~महेशविक्रम शाह~
मध्यरातमा म्यानहटन असंख्य जूनकीरीहरूको उज्यालोमा जगमगाइरहेको थियो । टाढाबाट हेर्दा बिजुलीका चिमहरू जूनकीरीझैँ प्रतीत हुन्थे ।
हिजो मात्र पूरै न्युयोर्कभरि हिउँ बर्सेको थियो । हिउँले सम्पूर्ण जमिनलाई ढाकेको थियो । म्यानहटनका गगनचुम्बी भवनहरू र चिल्ला सडकहरू पनि जाडोले कठ्यांग्रिएका प्रतीत भइरहेका थिए ।
अलि पर थियो ‘स्ट्याच्यु अफ लिबर्टी’ स्वतन्त्रता र स्वच्छन्दताको प्रतीक ! म्यानहटनको एक विशेष आकर्षण । यता ‘टाइम स् क्वायर’को गल्लीमा रहेको एकतले घरको एक कोठामा बसिरहेकी छे ऊ, माया, ती पात्रहरूको प्रतीक्षामा जो स्ट्याच्यु अफ लिबर्टीलाई हेरेर वाक्क र दिक्क हुँदै ऊछेउ आउनेछन् र उसको शरीरको रापले आफ्नो थकान र न्युयोर्कको जाडोलाई भुल्दै हतारँिदै भाग्नेछन् ।
ऊ भने फेरि अर्को ग्राहकका लागि आफूलाई तयार राख्न मेकअपले पोतेको अनुहारमा फेरि अर्को पत्र थप्न थाल्नेछे ।
“हिजो मात्र आएकी । एसियन केटी हो, मात्र ५० डलर !” घरको भुइँतलामा रहेको पसलको मालिक, जो उसको दलाली पनि गर्थ्यो, कसैसँग कुरा गररिहेको थियो । ग्राहक ‘हिजो मात्र आएकी’ भन्ने शब्दलाई पत्याइरहेको थिएन, ऊ हाँसिरहेको थियो । “मलाई नझुक्याऊ न यार !” ऊ आफूलाई यस काममा नयाँ नभएको संकेत दिन चाहिरहेको थियो । पसलको मालिक एक रेड इन्डियन थियो । पसलका साथै घरको माथिल्लो तलामा चोरीछिपी यौनधन्दा पनि चलाइरहेको थियो । उसको पसलमा गिफ्टका सामानहरूका अतिरत्तिm पोर्नोग्राफीसम्बन्धी सामग्रीहरू बग्रेल्ती थिए । थरीथरीका ब्लु फ्लिम र सेक्स डिभाइसले भरएिको थियो त्यो पसल । माथिल्लो तलामा रहेका दुई कोठाहरूमध्ये एउटा साँघुरो कोठामा माया बसिरहेकी थिई । उसका कान कोठाबाहिरको काउन्टरमा केन्दि्रत थिए, जहाँ रेड इन्डियन र ग्राहक अझै कुरा गररिहेका थिए, अथवा ‘मोल’का लागि बार्गेनिङ् गररिहेका थिए । मायालाई आशा थियो कि आफ्नो मन परे पनि वा मन नपरे पनि त्यो ग्राहक मुटु कँपाउने यस जाडोमा ५० डलर तिरेर उसको शरीरको तातो नलिई घर फर्किनेछैन ।
“मात्र ५० डलर हो महाशय ! यति रकममा त तपाईं कुनै एउटा राम्रो रेस् टुराँमा खाना पनि पाउन सक्नुहुन्न ।
यहाँ त सारा रेस् टुराँ यानी सम्पूर्ण स्रीको शरीर नै तपाईंको काखमा हुनेछ । मनले चाहेअनुसार जे-जे मन लाग्छ, गर्नोस् !” रेड इन्डियन अझै ग्राहकलाई कनभिन्स गर्ने प्रयास गररिहेको थियो ।
“पहिले त्यसलाई हेर्न पाए हुन्थ्यो नि !” ग्राहक बोल्यो ।
कतै पसलेले देखाउन ल्याउने त होइन ! उसको मन सशंकित भयो । उसले हत्तपत्त ऐनामा आफ्नो अनुहार हेरी । उसको जीउडाल ठीकै भए पनि अनुहार भने मान्छेले पहिलो हेराइमै मन पराउने खालको थिएन ।
आफूलाई हेरेपछि सोही भाउमा त्यो ग्राहकले सुत्न मान्ला भन्ने कुरामा उसलाई विश्वास थिएन । आफूलाई आकर्षक बनाउन उसले फेरि थप मेकअप गर्न सुरु गरी ।
“छिटो गर्नोस् महाशय ! तपाईं म्यानहटनका लागि पक्कै नयाँ हुनुहुन्न । तपाईंलाई थाहा छ, यहाँ ‘रेडलाइट जोन’ छैन र वेश्यावृत्तिलाई पनि वैध मानिँदैन । हामीले यो काम लुकीछिपी गर्नुपर्छ । पुलिसले जुनसुकै बेला पनि छापा मार्न सक्छ । तर, मेरो पसलमा भने अहिलेसम्म पुलिसको आँखा पर्न सकेको छैन ।” रेड इन्डियनको भनाइप्रति प्रतिक्रिया जनाउँदै आगन्तुक खितखित हाँस् यो र ऊतिर फर्केर भन्यो, “यस् तो जाडोमा कहाँ ˚ुर्सद छ र पुलिसलाई छापा मार्ने ! सबै जना क्रिसमसको तयारीमा छन् ।”
“अनि त्यो केटीका बारेमा नि ! छिटो गर्नोस् महाशय, तपाईं साहै्र बोलक्कड हुनुहुँदो रहेछ ।” रेड इन्डियन छिटो कुरा टुंग्याउन चाहन्थ्यो ।
“मलाई अचम्म यस कुरामा लागिरहेको छ कि म्यानहटनजस् तो सहरमा पनि ५० डलरमा केटी पाइन थाले ।” ऊ फेरि गलल्ल हाँस् न थाल्यो ।
“हाम्रो अर्थतन्त्र ओरालो लागेर यस् तो भएको हो कि !” उसले आ˚ैँ आफ्नो प्रश्नको जवाफ खोज्ने प्रयास गर्यो । ऊ यहाँ आफ्ना लागि केटी खोज्नभन्दा पनि केटीको धन्दाका बारेमा बुझ्न आएको मान्छेजस् तो लागिरहेको थियो । तर, यस अनुमानलाई लत्याउँदै ऊ बोल्यो, “एउटी एसियन केटी मात्र छ र यहाँ, अरू केटीहरू छैनन् ?”
“छे, एउटी छे ।” रेड इन्डियन बोल्यो ।
“गोरी वा काली ? अमेरकिी वा अपि|mकी ? कुन रंग र देशकी परी ?”
“गोरी ! तर, कालो केश भएकी क्यारेबियन हो ।” रेड इन्डियन बोल्यो ।
“क्यारेबियन !” उसको स् वरमा खुसी झल्केको थियो । “क्यारेबियन केटी हुँदाहुँदै नामै नसुनेका देशबाट भित्रेका केटीहरूको पछि के लाग्नु ! मलाई क्यारेबियन मन पर्छ । दे आर रयिली स् वीट एन्ड हट !” ग्राहक बोल्यो । ऊ क्यारेबियन केटीसँग जान इच्छुक देखिएको थियो ।
कोठाभित्र ग्राहक आउने आशामा शरीर र ओछ्यानमा पफ्र्युम स्प्रे गररिहेकी माया अचानक झस्की । उसले निन्याउरो अनुहार लगाई । पल्लो कोठाकी केटीले ग्राहक भेट्टाउन लागेकामा मायाले उसको भाग्यमाथि ईर्ष्या गरी ।
“ओहो ! त्यो मोरो पक्कै काले अमेरकिी नै हुनुपर्छ, नत्र क्यारेबियन गोरीका लागि भनेर किन ज्यान फाल्थ्यो ?” आफू अमेरकिी वा क्यारेबियन नभएकामा उसले आफ्नो भाग्यलाई सरापी ।
“महाशय, क्यारेबियनका लागि हो भने ५० डलरले मात्र त पुग्दैन नि !” रेड इन्डियन जिब्रो चपाएर बोल्यो । उसले आगन्तुकको कमजोरी समातिसकेको थियो ।
“कति डलर हो नि ?” ऊ तुरुन्त बोल्यो ।
“सय डलर !” रेड इन्डियनले आगन्तुकले प्रश्न सिध्याउन नपाउँदै जवाफ दियो ।
“म्यानहटनको यस मध्यरातको जाडोमा एउटी क्यारेबियन कलकलाउँदी केटीका लागि सय डलर पनि धेरै होइन कि ! कसो ?” आगन्तुक फेरि हाँस्न थाल्यो ।
आगन्तुकको अहिलेको जवाफले रेड इन्डियन छक्क पर्यो । उसले ट्वाल्ल परेर आगन्तुकको अनुहारमा हेर्यो र भन्यो, “थ्यांक यू जेन्टलम्यान ! हो, तपाईं साँचो भन्दै हुनुहुन्छ । मैले थाहा पाएसम्म कुनै बेला मान्छेहरूले कम्तीमा दुई सय डलर पनि तिर्ने गर्थे । यहाँलाई हार्दिक स् वागत छ महाशय !” सुरुदेखि अन्त्यसम्म लगातार तिनीहरूको वार्तालाप सुनिरहेकी मायाले मनमनै कल्पना गरी कि रात अझै धेरै बाँकी छ र म्यानहटनका सडकहरू खाली नहुन्जेल ग्राहकहरू बार, पब र नाइट क्लबबाट ढुनमुनिँदै ह्वीस् कीले निकालेको ज्वरो शान्त पार्न यहाँ आइपुग्नेछन् । “बाहिर कति जाडो होला ? सम्भवतः मैले अनुमान गरेभन्दा बढी नै !” उसले काँचको झ्यालबाट बाहिर हेर्दै सोची । साँझपख ऊ यस पसलमा छिर्ने बेलामा पनि जीउ कँपाउने जाडो थियो । सडकमा जमेको हिउँ पग्लिसकेको भए पनि पेटी र पार्कहरूमा जमेको हिउँ जस्ताको तस्तै थियो । घरका छानाबाट हिउँ पग्लिँदै तपतप चुहिरहेको थियो । पसलभित्र पस् नेबित्तिकै रेडिएटरको न्यानोले ऊ एकैछिनमा रापिएकी थिई ।
पसलमा त्यो रेड इन्डियन अन्य ग्राहकका विभिन्न प्रश्नहरू झेलिरहेको थियो । केही ग्राहकहरू भर्खर मात्र उत्पादित ब्लु फ्लिमको खोजीमा थिए, जसको विज्ञापन तिनीहरूले इन्टरनेटको यु ट्युबमा देखेका थिए । उक्त ब्लु फ्लिम एउटी चर्चित नायिका र निजको ब्वाइप|mेन्डसँग सम्बन्धित थियो । तर, उसको पसलमा त्यो फ्लिम आइपुगेको थिएन । इन्टरनेटबाटै त्यो ब्लु फ्लिमका लाखौँ प्रति अगि्रम बुकिङ् भइसकेका थिए । स् कुल र कलेजमा पढ्ने विद्यार्थीझैँ देखिने केटाकेटीहरू आफ्नो कलेजको पढाइलाई पूरा गर्न आफ्नो ‘भर्जिनिटी’लाई इन्टरनेटमार्फत लिलाममा राखेकी ‘टिन’ केटीको नग्न तस् िबर छापिएको पत्रिका ‘छ कि छैन’ भनेर सोधिरहेका थिए । अधबैँसे महिला र पुरुषहरू यौनवर्द्धक सामानहरूतिर बढी केन्दि्रत थिए । ऊ आफूसँग भएका सामानहरू बिक्री गर्दै हरयिा डलरका नोटहरू हात पाररिहेको थियो । पसलमा आएका ग्राहकहरूको अनुहार नियाल्दै ऊ कुनै-कुनै ग्राहकको कानमा सुटुक्क भन्ने गथ्र्यो, “केटी चाहन्छौ ? मसँग छे हिजो मात्र म्यानहटन आइपुगेकी एउटी एसियन केटी ! एकपटकका लागि मात्र ५० डलर !”
कोही चाख मानेर उसको कुरा सुन्थे । थप प्रश्नहरू जस् तै कस् ती छे, कुन उमेरकी हो, कुन देशकी हो आदि सोधेर आफू जिज्ञासु भएको संकेत दिन्थे । कोही ट्वाल्ल परेर उसलाई हेर्थे । कोही चुप लाग्थे । कोही हाँस् थे त कोही झर्केझैँ गर्थे । कोही भने शिष्टता देखाउँदै ‘नो थ्यांक्स’ भन्थे । ऊ भने फतफताउन थाल्थ्यो, “खोइ, यो केटीको भाग्य कस् तो हो, मैले त बुझ्नै सकिनँ । एसियन केटी भन्यो कि बिनासित्ति किन मुख ङच्िच पार्छन् मान्छेहरू, हँ ?”
माया पसलको मालिक र ग्राहकबीचका हरेक गतिविधिलाई आवाजको माध्यमबाट अनुभूत गररिहेकी थिई । उसले ग्राहकहरूले आफूमाथि कुनै चाख नराखेको कुरा पनि महसुस गररिहेकी थिई । तर, अझै पनि उसले आश मारसिकेकी थिइन ।
‘झुक्किएरै भए पनि एक जना त कसो नआउला !’ उसको मनमा आशाको झीनो त्यान्द्रो झुन्डिएकै थियो । उसको कोठासँगैको अर्को कोठामा पसलमा आएको पहिलो ग्राहक क्यारेबियन गोरीसँग भिडिरहेको थियो । त्यो ग्राहकको मुखबाट निस् केको शीत्कार र जीउ हल्लेको आवाजले मायाको हृदयमा ईर्ष्या र कुण्ठा भरििदएको थियो ।
उसको भागमा अझै पनि एक जना ग्राहक परेको थिएन । ऊ कुर्सीमा झोक्राएर बसिरहेकी थिई । उसको दिमागमा आइरहेका थिए विभिन्न दृश्यचित्रहरू, उसको जिन्दगीका उतारचढावहरू । आफ्नो देश छोडेर अमेरकिा भासिँदा उसले देखेका रुमानी सपनाहरू, हातमा हरयिा डलरका बिटाहरू, आफ्नो घर, चमचमाउँदो कार, गोरा बाबुको न्यानो अँगालो, सुखी र मोजमस् तीले भरएिको जिन्दगी, जता हेर्यो त्यतै सप्तरंगी इन्द्रेणीझैँ लाग्ने जीवनका लोभलाग्दा मधुरतम क्षणहरू !
“हरे ! आखिर के पाएँ मैले यस अमेरकिामा ? यस सपनाको देश अमेरकिामा ! कहिले मारयिा, कहिले मेनका, कहिले मिङसाङ, कहिले मिसी त कहिले मायाको नामको खोलभित्र आफ्नो काँचो मासु बेचेर पनि म घर फर्किने रकम जुटाउन नसक्ने भएँ ।” माया आफ्नो कहालीलाग्दो अवस् थाप्रति चिन्तित र द्रवित हुन थाल्छे ।
“ए केटी, मैले पसल बन्द गर्ने बेला भयो । तेरा लागि आज एउटा पनि कुकुरको छाउरो आफ्नो बांगो पुच्छर हल्लाउँदै यहाँ आएन । मलाई पनि घाटा भयो । के गर्छेस् हँ तँ ?” रेड इन्डियनले कोठाभित्र टाउको छिराउँदै भन्यो ।
“म्यानहटनका सडकमा गाडीहरू गुड्न कम भए र ! के अझै अलिकति समय पनि बाँकी छैन र ? कुनै ग्राहक आइहाल्छ कि ?” उसले मलिन अनुहार लगाई । उसको ओठ सुकिरहेको थियो ।
“के म घर नगई तेरा लागि रातभर पसल रुँगेर बसिरहूँ ? बाहिर फेरिहिउँ बर्सेलाझैँ भएको छ ।” रेड इन्डियन बाहिर चियाउँदै बोल्यो ।
मायाले रेड इन्डियनको मुखमा हेरी । ऊ उसैलाई हेररिहेको थियो । माया मुस् कुराई । उसले रेड इन्डियनका आँखाभित्र हेर्दै भनी, “पसलमा कोही मान्छे छैन र तिमी पनि ˚ुर्सदमा छौ भने २५ डलरमा तिमी मसँग सुत्न सक्छौ । कसो महाशय ?”
रेड इन्डियनले उसलाई तिरस् कृत आँखाले हेर्दै भन्यो, “के तँ मलाई मूर्ख ठान्छेस् ? मलाई थाहा छैन र ! तेरो शरीरभित्र एचआईभीका जीवाणुहरू सलबलाइरहेका छन् । सित्तैँमा पनि म तँसँग सुत्दिनँ, बुझिस् !”
“कहिल्यै नसुतेको भए पो यसो भन्न सुहाउँछ । ” मायाले रेड इन्डियनतिर हेर्दै भनी । माया अब एकछिन पनि पसलमा बस् न चाहन्नथी । उसले ओभरकोट लगाई, काँधमा ब्याग झुन्ड्याई, टाउकोलाई स्कार्फले छोपी र फटाफट माथिल्लो तलाबाट भुइँतलामा झरी । रेड इन्डियन पनि उसको पछिपछि आइरहेको थियो । मायाले फर्केर उसलाई हेरी र विनीत स् वरमा भनी, “यदि तिमी पनि घर जान लागेका छौ भने केही परसम्म छोडिदिन सक्छौ ? त्यहाँबाट कोठासम्म म हिँडेर जान सक्छु, नजिकै छ ।”
“के कुरा गरेकी तैँले हँ ? तँलाई चिन्ने मान्छेहरूले मेरो कारमा तँ चढेको देखेपछि मेरो इज्जत बाँकी रहला ?” रेड इन्डियन घृणित नजरले उसलाई हेर्दै बम्कन थाल्यो । “ल, यो दस डलरले तँलाई घर जान बसभाडा पुग्छ ।” रेड इन्डियनले पर्सबाट १० डलरको नोट झिकेर उसलाई दियो ।
“सित्तैँमा म पनि कसैसँग पैसा लिन्नँ, बुझ्यौ ? आफ्नो मासु बेच्न पाउनु मेरो अधिकार हो, चाहे यसमा कीरा परेका हुन् वा नहुन् ! ओके, गुडबाई !!” यति भनेर माया पसलको ढोका उघारेर बाहिरइिर् ।
बाहिर सुसु हिउँ बर्सिरहेको थियो । रेड इन्डियनले आश्चर्यचकित हुँदै माया बाहिर गएको हेर्यो । ऊ पनि बाहिर आयो । “हे ईश्वर, कति जाडो !” ऊ एकैछिनमा चिसोले कक्रक्क पर्न थाल्यो । माया लडखडाउँदै सडकको पेटीमा छिटछिटो पाइला बढाइरहेकी थिई ।
“ए पागल केटी, कता हिँडिरहेकी ? मर्लिस् नि यस् तो जाडोमा !” रेड इन्डियन चिच्यायो ।
ऊ एकैछिनमा सेताम्मे भइसकेकी थिई । हिउँले छोप्ने प्रयास गररिहेको थियो उसलाई तर ऊ शरीरको हिउँ टकटकाउँदै अगाडि पाइला बढाइरहेकी थिई । उता ‘स् ट्याच्यु अफ लिबर्टी’लाई भने हिउँले पूरै छोपिसकेको थियो ।
(श्रोत :- नेपाल साप्ताहिक ३४१)