कथाकार दिवाकर नेपालीज्यू, भर्खर एउटा पात्रसँग मेरो भेट भएको छ । ऊ मलाई हातमा समाएर जोडले तान्दै छ । हेरौँ कहाँ लान्छ ? मलाई थाहा छैन कहाँ लाँदै छ भन्ने कुरा । ऊ हष्ट पुष्ट यौवनले भरिपूर्ण भएको पच्चीस–छब्बीस वर्षको जवान ढिटो छ । उसँग म कहाँ दौडनु सक्छु र ? तर पनि उसले तानेपछि मरे छोड्नेवाला छैंन । त्यसैले हुत्तिदै, मुन्टिदै उसको पछि लाग्न बाध्य छु । यो पात्र अरूजस्तो होइन रहेछ । अरूको भावनाको, इच्छाको सम्मान नै नगर्ने ! कस्तो अव्यवहारिक केटो रहेछ ! उसले मलाई केही भन्ने मौका पनि दिएको छैन, हेरौँ मलाई कहाँ लादो रहेछ । म उसलाई पछ्याउँदै छु । अहिले मलाई अनौठो लागिरहेछ । मेरो कथायात्रामा कतिपय ठाउँमा मैले पात्रलाई पछ्याउनु पर्ने हुन्थ्यो तर अहिले त पात्रले नै मलाई जबरजस्ती तानेर लाँदै छ । मलाई अचम्म लाग्दै छ तर पनि म जाँदै छु । दिवाकर नेपालीज्यू, ल अब म त्यो ठाउँमा आइपुगेको छु, हेरौँ यो कस्तो ठाउँ रहेछ !
सन् २०१० को न्यु इयर इभ मनाइरहेको ठाउँ, नेपालको धेरै गाउँ मध्ये चाँडै नै सहरको रूपमा विकसित भएको सहर—इटहरी । न्यु इयर इभमा देशको प्रसिद्ध गायक गीत गाउन मस्त छ । मेरो पात्र मलाई लिएर ऊ प्रोग्रामको लागि भित्र छिरिसकेको छ । मैले वरिपरि नजर घुमाएँ । धेरै जसो ढिटाढिटी र युगल जोडी देखिन्थ्ये । केटाकेटी र बूढाबूढीको सङख्या कतै चामलमा विया मिसिएका हुनकि जस्ता थिए । इटहरीको चिन्तन चौतारी, कला र सँस्कृतिको अनुपम उदाहरण भएको रेष्टुरेन्ट । मौलिक र प्राकृतिक कलाकृतिले सजिएको विभिन्न जातजातिको सँस्कृति झल्कने नमूनाहरू सायद नेपालकै उत्कृष्ट कलाकृति हो यो । यो मनोरम दृश्य देखाउने मेरो पात्रप्रति म अनुगृहित थिएँ । रेष्टुरेन्ट पस्नुअघि नै यसको कलाको अनुपम प्रस्तुति ढोकामा बनाइएको थरुनीको विशाल मूर्तिले मलाई आकर्षित गरेको थियो । थारु समुदायको बाहुल्यता रहेको इटहरीमा यो मूर्ति थारु कलाको एउटा प्रतिनिधित्वको रूपमा उभिएको अद्भुत कला थियो । भित्रपस्नेबित्तिकै बाँसको चोयाँले बुनिएको ठूलो कछुवा अनि विभिन्न देवीदेवताको मूर्तिले मेरो आँखालाई लोभ्याएको थियो । यस कलाकृतिलाई धितमरुन्जेल हेरेर आँखालाई विश्राम दिइ सक्दा नसक्दा भित्रको रोमाञ्चक माहौलले मलाई तानिहाल्यो । उक्त पात्र मसँगै छ । हामी टेबुलमा बसिसकेका थियौँ । एकछिनपछि एउटी थारु जातकी जस्ती ठिटी टाइट जिन्स पाइन्ट र फूलवाहुला भएको भेष्ट लगाएर हाम्रै टेबलको मेच बसी । चिसो निकै बढेको थियो । तराईको मध्यहिउँदको जाडो मस्त जवानीमा थियो । तराईको चिसो नपत्याउदो हुन्छ मुटु नै छेडिनेजस्तो । अझ कार्यक्रम खुला मैदानमा गरिएको हुनाले टाउकोबाट चिसो पस्दा सियो रोपिएझैँ भएको थियो । अलिक पर आगो बालिएको थियो । तर त्यो धिपधिपे आगोले हामीलाई तताउनुको सट्टा हाम्रै तातो उधारोमा लिईरहे झैँ लाग्थ्यो । माहौल निकै तातिएको थियो । छेउछेउमा वियरका बोतलहरू लडिरहेका थिए । गायकसँगै गीत गाउने र उफ्रिनेको कुनै कमी थिएन । मलाई लाग्यो मेरो पात्रको उक्त ठिटीसँग पहिले नै चिनजान भएको हुनुपर्दछ, र त आएर यसरी बसेकी छे । अब दुवै जनाको वार्तालाप सुरु हुने अवस्थामा छ । मेरो पात्र भन्छ —
“मलाई कसरी देख्यौ ?”
“एजेन्टले देखाइ दियो । ”
“ए.. ऽ..ऽ. ” निकै लामो सास फेरेर ऊ रोकियो । यस अघि मेरो पात्र एउटा व्यक्तिसँग हात मिलाउदै गफ गरेको थियो । सायद उक्त व्यक्ति एजेन्ट थियो क्यार !
‘कस्तो एजेन्ट ? को एजेन्ट’ मेरो मस्तिष्कमा चिसोसँगै जिज्ञासा रोपियो । म उनीहरूको संवाद चोर कानले सुन्छु । उक्त केटी मलाई हेर्दै संकोच र लाज मानिरहेकी हुन्छे । म थाहा नपाएझैँ हुन्छु ।
मेरो पात्र भन्छ – “डराउनु पर्दैन उ मेरो कथाकार हो । उसले तिमीलाई केही हानी गर्दैन ।”
म उनीहरूको वार्तालाप नसुनेझैँ र नदेखेझैँ गर्छु । दर्शकहरू जोडजोडले ताली बजाउँदै उफ्रदै गरेका छन् । म उनीहरूको कतिपय वार्तालाप बुझ्दिनँ । बाहिर चिसो स्याँठ चलेझैँ मेरो मनमा धेरै उत्सुकताको स्याँठ चलिरहन्छ । तर पनि म सौभ्य र धैर्य बनेर सब हेरिरहेको छु — चिन्तन चौतारीको कलामय र चर्चित गायकको संगीतमय वातावरण । सायद युवायुवती युगल जोडीहरू सबै आफैलाई भुलेर आनन्द लिनमा ब्यस्त छन् । पुरानो वर्षको सबै दिक्कलाग्दा, कुरा बिर्सिएर नयाँ वर्षलाई रोमाञ्चकारी बनाउँदै स्वागत गर्न तल्लीन देखिन्थे । देशको राजनैतिक अवस्था कहाँ पुग्यो ? संविधानसभा बन्ला कि नबन्ला ? ठूला पार्टीहरूले कस्तो रणनीती खेल्ने हुन ? परराष्ट्र नीति कस्तो हुने हो ? कसैलाई कुनै मतलब नभएझै देखिन्थे । धेरैजसो जोडीमा देखिन्थे । कतिपय बिना जोडीका पनि देखिन्थे । जोडी हुनेहरू अरूका आँखा छलेर एक आपसमा अँगालोमा बाधिँदै चुम्बन साटासाट गर्दै थिए । मैले सोचे सायद नेपालमा पनि पश्चिमी सभ्यता भित्रिसकेछ । बिना भन्सार महसुल छिर्ने यस्ता कुरालाई कुनै कठिनाइ थिएन । कम्युनिष्ट शासन भएको चाइनाले त खुला नीति लिइसकेको अवस्थामा नेपालमा कुनै शासन नै नभएको ठाउँमा कुन भारी कुरा हो र ? यो त बर्ड फ्लुझैँ हावामा उडेर आइपुग्न सक्छ । अझ यति मात्र होइन भविष्यमा अरू कति खाले फ्लु भित्रिने हुन् कुनै अनुमान छैन । मैले विचारको धारो खोलेँ — फ्रायडको मनोविज्ञान अब पुरानो भर्सनको कम्प्युटरझैँ भइसक्यो । अब कसैले पनि यौनमनोविज्ञानलाई कुण्ठित पारेर बाँच्नु पर्दैन । अब यौनविज्ञानको नयाँ भर्सन आउनुपर्छ तर यो सिद्धान्त पनि आयतित नै हुनुपर्ने होला किनभने यताको सबै सिद्धान्तहरू खोलामा गीत गाएझैँ हुन् । ब्रान्डेडको अगाडि लोकलको उभिने के हुर्मत ? यो आधुनिक नेपाली उखानबाट मैले मेरो विचारको धारो बन्द गरेँ ।
सबैको हातहातमा मोबाइल छ । कोही जोडी नहुनेहरू आफ्नो जोडीलाई सम्झँदै यौनकुण्ठा मोबाइलबाट यसरी व्यक्त गर्दै थिए —
“डार्लिङ, आइ लभ यु !, आइ किस यु ! आइ मिस्ड यु मेरी मच ! ”
कोहीकोही लठ्ठारिँदै छेउछाउ किनारिँदै छन् । म यो सब थोक हेरिरहेको छु । मलाई एक्लै बसेको देखेर कतिपय आँखा मै यौन प्यास बुझाउँलाझैँ गरी हेदै छन् । कतिपय मलाइ हेर्दै भालेले पोथीको अगाडि पखेटा फिँजाएर भुनभुनाएझैँ भुनभुनाउँदै थिए । पुरुषहरू स्त्रीहरूलाई यौनवासनाको रूपमा मात्र किन हेर्छन ? यो भन्दा पर उनीहरूको सोचाइले सीमाना नाध्न सकेको नै छैन । म मनमनै उद्वेलित बन्छु । तर यहाँ त वातारणले पनि ठूलो भूमिका खेलेको छ । एउटा कथाको – प्रमुख नायकलेझैँ । जे होस उद्वेलित मनलाई नियन्त्रणमा लिन्छु । म त्यहाँ उपस्थित धेरै जसो स्त्रीहरूको लवाइ, हिँडाइ, बोलाइमा कामुकता पाउँछु । मलाई किन हो यो माहौल ठीक लागिरहेको थिएन । उठेर हिँडि जाउजस्तो लागिरहेको थियो । तर एक्लै कता जाने होला ? मलाई दिक्क लाग्यो । म त यहाँ पात्रसँग कथा लेख्न पो आएकी थिए त ! तर खोई विषयवस्तु ? पात्र आफ्नो प्रेमिकासँग गप्फिन मस्त छ । ऊ मलाई मेरो उपस्थितिको कुनै सरोकार नभएझैँ व्यवहार गरिरहेछ । अब मैले के कथा लेख्नु ? मैले सोचेकी थिए पात्रले मलाई यहा ल्याएर कुनै रोमाञ्चक कथा सुनाउने छ । तर अहिले उसको मुड नै अर्को छ । मैले पात्रलाई पुलुक्क हेरेँ । ऊ आफ्नी प्रेमिकासँग निकै घुलमिल भइसकेको थियो । टेबलमा केही खानेकुरा आएको थियो । मेरो पात्रले मलाई इशाराले खान अनुरोध ग¥यो । मैले पनि आँखा र हातको इशाराले जुसमात्र खाने संकेत गरे । कतै उसको प्रेमिकासँगको प्रेमिल वातावरणमा खलल पुग्ला भन्ने कुराले म सतर्क थिएँ । अहिले म मेरो पात्रको मनोविज्ञान बुझ्ने प्रयासमा थिएँ । ऊ रोमान्टिक मुड भएको कामुक पुरुष रहेछ । ऊ नयाँ–नयाँ ठाउँमा यस्तै केटीको खोजीमा हिँडदो रहेछ । म उनीहरूको वार्तालापलाई यसरी सारांशमा खिचेर जुम गरेर देखाउन चाहन्छु – मेरो पात्र लाहुरे परिवारमा जन्मिएको एकदमै पुलपुलिएको ठिटो रहेछ । ऊ भोगाविलास र आनन्दमा दिन बिताउने गर्दो रहेछ । बुवाको पेन्सन र घर भाँडाले घर खर्च गरेर अरू पैसा कहाँ फ्याकौ भन्ने अवस्था रहेछ उसको । साथीहरूसँग बाइकमा घुमफिर गरेर दिन बिताउनु उसको दैनिकी रहेछ । बाउआमाको करकापमा एउटा पिसिओ पसल खोलेको रहेछ । पिसिओ पसलमा दिनभर कोठामा बाधिएर बस्न उसलाई गारो भइसकेको थियो । उसले पिसिओ साथीको भरमा छोड्ने गर्न थाल्यो । पिसिओबाट कमाइ हुनुको बदला उल्टो घरबाट पैसा तिर्नु परेपछि बुवा आमाले पिसिओ पसल बन्द गर्न लगाएछन् । त्यसपछि उसको काम यस्तै नयाँ—नयाँ ठाउँमा नयाँ—नयाँ रेष्टुरेन्टमा नयाँ—नयाँ भेज, ननभेज चाख्तै हिँड्नु उसको आदत बसेको रहेछ । इटहरीको विराटनगर जाने र पश्चिम जाने राजमार्गमा दुई किनारमा यस्ता खालका रेष्टुरेन्टहरू संचालित थिए । त्यहाँ गाउँमा अभावमा तडपिएका सोह—सत्र वर्षका केटीहरू वेटरको रूपमा काम गर्दथे । सोझासिधा गाउँका अबोध बालिकाहरूलाई फकाइफुल्याइ पैसा र अन्य कुराको प्रलोभन देखाइ रेष्टुरेन्टका मालिकहरू रेष्टुरेन्ट चलाउँथे । यौन के हो भन्ने कुरा पनि नबुझेका ती बालिकाहरू कोही स्कुल पढ्दा पढ्दै बाबुआमाको आँखा छलेर साथीहरूको लहलहैमा आउने गर्दथे । दुई चार सयको लोभमा परेर अझ कति त एक छाक मासुभात खानको लागि आफ्नो अस्तित्व नै गुमाएर जाने गर्दथे । यौनले उन्मुक्त भएकाहरू उनीहरू लाई कसरी गुडिया नचाएझैँ नचाएर आफ्नो यौन तृप्ति लिन्थे भन्नेकुरा ती रेष्टुरेन्टका छेउछाउका घरवालाबाट मैले सुनेकी थिएँ । अझै पत्रपत्रिकाले यसबारे खुलेर लेख्ने गरेकोले पनि थाहा पाएकी थिएँ । त्यहाँ अश्लील कार्य कसरी गरिन्छ र केटीहरूको यौन शोषण होटल मालिक, एजेन्ट र ग्राहकले कसरी गर्छन भन्ने कुरा जिम्मेवार पत्रिकाहरूले लेख्ने गरेका पनि थिए । एकातिर ती केटीहरू लुकीछिपी यो पेशा अपनाउन बाध्य छन् भने अर्कोतिर ती होटल मालिक, एजेन्ट र
ग्राहकहरू उनीहरूको विवशता र बाध्यताको भरपुर फाइदा उठाउन कटिबद्ध थिए । उनींहरू अपमानित र घृणित भएर बाँच्नु पर्दा उनीहरूको मानसिकता कस्तो होला भन्ने कुराको विश्लेषण गर्न मन लाग्यो मलाई ।
एकछिनपछि मेरो पात्रले भन्यो– ‘मनसरा’
मेरो कान चनाखो भयो । म छक्क परेँ । उक्त केटी त मेरो तराईकथा ‘पुनर्निणय’ कथाकी नायिका पात्र मनसरा पो रहिछे । ऊ अहिले यो पेशामा खुलेर लागेकी रहिछे । मैले उसलाई गहिरिएर हेरेँ । पक्कै ऊ मनसरा नै रहिछे । मलाई उसँग धेरैकुरा गर्न मन लाग्यो । मलाई सोध्न मन लाग्यो – ‘मनसरा ! तिमीलाई माया गर्छु भनेर तिम्रो अस्तित्व धनाढ्यको सामु लिलाम गर्ने तिम्रो प्रेमी बुधराम खोई ?’ उसलाई मैले पर्नुर्निणय कथामा यसरी प्रवेश गराएकी थिए“ —.. …..वसन्त ऋतुले उराठलाग्दो बनाएको तराईको परिवेश, खरले छाएका दुईचारवटा झोपडीहरू, सबै झोपडीबाट एकनासले धूवाँ आइरहेको छ ।
भर्खरै हुरीबतासले गोधुलि साँझसँगै बिदा लिएको आभास पाइन्छ त्यहाँ । घरका आँगन वरिपरि छरिएका सुकेका पातहरू नहल्लिँदा वातावरण शान्त र स्निग्ध छ भन्ने थाहा हु्न्छ । शहरको चहलपहलभन्दा निकै टाढा त्यस वस्तीमा आधुनिकताको कुनै सङ्केत पाइँदैन । जताततै गरिबी बाँचेको पाइन्छ , विवशता र बाध्यता हाँसेको पाइन्छ । मनसरा भारी पाइला लिएर घरभित्र पस्छे । उसको मन पनि सुकेका पातझैँ भौतारिएको थियो । अहिले शान्त भएको छ । उसले सोच्तै नसोचेको र कल्पना नै नगरेको कुरा भयो । आज उसलाई बैँसको हुरीले खोक्र्याएको छ, रित्याएको छ । घरभित्र उसका पाइलासँगै ठूलो साँझ भित्रिन्छ………
अनि यसरी अन्त्य गरेकी थिएँ– …….अचानक एक दिन उसको बाबु अन्तिम स्थितिमा आइपुग्छ । मनसरालाई उसको बाबुले ‘रोग या भुखसे मोरै से त जेन के भी जियैले ठीक’ भनेको कुरा कानमा गुन्जिरहन्छ । बाबुको असक्त र निसहाय अनुहारले मनसराको सङ्कल्पलाई चुनौती दिइरहेको आभाष हुन्छ । मनसरा बाबुको अगाडि हार खान्छे । आफ्नो सङ्कल्पलाई तोडिदिन्छे । उसले बाबुको जीवनको अगाडि आफ्नो अस्तित्वको आहुति दिन्छे । आमाको च्यातिएको धोतीले उसको अस्तित्वलाई नङ्गाइराखेको अनुभूति हुन्छ उसलाई । समाजको प्रत्येक व्यक्तिलाई ऊ नाङ्गो देख्छे । ऊ गरिबी र अभावका पर्दा च्यातेर समाजलाई देखाउन चाहन्छे । ऊ नङ्गाउन चाहन्छे समाजका ती वर्गलाई जो सम्पन्नताका पारदर्शी पहिरनमा आफ्नो इज्जत ढाक्न असफल प्रयास गरिरहेका हुन्छन् । ऊ बुधराम भएठाउ“ जान्छे , पुनः उस“ग विश्वास जोड्न ।
यो कथामा मनसराको कति दारुणीक कथा थियो । लाचार र विवश मनसराले बाँच्नको लागि यो पेशा अपनाउनु परेको थियो ।
मलाई केही बोल्न सकसक लागेको थियो । तर मेरो पात्रको त्यो रोमान्टिक मुड डिस्टर्व होला भनेर मैले केही भन्न सकिनँ । अहिले उनीहरू मच्चीमच्ची हाँस्दै गफ गर्दै थिए । अहिले मेरो हृदय कताकता, इष्याँ, आक्रोश र सहानुभूतिले ढकमक्क भएर भरिएर आयो । अहिले पनि केही बोल्न नसक्ने अवस्थामा थिएँ म । मनसराको त्यो निरीह र विवश आँखामा धेरै कुरा लेखिएको पाएँ मैले । तर मनसरा पहिलाकोभन्दा निकै परिपक्क र वयस्क देखिन्थी । सायद उसलाई यो पेशामा कामले नै परिपक्क बनाइसकेको हुनु पर्दछ । अहिले ऊ थारु लवजमा नेपाली भाषा राम्रोसँग बोल्न सक्ने भइसकेकी रहिछे । उसको बुवाको मृत्युपश्चात बाध्य भएर ऊ यो पेशामा लागेकी थिई । उसबेला कथा लेख्दा मनसराको निकै माया लागेको थियो मलाई । अहिले ऊ पेशेवर भइसकेपछि पनि उप्रति मेरो सहनुभूति पटक्कै घटेको थिएन । अभाव र गरिबीमा बाँचेको उसको जीवनले यो भन्दा बढी पाउने आशा पनि थिएन उसलाई । ऊ सँग जे थियो उसले त्यसकै सदुपयोग गरी । ऊ समाजमा आफूमात्र बाचेकी छैन धेरैलाई बचाएकी छे । समाजले तिरस्कार र घृणितरूपमा हेर्ने यस पेंशाका तमाम पेशेवरको प्रतिनिधि मनसराप्रति मेरो संवेदना मूल फुटेर बग्यो । आज यिनै पेशेवर नारीले समाजलाई यौन सन्तुलन राख्न मद्दत गरेका छन् । यदि यिनीहरूले यौनवाट विक्षिप्त बनेका पुरुषहरूलाई यौनतृप्ति नदिने हो भने समाजमा कति बलात्कार र हिंसाका घटनाहरू घटिसक्थ्यो । विदेशमा यही पेशामा लागेका नारीहरूले समाजमा आवाज उठाएर, अदालतको ढोका ढकढकाएर आफूलाई सम्मानित जीवन बाँच्न सरकारबाट कानून प्राप्त गरेका छन् । उनीहरू पेशामा लागेपनि स्वतन्त्ररूपले बाँच्न पाएका छन् । कतिपय एसियाली मुलुकले आफ्नो अर्थतन्त्रको मेरुदण्ड नै वेश्यावृतिलाई मानेका छन् । तर हाम्रो देशमा मनसराजस्ता पेशामा लागेकाहरू समाजबाट अपमानित र तिरस्कृत मात्र नभई होटल, ग्राहक र एजेन्टबाट पनि ठगिँदै आएका छन् । उनीहरूको आवाज कसले उठाइ दिने ? मनसरा तिमीले उठ्नुपर्छ ! आफ्नो हक अधिकारका लागि लड्नु पर्छ ! तिमीले सम्मानित जीवन बाँच्न पाउनु पर्छ । तिम्रो साथमा छु म । तिम्रा धेरै कथाहरू मैले लेख्नु छ । मेरो घाँटी यिनै कुराले भरिपूर्ण भएर गाँठो अडकिएझैँ भयो । कहिले ओकलूँ यी कुरा ? मनसरालाई एक्लै पाएँ भने यी सबैकुरा भन्नेछु । तर कहिले ? अहिले ऊ मेरो पात्रसँग सम्पूर्ण पीडा भुलेर वर्तमानमा रमाउन तल्लीन छे । मैले उसलाई गहिरिएर हेरेँ । के मैले भनेका कुरा मनसरा बुझछे ? उसले यस्ता कुरा कसरी लिन्छे ? अशिक्षाको गुँइठाले उसलाई भित्रभित्र जलाइसकेको छ । उसका सोचाइले यी कुराको भार थाम्न सक्ला र ? मनमा अनेकौँ प्रश्नको चाङ थुप्रिदै गयो । यहीबेला मेरो पात्रले मलाई ‘जौ’ भन्ने इशारा ग¥यो । म उसको पछिपछि लागे । मलाई भित्रभित्रै नमीठो लागेर आयो । उसले मलाई किन यहाँ ल्याएको होला ? के देखाउन ल्याएको होला ? मनमा कैयौँ जिज्ञासा उम्रिए । म उसको पछिपछि थिएँ । ऊ मनसराको हात समाउदै हिँड्दै थियो । घरीघरी उनीहरू एकआपसमा टाँस्सिएर हिँड्थे । मलाई लाज लागेर आयो । मैले सोचे साँच्चै यो पात्र सारै बेसोमती रहेछ । मेरो अगाडि यस्तो केटीसँग आफ्नो उच्छङ्खता देखाइरहेछ । मेरा मनमा ऊप्रति पुरै नकरात्मक धारणाले डेरा जमायो । म आफू पनि यसरी आउँदा पछुतो मानिरहेकी थिएँ । उनीहरू गाला जोड्दै, हाँस्दै हिँड्दै थिए । मध्यरातमा सुनसानबाटोले पनि उनीहरूको पक्षमा वकालत गरेझैँ लाग्दथ्यो । म चुपचाप उनीहरूको पछिपछि हिँड्न बाध्य थिएँ । कार्यक्रम भएको ठाउँदेखि होटलसम्म आइपुग्न झण्डै सात मिनेट जति लाग्यो । उसले पहिला नै दुइवटा कोठा बुक गराइसकेको रहेछ । एउटा कोठाको चाबी उसले मलाई दियो । अर्को कोठामा मनसरालाई लिएर ऊ भित्र पस्यो । मलाई अनुमान लगाउन कुनै बेर भएन कि उसले आजको रात मन
सरालाई बुक गरेको रहेछ भन्ने कुरा । झण्डै रातिको एक बज्न लागिसकेको थियो । मनसरासँग कुरा गर्ने मन थियो तर वातावरण अझै सहज भएन । म आफ्नो कोठामा नयाँ वर्षलाई स्वागत गर्दै नयाँ बिहानीको प्रतीक्षामा निन्द्रादेवीलाई अँगाल्न पुगेँ ।
बिहान चाडैँ उठेर हात मुख धोएर नित्यकर्म सकेँ । ‘अब मैले मेरो पात्रलाई मलाई यहाँ ल्याउनुको रहस्य सोध्नुपर्नेछ र मनसरासँग पनि कुरा गर्नुछ’ यति सोचेर म मेरो पात्रको कोठातिर लागेँ । तर अचम्म ! उसको कोठामा त चाबी झुण्डाइएको छ ! मैले मेनेजरसँग सोधपुछ गरेँ । मेरो पात्र र मनसराले एकबिहानै होटेल छोडेको खबर पाएपछि म एकाएक स्तब्धित र अचम्मित बन्न पुगेँ । अझ बढी अचम्म त उसले होटलको सबै खर्च मैले दिन्छु भनेर हिँडेको रहेछ ।
कथाकार दिवाकर नेपालीज्यु, म आफ्नै पात्रबाट ठगिएकी थिएँ । उसले मलाई जबरजस्ती ल्याएर अलपत्र पारेर कुनै प्रतिक्रिया पनि नजनाई हिँडेको थियो । कहिलेकाहीँ कस्तो अव्यवहारिक पात्र भेटिदो रहेछ । अझ भनू गलाको पासो हुँदा रहेछन् । के गर्ने ? त्यसपछि होटलको सम्पूर्ण बिल चुक्ता गरेँ । मन त्यसै खिन्न भयो । होटलको बाहिरको लबीमा तातो कफी पिउँदै यिनै कुरा सोचिरहेकी थिएँ । मैले अब के कथा लेख्नु ? पात्र र मनसरा नै छैनन् भने । मन त्यसै विचलित जस्तो भयो । केही समय रेष्ट गरेर घर फर्कने मनसायमा थिएँ म । एकछिनपछि एउटा वेटर आएर पत्रसहितको खाम दिएर गयो । पत्र मेरै नाममा थियो । खोलेर हेरेँ । पत्रभित्र लेखिएको थियो –
कथाकार अनमिकाज्यू
तपार्इँलाई मैले यहाँ यसरी छोडेर हिँड्दा निकै नरमाइलो मान्नु भयो होला । कस्तो फटाहा पात्र रहेछ भन्ने सोच्नु भयो होला । तर यथार्थ कुरा सबै मैले यस पत्रमा खोलेको छु । हो म लाहुरे परिवारको बिग्रेको केटो हुँ । हाम्रो लाहुरे समाजका धेरै छोराहरू साँच्चै बिग्रेका छन् । कतिपय दुव्र्यसनी पनि भएका छन् । हामीले बुवाआमाबाट जुन मार्गदर्शन पाउनु पथ्र्यो त्यो पाउन सकेनौ । त्यसैले हामीजस्ता धेरै युवाले बाटो बिरायौँ । हाम्रो बारेमा धेरैले यस्तै लेखेका छन् । यसमा हाम्रो कुनै गुनासो छैन । तर हामी भित्र पनि मानवीयता छ, संवेदना छ । मलाई कथा, कविता निकै मन पथ्र्यो। अहिले पनि मनपर्छ । एकदिन मैले तपाईको कथा ‘पुननिर्णय’ भन्ने कथा एउटा लोकल पत्रिकामा पढेँ । म निकै भावुक भएँ । त्यस कथाकी पात्र मनसराप्रति मलाई निकै सहानुभूति जागेर आएको थियो । म पनि रेष्टुरेन्ट जाने गर्दथे । म धनी बाबुको छोरा, धनको उन्मात्त भएर रेष्टुरेन्ट जान्थे भने गरिब परिवारकी मनसरा भोको पेटको लागि जान्थी । हामीबीच कति ठूलो दुरी थियो । तर पनि हाम्रो उद्देश्य रेस्टुरेन्ट जानु थियो । म यो कुराले निकै भावुक भए । एकदिन मनसरा सँग त भेटहोला नि भन्ने लागेको थियो ।
एक दिन एउटा रेष्टुरेन्टमा साथीहरूसँग गएको थिएँ । त्यहाँ एउटी नर्तकी नाच्तै थिई । धेरै युवाहरू उसलाई अश्लील शब्द प्रयोग गर्दै बेलाउँदै थिए । रोमाञ्चक गीतको ताल ऊ अझ उत्तेजित बन्दै नाच्तै थिई ।
उसको नृत्य सकिएपछि एकजना धनाढ्य जस्तो देखिने अर्धवैश पुरुषले उसलाई जबरजस्ती तानेर लान खोज्यो । यसरी कसैको इच्छा विपरीत काम गर्नु अपराध हो भन्ने मैले ठानेँ । मैले उक्त धनाढ्यलाई उक्त नर्तकीलाई छोड्न अनुरोध गरे । यो शरीरको व्यापार हो इच्छाले हुनुपर्छ जबरजस्ती होइन भनेर उसलाई सम्झाउन खोज्दा उ मसँग निकै कड्कियो । मैले पनि आफ्नो युवा फौलादी जोश देखाइदिए । ऊ हुत्तिएर पर पछारियो अरू आएर हामी दुवैलाई समाएर झगडालाई साम्य पार्न प्रयास गरे । त्यसदिनको कुरा त्यसै सकियो । साथीहरूले मलाई घर ल्याए । भोलिपल्ट म फेरि त्यो रेष्टुरेन्ट पुगेँ। हिजोको झगडामा मुछिएकी केटीसँग मेरो चिनजान भयो । उसँग मेरो गफ भयो । मलाई अचम्म लाग्यो, ऊ मनसरा रहिछे । त्यसपछि उप्रति मेरो मन संवेदनशीलता बढ्दै गयो । म दैनिक जसो रेष्टुरेन्ट जान थाले ।
मनसरा र मबीच प्रेम बसिसकेको थियो । मैले मनसरालाई विहेको प्रस्ताव राखेँ । उसले सजिलै स्वीकारी । तर हाम्रो बिहेलाई हाम्रा बुवाआमाले पटक्कै स्वीकार गर्ने छैनन् भन्ने कुरा हामीलाई विश्वास थियो । त्यसपछि हामी भागेर जाने योजना बनाउन थाल्यौँ । पोखरामा भएको मेरो एउटा साथीले मलाई होटलमा मेनेजरको काम दिने बचन पनि दिइसकेको छ । अपरिचित ठाउँमा हामीलाई दाम्पत्य जीवन बाँच्न पनि सजिलो हुनेछ भन्ने सोच्यौँ । तर हाम्रो यो कथा कसैले त पक्कै लेखिदिनुपर्छ भन्ने मैले सोचेँ । किनभने समाजले हामी दुवैको जीवनलाई नकरात्मक सोचाइ राखेका हुन्छन् । त्यसैले हाम्रो कथा लेखिदिन मैले तपाईँलाई जोर जबरजस्ती तानेर यहाँ सम्म ल्याए अनि यति धेरै दुख दिएँ । म क्षमा चाहन्छु मेरो गैरजिम्मेवार कार्यप्रति । तपाईँ मन र धन, दुवैकी धनी हुनुहुन्छ भन्ने सुनेको छु । तसर्थ तपाईँलाई होटलको बिल पनि चुक्ता गराउने बोझ दिएँ । पछि कुनै बेला म फर्काइदिनेछु । तपाईँलाई प्रत्यक्ष मैले मनसरालाई बिहे गरेको देखाउन पनि मैले यो सब गर्नुप¥यो । मलाई माफ गरिदिनुहोला ।
तपाईँलाई प्रत्यक्ष भेटेर यी सब कुरा गरेर जान मन थियो । तर उज्यालो भइसक्ता मेरो घर परिवारबाट मलाई थाहा पाएर लिन आउने सम्भावना भएकोले हामी यहाँबाट राम्रो उज्यालो नभइकन मोटरबाइकमा पोखरा जाँदै छौँ । मसँग पोखरासम्म पुग्ने खर्च छ । सकेसम्म मेरो यो कथा सार्वजनिक गरिदिनु होला । तपाईँले हामीलाई विश्वास गर्नु हुन्न की भनेर मनसराले मलाई प्रतिप्रश्न गरेकी थिई । त्यसैले मैले यहाँ उसको हस्ताक्षरमा केही कुरा लेख्न लगाएको छु ।
कथाकार अनामिकाज्यू, माथिका सबै कुरा सही हुन् । म तपार्इँकी पात्र मनसरा हुँ । आज मैले सुरेश जस्तो पवित्र र आर्दश हृदय भएको पुरुष पाएकी छु । हामीले सुखदुखमा सँगै मर्ने र सँगै बाँच्ने कसम खाएका छाँ । म धेरै खुसी छु । हाम्रो कथा सार्वजनिक गरिदिनु होला सबै पुरुषले सुरेशलेझैँ समाजमा नयाँ कथा लेखाउन म यही भन्न चाहन्छु र समाजले हामीलाई सम्मानित जीवन बाँच्न प्रेरित गरुन ।
तपाईँका पात्र
सुरेश+ मनसरा
पत्र पढिसकेपछि म अन्यमयस्क बनेँ । कुनै ठूलो गहिरो तलाउबाट एकाएक किनारमा आइपुगेँ । एकाएक भुइकुहिराले ढाकेको मेरो मनमा छर्लङ्ग भएर घाम लागेझैँ भयो । मेरो पात्रको नाम सुरेश रहेछ । कथाको विषयवस्तु उसको पत्रले नै छर्र्लङ्ग पारेको थियो । उसप्रतिको मेरो फोहरी धारणा सबै पखालिएर सफा भयो । ऊ कति महान र आदर्श पुरुष रहेछ । उसले मनसराजस्ती केटीलाई आफ्नी जीवनसाथी बनाएर समाजमा नया संदेश दिएको छ । मनसराको उज्वल भविष्यको दह्रो आधारशीला बनेको छ । अनि मनसराले पनि यस्तो घृणित कार्य त्यागी सुरेशलाई सुख दुखमा साथ दिने पवित्र निर्णय गरेकी छ ।
कथाकार दिवाकर नेपालीज्यू, मैले मेरा दुवै पात्रलाई उनीहरूको पवित्र भावनाको हृदयदेखि नै अभिवादन गरेँ र सफल दाम्पत्य जीवनको लागि शुभकामना पनि दिए । मैले सोचेँ यो कथा पक्कै सार्वजनिक हुनै पर्छ किनभने यो कथा समाजमा अनुकरणीय हुनेछ र समाजलाई नयाँ सन्देश पनि दिनेछ । यस्ता पात्रहरूलाई समाजले पक्कै सम्मानित जीवन बाँच्न प्रेरित गर्नेछ । मैले मनमनै उनीहरूलाई यो पनि आश्वसान दिए कि तिमीहरूको आर्दश जीवनको कथा समाजले आवृत्ति गरिरहनेछ प्रिय मनसरा . ..अनि….सुरेश…….. ।
शर्मिला खड्का, दाहाल – यौनकथा – विवशताको क्यानभासमा
कथाकार दिवाकर नेपालीज्यू, अहिले म ‘सुकन्या उर्फनिलिमा’ को प्रमुख पात्रसँग संवाद गर्दै छु ।
उक्त प्रमुख पात्र मसँग भन्दै छ कथाकार अनामिकाज्यू, हाम्रो जीवन फ्रेमभित्र राखिएको फोटोझैँ रहेछ । फ्रेमले हामीलाई जुन आकारमा कीला ठोक्छ त्यही आकारमा विवश भएर बाँच्नु पर्ने बाध्यता । आज म तपाईँको कथाको क्यानभासमा त्यो फ्रेमभित्र बाध्य भएर अटाएकी सुकन्या उर्फ निलिमाको फोटोलाई उतार्ने कोशिश गरिरहेछु । मैले चार वर्षअघि भिडन्तमा मारिएकी सुकन्याको कथा र्सार्वजनिक गरेकी थिएँ । त्यो कथामा जीवन्तता भएर नै जीवन्त भएर बाँचेको थियो पाठकको हृदयमा । सुकन्याको सम्झनामा मैले आफ्ना कैयौँ दिन र रातलाई बगाइ रहेँ झरनाको पानी बगेझैँ । तर एकदिन अचानक बग्दै गरेको झरनाको पानी स्थिर भयो । मेरो स्मृति ब्युँझियो । जसरी शमशानघाटबाट मरेको मान्छे ब्युँझन्छ । साँच्चै सुकन्याको त्यो सुन्दर भौतिक शरीर मेरोअगाडि थियो । यो सपना हो कि विपना मैले छुट्टाउन सकिनँ । उही हेराइ , उही स्वर उही बोलाई सुकन्याको प्रतिरुप थिई ऊ । समयले उही भिडन्त, भिडन्तअघि सुकन्यासँग भएको भेटमा लगेर पछार्यो मलाई । म रन्थनिएँ । नेपालकी गाउँकी सुकन्या, भिडन्तमा परेर मरेको आफ्नै आँखाको दृश्यले मेरो आँखा बिझायो । मैले आँखा मजाले मिचेँ तर दृश्य बदलिएन ।
साँच्चै अहिले सुकन्या मेरोअगाडि छे ।
म उसँग केही वार्तालाप गर्दै छु ।
“तिम्रो नाउ ˜ -’
“मेरिना । ”
“घर कहाँ -’
‘नेपाल माडीगाउँ ।”
“यहाँ कसरी आइपुग्यौ -”
बैकंकको एउटा बीस दिने वर्कशपमा छु अहिले म । भिडन्तपछि दुर्इवर्ष सम्म वेडरेस्ट गरेपछि मैले मन्त्रालय परिवर्तन गरेँ । गृहबाट पर्यटन मन्त्रालय सरुवाभएपछि मैले यो दक्षिण एसियाली क्षेत्रीयस्तरको अफिस मेनेजमेन्ट ट्रेनिङ्कमा भागलिने मौका पाएको थिएँ । भत्तापनि राम्रो आउने यो टे्रनिङ्क मलार्इृ भिडन्तमा परेर मानसिक र शारिरीक पीडा भोग्न परेवापत दिइएको उपहारस्वरुप थियो । बीस दिने टेनिङ्गको पिरियडमा होमसिक नहोस् र पढाइको स्ट्रेस नपरोस् भनेर सहभागीहरूलाई यसरी सहयोगी भनौँ वा केटी साथी मिलाइदिने चलन रहेछ । साथी मिलाउने क्रममा अरूले विदेशका केटी रोजे । धेरैले थाई र मलेसियन केटी रोजे तर मलाई किन हो नेपालकै केटी रोज्न मन लाग्यो । नेपालको केटी कम पाइने र मँहगो भए पनि कन्ट्रयाक्टरले मलाई नेपाली केटी नै मिलाई दिएको थियो । नेपाली केटीको जस्तो आत्मीयता, त्यो भावना, त्यो संवेदना विदेशी केटीहरूमा कहाँ हुन्छ र – यो कुरा त विदेशीहरूले पनि अनुभव गरेर भन्न थालिसके ।
ऊ अथार्त मेरिना अहिले मेरो छेउमा छे ।
“मेरो काका यही होटलमा काम गर्नुहुन्छ । ”
“तिमीलाई यस्तो काम गर्न लाज वा धिन लाग्दैन ।”
“यो पेशामा लाज वा घिन भन्ने हुँदैन । लिने र दिने मात्र हुन्छ ।”
ऊ अलिकति बोल्ड र स्ट्रङ्ग भएर भन्छे ।
ऊ फेरि भन्छे “लाज र घिन नारीलाई मात्र हुने पुरुषलाई चाहिँ किन नहुने वाट अ नानसेन्स ” उ अझ बोल्ड देखिन्छे ।
म अचम्ममा पर्छु यस्तो कुरा त सुकन्या मात्र गर्न सक्छे । अरू सामान्य केटी यसरी स्टङ्ग भएर बोल्न सक्दैनन । फेरि यस्तो पेशामा लागेको केटीहरू ग्राहकलाई रिझाउन यस्तो संवाद त पटक्कै गर्दैनन् । पक्कै यो सुकन्या नै हुनुपर्छ । तर ऊ त भिडन्तमा मरेको मेरै आँखाले देखेको कसरी सम्भव छ – म अलिक धकाउँछु आफूलाई मूल्याकंन गर्न थाल्छु । वास्तवमा उसलाई मैले बोलाउनु नै मेरो स्तर ऊ बराबर हुनु हो । उसले पाएको विशेषण मैले पनि पाउनु हो । अथवा म पनि ऊ जस्तै पतित हुनु हो । तर हामी पुरुषहरू सधै पवित्र नै हुन्छौ सायद हाम्रो वंशले त्यो पवित्रता लाहा छाप लगाएर समाजबाट प्राप्त गरको छ । म केही बेर घोरिन्छु । अब म ऊसँग संवाद गर्दिन किनभने उसका प्रत्येक वाक्य धारिला छन् । मुटु छेड्नगरी ।
हामी एउटा होटलको बन्दकोठा भित्र सोफामा आमनेसामने भएर बसेका छौँ । ऊ फेरि बोल्दिन । सायद मैले फेश गर्न जानिरहेको छैन क्यारे । यस्तो केटीहरूसँगको यो मेरो पहिलो अनुभव हो । दोस्रो , तेस्रो भएको भए म निकै परिपक्व भइसक्थे हुलाँ । सायद उसँग यस्तो गफ गर्न हुँदैनथ्यो की – यस्तोबेला सायद व्यक्तिगत र पारिवारिक गफ गर्न हुँदैन क्यार । मैले बेकारमा नेपाली केटी रोजेछु । विदेशी भए यी समस्याले मलाई पिरोल्ने नै थिएन । उसले मलाई भरपुर मनोरञ्जन भनौँ आनन्द दिन्थी । मैले पनि आघुनिकता अँगाल्न परम्परागत मानसिकता कहाँ फ्याक्न सकेको छु र – जे होश यो केटी पक्कै सुकन्या नै हुनुपर्दछ । उसले मलाई चिनिसकी । तर नचिनेझैँ गर्दै छे । त्यसैले ऊ मसँग खुल्न सकेकी छैन । उसलाई मैले सुकन्या हुँ भनाउनै पर्छ । म के गरौँ – म मस्तिष्कमा विभिन्न र्फमूला उब्जाउदै ब्रेन स्ट्रोमिङ्ग गर्न थाल्दछु । उसलाई सुक्न्या हुँ भनेर मनाउन विगतको उही भिडन्तमा पुर्याउँछु । म नम्र भएर भन्छु ।
“मेरिना तिमीलाई थाहा छ म को हु ”
“थाहा छैन । मैले कसरी चिन्नु – हाम्रो पेशामा यो सब हुँदैन – तपाईँ नयामान्छे पर्नु भा जस्तो लाग्छ -” ऊ निकै सामान्य भइसक्छे ।
“यु आर राइट मेरिना , म नयाँ मान्छे नै हुँ । अनुभव विनाको फ्रेश तिमीलाई अलिकति दुख हुने भयो । यसको लागि क्षमा चाहन्छु । वास्तवमा मैले तिमीलाई यहाँ मेरो मनको भावना र अनुभव सुनाउन मात्र बोलाएको हुँ । मलाई समय विताउन र मनको भावना पोख्ने साथी मात्र चाहिएकेा हो । त्यसैले मैले नेपाली केटी रोजेको हुँ । सबै यौनकर्मीलाई कामुक नजरले नै हुर्नुपर्छ भन्ने म मान्दिनँ । तिमीलाई म मेरो जीवनको अति अप्रिय घटना सुनाउन चाहन्छु । सुन्छौ हैन -” म उसको मनोविज्ञान पढ्दै आफूतिर आर्कषित गर्ने प्रयास गर्छु ।
“सुन्छु , भन्नुभए हुन्छ ।” ऊ अलिक आत्मीय स्वरमा भन्छे ।
“ओके हामी यस्तै गफ गरेर यो साँझ यो रात रमाइलोगरी बिताऔँ है -”
“सुन म नेपालको पश्चिम जिल्लामा सिडिओ भएर जाँदाको घटना हो । त्यो बेला माओवादी सशस्त्रयुद्धमा थिए । माओवादी र सरकारीपक्षबीच ठूलठूला भिडन्त भइरहन्थे । एकपल्ट म बसेको जिल्लामा ठूलो भिडन्त भयो । म मुश्किलले बाँचे । मलाई बचाउने एकजना छापामार केटी थिइन् । तिनको नाम सुकन्या हो । यो जीवन उसैको ऋणी भएर बाँचेको छ । उसले मलाई त्यो समय नबचाएको भए यो धर्तीमा मेरो अस्तित्व धेरैअगाडि मेटिसक्थ्यो । उसको सम्झना मेरो स्मृतिपटलमा प्रत्येक पल जागै भएर रहीरहेको छ । उसले आफ्नो जीवनलाई मृत्युको हातमा सुम्पेर मलाई बचाई । ऊ अब यस संसारमा छैन । ऊ बाँचेकी भए म उसको लागि केही गर्ने थिएँ । मृत्युको मुखबाट बचाउनेलाई बाँच्नेले आफ्नो सम्पुर्ण कुरा दिए पनि त्यो थोरै हुन्छ । त्यसैले उसको त्यो भिडन्तमा मृत्यु भएपछि म विक्षप्त बनेँ । कैयौँ दिनसम्म उसको बलिदानले थिचिएको मेरो यो जीवन आफैलाई थामिनसक्नु बोझिलो भयो । सायद ऊ बाँचेकी भएँ ।” म सुक्कसुक्क गरेर रुन थालेँ ।
वास्तवमा नेपाली केटी नेपाली नै हुँदा रहेछन् । जहाँ बसे पनि पनि उही आत्मा, उही भावना उही संवेदना । उसको अनुहारमा धेरै परिवर्तन आइसकेको थियो । म मिशनमा सफल हुँदै थिएँ ।
म फेरि भन्न थालेँ “मेरिना मैले उसको कथा लेखेर पनि र्सार्वजनिक गरिसकेको थिएँ । त्यो कथा धेरैले मन पराएका पनि थिए । वास्तवमा सिद्धान्त, धार, विचारभन्दा ठूलो मानवीयता रहेछ । मानवीयताभन्दा ठूलो कुरा यस संसारमा अरू केही रहेनछ । यो युद्ध त हजारौँ वर्षेखि हुँदै आएको हो । हुँदै गर्छ । तर हाम मानव दुर्इदिनको जीवन यस्तै पीडामा बाँच्न बाध्य छौँ । सुकन्यालाई देशमा लोकतन्त्र आएको हेर्ने कत्रो इच्छा थियो । उनले आफ्नो अमूल्य जीवन होमिदिइ क्रान्तिको आगोमा तर क्रान्तिले उसलाई के दियो – मृत्युवाहेक केही दिएन । उसलाई सहिद घोषणा गर्न पनि सकेन । आज सुकन्या बाँचेकी भए उनी कति खुसी हुन्थिन् होला । आज उनको पार्टी सरकार छ । ऊ ठूलो पोष्टमा हुन्थी वा सांसद हुन्थी होला ।”
मैले यति भनिसक्दा नसक्दा सुकन्याकेा मुहारमा ठूलो परिवर्तन आइसकेको थियो ।
उनी रुलारुलाझैँ गरी भन्न थालिन्
“सर तपाईँले मलाई यति धेरै भूमिका बाँधेर भन्नै पर्दैन । तिमी सुकन्या होइनौ भन्दा भइहल्थ्यो नि । म त्यही अभागी सुकन्या हुँ.. सर । भाग्यले ठगिएकी , कर्मले पछारिएकी ।”
“सुकन्या.. तिमीलाई मैले सुरुमा सोध्दा होइन भन्न सक्थ्यौ । तिमीभित्रको संवेदनालाई जीवित बनाउन म यो सब भनिरहेछु । मैले पहिलो पल्ट देख्दा नै तिमी सुकन्या हौ कि भन्ने अन्दाज गरेको थिएँ । तर पुर्ण विश्वास गर्न सकेको थिइनँ । अनि तिमी यहाँ – यो पेशामा – कसरी आइपुग्यौ – तिम्रो मृत्यु भयो भनेर तिम्री आमाले काजक्रिया पनि गरिसकिन् रे !””
“हो सर सबैले मलाई मरेको नै ठान्छन् । त्यो भिडन्तमा तपाईँलाई मैले छोडेर हिँडेपछि बाटामा सेनासँग मेरो मुडभेड भयो । गोली लागेर म ढलेछु । मरे भनेर छोडेर हिँडेछन् । पछि चिनेका गाउँलेले देखेर अस्पताल ल्याइपुर्याएछन् । म निकै सिरियस थिएँ रे । मेरो ढुकढुकी मात्र थियो रे । तर इश्वरको लीला भनौँ त्यही अस्पतालमा मलाई र मेरी आमालाई राम्ररी चिन्ने डाक्टर थिए । उनको श्रीमती सुत्केरी हुँदा मेरी आमाले धेरै सहयोग गरेको हुँदा उनी हामीलाई विशेष सहानुभूति राख्दथे । मेरो हालत देखेर उनलाई धेरै दया लागेछ । घाइते लिन काठमाडौँबाट हेलिकप्टर आएको बेला सुकन्या भनेर अर्कै केटीको शव बनाएर मलाई चाहिँ अर्कै नाम राखेर काठमाडौँ पठाइदिएछन् । त्यो भिडन्त त्यो कोलाहलमा कसैले वास्ता गरेनछन् । कपडाहरू सबै बदलेपछि मलाई खासै कसैले चिन्नसकेन । काठमाडौँमा पनि उही डाक्टरले सबै बन्दोबस्त गरिदिएछन् । यसरी म त्यो भिडन्तमा मरेकी थिइनँ सर ।”
“ओहो सुकन्या तिमी जीवितै हौला भन्ने मैले सपनामा पनि सोचेको थिइनँ । अहिले पनि तिम्रो मुखबाट सुन्दा पनि विश्वास गर्न गारो भइरहेछ । तिमीले मसँग सर्म्पर्क राख्न सक्थ्यौ नि !”
“त्यसपछि निको भएपछि कहाँ जाने – के गर्ने भन्ने भयो । म यसरी बाँचेपछि पार्टी मलाई पुरै शंका गर्न सक्थ्यो । सजायस्वरुप सफाया गर्न सक्थ्यो अथवा श्रमशिविरमा कठोर याताना दिन सक्थ्यो । त्यसैले पार्टी म गइनँ । बाँच्नका लागि सङ्धर्षगर्नु थियो त्यो पनि भूमिगत भएर । कतै पार्टी मान्छेले चिनिहाल्छ कि भन्ने ठूलो त्रास हुन्थ्यो । भूमिगत हुने कामको खोजीमा म लागेँ । भूमिगत हुने क्रममा यौनक्रर्मी हुन सजिलो भयो । त्यसै पनि लुकेर गर्नुपर्ने यो काम मलाई सजिलो भयो । ठूलठूला होटलमा आउने विदेशीहरूसँगको उठबस गर्दा पैसा पनि प्रशस्त हुन्थ्यो र ज्यानको पनि सुरक्षा हुन्थ्यो ।”
“तिमी त्यत्रो क्रान्तिकारी भएर लागेकी मान्छे यस्तो स्वाभिमानमा बाँचेकी मान्छे कसरी आफ्नो शरीर , आत्मा अरूलाईै सुम्पन राजी भयौ त सुकन्या.. -”
“यो सब बाध्यता रहेछ । मान्छेलाई परिस्थितिले नराम्ररी दास बनाउदो रहेछ । मेरा ती क्रान्तिकारी भावना, आत्माविश्वास सबै बालुवामा पानी हालेझँ भए। तर त्यो भावनाले ममा एउटा आत्मविश्वास चाहिँ पलाएको थियो । त्यो के भने म शरीर बेचे पनि सस्तो किसिमको पेशेवर भइन् भनौ पार्कहरूमा ग्राहक रुगेर बस्ते भालु भइनँ । एउटा स्मार्ट र उच्चतहको व्यक्तिहरूसँग उठबस गर्ने महगी पेशेवेर । यह गर्वमा रमाएर बाँच्न थाल्दा मलाई सजिलो पनि भयो । तर यो पेशाले पनि मलाई धेरै दिन टिक्न दिएन । मेरो जीवनमा अरू केही नै हुन लेखेको रहेछ ।”
अब ऊ मलाई सर भन्न छोडेकी थिई । उसले लामो आङ्क तानेर बस्ने पोजिशनमा परिवर्तन गरी ।
“भन्दै जाऊ सुकन्या.. अलिकति स्न्याक्स र हिस्की पनि लिउ है ।”
“ओ. के !”
म वेटरलाई डाक्न वेल बजाउँछु र उसलाई केही खानेकुरा अर्डर गर्दछु । कोठामा म र ऊ मात्रै छौ । ठूलो सिसावाल झ्यालबाट बैकंकका सडकमा गाडीहरू कमिलाका ताँतीझैँ कुदिरहेका देखिन्थे । सुकन्याको रुप र लावण्यले बैकंकमा आएपछि अझ मौलाउने अवसर पाएको देखिन्थ्यो । ऊ कुनै हिरोइन वा मोडेलझैँ लाग्दथी । ऊ उठेर झ्यालतिर गई । टाइट जिन्सको पेन्टमा सिल्पलेस भेष्टले उसको हस्टपुस्ट पाखुरा र आधा नाङ्को देखिने शरीरले तिर्खालु आँखालाई लोभ्याएझै लाग्दथ्यो । उसको पछाडि ढाडको माथिल्लो भागमा पुलतीको टाटु खोपेको प्रस्ट देखिन्थ्यो । कुमबाट तल लत्रेको कपाल कुनै स्वाभिमानी भई उभिएको पहाडलाई छोपुलाझैँ गर्ने बादल जस्तो लाग्दथ्यो । मैले उसको चालढाल नियालेर हेरेँ । अलिकति बैशालु आँखाले अलिकति जिज्ञासु आँखाले । त्यसलाई शब्दमा परिणत गरे – “सुकन्या तिमीले आफ्नो रूपरङ्कलाई अझ लावण्य बनाएछौ नि !”
उसले झ्यालबाहिरको आँखालाई मतिर केन्द्रित पार्दै भनी – “हो मैले आफ्नो रूपरङ्ग स्याहार्ने मौका पाएको छु । मेरो अरू काम नै के हुन्थ्यो र – छापमार हुँदा केही गर्न पाइदैनथ्यो । सिद्धान्तले बाँधिएपछि इच्छा भए पनि मरेर जाँदो रहेछ । तर ग्लैमर्स दुनियाँमा यो नै सबैभन्दा महत्वपुर्ण हुँदोरहेछ । कस्को छाती कति, कस्को कम्मर कति, कस्को थाइ कति भनेर भनिदो रहेछ । मैले यहाँ आएर मोडलिङ्गको टेनिङ्गपनि लिएको छु । त्यसैले मेरो हिडाइ, बोलाई अरूको भन्दा केही फरक हुन्छ । फेरि यही को केही बिज्ञापनमा मोडलिङ्ग पनि गरेकी छु । बैकंक बसाइ खर्च मामुली छैन । फेरि यहीको केही विज्ञापनमा मोडलिङ्ग पनि गरेकी छु । अपार्टमेन्टको खर्च, आफ्नो व्यत्तिगत खर्च फेरि माथिल्लोस्तरको व्यक्तिसँगको उठबस, डिस्कोथक धाउनु सामान्य छैन । तर पनि अहिलेसम्म म्यानेज गरिरहेछु ।”
हिवस्की र स्न्याक्स टेबलमा आइसकेको थियो । सुकन्याको रूप र व्यवहार पहिलाभन्दा धेरै फरक थियो । गाउँकी सुकन्या, छापामार सुकन्या र अहिलेको सुकन्या, सुकन्याका तीनवटै रुप मेरो आँखाको पर्दामा नाच्न थाले चलचित्र भएर । उसको यो रूप र चालढाल देखेर म कुनै स्वप्नलोकमा छु झैँ लाग्दथ्यो । म यही स्वप्नलोकमा बाँच्न चाहन्थे । किनभने आज पुर्णरूपले सुकन्या मेरी थिई । यहा सामाजिक बन्धन, राजनीति घेराबन्दी, आक्रमण मोर्चा केही थिएन । ऊ मात्र मेरी थिई । ऊ र म बीच आफ्ना विगतका घटना, अनुभूति र भावनाहरू थिए । जुनकुरा हामीबीचमा ओहोरदोहोर गर्दथे र आत्मीयताका बलियो सूत्र तयार हुँदै थियो ।
हामी हिवस्की चियर्स गरेर स्न्याक्ससँग खान थाल्यौँ ।
“त्यसपछि के भयो सुकन्या -” लामो मौनतापछि मैले जिज्ञासा उघारेँ ।
ऊ भन्न थाली – “काठमाडौँमा बाँच्न र यो पेशामा लाग्न मलाई सुरुमा धेरै गारो भयो । कति धोका खाएँ । कति हण्डर खाएँ । दिनभरि भूमिगत भएर कोठामा टेलिभिजन हेरेर बस्नुपर्ने र रातपरेपछि सिँगारिएर हिँड्नु पर्ने । निसंकोच पुरुषको अगाडि नागिनुपर्ने । आफ्नो अस्मिता बेचेर बाँच्नुपर्ने बनावटी हाँसोमा शरीरमात्र होइन आत्मापनि सुम्पनुपर्ने । धेरै किसिमका मानिसहरूसँग फेश गर्नुपर्ने । विशेषगरी भारतीयहरू हुन्थे मेरा ग्राहक । तर ती फाइवस्टार र थ्री स्टार मा बस्ने धनाढ्य हुन्थे । त्यसैले मैले पैसाको लागि धेरै बिक्नुपर्दैनथ्यो । म आफ्नो रेट आफै तोक्थे । फेरि कतिपय त रूप.. यौवन… र सन्तुष्टि दिएवापत बेग्लै टिप्स दिने गर्दथे । तर सर मेरो जीवनले अर्कै मोड लिन चाहेको रहेछ.. ।”
“सुकन्या केहीबेर रोकिई । उसले कहिले भन्न सुरु गर्छेभन्ने प्रतिक्षामा थिएँ म । मेरो प्रतिक्षालाई अझ ब्यग्र बनाउँदै उसले कुरा अन्तै मोडिई ।
“मे आइ हेव स्मोक -”
“अफ कोर्स !”
त्यसपछि ऊ ब्यागबाट चुरोट झिकेर लाइटरले सल्काई । धुवाँको मुस्लाले उसको अनुहारलाई चुनौति दिँदै उडेझैँ लाग्दथ्यो । उक्त धुवाँको मुस्लोमा मैले गाउँको अबोध सुकन्याको छाया देखेँ । म उसको बाँकी जीवनको कथा सुन्न व्याकुल थिएँ । चुरोटको सर्को मजाले आठदश चोटि लिइसकेपछि ऊ भन्न थाली
“एक दिन अचानक मेरो भेट छापामार बादलसँग भयो । उसले मलाई चिन्यो । ऊ क्यानटोनमेन्टबाट विद्रोह गरेर भागेर काठमाडौ आएको रहेछ । उसले क्यान्टोनमेन्टमा आफूलाई भनेजस्तो सुधिवा दिएर नराखेकोमा असन्तुष्ट थियो । पार्टीका ठूलठूलानेता मन्त्री भएका र सुख भोग गरेका तर छापामारको अवस्था दयनीय भएको भनी आक्रोश व्यक्त गर्दथ्यो । त्यसैले ऊ विद्रोह गर्न भनी क्यान्टोनमेन्टबाट भागेको रहेछ । उसले मलाई पैसा कमाउने एउटा नयाँ जुक्ति बतायेा । उसले सशस्त्र युद्धताका पार्टीले गरेको अनैतिक कार्य र नेता तथा समाजसेवीहरूको भण्डाफोर हुनेगरी पुस्तक निकाल्ने र त्यो पुस्तक बिक्रीबाट आएको रकमबाट भूमिगत भएर बाँच्ने प्रस्ताव राख्यो । उसको प्रस्ताव मलाई ठीकै लाग्यो किनभने सशस्त्रता युध्यताका पार्टीले धेरै अमानवीय कार्य गरेको छँदै थियो । मलाई पनि ठूलठूला समाजसेवीहरू र नेताहरुको गोप्य कुरा थाहा पाएकी थिएँ । त्यसैले हामीलाई लेख्न गारो थिएन । उसले त्यो पुस्तक आफै लेख्ने तर नामचाहि मेरो राख्ने प्रस्ताव राख्यो । मलाई उसको प्रस्ताव ठीकै लाग्यो । त्यसै पनि भूमिगत भएर बाँच्नुपर्ने जीवन । फेरि म विदेश जाने चक्करमा पनि थिएँ । साकार र मेरो सम्झौता भयो ।उसले पुस्तक छाप्यो । पुस्तक राम्रो बिक्री भयो । यसको बढी फाइदा उसले नै लियो । मलाई धम्कीहरू आउन थाले । मैले अझ भूमिगत भएर बस्नुपर्ने बाध्यता आयो । त्यसपछि नेपालमा बस्ने मेरो अवस्था नै रहेन । कुनै पनि दिन मेरो हत्या हुनसक्थ्यो । त्यसैले एउटा व्यापारीसँग मिलेर व्यापार गर्ने प्रयोजन मिलाएर बैकंक आइपुगेँ ।” ्
उसको विगतको कथाले मलाई एउटा बेग्लै संसारमा पुर्याएको थियो । साँच्चै स्वप्नलोक जस्तो । त्यसै पनि उसको जीवित अवस्थालाई मेरो मस्तिष्कले स्वीकार गरिसकेको नै थिएन । कुने फिल्म वा पुस्तकको रोमाञ्चकारी कथाजस्तो लागिरहेको थियो ।
यति भनिसके पछि उसले आफूलाई धेरै हल्का महसुस गरी । हिवस्कीको रमरममा म उसको कथालाई विश्वासमा परिणत गर्न प्रयास गरिरहन्छु । तर किन हो अर्समर्थ पाउँछु । म उसमा गाउँको उही सुकन्याको छवि देखिरहेको हुन्छु । यो अहिले मैले सुनेको कथा त कुनै फिल्मको हुनुपर्छ । मेरो आत्माले पटक्कै विश्वास गर्न मानिरहेको छैन । तर यो सुकन्याजस्ती केटी अनि यो गेटअप । सब भ्रम हुनुपर्छ । म भ्रममा बाँच्न चाहन्छु । सुकन्याप्रतिको मेरो भावुकता उर्लेर आउँछ । म उत्तेजित हुदै उसलाई ग्वार्लम्म अँगालो मार्छु उसका गालाहरुकमा चुम्वन गर्दै भन्छु
” सुकन्या तिमीले मलाई नयाँ जीवन दिएकी छौँ । त्यसको लागि भन म के गरु तिम्रो लागि म जे पनि गर्नसक्छु ।”
ऊ पनि भावुक हुँदै भन्छे “मेरो लागि केही गर्नुपदैन सर मलाई त्यो खुसी दिनसक्नु हुन्छ जुन मैले अहिलेसम्म पाएको छैन । अहिलेसम्म मैले यौनको त्यो सुख पाइनँ जसमा आत्मीयता हुन्छ, र्समर्पण हुन्छ अनि दरिलो विश्वास । पेशाको रूपमा लिइने यौनमा त्यो सुख मैले कहिले पाइनँ । आजको साँझ म तपाईसँग यही सेयर गर्न चाहन्छु सर ।”
सुकन्या अहिले मेरो काखमा लुटपुटिरहेकी छे ।
“तिमीलाई जीवित भेटेर मैले आज जीवनको नयाँ अनुभुति गरिरहेछु । मानिसको जीवन कति बाध्यात्मक रहेछ , हेर त्यो कीलामा ठोकिएको फ्रेमजस्तो । भित्तामा झुन्याएको प्रणयलीलामा मग्न युवकयुवतीको फोटो देखाउदै म उसलाई भन्छु
हेर हाम्रो जीवनले पनि त्यो फ्रेमभित्रको फोटोजस्तै अटाएर बस्नुपर्ने बाध्यता छ । अनि सानो भूकम्प वा हावाहुरीले त्यो फ्रेम झार्यो भने फ्रेम फुटेर चकनाचुर हुन्छ फोटोले उमुक्ति त पाउँछ तर उसको अस्तित्व मेटिसकेकोहुन्छ । हाम्रो जीवजजस्तै हैन !” उसको औँलाहरु खेलाउँदै भावुक हुँदै म भन्छु ।
मैले सुकन्यालाई उही गाउँको सुकन्या बनाएर फ्रेमभित्र स्केच गरेँ । उही सुकन्या जस्को सौर्न्दर्यमा मै हुँ भन्ने ब्रहाचारीहरू पनि पग्लन्थे । आज म उसको अगाडि पग्लिरहेको थिएँ ।
बिस्तारै फोटोको युवक ममा परिणत हुन्छ र युवती सुकन्यामा । मेरो हृदयदेखि नै भावुकता र कामुकता उर्लेर आएको महसुस गर्छु । म उसको नारीदेहको तातो र्स्पर्शमा मुग्ध हुदै भन्छु आइ नेभर फोरगेट यु सुकन्या ।
म अब आफूभित्र कुनै उर्जा इलेक्टिक रेलको रफ्तारमा दौडेको महसुस गर्छु दुवै हातले अगालोलाई अझ मजबुत बनाउदै लान्छु । सुकन्या मेरो प्रयासलाई भरमग्दुर सहयोग गर्छे म उनलाई दुवै हातले फूलको थुगाझै उठाएर वेडमा सुताउछु । म आफूलाई ऊ भित्र समाहित गर्दै लान्छु ।
केहीछिनपछि हामी बन्धनमुक्त हुन्छौ प्राकृतिक रुपमा । मेरा अग प्रत्येग उमगित हुदै उनका अग प्रत्यगसग समाहित हुन पुग्छन् । हाम्रा हातमा हात ओठमा ओठ र सरिरमा शरिर एक भएर अलौकिक आनन्द लिन तत्पर हुन्छन् । कतै मीठो संगितको मधुर धुन बजेको आभास हुन्छ । बिस्तारै आवेष्टित शरिरको र्स्पर्शसधर्षाट कुनै नौलो कलात्मक आनन्दको
सिर्जना भएको मैले महसुस गरेँ । । मेरा उत्तेजित यौन जनेन्दिय उनका गोप्य जनेन्दिय पछ्याउन थालेँ । यौनसुखको परम उत्कर्षमा थियौँ हामीहरु । सायद उनले यति आनन्दित यति तृप्त र यति उर्जावान आफूलाई कहित्यै पाएकी थिइनन् । उनी परम यौनसन्तुष्टिको आनन्दमा लीन थिइन् । यौन आनन्दको चरम शीखर आरोहण थियौ हामीहरु । सफल शिखर आरोहणपछि हामी शिथिल हुन पुग्छौ ।
आवेगात्मक रुपमा चलेको हुरी बतास केही समयको सधर्षपछि शान्त हुन्छ । म कुनै स्वप्नलोकबाट अवतरित भएको थिए । समयले एउटा नया इतिहास कोरेको थियो दुइ आत्माको पुनर्मिलनको ।
समय निकै बितिसकेको थियो । सुकन्याले आत्तिदै भनी “अब मैले जानुपर्छ ।”
“तिमी आजको रात मसँग बिताउन सक्दैनौँ सुकन्या ।
मैले उसलाई बलियो गरी आफूमाकस्दै भने ।
“हुन्न सर मेरो समय बितिसकेको छ । रात बिताउन धेरै मँहगो पर्छ । बरु भोलि यही समयमा भेट्ने वाचा गर्दछु ।” उसले आफूलाई मबाट अलग गर्दै भनी ।
यति भनेर ऊ उठेर आफ्ना कपडा र मेकअप मिलाउन थाली । म उसलाई गहिरिएर अध्ययन गर्न थालेँ । ऊ गएको पुन विवस आँखाले हेन बाध्य भएँ । मैले उसलाई बाई भन्न पनि बिर्सेछु ।
भोलिपल्टको टेनिङ्गसकेर म फेरि कोठामा आइपुग्छु। म सुकन्याको व्यग्र प्रतीक्षामा थिएँ । ऊ कहिले आइपुग्ली आज त पक्कै मसँग खुलेर कुरा गर्नेछे । हिजो जस्तो औपचारिकता आज पटक्कै हुने छैन भन्ने कल्पनामा डुबिरहेको थिएँ । केही समय बिताउन म कोठा बाहिर निस्कन्छु । करिडरको निकैपर पुलिस र केही मानिसहरु कोठाको वरिपरि झुम्मिएको देख्छु । के भएको रहेछ – मनमा उत्सुकता जन्मन्छ । उत्सुकता हुर्काउदै त्यो ठाउमा पुग्छु । त्यहा पुलिसहरुले कोठाभित्र कुनै युवतीको लासको फोटो खिचिरहेको देख्छु । म भिडबाट भित्र चियाउन पुग्छु । युवतीको शरीर निवाग निबस्त्र देख्छु । ऊ घोप्टिएकी हुन्छे । उसलाई यौनक्रिडापछि हत्या गरेको स्पष्ट थाहा हुन्थ्यो । यस्ती सुन्दर युवतीलाई कसले मायो होला- को होली यो नेपाली केटी जस्ती – अझ मनमा उत्सुकता गाडिन्छ । म नजिक गएर हेर्ने प्रयास गर्छु नजिकबाट उसको ढाडको टाटु प्रष्ट देखिन्छ । म खरग हुन्छु कुनै पहिरोले मलाई थिचेजस्तो हुन्छ । सुकन्या…… मेरो मुखबाट निस्कन्छ ।
मलाई रिगटा लागेर आउछ । म त्यहा बस्न सक्दिन दौडदै कोठामा आउँछु ।
रिगटा लागेर म सोफामा थचक्क बस्न पुग्छ । मलाई संसार घुमेजस्तो लाग्छ । हिजोको सुकन्यासँग बिताएको समयले मलाई घपलक्कै निल्छ । म केही सोच्न सक्दिनँ । हेर्दाहेर्दै हिजो सुकन्यालाई देखाएको भित्ताको त्यो फ्रेम भुइमा झरेर चकनाचुर हुन्छ । म केही देख्न सक्दिनँ । चक्कर लागरे पुरै टाउको घुम्न थाल्छ । टाउको जोडले समाउछु र चिच्चाउछु “सुकन्या ˜..˜ ..।
(श्रोत :- अन्तर्जाल )