लघुकथा : शहीद

~सुषमा मानन्धर~Shushma Manandhar

त्यहाँ एउटा भव्य फोटो प्रदर्शनी भैरहेको थियो । आन्दोलन र शहीदहरुका अप्राप्य र अहिलेसम्म अप्रकाशित फोटोहरु समेत राखिएकोले निकै टाढाबाट पनि त्यो हेर्नलाई मानिसहरु ओइरीएका थिए । अरुभन्दा शहीदहरुका फोटोको सूची अलि पछाडि र निकै लामो पनि थियो ।

फोटो प्रदर्शनीको आज अन्तिम दिन । ऊ पनि अनुकुल समय मिलाएर प्रदर्शनी स्थल छिरेको थियो । प्रदर्शनीमा उर्लिएका दर्शकहरु शहीदहरुका फोटो अगाडि झुम्मिँदै विभिन्न टिकाटिप्पनी गर्दै थिए ।

टाँसिएका थुप्रै शहिदका फोटोहरुमा उसले चिन्ने कुनै पनि अनुहारहरु थिएनन् । कहाँकतिबेलाकसरी शहीद भए होलान् जे भए पनि देश र जनताको लागि मृत्युवरण गर्ने ती शहीदहरुप्रति उसले मनमनै नमन गर्यो ।

हेर्दाहेर्दै एउटा फोटोमा पुगेर ऊ नराम्ररी झस्कियो । त्यो ढाका प्रसादको फोटो थियोउसको आफ्नै छिमेकी ।

द्वन्द्वताका एक रात उसको गाउँमा ठूलै गोलाबारी भएको थियो । अँध्यारो रातमा हरेक घरमा खानतलासी हुँदै थियोप्राय घरका पुरुषहरु आत्तिएर भागाभाग गर्दै थिए । डराएर ऊ पनि घरनिरैको मकैबारीमा लुकेको थियो । उसैको छेऊमा ढाका प्रसाद पनि डल्लो परेको थियो । “एक हूल मान्छे आका थेम त पछिल्लो ढोकाबाट भागेर आछु ।” ढाका प्रसाद डरले बोल्नै सकिरहेको थिएन । दुवै छिमेकी भगवानको नाम जप्दै काँपिरहे । त्यहीबेलामा तल बजारमा शायद केही पड्क्यो । मुटु दुख्यो भनेर छाती समाउँदै लडेको ढाका प्रसाद फेरि उठेन । नजिक आउँदै गरेका जुत्ताका पदचापहरु सुनेर ऊ भने त्यहाँबाट पनि भागेको थियो ।

अहिले उसको अगाडि त्यही ढाका प्रसादको फोटो थियो ऊ घरि त्यो फोटोलाई हेर्थ्यो घरि त्यसैमाथि लेखिएको हाम्रा वीर शहीदहरु भन्ने शिर्षकलाई ।

नजिकै उभिरहेको आयोजक मध्येका एकजनालाई कोट्याउँदै उसले सोध्यो “प्रजातन्त्रकोलागि मरेका चार शहीदहरु देखिएनन् नि के तिनका फोटा छैनन्?”

आयोजकले मुन्टो हल्लाउँदै जवाफ दियो “ए…तिनीहरु? ती त पुराना भैसके। त्यही भएर यसपालि नराखेको!

(श्रोत :- अन्तर्जाल अर्थात ईन्टरनेट)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.