कथा : चर्या तिन आमाका

~राशि पाण्डे~Rashi Pande_1

एक

उनी गत तिन महिनादेखि थलापरेकी थिइन् । जिउ सुकेर हाड छाला मात्र थियो । तर आँखा चहकिला रबोली प्रस्ट । माघकोे महिना, औँसीको चिसो रात ।

आकाशमा डम्म बादल लागेर पानी पर्लापर्ला जस्तोमौसम । वास्तवमा उनी मृत्युशय्यामा थिइन् । उनी आफ्नो विगतमा पुगिन्— जन्मदिने बुबाआमा,सासूससुरा, पति, छोराछोरी, इष्टमित्र, सँगीसाथीहरू, घरखेत सबै चलचित्रझैं आँखा अगाडि सग्बगाउनलागे  ….

आफ्नो चारैतिर आँखा घुमाइन्— बुहारी, छोरी, नातिनीहरू तथा गाउँका अन्य बुढापाकाहरू । चारैतिरबाटघेरेर दाउराको धुनी ताप्दै आँखाभरि आँसु लिएर रोइरहेका ।

पर खाटमा उनको एक्लो छोरो झोक्राएरबसिरहेको । उनले सम्झिन्,– तिनतिनवटा छोरीहरू जन्माएपछि चौथो सन्तानको रूपमा उनले बल्ल छोरोजन्माएकी थिइन् ।

छोराकी आमा भएपछि लोग्न,े सासूससुरा सबैकी प्यारी भएकी थिइन् । पाँच, पाँचवर्षसम्म आफ्नो छातीको दुधमात्र चुसाएर हुर्काएको छोरो एक दिन प्याक्क म¥यो ।

छोरा मरेको दिनचूडामणिकी  बुढी चामल पैंचो माग्न आएकी थिइन् ।

मानिसहरू भन्दथे “उनी बोक्सी हुन्, टुनामुना गरेरमारिन् । उनकी सखी नारानकी आमाले भनेकी थिइन्, “औँसीको रातमा बोक्सीले मारेको बच्चालाईब्युँताएर मन्त्र साधना गर्दछन्, त्यति बेला बच्चा छोप्न सकिन्छ ।

कति आँैसीको रात उनीहरू छोरो गाडेको ठाउँ, मसानघाटमा बोक्सीलाई रुँगेर बसेका थिए । बल्ल योअहिलेको छोरो पाएपछि उनको मन शान्त भएको थियो ।

“नारायण, नारायण भत्रुहोस् बजै” पण्डितजीको बोली कानमा परेपछि उनको तन्द्रा भङ्ग भयो । बल्लबल्लजन्माएको छोरालाई कुखुरीले चल्ला छोपेजस्तो गरी हुर्काएकी थिइन् उनले ।

पच्चिस वर्षकै उमेरमा बिधुईभएपछि खेतीपाती घर, व्यवहार सबै उनैले चलाएकी थिइन् ।

छोरालाई कहिले कुनै पनि काम गर्न दिइनन्,कुनै दुःख हुन दिइनन् ।

बिधुई भएपनि उनले घर, समाज सबै रिझाएर राखिन् ।

आफ्ना सङ्घर्षका दिनहरूसम्झेर उनको आँखाभरि आँसु आयो ।

“राम, राम भत्रुस् बजै । आरामले जानुहोस् शान्तिले जानुहोस्,  बजै । स्वर्गमा बास होस् ।

हामी सबैलेढिलोचाँडो एक दिन जानै पर्छ ” पण्डित बाजेले मुखमा गङ्गाजल राख्दै भने ।

महाराजी बाजे “यस्तो जाडामा, यस्तो चिसामा मेरो छोरो कसरी मलामी जान्छ ? कसरी किरिया बस्छ ?” पुरेत बाजैलाई रुँदै बिलौना गरिन् ।

“ए शिव, आमा नजिक आऊ” कसैले  बजैको छोरालाई डाक्यो ।

 छोरा केही अन्यमनस्क भावमा आमा छेउआइपुग्यो । अनि ह्वास्स रक्सीको गन्ध छरियो वरपर । बज्यैले छोराको हात च्याप्प समाइन् ।

 “मेरो छोरोआज यस्तो चिसो स्याँठमा नाङ्गो खुट्टाले कसरी मलाई मसानघाट पु¥याउँछ ? कस्तो म पापी रहेछु,आजैको दिन यस्तो जाडामा मर्नुपर्ने ? कहिले सिन्को नभाँचेको मेरो छोराले यत्रोबाटो कसरी मलाई बोकेरलान्छ ?  चिसो पानीले कहिल्यै ननुहाएको मेरो छोरो यस्तो चिसामा कसरी नुहाउँछ ?” उनी भक्कानो छाडेररुन लागिन् ।

“ राम, राम भत्रुस् बजै, राम राम” मानिसहरू रुन, कराउन लागे ।

“ए नाडी गयो, छैन नाडी, लौ लौ तुलसा मोठ लगौँ ।” ट््याउँट्याँउ बोलिरहेकीको स्वर एक्कासि भासिँदैगयो । “हरे शिव” को मुखबाट अन्तिम वाक्य निस्कियो ।

 मानिसहरूले उनलाई उत्तर सिरान पारी सुताएतुलसा मोठमा । वातावरणमा आइमाईहरू रोएको कोलाहल व्याप्त भयो ।  बजैले बिस्तारै आँखा चिम्लिन्।

दुई

रातको निस्तब्धतामा, छाप्रोमा एउटी आमा छोरालाई काखमा गुटुमुटु पारेर पल्टेकी छिन् । उनको आँखाबाटबलिन्द्र धारा आँसु झरिरहेका छन् । अनायास बालकको निद्रा खुल्छ, “आमा तपार्ईँ रुनुभएको ? बुवालेपिट्नु भयो ? मलाई ठुलो हुनदिनुस् न, मैले जानेको छु बाउलाई ……”

सानो छोरा आमाको आँसु पुछिदिन्छ, सहानुभूति दिन्छ, जँड््याहा बाबुप्रति आक्रोश पोख्तै ।

 आमाबालकलाई च्याप्प छातीमा टाँस्छिन्, म्वाइँ खान्छिन्, सुखद भविष्यको कल्पना गर्दै …..
धेरै समय बितिसकेको छ आज । बालक छोरो जवान भैसक््यो । बुढा मरे । आमा विधवा भइन् । जीवनजसोतसो चलिरहेछ । पहिले उनको काखमा छोरा सुत्तथ्यो, अचेल छोराको छोरा– नाति ।
आमा, नातिलाई गुटुमुटु पारेर पल्टेकी छिन् ।

 नेपथ्यबाट आवाज आउँछ  “खै के राखिदिएका थिए मेराबाउले ? कत्ति पढाइदिएका थिए मलाई ? आपूm रक्सी पिउँदापिउँदा सबै सम्पत्ति मासेर मरे …. यो मर्ननसकेकी  बुढी मेरो मासु लुछन् अझै बाँचेकै छ ….”
रातको चकमत्रतामा उनको ‘प्यारो’ छोराको कर्कश आवाज गुन्जन्छ । वरपरका घरमा टुकी बल्छन् ।

 पर कुकुरहरू भुक्न लाग्छन् । आमै लोग्नेलाई सम्झन्छिन् ।

उनी बाल्यकालमा छोराले दिएको वचनसम्झन्छिन्  अनि आफ्नै कर्मलाई दोष दिन्छिन् । आँसुको भेल झन् बढ्छ ।

 गुमसुम भएर सुतेको त्रस्तनाति बिउँझन्छ र  हजुरआमाको चाउरिएको गाला सुम्सुम्याउँदै भन्छ, “हजुर आमा,  तपार्ईँ रुनु भएको ?

बुबाले गाली गर्नु भयो ? बुवा नराम्रो हगि ? सधैँ रक्सी खाएर आउनुहुन्छ ? पर्खनोस्, मलाई ठुलो हुन तदिनोस्, मैले जानेको छु बुवालाई …”

(“आमा र नाति केटा” स्रष्टा दर्पण, वर्ष १, अङ्क २, २०६५)

तिन

एउटा स्थानीय गैरसरकारी संस्थाले आयोजना गरेको नारी अधिकार सम्बन्धी कार्यक्रममा सहभागी हुनआएकी थिइन् उनी, तर मन गोष्ठीमा रम्न सकेको थिएन ।

घरको काम लथालिङ्ग रहेको र गाई दुहनढिलो भैरहेको थियो ।

घर फर्कदा साँझ पर्न लागि सकेको थियो । गोठमा बाँधेको गाईको कल्चौँडो गानिएर छट्पटाइरहेथ्योे ।बाछो भोकले बाँ ऽ ऽ बाँ गरी कराइरहेको । हतारहतार उनी बाल्टी लिएर दुध दुहुने सुरसार गर्न लागिन् ।उनले देखिन् गाईका आँखा रसाएका छन् । आखामा आँसु आएको छ – किन आज “लक्ष्मी” रोइन् ? उनीमनमनमा कुरा खेलाउन लागिन् ।

गाईको जुनी पनि के जुनी ? दिनभरि बाँधेर राख्छन् । भोकप्यास केहीभन्नु छैन ।

मन लागेमा एक मुठी घाँस पराल दियो, फुर्सतको बेला पानी दियो ।

बाछाबाछी पायोे, आफ्नोसन्तानलाई माया दिनु छैन, बच्चालाई पेटभरि दुध पनि खुवाउन पाँइदैन, मानिसहरूले नै सबै दुधखाइदिन्छन् ।

कहिलेकाहीँ बारीको हरियोपरियो खाइदियो भने वा दुध दुह‘ुदा छट्पटायो भने बुढालेमरुनज्याल पिटिहाल्छन् । बिचरा ! गाईको जस्तो जुनी त कसैले नपाओस् । हे, नारान, अर्को चोलामा गाईभएर जन्मनु नपरोस् । धन्य यो गाई छे र गुजारा चलेकै छ, दुध पनि खाइएकै छ, थोरबहुत आम्दानी पनिगरिएकै छ ।

अनि, उनी गाईलाई सुम्सुम्याउँछिन्, माया गर्छिन्, उनका आँखा पनि रसाउँछन् ।

गाईले पनि आफ्नी मालिक्नीलाई चिन्दछ । उनले दिएकोे माया बुझ्छ । उनको आँखाको आँसु पनिदेख्दछ । गाईको मनमा पनि हुरी चल्छ

— किन आज यी आइमाई रोएकी होलिन् ? के भयो ? के कारणलेआँसु झारिन यिनले ? गाईको मनमा पिर पर्दछ

— अहो ! एकाबिहानै उठ्छिन्, मेरो गोबर, गउँत सोहर्छिन्,चारा दिन्छिन, मेरा सन्तानलाई स्याहार गर्छिन्, दुध दुहुन्छिन् । मलाई सन्चो नहुँदा खुबै स्याहारसुसारगर्छिन् ।

मेरो शरीरमा किर्ना पर्नु हुन्न, मलाई झिँगो, लामखुट्टेले टोक्यो भनेर घुर लगाउ‘छिन्, जाडोमाआढ्नेले ढाक्छिन् ।  गाई सोच्दछ्, यिनी न भए त मेरो बेहालै हुने थियो ।

 हरे ! यिनलाई त एकछिन फुर्सतछैन्, एकाबिहानैदेखि अबेर रातसम्म खटिरहन्छिन्, तर पनि लोग्नेबाट गाली सुन्नै पर्दछ, कहिलेकाहीँपिटाइ नै खानुपर्छ ।

 धिक्कार छ, आइमाईको जिन्दगी, अर्को जुनीमा त आइमाई भएर जन्मन नपरोस् ।

(श्रोत  :- “गाई र आइमाई” कृषि पत्रिका, वर्ष १, अङ्क १५, २०६५)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.