सबैको मनलाई यसरी बहलाउनु मेरो रहर नभएर बाध्यता हो भन्ने कुरा यी समाजका ठेकेदारहरूले किन बुझ्नै चाहँदैनन् ? कसलाई पो रहर लाग्ला र आˆनो अङ्ग प्रदर्शन गर्दै आफ्नो खिल्ली आफैले उडाउनलाई ? आफ्नो लिलाम आफैँले बढाबढ गर्नु मेरो रहर नभएर कर हो भनेर बुझिदिने कसले ? पापी पेटको असहृय ज्वालालाई यी समाजका ठेकेदारहरूले निभाइदिने जिम्मा लिइदिने भए हरेक दिन यसरी आˆनो आत्मालाई बेचेर हिँड्दै पेटको ज्वाला शान्त पार्नुपर्ने आवश्यकता नै पर्ने थिएन होला ? भोकको ज्वाला कति डरलाग्दो हुन्छ भन्ने कुराको ज्ञान मेरो परिवारलाई जस्तो सधैँ अघाउन पाएकाहरूलाई के थाहा ? खुकुरीको चोट त अचानोलाई पो थाहा हुन्छ ।
जतिजति पटक ओछ्यान तताउँछु त्यतित्यति पटक आफू मरेको हुन्छु भन्ने कुरा यी समाज हाँक्न चाहानेहरूलाई के पत्तो ? हरेक साँझ मैले आˆना सपनाहरूलाई आफैँले निर्ममतापूर्वक कुल्चेको हुन्छु । आफ्नो भविष्यलाई आफैँले धराशायी पारेको हुन्छु । आˆना इच्छा आकाङ्क्षाको घाँटी आफैले निमोठेको हुन्छु ।
साँझ पर्यो कि अज्ञात भयले मनमा डेरा जमाइरहेको हुन्छ । त्यसै त्यसै कामज्वरो आएझैँ भएको हुन्छु तर जान मन नलागेर पनि जानै पर्ने बाध्यताबाट पञ्छिन पनि त सक्दिन फेरि । अचेल त झन् कतिखेर धरापमा परेको मुसाझैँ रगतपच्छे हुने हो ? आफैँलाई थाहा छैन । जताततै जाल थापेर बसेका हुन्छन्, कतिखेर जालमा माछा परेझैँ परिने हो ? आफ्नो पनि कुनै ठेगाना छैन ।
साँझ परेपछि आˆनो अनुहारलाई लिपपोत गरेर आकर्षक पार्दै र कमभन्दा कम कपडामा आफूलाई सजाएर अरूको आँखालाई आफूतिर तान्दै लोभ्याउनु मेरो नियति भएको छ । यति गरेर तान्न सकिनँ भने आफू त भोकै परियोपरियो मेरै कमाइमा आसि्रत मेरो परिवारको मुखमा माड लाग्ने पनि हो कि होइन ?
हरेक बिहान आफू बाँचेको छु भन्ने आभास हुन्छ भने हरेक साँझ मरेर आफ्नो मलामीमा आफैँ सरिक भएर र्फकने गर्छु ।
कुनै बेला गाँउमा मेरो परिवार पनि आनन्दले भयरहित बाँच्ने गथ्र्यो । कहाँबाट यो अशान्तिको हुरी आयो, हाम्रा सबै खुसीहरूलाई उडाएर लग्यो र मलाई यो घुम्तीमा ल्याएर उभ्याइदियो । मैले सपनामा पनि सोचेको थिइन, समयले मलाई एक दिन यस्तो घुम्तीमा ल्याएर उभ्याइदिनेछ भनेर ।
आम युवतीहरूकाझैँ मेरा पनि थुप्रै सपनाहरू थिए । मैले पनि अरू साधारण युवतीहरूले सोच्नेजस्तै आफूलाई असाध्यै माया गर्ने मायालु पति होस्, आˆनै सुन्दर घरपरिवार होस् । आˆनै सुखी संसार होस् । आफ्नो बेग्लै एउटा सुन्दर दुनियाँ होस् भनेर परिकल्पना गर्थेँ । तर खै ? सोच्दैमा, खोज्दैमा वा परिकल्पना गर्दैमा सबैलाई आफूले खोजेजस्तै, सोचेजस्तै र चाहेजस्तै सबै कुरा कहाँ मिल्दोरहेछ र ? कहाँ पाइँदोरहेछ र ? कहाँ भेटिँदो रहेछ र ?
बुबाले पनि हामी सबैलाई असमयमै छाडेर जानुभयो । छाडेर जानु भयो भन्न पनि कहाँ मिल्यो र ? छोडेर जान बाध्य पारे असत्ति मोराहरूले । ओहो त्यो क्षण त मलाई सम्झन पनि मन लाग्दैन, त्यसैत्यसै कहाली लागेर आउँछ । जीउका सारा रौँहरू ठाडाठाडा भएर आउँछ अहिले पनि । त्यो अलच्छिनी रातलाई सम्भmयो कि आफैँले आफैँलाई सम्हाल्नै नसक्ने स्थितिमा पुगेर विक्षिप्तजस्तै हुन्छु ।
मैलै आफूलाइजस्तै विषम परिस्थितिमा पनि सम्हाल्न सकिन भनेँ उसैत मेरो परिवार भुमरीमा परेको डुङ्गाकोजस्तै स्थितिमा छ, यदि मैले पनि सम्हालिन भनेँ डुब्ने निश्चित छ । यसरी हरेक दिन आफू मरेर भए पनि मैले मेरो परिवारलाई बचाइराखेको छु भन्ने कुरा समाजका ठेकेदार भनाउदाहरूले किन बुझिदिँदैनन् ? वा बुझेर पनि बुझ पचाउँदै हामीमाथि अनाहकमै बेला कुबेला धराप थापिरहन्छन् ।
कहिलेकाहीँ सोच्छु यस्तो जिन्दगी बाँचेर के काम ? आफ्नो जिन्दगीको डोरीलाई यहीँ नै चुडाइदिउँजस्तो पनि नलागेको कहाँ हो र ? मेरो एउटा ज्यान मात्रै भए कुरो बेग्लै हुन्थ्यो तर मेरो पछाडि लर्कन लागेर बसेका मेरो परिवारको जिम्मेवारीबोधले मलाई त्यसो गर्न पनि रोकिरहन्छ । मेरो अनुपस्थितिले मेरो परिवार बिचल्लीमा पर्ने सोचमात्रले पनि मलाई पिरोलीरहन्छ ।
मजस्ता हजारौँ युवतीहरू छन् जसलाई आˆनो पेसा रहरलेभन्दा पनि बाध्यताले अङ्गाल्न बाध्य छन् । अपवादस्वरुप नगन्य कोही हुन सक्लान्, तर ९९. ९९ प्रतिशत भने मजस्तै लाचार र विवशहरू नै हुने गर्छन् ।
मैले पनि त यस्तो पेसा अपनाउनु नपरोस् भन्ने चाहना नराखेको कहँा हो र ? जागिरको खोजीमा दैलोदैलो नचाहारेको पनि कहाँ हो र ? हजार दैलो चाहार्दा पनि निराशा मात्रै हात लागेपछि मेरो के लाग्यो त ? यस्तो खुल्दै नखुल्ने दैलोको पछि विनाअर्थ भाग्नुभन्दा आशै मार्नु जाति सम्झेँ ।
अनाहकमा मेरो सोझो र इमानदार बुबाले आफ्नो ज्यान गुमाउन परेपछि सुरु भएका हाम्रा दुःखका ताँतीहरू गनेर गनिसक्नु नै छैन, सहेर सहिसक्नु नै छैन ।
यसरी दुःखको अनन्त महासागरबाट हेलिँदैहेलिँदै बल्ल बल्ल किनारा लागेको मेरो पेसाप्रति गिद्धे दृष्टि राखेर कुखुराको चल्ला टिप्न आएजस्तै टिप्न तम्तयार गिद्धहरूको शिकार कुनै पनि क्षण हुन सक्छु म ।
सबैको ढोका ढकढक्याउँदा पनि खुसीहरूले सङ्घार नाघ्नसमेत नपाई फर्केर मैछेउ आएपछि मेरो के नै लाग्यो त ? यसरी मैले कुनै बाटो नभेटेर दोबाटोमै अलपत्र परिरहँदा भोकले ओठहरू कलेटी परेर ढल्ला ढल्ला हुँदासमेत जागिरको खोजीमा हिँड्दा निराशा मात्रै हात लागेपछि या त मेरो परिवारलाई अलपत्रै पारेर सदाको लागि यो धर्तीबाटै बिदा हुनुपर्ने वा समयले जे निर्देशन दिन्छ त्यसलाई पालना गर्नुपर्ने स्थितिमा पुग्दा यी समाजका ठेकेदार भनाउँदाहरू कहाँ हराइरहेका थिए ? अहिले एक्कासि हामीमाथि हमला गर्न जुरमुराइरहेका छन् सबै ।
हामीलाई बेला कुबेला यसरी दुःख दिन जान्नेहरूले हाम्रो दुःखको कारण खोतलेर निवारण गरिदिने भए हामीलाई पनि कति हाइसञ्चो हुने थियो होला ? हामी पनि हाम्रा वरिपरिका अन्य मानिससरह सहज जिन्दगी भोग्न पाउने थियौँ । हामीलाई सही जागीर दिलाइदिएर हाम्रो परिवारको भोको पेट भरिदिने भए पो अर्थ भयो ? नत्र अर्थ न बर्थसँग छापा मारेर हामीलाई खोरमा राख्दैमा समस्या झन्झन् जटिल हुनुबाहेक समाधान हुने होइन क्यारे ?
दिनभर सज्जनको खोल ओढेर हिँड्नेहरू नै साँझ नपर्दै हामीकहाँ आ-आफ्नो खोल मिल्काउँदै निल्र्लज्जताका प्रदर्शन गर्न हिचकिचाउँदैनन् । आफ्नो मरुभूमिजस्तो अनन्त तिर्खा मेट्न हाम्रै कुवा धाउने गर्छन् र धित मरुन्जेल पिएर आ-आˆनो अनन्त तिर्खा मेट्दै तृप्त भएर जान्छन् । भोलि बिहान फेरि तिनीहरूले नै हामीबिरुद्ध चर्को नारा लगाउदै हिँड्न पनि पछि पर्दैनन् निर्लज्ज ब्वाँसाहरू । दोहोरो भूमिका निभाउन खप्पीस यी खलनायकहरूबाटै हाम्रो जिवितता चलिरहेको छ आजसम्म र यो पनि साँचो हो कि यिनीहरूलाई देख्दा र भोग्दा को त के कुरा ? यिनीहरूलाई सम्झदा मात्र पनि कुरीकुरी लागेर आउँछ आफंैँलाई ।
यतिका ग्राहकहरूमध्ये एक जना मात्रै त्यस्ता व्यक्ति छन् जसलाई मैले मान्छेको दर्जामा राखेकी छु, बाँकी कसैलाई पनि मान्छेको दर्जामा कदापि राख्न सक्तिन म ।
ती सज्जन हप्तामा एक दिन मात्र झुल्किन आँउछन् र बाँकी दिनहरू प्रतीक्षामा मात्रै राख्छन् । ऊ मात्रै एउटा यस्तो ग्राहक हो जसलाई मैले अधिरता पूर्वक प्रतिक्षा गरेकिहुन्छु । हुन त यसरी अधीर भएर प्रतिक्षा गर्ने र ऊप्रति आशक्त हुने अधिकार मलाई छैन भन्ने म ठान्दछु र पनि किनकिन ? दिन प्रतिदिन ऊप्रतिको मेरो आशक्तिको पारो बढि नै रहेको आभास पाउँछु । मन भन्ने कुरा पनि कहिलेकाहीँ आफ्नो वशमा कहाँ हुदोरहेछ र ?
ऊ मात्रै एउटा यस्तो ग्राहक हो जसले मेरो बाध्यतालाई फरक दृष्टिकोणले हेरिदिएझैँ लाग्छ, कमसेकम मलाई ।
ऊ आˆनो जैविक आवश्यकता परिपूर्तिका लागि मात्र धाउने भए तापनि ऊ आˆनो धर्मबाट भने कहिल्यै विमुख भएझैँ लागेन मलाई । चाहे त्यो राम्रो काम होस् वा नराम्रो, हरेक कामको आ-आˆनो धर्म, सीमा र मर्यादाहरू हुन्छन् जसलाई उसले सधैँ इमानदारीपूर्वक पालना गरिरहेको छ । त्यसैले त ऊ मात्रै मेरो यस्तो ग्राहक हो जसलाई मैले आˆनो सम्पूर्णता समर्पित गरेर उल्टै आफूलाई तृप्त पार्ने गर्छु । उसले अनौठोसँग मेरो मनलाई कब्जा गरिराखेको छ, कसिलो गरी बाँधिराखेको छ । ऊबिनाको मेरो यो संसार अपूरोअपूरो छ, अधूरोअधूरो छ ।
मजस्ता कयौँ युवतीहरू छन् जो रूपले मभन्दा हजारौँ गुणा राम्री र उमेरले मभन्दा धेरै कम तर जति नै सुन्दर जति नै कम उमेरका भए तापनि उसको रोजाइमा भने सधैं सधैं म नै पर्ने गर्छु । चाख्दै हिँड्न मन पराउँदैन सायद ऊ । उसको माया गर्ने तरिका पनि जङ्गली होइन, शालिनता छ । यसो भनौँ ऊभित्र मानवता अझै जीवितै छ । उमेरले बाध्य पार्ने जैविक आवश्यकतालाई मनपरि ढङ्गले परिपूर्ति गर्न चाहँदैनन् सायद ऊ । त्यसको पनि आˆनो छुट्टै मर्यादा हुने कुरो राम्ररी बुझेको छ उनले ।
म पनि ब्यग्र प्रतीक्षारत हुन्छु उनको आगमनको । जब ऊ भित्र पस्छ अनि मेरो मन पनि धमक्क बलेझैँ लाग्छ । सरासर आएर ऊ सधैँ बस्ने टेबुलमा गएर बस्छ र बियरसँग केही स्न्याक्स मगाएर खान्छ । कुनै पनि साथी लिएर आएको आजसम्म देखेको छैन । सबैलाई प्रायः थाहा नै छ उसको टेबुल हेर्ने माग मेरो मात्रै हो भनेर । त्यसैले उनी भित्र पस्नासाथ मेरा पाइलाहरू अनायासै मोडिन्छ उनी बसेको टेबुलतिरै जस्को प्रतीक्षा अधीर भएर मैले पनि गरिरहेकीहुन्छु ।
ऊ कसको छोरो हो ? के काम गर्छ ? गरिब हो वा धनी ? उसको जीवनको कुनै पाटोसँग सरोकार छैन मलाई । एउटा विशुद्ध ग्राहकको भन्दा बढी चिनारी केही छैन ऊसँग मेरो र पनि उसलाई देख्दा किनकिन जनम जनमको नाता भएझैँ अनुभूत हुन्छ मलाई ।
मेरो मायाको गहिराइबाट अनभिज्ञ ऊ । मैले मेरो संसार उसैलाई कल्पेर सजाउँछु भलै तासको घरझंँै किन नभत्कियोस बारबार । सपना त देख्न पाइयो नि भलै पूरा होस् वा नहोस् । ऊसँग सानो सुखी परिवारको परिकल्पना गरेर मात्र पनि आल्हादित हुन्छु म, रोमान्चित हुन्छु म । फेरि यथार्थको धरातलमा फर्किनु पर्दा भने नराम्ररी लथालिङ्ग हुन्छु ।
जहिले पनि सोच्ने गर्छु- मनका सबै कुरा खोली दिउँ ? कहिले लाग्छ शरीरमात्र होइन मन पनि उदाङ्गो
पारिदिँउ तर धक लागेर खुल्नै सक्तिन म, मन खोलेर भन्नै सक्तिन म । कमसेकम हप्तामा एक पटक भए पनि भेट्न त पाइएको छ । मैले मेरा मनका सबै कुराहरू खोलेरभन्दा त्यो सम्बन्ध सूत्र पनि टुट्यो भने भन्ने अज्ञात भएले फेरी मनका कुराहरूलाई मन भित्रै पोको पारेर राख्ने गर्छु । ऊ फर्केर गएपछि भने आफैँ थकथक्याइरहन्छु पछुताइरहन्छु किन ? भन्न सकिन मनका कुराहरू भन्र्दै आफैँले आफैँलाई धिक्कारिरहन्छु ।
यसरी नै चलिरहेको छ मेरो दिनचर्या पनि । अचेल त रातको एघार बज्नासाथ हाम्रो पसल बन्द भएन भने सिठ्ठी बजाउँदै आइपुग्छन् नूनको सोझो गरी टोपल्ने ठेकेदारहरू, तिनै ठेकेदार भनाउँदाहरू ठूलाठूला राजनीतिक सामाजिक व्यक्तित्वहरू, धर्मका ठेकेदारहरू, धनाढ््य व्यापारीदेखि गल्लीका आवाराहरू सबैसबै क्षणिक तृप्तिका लागि हाम्रै शरण पर्न आउँछन् र फेरि तिनै व्यक्तिहरूले नै हाम्रो खोइरो खन्न थाल्छन् । यी घरीघरी रङ बदल्दै हिँड्ने छेपाराहरूसँग पनि वाक्कै भइसकंँे, आजित भइसकेँ अब त ।
हिजैमात्र हाम्रो छेउको रेष्टुरेन्टमा छापा मार्दा मेरो अति नै मिल्ने साथी पनि परिछे । टिभी च्यानलहरूका लागि ब्रेकिङ न्युज होला तर हाम्रो त जिन्दगी नै ब्रेक हुन्छ भन्ने कुरा सोचिदिने
कसले ? बुझिदिने कसले ? बिचरीले आˆनो दुवै हत्केलाले अनुहार छोप्ने प्रयास गर्दागर्दै पनि क्यामेराको एङ्गलबाट बच्न भने असफल भइरही । सक्ने भए रूखको जरै उखेल्नु नि बरु हामीजस्ता हाँगालाई मात्र काटेर के काम ? फेरि पलाइहाल्छ ।
यसरी समाचारको मुख्य पात्र बन्न विवश हामीलाई यी नै समाजका निर्लज्ज साँढेहरूले नै पारेको कुरा भने ओझेलमा नै पर्ने गर्छ सधंँै । बेकारमा नाङ्लो ठटाएर हात्तीलाई तर्साएझंँै गर्छन् र जनताका आँखामा छारो हाल्ने काम गर्छन् । भोलि तिनै नाङ्लो ठटाउनेहरू नै आएर हाम्रा सञ्चालकहरूसँग हात मिलाउँदै कमिशन तोक्छन् र फेरि हामीलाई त्यही दलदलभित्र जानका लागि बाटो प्रशस्त पारिदिन्छन् ।
समस्या तेर्साउन जान्नेहरूले समाधानको बाटो पनि त खोजिदिनु पर्यो नि । आज मेरी साथी खोरभित्र सडिरहेकी छिन् तर उनका सानासाना भाइबहिनीहरूको जिम्मेवारी पनि त उनैको नाजुक काँधमा छ । आफू बेचिनु परे पनि आˆना भाइबहिनीका भविष्य बेचिन नपरुन् भन्ने पुनित उद्देश्य लिनु के अपराध नै हो त ? आˆना भाइ-बहिनीहरूलाई देशको असल नागरिक बनाउने सोच राख्नु के गलत नै हो त ? हामी गलत कि हामीलाई यो बाटोमा उभिन बाध्य बनाउनेहरू गलत ? हामीसँग बाँकी के नै छ र ? हाम्रो आˆनो देह व्यापारबाहेक ?
हाम्रो भएभरको पुख्र्यौली सम्पत्ति सबै हडपेर हामीलाई सडकमा ल्याएर ˆयाँकिदियो । न त हामीलाई पाल्ने हाम्रा अभिभावकहरूलाई नै ज्यूँदो राखे । यस्तो अवस्थामा हाम्रो भन्नु हाम्रो देह मात्रै बाँकी रहेपछि यसलाई बेचेर अरू बाँकिका भविष्य सपि्रन्छ भने त्यसलाई नराम्रो भन्न पनि कहाँ मिल्यो र ? काम पो नराम्रो भो, पेसा पो नराम्रो भो, परिस्थिति पो नराम्रो, भो त हाम्रो उद्देश्य त नराम्रो हुँदैहोइन । कमसेकम यी दोहोरो मानसिकता बोक्नेहरूबाट भन्दा । फर्सि कुहिएजस्तै भित्रभित्र कुही सक्दा पनि असल छु भनेर फोस्रो दम्भ भर्नेहरूका भन्दा ।
त्यसो त हामीले विकृतिमात्रै फैलाएका पनि त हैनौ, समाधान पनि गरिदिएका छौँ । मान्छेको जैविक आवश्यकतालाई परिपूर्ति गरिदिएर समाजलाई बलत्कारको शिकार हुनबाट बचाएका पनि त छौँ । शरीरलाई लाग्ने भोक व्यक्ति विशेषलाई नै थाहा हुने कुरा हो न कि समाज र परिवारलाई ।
हामीजस्ता पेसाकर्मीका लागि समाजले नै कुनै विशेष इलाका छुट्याइदिनुपर्ने हो उल्टै बरु । उनीहरूलाई पनि हाइसञ्चो, हामीलाई पनि हाइसञ्चो । यसो भनेर यो पेसालाई प्रोत्साहन दिनुपर्छ भन्ने आशय भने पटक्कै होइन तर मूल नै नसुकाइकन पोखरी मात्रै पुरेझैँ गर्नुको कुनै अर्थ रहँदैन । यसै पनि कति फूलहरू फुल्नै नपाई कोपीलामै निमोठिन्छन् । फुल्नु त उसको नैसर्गिक अधिकार हो भन्ने कुरा समाजलाई हाँक्न खोज्नेहरूले पनि बुझिदिनु पर्यो नत्र फोस्रा आडम्बर देखाएर हाम्रो मूल समस्या समाधान हुने
होइन ? हाम्रो आवश्यकता पूरा हुने होइन ? हाम्रो भोको पेट भरिने
होइन ? कुनै विकल्प नै नरहेपछि बाध्य भएर नै त हामीले यो पेसा अङ्गालेका हौँ ।
बर्सेनि खोलाबाट पानी बगेसरह हाम्रा दिदीबहिनीहरू विदेशी भूमिमा बगिरहन अभिशप्त छन् आर्थिक समस्याबाट पार पाउनका लागि । भोको पेटको असहृय ज्वाला शान्त पार्नका लागि आˆनो जीवन नै दाउमा थापेर परिवारका मुखमा माड हाल्नका लागि । केहीहदसम्म भए पनि बाँकी परिवारमा सदस्यहरूका भविष्य सपार्नका लागि । आˆनो देशभित्रै रोजगार पाएसम्म विदेशी भूमिमा जाने रहर कसलाई हुन्छ र ? देशको माया कसलाई पो लाग्दैन
र ? आफ्नो पढाइको स्तर सुहाउँदो काम पाइने भए यस्तो पेसा कसले अपनाउथ्यो होला र ?
म ठोकुवा गरेरै उद्घोषण गर्नसक्छु कोही पनि स्वास्नीमान्छे आफै रहरले त यो पेसामा लाग्दैलाग्दैन वा जाँदैजाँदैन कुनै न कुनै बाध्यता आवश्यकता वा परिस्थितिका दाश भएरै अङ्गालेका हुन्छन् नचाहँदा नचाहँदै पनि नत्र जिउँदै नर्कमा होमिने इच्छा कसलाई पो लाग्ला र ?
ग्राहकलाई सन्तुष्ट पार्नु पर्दाको पीडालाई त झन् शब्दमा वर्णन गर्न पनि सकिँदैन । सधैं एक जना मात्रै ग्राहकलाई सन्तुष्ट पार्नुपर्ने भए पो त ? कस्ता कस्ता सुकिलादेखि घिनलाग्दासम्म, सज्जनदेखि आवारासम्म, नेतादेखि फटाहासम्मका ग्राहकहरूलाई सन्तुष्टी दिनु पर्दा हरेक दिन मर्ने हाम्रा आत्मालाई देख्ने कसले ?
यतिका ग्राहकमध्ये एउटै मात्र मेरो मनमन्दिरमा बस्न सफल छ उसैको प्रतिक्षामा अन्य दिनहरू गुजार्ने गर्छु । उसैसँग घरजम गरेर बसेको सुखद सपना देख्छु भलै जीवनभर विपनामा अनूदित नहोस् । मैले नजन्माएको छोराछोरीको बुबा उसैलाई सोचेर मैले मेरो नभएको घरपरिवारको मीठो परिकल्पना गर्ने गर्छु । मेरो नभएको घरलाई सजाउने गर्छु । मेरो सपनादेखि बेखबर ऊ मात्र एउटा असल ग्राहक भएर म सामु उपस्थित हुन्छ हरेक हप्ता ।
(स्रोत : अन्तर्जाल )