कथा : हाम्रो आन्दोलन जारी छ ……!

~बबिता बस्नेत~

ऊ… त्यही हो उसको घर तर अहिले घरमा मान्छे छन् कि छैनन् म यसै भन्न सक्दिनँ । एक अधवैँशेले बाँसको झ्याङनेरीबाट हातले इसारा गर्दै एउटा फुसको छानो भएको सानो झुपडी देखाइदिएपछि जेठ महिनाको त्यो मध्यगर्मीमा पसिना पुछ्दै हामी त्यता लाग्यौँ । केही दिनअघि मात्र आएको मुसलधारे वषर्ाले बाटो बिगि्रएकाले गाडी चल्न नसक्दा लहानबाट करबि तीन घन्टाको पैदल यात्रापछि हामी त्यो गाउँमा पुगेका थियौँ । ‘मझौरा गाउँ कता पर्छ ?’ सोध्दै गाउँ पुगेपछि त्यो घरको खोजी गरएिको थियो । भित्री मधेसको प्रचण्डगर्मीले बाटैमा ढलिने हो कि झैँ भएको थियो । मेरो साथमा थिए सन्तोष र असीम त्यस क्षेत्रका सक्रिय पत्रकार । सुरुमा त लहानबाट त्यो गाउँसम्म जाने अनुमति नै दिएका थिएनन् साथीहरूले तर मेरो जिद्धीका कारण उनीहरूको केही चलेको थिएन ।

मधेस र मधेसीका नाममा खुलेका अनेक स-साना समूहहरूले पहाडी मूलका मानिसहरूमाथि हमला गररिहेका कारण पनि साथीहरू डराएका थिए । उनीहरूसँग मैले भनेकी थिएँ, “म कुनै युद्धग्रस्त परदेशमा जान लागेकी होइन, मेरो देशको कुनै पनि भू-भागमा निर्धक्कसँग टेक्ने अधिकार मलाई छ, किन डराएका तिमीहरू ?” उनीहरूले भनेका थिए, “त्यो त हो तर समय र परििस्थति ठीक छैन ।” “हामी आफँै ठीक हुनसकेका छैनौँ भने समयलाई किन दोष दिने ?” यसो भन्दै म बाटो लागेकी थिएँ । नभन्दै जङ्गलछेउको खोला किनारमा भेटिएको एउटा सशस्त्र जत्थाले हामीलाई रोक्यो र सोध्यो, “कहाँ जान लागेका ?” पुग्नुपर्ने गाउँ र परविारका बारेमा बताएपछि जत्थाले भन्यो, “पहाडी समुदायका मानिसलाई त्यता जाने अनुमति छैन, यो भूभाग मधेसीहरूको हो ।” उनीहरूका कुराले झनक्क रसि उठे पनि सम्हालिँदै मैले भनेँ, “मलाई पहाडमा गणित र विज्ञान पढाउने शिक्षक मधेसी हुनुहुन्थ्यो । हामी कति इज्जत गछौर्ं उहाँलाई । उहाँ अहिले पनि म पढेकै स्कुलमा पढाइरहनुभएको छ । यस्तो कुरा नगर्नूस्, आफ्नै देशमा हिँड्न पनि कस्तो अनुमति ? हामी के उद्देश्यले त्यहाँ जान लागेका हौँ, त्यो पो ठूलो कुरा हो ।” “तपाईं अलि बढी नै कुरा गर्नुहुँदो रहेछ,” हेर्दा अलि ‘स्मार्ट’ लाग्ने एक युवकले मपट्ट िहेर्दै भन्यो । “यी छोकडी के ठीक करक पड्ते,” -यो केटीलाई ठीक पार्नुपर्छ जस्तो छ ।) हेर्दै अलि डरलाग्दो जुँगामुठे अधवैँशेले मैथिलीमा भन्यो । मैले आफ्नो परचिय दिँदा अलि ‘स्मार्ट’ जस्तो लाग्ने त्यो युवकले भने खुसी मानेझैँ गरी प्रश्न गरेको थियो, “ए ! तपाईं नै हो ?” मैथिलीमा फेर िउनीहरूले केही क्षण कुरा गरे र निष्कर्षको भाषामा भने, तपाईंहरू जान सक्नुहुन्न, पहाडीहरूलाई अनुमति छैन ।” अति भएपछि मैले भनेँ, “हेर्नुस्, म पहाडी समुदायमा निवेदन हालेर जन्मिएकी होइन, न त तपाइर्ंहरू नै आफ्नो इच्छाले मधेसी समुदायमा जन्मिनुभएको हो । हामी मात्रै होइन, संसारका कुनै पनि व्यक्ति आफूखुसीले कुनै परविार या जातिविशेषमा जन्मिएका हुँदैनन् । मधेसी हुनुमा तपाइर्ंहरू स्वयम्को कुनै योगदान छैन, न त पहाडी हुनुमा नै मेरो कुनै दोष छ । त्यसैले हामीले कुनै जाति, समुदाय वा स्थानविशेषमा जन्मिएकै कारण गर्व या हीनताबोध गर्नुपर्ने कुनै कारण छैन । हो, अवसरको बाँडफाँटमा विगतमा अन्याय भएको छ । जाति, वर्ग सबैमा समानता भइदिएको भए अहिले यस्तो हुने थिएन । यसमा त तपाईंहरूले मात्र होइन, हामी सबैले एकसाथ मिलेर आवाज उठाउनुपर्छ ।”

युवक मेरा तर्फबाट ‘कन्भिन्स’ भएझैँ देखियो तर अरूहरूले जान दिन नहुने तर्क गरे । अन्तमा बढीमा दुई घन्टामा सोही बाटो भएर र्फकने सर्तमा हामीले त्यो गाउँसम्म पुग्ने अनुमति पायौँ । सन्तोष र असिम अलि डराएका झैँ देखिएका थिए ।

यसरी निरर्थक, झन्झटिलो र बोझिलो करबि एक घन्टाको बहसपछि हामी त्यो घरको पेटीमा पुगेका थियौँ । मधेसको खैरो र सेतो मिसिएको रङको माटोले पोतिएको चिल्लो पेटी हुँदै सुनसान आँगनमा पुगेपछि मैले वरपिर िहेरँे, दलानमा रहेको बाँसको खाटमा एउटा बुट्टेदार दरी ओछ्याइएको थियो । जहाँ एउटा बिरालो वर्तिरपर्तिर गररिहेको थियो । बाहिर कसैलाई नदेखेपछि मैले ढोकाबाट त्यो सानो झुपडीभित्र चिहाएँ । जस्केलो हुँदै घिरौला र लौकाका लहराहरू धुरीतिर लागेकाले भित्र अलि अँध्यारो थियो । “घरमा को हुनुहुन्छ ?” मेरो आवाज सुनेर ४५ आसपासकी एउटी महिला सारीको सप्कोले आँसु पुछ्दै बाहिर निस्किइन् । लाग्यो, आगोमा खाना पकाउने क्रममा उनी धूवाँले आँसुसरी भएकी होलिन् । उनले हरयिो भुइँमा स-साना सेता बुट्टा भएको सुतीको सारी लगाएकी थिइन् र हरयिै चोलो थियो शरीरमा । “कसलाई खोज्नुभएको ?” अलि शङ्कास्पद र भयभीत स्वरमा मैथिलीमा उनले सोधिन् । “हामी तपाइर्ंहरूलाई नै भेट्न आएका, तपाइर्ं राजेशको आमा होइन र ?” प्रश्नको जवाफ ‘हो’ मा फर्काउँदा उनको आवाज ठूलो स्वरको रुवाइमा परण्िात भयो । श्रीमती रोएको आवाजले घरभित्र सुतिरहेका उनका पति झस्किएर उठे । सेतो कुर्ता र धोती लगाएका उनले काँधमा रातो र सेतो रङ मिसिएको गम्छा ओढेका थिए । दबिएको आवाजमा उनले यति मात्र भने, “के भयो ?” तर, उनको आँखा भने धेरै कुरा सोधिरहेको थियो, तिमीहरू को हौ ? किन यहाँ आएका ? मेरी श्रीमतीलाई तिमीहरूले के भन्यौ ? यो किन रोएकी ? आदि, इत्यादि । सन्तोषले मैथिलीमा मेरो परचिय दिँदै भन्यो, “काठमाडौँबाट आउनुभएको, नाम मान्यता हो, पत्रकार हुनुहुन्छ, तपाईंहरूलाई भेटेर केही लेख्न चाहनुहुन्छ ।” यो सुनेर ती महिलाले मलाई अँगालोमा च्यापेर यसरी रोइन्, मानौँ उनीहरूको घरमा साक्षात् भगवान् नै पुगेको छ । अनि, उनले हामीलाई भित्रै जान आग्रह गरनि् ।

भित्र पस्नासाथ मेरा आँखाहरू सानो झ्यालसँगै रहेको आँटमा फूलको माला पहिर्‍याइएको एउटा युवकको ‘ब्ल्याक एन्ड ह्वाइट’ फोटोमा गएर अडिए । १४ वर्षजतिको त्यो युवक फोटोमा बोलिहाल्लाजस्तो गरी मुस्कुराइरहेको थियो । फोटोका अगाडि स्टिलको ग्लास थियो, मैले नजिक गएर हेरेँ, ग्लासमा दूध हालेको चिया चिसो भएर तर जमिसकेको थियो । अलि पर चुलोमा माटो दलेको कसौँडीमा उम्लिरहेको भाततर्फ हेर्दै मैले भनेँ, “आगो निभ्न लागेजस्तो छ ।” झसङ्ग हुँदै महिलाले आगुल्टा ठोसठास पारनि् र भात चलाइन् । “पहिला तपाइर्ंहरू खानाको काम सक्नुस् अनि कुरा गराँैैला ।” उनका पति अँगेनाछेउको ओछ्यान मिलाइरहेका थिए । ओछ्यान मिलाइसकेपछि उनी चिसो अँगेनाको छेउमा निरास अनुहार लिएर टुक्रुक्क बसे । हेर्दाहेर्दै उनले फर्सीका स-साना गट्टाको झोल हालेको तरकारी र भात पकाइन् ।

“के गर्नु छोराले यति कलिलै उमेरमा छाडेर जाला भनेर सोचेका थिएनौँ, त्यसले धेरै पढेर सुख देला भन्ने सोच्दासोच्दै शोकमा डुब्नुपर्‍यो,” बाबुले भने । मधेसी आन्दोलनको सुरुवातमै अर्थात् ०६३ माघ महिनामा उनीहरूका छोराको लहान बजारमा गोली लागेर मृत्यु भएको थियो । “मेरो छोरा खेतमा काम गर्दागर्दै जन्मिएको थियो, राम्रो स्कुल पढाएर ठूलो मान्छे बनाउने चाहनाले लहान पठाएकी थिएँ । बनिबुतो गरेर भए पनि छोरालाई पढाइरहेकी थिएँ तर आन्दोलनको सिकार भयो ।” उनले सारीको सप्कोले आँसु पुछिन् र चुलोछउमै खप्ट्याएका थालहरू निकालेर खाना पस्किइन् र एउटा गोलो परेको स्टिलको थालमा पस्किएको खाना र थालको एक कुनामा कचौरामा तरकारी राखेर फोटोका अगाडि राखिन् । अनि, छोराको फोटोलाई हातले सुम्सुम्याइन् । “हेर्नुस् न पहिला म चुलामा खाना पकाउँदै गर्दा मेरो छोरा भोकले आत्तिएर आउँथ्यो र आमा खाना पाकेन भन्थ्यो । तर, अहिले मैले अगाडि राखिदिएर के गर्नु, जति मीठो पकाए पनि मेरो छोराले खाँदैन ।” उनको कुराले अनायासै आँखा रसाए । तर, झारहिाल्न सकिनँ, रोइदिँदा उनीमाथि गुजि्रएको पीडामा अझ पीडा थपिन्थ्योे । मैले खालि यत्ति भनेँ, “खाना चिसो भयो, तपाइर्ंहरू खानूस् ।”

अँगेनाका छेउको ओछ्यानमा बसेका राजेशका बाबुले दबिएको स्वरमा भने, “हुनु नहुनु त भइसक्यो, अब छोरालाई सहिद बनाइदिए हुन्थ्यो ।” सहिदको परभिाषा र मापदण्डका विषयमा पूर्णतः अनभिज्ञ उनीतिर हेर्दै मैले भनँे, “अँ… हो नि !’ आफ्नो छोरालाई सहिद घोषणा गरििदए लहान चोकमा सालिक रहने थियो भन्ने उनीहरूको विश्वास रहेछ ।

“राजेश मरेपछि हामीलाई १० लाख रुपियाँ दिइएको छ,” आमाले भनिन्, “तर, त्यो पैसा म कसरी खर्च गर्न सक्छु ? त्यो त मेरा छोराको अर्को रूप हो, उसको सट्टामा दिइएको हो, म बाँचुञ्जेल ब्याङ्कमै रहोस्, म मरेपछि जेसुकै होस् । आफ्नो छोरालाई म पैसाका रूपमा खर्च गर्न चाहन्नँ ।” चरम गरबिीबीच जीवन गुजाररिहेकी उनको सोच देखेर लाग्यो, अभावलाई ममताले थिचिरहेको छ । उनीहरूका अन्य दुई छोराहरू बिहान-बेलुका टार्नका लागि काम गर्न कतै गएका थिए । उनको फोटो खिच्न लाग्दा मलाई ठूलो आत्मग्लानि भयो । खाटा बस्न लागेको उनको घाउलाई आलो बनाएकोमा आफैँसँग दिक्क लाग्यो । उनले भोगेको वास्तविकताले ती तमाम आमाहरूको प्रतिनिधित्व गररिहेको थियो, जसले ठूला-साना झिना-मसिना सबैखाले द्वन्द्वहरूले आफ्नो काख रत्ियाएका छन् । चरम मानसिक पीडाबाट जीवन अगाडि बढाइरहेका ती आमाहरू विक्षिप्त मनस्थितिबाट गुजि्ररहेका छन् । तर पनि कतिपय आमाहरू भनिरहेका छन्, यो मुलुकमा शान्ति छाए त हुन्थ्यो । तर, उनीहरूको यति महान् मनलाई ‘सलाम’ गर्नुको साटो अझ छिया-छिया पार्ने काम भइरहेको छ ।

पत्रकार हुनुका अनेकौँ चुनौती र जोखिमहरूसँगसँगै अर्को पक्ष यस्ता असहज परििस्थतिहरूमा आफूलाई संवेदनहीनझैँ बनाउनुपर्ने बाध्यता पनि हो । एउटा कठोर र भावनाविहीन व्यक्तिझैँ ती आमाका अगाडि हात जोडेर म भनिरहेकी थिएँ, “आफ्नो ख्याल गर्नुहोला, हामी गयौँ है त !” लाग्यो, उनको छोराको मृत्युपछि चर्किएको मधेस आन्दोलनले कतिलाई कहाँबाट कहाँ पुर्‍यायो, राष्ट्रिय-अन्तर्राष्ट्रिय समुदायले चिन्ने नाम, पहिचानसहितको सार्वजनिक व्यक्तित्व बनायो । तर, आन्दोलनमा होमिएर जीवन उत्सर्ग गर्ने व्यक्तिका पहिचानविहीन ती तमाम आमाहरू मानसिक विक्षिप्तताबीच जीवन गुजाररिहँदा ‘कस्तो छ ?’ भनेर सोध्नेसम्मको फुर्सद पनि सायद कसैलाई छैन । र, यस्तो परििस्थतिबाट आमाहरूले कहिलेसम्म गुजि्रनुपर्ने हो भन्ने पनि कुनै निश्चित छैन । त्यो घरबाट निस्किएर १० मिनेटको बाटो हिँडिसक्दासम्म छोरो गुमाएर संसार रिित्तएको अनुभव गररिहेको दम्पती घरपछाडि खेतको डिलमा उभिएर हामीलाई नै हेररिहेको थियो ।

बाटोमा मैले सन्तोषहरूलाई त्यस्ता अन्य केही आफूले देखेका आमाहरूका वास्तविकता सुनाएँ । एकपटक द्वन्द्वपीडित महिलाका ‘केस स्टडी’ गर्ने क्रममा कास्कीको लेखनाथ नगरपालिका पुग्दा माओवादी आन्दोलनका बेला आफ्नो छोरा बेपत्ता भएकी एउटी आमा भेटेकी थिएँ मैले, जो आफ्नो घरसँगैको मूलबाटो हिँड्ने जो-कोहीलाई रोकेर भन्ने गर्थिन्, “बाबु हो ! मेरो छोरा देखेनौ ? कत्ति दिन भइसक्यो घरै आएको छैन, के खायो होला ? लुगा पनि लगेको थिएन ।” मलाई पनि उनले त्यही कुरा दोहोर्‍याइन् । म उनैलाई भेट्न गएको भन्ने थाहा पाएपछि उनले मलाई अँगालो हालेर सुम्सुम्याउँदै भनेकी थिइन्, “तिमी कतै मेरी बुहारी त होइनौ ? छोराले मलाई भेट्न पठाएको हो ? ऊ किन आएन ? मेरो छोराले तिमीलाई छोएको होला…। आऊ म तिमीलाई छोएर मेरो छोराको स्पर्श महसुस गर्छु… ।” उनको यो मानसिक विक्षिप्तताले मेरो पूरै शरीर चिसो र नीलो बनाएको थियो । तर, उनलाई आफ्नो छोरा बेपत्ता हुनासाथै मारसिकिएको छ भन्नेचाहिँ थाहा थिएन । यस्तै विषयमा कुरा गर्दागर्दै हामी लहान बजार पुग्यौँ । चोकमा एक हूल मानिसहरू हातमा प्लेकार्ड र लठ्ठी बोकेर प्रदर्शन गररिहेका थिए । मैले यसो प्लेकार्डतिर हेरेँ, लेखिएको थियो, हाम्रो आन्दोलन जारी छ…!

(श्रोत:- नेपाल साप्ताहिक)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.