ्नो अस्तित्व बिर्सेर प्रेम गरेँ । म मोहको अर्कै संसारमा भुलेकी थिएँ, त्यही भएर अरूको आकर्षणमा परेर उनले मप्रति देखाएका विकर्षणका भावहरुलाई मैले पहिल्याउनै सकिनँ । उनमा बढदै गएको रिस,बोलीमा उम्रँदै गएको कटुता अनि व्यंग्यका तीर,सोचमा आएको पराइपनले पनि उनी मबाट टाढिंदै गएको संकेत गर्दैछ भन्ने कुरो मैले बुझिनँ ।

म हुस्सु ती सबै व्यवहारलाई मैले उनको व्यस्तताले उब्जाएका झिँझो हुन भन्ने ठानिरहेँ ।

तर व्यस्तता भन्ने मैले ठानेका पलहरु त उता उनको कुनै एउटी जादुगर्नीको जादुमा रम्दै बित्ने पल पो रहेछन् । अनि मलाई धोका दिएर कोही अरुसंगै प्रणयसूत्र गाँसेको अपराधबोधबाट उब्जिएको ग्लानि भावबाट मुक्त हुन पो मप्रति कठोर र उग्र हुँदै जीब्राका ठोक्राबाट व्यंग्य वाणको वर्षा मेरो मुटुलाई ताकेर गर्ने गरेका रैछन् ।

उनका उग्र व्यवहारले यता म आहत भैरहन्थेँ, उता उनी मृदु भएर अर्कीसंग रसरंगमा डुब्ने गर्दा रैछन् । मेरो शिरमाथिको आकाश अनि आँखा अगाडिको क्षितीजलाई धमिलो र बेरंग पारेर उनी आफ्नो जीवनमा नयाँ प्रेमको सप्तरंग भरेर खुसीले चहकिँदा रैछन ।

तैपनि मेरो विश्वासले उनीप्रति कुनै अविश्वास गरेन । म अलिनो जीवन बाँचिरहेँ, उनी चहकीलो जीवनमा रमाइरहे ।

त्यतिकैमा तिमी जन्मिएकी थियौ ।

जब तिमी जन्मियौ म अचम्भित थिएँ । तिमी कसरी बेग्लै रूपरंगकी भयौ झ् न त रूपरंग, न त नाक नक्सा , तिमी हामीभन्दा पूर्णतया बेग्लै थियौ । हलुका पहेँलो, मानौ नौनीमा केही अबीर घोलेर तिमीलाई बनाएजस्तो । ठूल्ठूला आँखा, सुनौला कुर्लिङ परेका कपाल , अहँ हामी कालाखाले गहुँगोरा रंग भएका, चिम्सा आँखा भएकाहरुसित तिमी कसैगरी पनि मिल्दिनथ्यौ । न त बाबापट्टी न त मेरो माइत पट्टी नै कोही पनि त थिएन तिमीजस्तो गोरी, उज्याली र राम्री ।

मलाई लाग्थ्यो मैले परी जन्माएकी छु ।

तिमीले मलाई गर्वोन्नत पारेकी थियौ । खुसीले गदगद पारेकी थियौ ।

फेरि अर्को अचम्म त कहिल्यै तिम्रा दिदी र दाइलाई वास्ता नगर्ने तिम्रो बाबाले तिमीलाई जतिखेर पनि आफ्नो छाती मै टाँसिरहन्थे ।

दुई वर्षपछि अकस्मातै एकदिन मैले तिम्रो बाबाको डायरी फेला पारेँ । त्यसैमा एउटा फोटो थियो तिम्रो जवानीको । म छक्क पर्नु स्वभाविक थियो , तर तिम्रो बाबा पनि उत्तिकै छक्क परेका थिए, यो कसरी भयो भनेर ।

निलिमा रे तिनको नाउँ । तिनै निलिमालाई त्यस डायरीमा सम्बोधन गर्दै उनले आफ्नो छक्क व्यक्त गरेका थिए । “आखिर छोरी त मेरी स्वास्नीले पाएकी तर त्यसको रूपरंग कसरी तिम्रो आयो निलिमा ?” अनि उनले लेखेका थिए “तिम्रो प्रतिरूप भएकीले नै यो छोरी मेरो प्राण प्यारी छे”।

त्यो डायरीले मलाई आकासबाट झारेर पातालमै पुर्‍याइदिएको थियो । मलाई आफैंप्रति लज्जित तुल्याइदिएको थियो । पत्नीको रूपमा आफ्नै लोग्नेद्वारा “असफल” शब्दको पगरी भिराइएपछि मेरो आफ्नो अस्तित्वले नै मलाई गिज्याउन थालेको थियो ।

तर आफू छलिएको पीडा सहन कति गार्‍हो हुँदो रहेछ झ् पीडामा म काटेको खसीजस्तै छटपटाएकी थिएँ । बाहिरी पीडामा अलमलिएर भित्री पीडालाई कम हुन्छ कि भनेर मैले आफ्नो हात बेसरी भित्तामा बजारेँ । आँैला फुटेर रगताम्य भयो । कान्छी औँलाको ह¸ी टुटेछ पछि थाहा भयो । तर तिमीलाई के थाहा त्यतिखेर मलाई त्यो औंला पटक्कै दुखेन । जति दिन आफू छलिएको पीडामा मुटुको घाउ असह्य भएर दुखिरह्यो तर मैले त्यो औंलाको घाउको दुखाई थाहै पाएकी थिइनँ ।

त्यही विश्वासधातको दंशले रन्थनिएको दिनदेखि तिमी मेरो मनबाट ओरालो लागेकी थियौ । हुन त तिमी निर्दोष थियौ , तर पनि तिमीलाई देख्दा आफू छलिएको संवेदनाले मलाई नराम्रोसित चिमोटन थालेको थियो । तिम्रा बाबाले मलाई प्रयोगमात्र गरेका रहेछन् भन्ने भावनाले मेरो मनमस्तिष्क नराम्ररी बिथोलिन थालेको थियो । अपमानको नागदंशले मेरो मुटु विदिर्ण भएको थियो ।

मैले उनलाई केही पनि भनिनँ । तर म तिमीलाई देख्नै नसक्ने भएँ । तिमी मैले जन्माएकी छोरी भएता पनि तिमी त्यस आईमाईकी प्रतिरूप थियौ, जसलाई तिम्रो बाबाले मलाई धोका दिएर अपनाएका थिए । उसको सौन्दर्यको लागि जीवनभरिको मेरो माया, समर्पणलाई तीलान्जली दिएका थिए ।

त्यस रात शारीरिक रूपमा उनी मसंग रहेको अन्तरंग क्षणमा पनि उनी मानसिक रूपमा त त्यही आईमाईसंग आबद्ध रहेछन् । मेरो लागि त्यो अन्तरंग क्षण, मायाको चरम परिणति थियो । मनले मात्र नपुगेर, भावनाले मात्र नभएर आफ्नो प्रियलाई शरीरले सुख दिंदै छु भन्ने भावनाको आल्हादमा विमोहित थिएँ म । तर मेरो शरीरलाई माध्यम बनाएर तिम्रो बाबा आफ्नी प्रेमिकासित पो चरम सुख भोग्दै रहेछन् ।कत्रो धोका मेरो भावनाको , कत्रो अवहेलना मेरो अस्तित्वको ।

अपमानको रापले त्यतिखेर मेरो सम्पूर्ण अस्तित्वलाई हुर्हुर्ती सल्काएको थियो ।

उनी अन्तरंग क्षणको त्यस घडीमा कति गहिरोसंग त्यस आईमाईमा लीन भएका रहेछन् भने उनीद्वारा ममा विजारोपित तिमी त्यही आईमाईकी मानस पुत्री भएर मेरो गर्भमा आयौ ।

यो कुरा थाहा पाएपछि म तिमीलाई आफ्नी छोरी भनेर कसरी स्वीकार्न सक्थेँ ? अनि तिमीलाई कसरी मायाँ गर्न सक्थेँ ।

मेरो आहत मनले, मेरो तिरष्कृत मनले तिमीलाई तिरष्कार गरेर तिम्रो बाबासंग बदला लिन थाल्यो । तिमीलाई सकेसम्म प्रताडित गरेर तिम्रो बाबाको अन्तर्अात्मामा चोट पुर्‍याउन थाल्यो । बिचरी तिमी निर्दोष बच्चा । तर के गर्नु। घाइते संवेदनाको चेपोमा परेर एउटा दुर्भाग्यको नियति भोग्न विवश भयौ तिमी ।

तर तैपनि आखिर मेरी छोरी थियौ तिमी । तिमीलाई जति चोट पुर्‍याउँथे, म उति धुजा धुजा हुन्थेँ । तिमी रुँदा मेरो छाती छिया छिया पथ्र्यो । तिम्रो आँखा रसाउँदा मेरो मुटुमा आँसुको दह जम्थ्यो । तर पनि तिम्रो बाबालाई अझै चोट पुर्‍याउन चाहन्थेँ म, ता कि उनले मेरो मर्ममा परेको चोटको गहिराई अनुभूत गरुन् । जत्ति तिम्रो बाबाले तिमीलाई च्याप्नु हुन्थ्यो, मलाई तिमीहरू दुवैसंग उत्तिकै रिस उठ्थ्यो , तिम्रो बाबा र मेरो बीचमा तेस्री आईमाईको उपस्थिति चाहे तिम्रो रूपमै किन नहोस् । मनमा औडाहा हुन्थ्यो , अनि त्यसकै रनाहामाको फल तिमीले भोग्थ्यौ ।

तिम्रो बाबाको मृत्युपछि पनि मैले तिमीलाई सम्पूर्ण रूपमा अपनाउन सकिनँ । तिमी मसंग झगडा गरेर काठमाडौं आयौ । मेरो आँखाबाट ओझेल भयौ । यत्तिका वर्ष तिमीले आफ्नो सम्पर्क दिइनौ , तर के थाहा तिमीलाई , आहत समयका यी दुरीहरूमा तिमी एक पलका लागि पनि मेरो मनबाट पर गइनौ ।

तिमीप्रतिको तिरष्कार त मात्र बदला थियो तिम्रो बाबासंग, उनको विवाहएतर सम्बन्धसंग , मात्र तिमी परिस्थितिले सिर्जना गरेको परिबन्दको सिकार भयौ ।तर पछि तिमीले छोडेर गएपछि तिम्रै विछोडको पीडाले मेरो आत्मालाई पलपलपिच्छे मरेतुल्य पारिरह्यो । हामी सबै परिस्थितिको सिकार भयौं । मैले तिमीप्रति गरेका सबै अन्यायलाई तिमी बिर्र्सिन त के सक्थ्यौ र तर पनि एउटी नारीको नाताले त्यो संवेदना अनुभूत गर्दै मलाई माफ गरिदेऊ ।”

उनका हावामा उड्दै आएका शब्दहरु केही हावामै उडदै उडदै कतै बिलाए । कतै त्यहीँ भुईँमै अस्तिवविहिन भएर झरे, अनि जो मेरा कानमा पसे ती शक्तिशाली भएर मेरो मस्तिष्क रन्थनाउन पुगे ।

आह झ् सम्बन्धहरू किन अन्यत्र विस्थापित नभैकन आफ्नो सक्कली रूपमा रहँदैनन् ?

एउटा अचम्मको संवेग बिस्तारै बिस्तारै मेरो अस्तित्वभरि संचारित हुन थाल्यो । रिस उठे उठेजस्तो भयो । हो रिसै हो जो यत्तिका वर्षदेखि मभित्र गुम्सिएको थियो, जसको कुनै निकास थिएन । त्यही जमेको रिसले हामी दुवैजनालाई चुपचाप खोक्रो पारिरहेको थियो । धमिराले काठ खाएजसरी । बिना केही कसुर आफूले पाउन मायाबाट वन्चित हुनु परेको रिस । बिनासित्ति आफू सधैँ प्रताडित हुनु परेको रिस ।

यही रिसको सुनामी बोकेर आमातिर हेरेँ, तर उहाँका ती भावविहिन अनुहार यतिखेर मेरो दयाको याचनामा निरिह थिए ।

झ्यालबाहिरको नीलो आकाश चम्किलो निलमजस्तै टल्किरहेको थियो । जाडो महिनाको यो दिउँसोको घमाइलो दिन । मेरो मनलाई सधैं उज्यालो पार्ने दिन । अहिले सके मेरो मन पनि बिस्तार उघि्रन थालेको छ । कठै आमा झ् बाबाको विश्वासघात थाहा पाउँदा कत्ति गाह्रो भयो होला । बाबा कस्तो बैगुनी झ् अनायासै बाबाप्रति जीवनमा पहिलो पल्ट आक्रोश जाग्यो । आमाको घाइते मन प्रति टीठ लागेर आयो । हरे झ् एउटा सुखी हुनु पर्ने परिवारमा बाबाले आत्मसंयम गुमाइदिंदा दुःखको कालो खग्रास छायो । आफू एकजना सुखी हुनाको लागि आखिर बाबाले सिंगै परिवारलाई दुःखी तुल्याउनु भयो ।

अहिले मलाई आमाको निकै माया लाग्दै आएको छ । बिचरी आफूले प्रेम गरेको पुरुषसंग सम्पूर्ण जीवन उसको छातीमा शिर लुकाएर ढुक्क भएर बाँच्नु पर्ने थियो । तर नियतिले उहाँलाई त्यही पुरुषलाई घृणा गर्न बाध्य पार्‍यो । मायाले छनाछुल्ल भरिनु पर्ने मुटु घृणाको ज्वारलाई आफूमा समाहित गरेर बाँच्नु पर्‍यो । कति रमाइलो हुनुपर्ने जीवन आखिर रित्तिएर जान थाल्यो । आमाको लागि मनमा भएका सम्पूर्ण मायाँ हुँडलिएर आयो । मलाई भन्न मन लागेको छ “बाबाको विश्वासघातमा म पनि दुःखी भएँ आमा । हजुरको हराभरा जीवनमा दुखको खडेरी आएकोमा मलाई पनि दुःख लागेको छ । तर पनि म आत्मीय भएर यसरी आमासंग बोल्न सक्दिनँ । धक लाग्छ ।

तर जीवन त मेरो पनि हजुरहरुको आपसी सम्बन्धको असफलताको जाँतोमा परेर चूर्ण चूर्ण भयो । सुख त मेरो जीवनबाट पनि हजुरहरुले आफ्नो अहम्को लागि आकाशको फल नै बनाइदिनु भयो । यसको लागि म कहाँ गएर कोसित फिराद हालुँ । आफ्नी आमाबाट पाउनु पर्ने मायाको साटो घृणामात्र पाएकोमा म कोसित गएर गुनाशो पोखुँ झ् मेरा सुखी हुन सक्ने तर नभएका ती कैयौं पुराना वर्षहरुको हिसाब म कोसंग मागुँ ? म के गरुँ आमा ?

(श्रोत :- Onlinekhabar )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.