~कृष्ण धराबासी~
भित्तामा टँसाएर बनाइएको र्याकमा पुस्तक बडा जतनले मिलाएर राखेको थिएँ । प्रायः चाहिरहने किताबहरू टेबुलमै थिए । निकै दिनदेखि र्याकका पुस्तक चलाएको थिइनँ । छुट्टीको एकदिन पुस्तक मिलाउन भनी र्याकबाट पाखा निकाल्न थाल्दा म साह्रै अचम्भित भएँ । पुस्तकहरू त भित्रभित्र माटैमाटो पो भइसकेछन् । भित्तापट्टबिाट धमिरा लागेर किताबको खोल मात्र बाँकी बचेछन् । मन साह्रै विरक्त भयो । आफूले कति दुःख गरी कहाँकहाँदेखि खोजेर, किनेर अप्रँप्य मानिएका पुस्तकहरू पनि सङ्कलित थिए । कति त पछि पढौँला भनी त्यत्तिकै थन्क्याइएका पनि थिए ।
मेरो पुस्तकप्रेम देखेर आमा छक्क पर्नुहुन्थ्यो । जता गएर आउँदा पनि मेरा झोलाबाट पुस्तक नै निस्कन्थे । घरका सबै जनाले मेरो त्यस रुचिको सम्मान गर्दै मलाई नसोधी सानो कागजको टुक्रा पनि फाल्दैन थिए । तर, एकाएक धमिराले त्यस्तरी पुस्तक खाइदिएको देखेर आमा पनि नराम्रँे गरी पिरोलिनुभयो । म त रोएँ पनि धुरुधुरु । २०३३ सालमा घर डढ्दा, त्यसबेलासम्मका सबै पुस्तकहरू आगोले खाएको थियो, त्यसपछि समेटिएकाहरू यसपालि धमिराले खाएको थियो । सम्पत्तिकै सट्टा पुस्तक सङ्कलनमा लागेको म पटकपटक यस्ता दर्ुघटनामा परिरहेको थिएँ ।
धमिराले पुस्तक खाएपछि हारेको र रिसाएको मनले अबदेखि यस्तो र्याकमा किताब नराख्ने भनी बजारबाट एउटा ठूलो टीनको बाकस किनेर ल्याएँ । केही समय त्यसमा किताब राखियो तर कतिवटा बाकस किन्ने भन्ने समस्या पनि आयो र भनेको पुस्तक फुत्त झिक्न पनि गाह्रो भयो । त्यसैले बाकसलाई परित्याग गरी फेरि र्याकतिरै लागेँ, तर अब दर्ुइ/चार, दर्ुइ/चार दिनमा र्याक चलाइरहने गर्न थालियो । आमा, सीताजी जसले पनि बेलाबेला पुस्तकहरू चलाएर धमिरा लागे/नलागेको हर्ेर्ने गर्नुहुन्थ्यो ।
हुँदाहुँदै एकपल्ट फेरि घरमा एकाएक मुसाको आतङ्क बढ्यो । यति मुसा फैलिए कि केही चीज पनि सद्दे हुन छोडे । ओछ्यानका सिरक, डसना, सिरानीदेखि बेलुका खोलेर राखेको लुगासम्म बिहान उठ्दा काटिसकेको हुन्थ्यो । यस्ता बेलामा किताब त झन् मुसाकै गुँड हुन पुग्यो । रिसैले विष ल्याएर राखिदियौँ । सुरुसुरुमा दर्ुइ/चारवटाले खाएर कताकता अप्ठ्यारो चेपतिर गएर मरेछन्, कुहेर गन्हाएर घरमै बसिनसक्नु दर्ुगन्ध व्याप्त भयो । हैजै फैलिएलाजस्तो भयो । विष ख्वाएर मार्दा पनि घरमै बस्न नसकिने भइयो ।
मुसाले पुस्तकमाथि गरेको ज्यादती फेरि खपिनसक्नुभयो । कति महत्त्वपर्ूण्ा पुस्तकहरू जतासुकै काटिदिएर कामै नलाग्ने बनाइदिए । मुसाको यस आतङ्कले दिक्क हुनुभएकी आमाले एकदिन कहाँबाट हो एउटा सानो बिरालोको बच्चो लिएर आउनुभयो । बिरालो म्याउँम्याउँ गरेर कराउँदै घुम्न थालेपछि मुसाहरू विस्तारै घट्दै गए । सुरुमा सानै थियो बिरालो । त्यसले मुसा मार्न सक्ने कुरै थिएन । तर पनि मुसाको लागि त्यो आतङ्कित थियो । हामी सबैले माया गर्यौँ त्यसलाई । दूधभात खान दिने, काखमा राख्ने गर्न थाल्यौँ । बिरालो पनि चाँडै रत्तियो हामीसँग ।
म जब बिहानै उठेर पढ्न वा लेख्न बस्थेँ, बिरालो कताकताबाट म्याउँम्याउँ गर्दै आएर मेरो काँखमा ‘घुरुरुरु’ गर्दै बस्थ्यो र सानो बालकजस्तो आँखा चिम्लिएर निदाउँथ्यो । ठूलो हुँदै गएपछि साँच्चै नै त्यसले घरका मुसा मार्न थाल्यो । कताकतातिरबाट पनि मारेर ल्याउँथ्यो । बिरालो घरमा ल्याएपछि मुसाको अत्याचारबाट साँच्चै मुक्त भइयो ।
बिरालो घरमा आएपछि बुहारी भएको घरझैँ ढुक्क भयो मेरो पुस्तकालय । र, बिरालो मेरो एकान्तको साथी पनि । हुँदाहुँदा त्यसले मलाई एकक्षण पनि नछोड्ने भयो । म जता जान्छु त्यो मेरै पछिपछि । म बाथरुमभित्र पसेँ भने त्यो बाहिर ढोकामा बसिरहन्थ्यो, भान्सामा भए म्याउँम्याउँ गरी छेउमै हुन्थ्यो । मैले आफ्नो भागबाट अलिकति भात नदिई त्यो त्यहाँबाट चलबलाउँदैन थियो । बिरालोले मलाई पछ्याएको देखेर कहिलेकाहीँ आमा हाँस्दै भन्नुहुन्थ्यो, “हैन साह्रै गहिरो पिर्ती पो लायौ त तिमेरुले । यो बिरालो तेरी पर्ूवजन्मकी बेहुली हो कि के हो -” म पनि हाँस्दै भनिदिन्थेँ, “तपाईंले नै खोजी ल्याइदिएकी बुहारी हो त †” हाँसो हुन्थ्यो घरमा । सीताजी भन्थिन्, “साँच्चै नै यो त मेरी सौताजत्तिकै भई ।” वास्तवमा त्यो बिराली पोथी रहिछे । हामी सबै हाँस्यौँ । हामी हाँसेको देखेर कुरा बुझेझैँ त्यो टुलुटुलु हाम्रो अनुहारतिर हेरिरहन्थी र आफ्ना खुट्टाहरूले उसको अनुहार पुछिरहन्थी । लामालामा जुँगा हल्लाउँदै फेरि आएर मेरै काँखमा बस्थी । हातले उठाएर पर पुग्ने गरी फ्याँक्दा पनि थेत्तरो बालकजस्तो विस्तारै आइहाल्थी ।
बिरालोसँग ज्यादा घुलमिल गर्नु राम्रो हुँदैन, बिरालाका रौँहरू निलियो भने त्यसले पछि दमरोगको समस्या उत्पन्न गर्छ आदि भन्थे मान्छेहरू । तर, बिरालीको साथ मलाई अभ्यस्थ हुँदै जान थाल्यो । ऊ आएर काखमा नबसी म झन्डैझन्डै लेख्नै नसक्ने जस्तो पो हुन पुगेछु पछि त । निकैवटा लेख-रचनाहरू बिरालीबिना नलेखिएरै खेर गए कतिपल्ट । आमा भन्नुहुन्थ्यो, “काखमा छोरी नसुती लेख्न सक्दैनस् -” हाँस्थ्यौँ हामी । साँच्चै नै मलाई त्यो बिराली ‘छोरी’ जस्तै नै लाग्न थालेकी थिई । पशुसँग मान्छेको यस्तो प्रेम होला भन्ने मैले सोचेको थिइनँ । बिराली पनि निकै नै कुरा बुझ्ने भएकी थिई । त्यसले घरमा मलाई एकैछिन नछोडे पनि अफिस वा अन्यत्र जानुपर्दा कहिल्यै पछ्याउँदैन थिई । तर, साँझसम्म पनि त्यो आँगनमा, म आउने बाटोतिरै उभिएर हेरिरहेकी हुन्थी । जब म आँगनमा पुग्थेँ, त्यसले मेरा खुट्टामा लुटपुटिएर, सुँघेर र जीउमा चढ्न खोजेर माया गर्थी । हिँड्दाहिँड्दै अल्भिmएर लडिएला वा झुक्किएर कुल्चिएला कि भन्ने पीर पार्थी त्यसले ।
जेहोस्, बिराली घरको घनिष्ठ सदस्यजस्ती भएकी थिई । साना केटाकेटीहरू पनि बिरालीसँग खेल्न रमाउँथे । त्यसले मुसो समातेर खेलाई-खेलाई मारेको देखेर साना छोराछोरी रमाइलो मान्थे ।
छिट्टै नै त्यो जवान भई । सानो बोन्र्साई बाघजस्तो देखिन थाली । ठूलो सुरिलो स्वरले लेघ्रो तानेर कराउँदै घरभरि घुमीघुमी घरको रखवाली गर्न थाली । कहिलेकाहीँ आधा रातसम्म पनि हराउन थाली । आमा हाँस्दै भन्नुहुन्थ्यो, “तेरी छोरीको उमेर पुग्यो, अब घर बस्न छोडी ।”
ढिलो आइपुग्दा मान्छेलाई जस्तो हकार्नुहुन्थ्यो आमा, “कहाँ गएकी थिइस्् घर छोडेर – अब बैँस चढ्यो तँलाई – कुनचाहिँले विष ख्वाएर मार्ला अनि थाहा पाउलिस् । घरै बसिरहनुपर्दैन † भोलिदेखि तेरो खुट्टा भाँचिदिन्छु ।”
कुरा बुझेकी जवान अविवाहिता छोरी डराउँदै, धकाउँदै आफ्नो कोठातिर पसेझैँ विस्तारै सिँढी चढ्थी र खुरुरु कुदेर भित्र पस्थी । मेरो छेउमा आएर बस्थी । म सजिलो गरी पलेँटी कसी दिन्थेँ, त्यो डराउँदै काखमा बस्थी । अनौठो खाले माया लाग्थ्यो त्यसको । त्यसैत्यसै मानवीकृत हुँदै गएकी थिई त्यो । राती सुत्दा पनि कहिले गोडामुनि, कहिले सिरानीतिर आएर टाँसिएर सुतिरहेकी हुन्थी । कहिलेकाहीँ सीताजीले झर्किएर त्यसलाई हातले टिपेर पर पुग्ने गरी फालिदिन्थिन् तर फेरि कतिखेर आइसकेकी हुन्थी ।
केही समयपछि त्यो मोटाउँदै गई । एकदिन आमाले भन्नुभयो, “अब यो ब्याउने भइछे । कति बच्चा पाउने हो – बिरालाका छाउराले घर सारै फोहोर गर्छन् ।”
नभन्दै एकदिन साँझमा घर पुग्दा बिराली बियाएको चर्चा चलिरहेको थियो । एक/दर्ुइ दिनदेखि बिराली मेरो छेउमा आएकी पनि थिइन् । खाने बेला पनि त्यस दिन बिराली आइन । सीताजीले भनिन्, “आज अचम्मै भयो । यो हाम्रो घरको पशु होइन है, यो त मान्छे नै भइसकी ।”
“के भयो र -” मैले सामान्य चासो देखाएँ ।
उनले भनिन्, “हामी घरमुनि चिया खाजा खाएर बसिरहेका थियौँ । तलामाथि गन्द्रयाङगुन्द्रुङ आवाज आइरहेको थियो । बिरालीले मुसो खोज्दै होली भनी खासै याद गरेनौँ । बिराली पनि अनौठो आवाज निकालेर बेलाबेला कराउने गर्थी । निकैबेरपछि चालचुल हरायो । हामी बसेकै थियौँ । माथिबाट विस्तारो बिराली सिँढी ओर्लेर आई र अनौठो पाराले आमाको अनुहार टुलुटुलु हर्ेर्दै माया लाग्दो गरी म्याउँम्याउँ गर्न थाली । हामीले त्यसको कुरा बुझेनौँ । आमाको खुट्टाको वरिपरि लुटुपुटु गर्दै कुदेर सिँढीतिर जाँदै, फर्केर हेर्दै फेरि फर्केर आउँदै आमाको साडी दाँतले टोक्दै उप|mेर सिँढीतिर जाँदै गर्न थाली । आमा उठेर पछि लागेपछि त्यो सुरुसुरु सिँढी चढ्न थाली । एकक्षणपछि आमाले माथिबाट बोलाउनुभयो, “ए सीते † यता आइज आइज †” माथि पुग्दा आमा छक्क परेर खाटको छेउमा उभिएर हेरिरहनुभएको थियो । बिराली खाटमाथि टुक्रुक्क बसेकी थिई र त्यसको छेउमा एउटा सालनालसहितको मरेको बच्चो खुनमा लटपटिएको थियो । त्यस दृश्यले हामी दुवै जना अचम्भित भयौँ । त्यसले त हामीसँग सहयोग पो मागेकी रहिछे । तन्नैसमेत उठाएर लगेर त्यसलाई माटोमा पुरिदियौँ । ”
सीताजीका कुरा सुनेर अनौठो लाग्यो मलाई । माया पनि लाग्यो ।
अब त्यसको स्वभावमा परिवर्तन आउन थालेको थियो । त्यो अब फोहोरी र अटेरी पनि हुन थालेकी थिई । त्यसले मुसा मार्न छोडेकी, गाउँतिर जान थालेकी र जथाभावी दिसा गर्न थालेकी थिई । घरकै कोठाचोटातिर पनि हग्न थालेकी थिई । त्यसको बिग्रिएको बानीले अब आमा र सीताजी दिक्क हुन थालेका थिए । तर, मलाई त त्यो बानी परेकी थिई । लेख्न बस्नेबेलामा ‘सु…री’ भन्नासाथ कहाँबाट प्रकट हुन्थी, आएर काखमा बसी हाल्थी ।
एकदिन आमाले भन्नुभयो, “अब यस बिरालीलाई घरमा राख्नुहुँदैन । कत्राकत्रा बाघजत्रा ढाडेहरू आएर घरै लडाउलान्जस्तो गर्न थाले । यो पनि अब पहिलाकी जस्ती छैन । यसले मुसा पनि मार्दिन ।” आमाको कुरा त्यति राम्रो लागेन तर मैले केही पनि भनिनँ ।
नभन्दै एकदिन साँझमा घर पुग्दा बिराली आँगनमा थिइन । कोठा, धारा, भान्सा सबैतिर चहारेँ तर कतै पनि बिरालीको उपस्थिति थिएन । खाना खाँदै गर्दा चर्चा चलाएँ, “खै आज त बिरालीको चालचुल छैन ।”
सीताजीले भनिन्, “आज आमाले त्यसलाई बोरामा हालेर माथि नारायणचोक पुर्याएर आउनुभयो ।”
मलाई भित्र कहाँ चिसो गरी दुख्यो । नमीठो लाग्यो, त्यस्सै मन बिरसिलो भयो । तर, केही पनि भनिनँ । सीताजीले भनिन्, “अस्तिदेखि त्यसलाई आमाले कहाँकहाँ पुर्याए पनि आमाभन्दा चाँडो त्यो घर आइपुग्थी । आजचाहिँ यसबेलासम्म आइपुगेकी छैन ।”
मनमा सानो आशा पलायो, “ए † त्यो आउनसक्ने रहिछे ।”
तर, त्यो रातभरि पनि आइन । भोलि बिहान खाना खानेबेलासम्म पनि आइपुगेकी थिइन । मनमा केके नराम्रोजस्तो भइरह्यो । कुनै प्रिय मित्रसँगको विछोडजस्तो । बेलुका घर पुगेँ । त्यसको चालचुल थिएन । लेख्न बसेँ, मन लागेन, त्यत्तिकै सुतेँ ।
दिनहरू बित्दै गए । विस्तारै बिराली विस्मृतितिर ठेलिँदै गई । म बिरालीबिना पनि लेखपढ गर्न अभ्यस्त हुँदै आएँ । फाट्टफुट्ट मुसाहरू फेरि देखापर्न थाले, चकचक गर्नथाले । मुसो देखेपछि बिरालोको सम्झना हुन्थ्यो र मन अमिलो भएर आउँथ्यो ।
२२ दिनको बिहान ढोका खोल्दा बिराली एकैचोटि उप्रिmएर मेरो कम्मरमा आइपुगी । म तर्सिएँ पनि । कम्मरबाट सोहोरिएर त्यो भुइँमा पुगी र म्याउँम्याउँ गर्दै वरिपरि घुम्न थाली । माथि मेरो अनुहारतिर हेर्दै खुट्टा चाट्दै गर्न थाली । म अनौठो भावुकताले भरिएँ । एकाएक मेरा आँखा रसाएर आए, त्यसलाई हातले उठाएर अनुहारको नजिक ल्याएँ । त्यसले मेरो गालाभरि, निधारभरि जतासुकै चाट्न थाली । काँधमा चढी, टाउकामा टेकी, पिठ्यूँपट्टबिाट भुइँमा खसी फेरि बाँदरजस्तो उफ्रिएर छातीतिर आई । त्यसका नङ्ग्राले कपडा छेडेर छालामा कति ठाउँ दरफर्यायो पनि ।
अब बिराली मलाई एकछिन नछोड्ने भएकी थिई । त्यत्रो दिनपछि पनि त्यसले आफ्नो घर चिनेर फर्केर आएपछि आमा पनि त्यसप्रति दयालु हुनुभएको थियो । उहाँलाई एक किसिमको पश्चातापजस्तो पनि लागेको थियो । जे होस्् पहिलाजस्तै त्यो म पढ्न बसेपछि काखमा आएर सुतिरहन्थी ।
तर, पहिलाभन्दा बढी नै गाउँ डुल्ने बानी बढेको थियो त्यसको ।
एक बेलुका त्यो थिइन घरमा । आज बिराली कता गइछ भनी सबैले चर्चा गरे । राती ओछ्यानमा पनि त्यो आइन ।
आधा राततिर कताबाट त्यो आइपुगी । बाहिर ढोकामा एकोहोरो कराइरहेपछि झर्को मान्दै सीताजीले ढोका खोलिदिइन् । त्यो भित्र पसी । हामी फेरि सुत्यौँ । विभिन्न कोठाहरूमा बद्याकबुद्रुक गर्दै त्यो रात बिराली झर्को लाग्ने गरी कराइरही । सीताजीले झर्किंदै भनिन्, “ढाडे चाहिएछ साँडेलाई फेरि आज रातभरि सुत्न नदिने भई ।”
हामी त्यत्तिकै निदाएछौँ । कतिबेरदेखि त्यो कराउन छोडी, थाहा भएन । बिहान उठेर प्रातर्ःकर्म सिध्याई सदाझैँ पढ्न बस्दा यसो भुइँमा थुपारेको पुस्तकको थाकतिर हेरेको त पुस्तकलाई सिरानी लगाएर बिराली मस्त सुतिरहेकी थिई । कति मजाले निदाइछ यो भन्दै छोई हेरेँ, चलबलाइन, ध्यान दिएर हेरेको त त्यो कतिबेला मरेर अररो भइसकेकी रहिछे ।
मन चिसो भयो, जीउ शिथिल भयो । लल्याकलुलुक भएँ । मूर्तिजस्तो एकोहोरिएछु कतिबेरसम्म । त्यसैलाई हेरिरहेँ ।
(श्रोत:- नेपाल साप्ताहिक १३०)