Tag Archives: Ujjwal GC

गजल : नजिक आउन सकेँ

~उज्ज्वल जी.सी.~ न तिमी नजिक आउन सकेँ न मजाले माया लाउन सकेँ । धेरैबेर नै कुरेँ चौतारीमा न तिम्रो आभाष पाउन सकेँ ।

Posted in गजल | Tagged | Leave a comment

उज्ज्वल जी.सी.का आठ हाइकुहरु

~उज्ज्वल जी.सी.~ मान्छेको मन पापपुण्यको वस्ती प्रायः अँध्यारो । ढुङ्गाको मुटु पग्लिएन आँसुले र्व्यर्थको नाता । स्वार्थको माया

Posted in हाइकु | Tagged | Leave a comment

गजल : नकराऊ दुई–चार दिन

~उज्ज्वल जी.सी.~ भेटघाट अवश्य होला नकराऊ दुई–चार दिन हृदयको शान्त तलाउ नचलाऊ दुई–चार दिन । बदला लिने रहर भए मुटुमै किला ठोके हुन्छ ऑंसुले लेखिएको पत्र नजलाऊ दुई–चार दिन ।

Posted in गजल | Tagged | Leave a comment

उज्ज्वल जी.सी.का नौ मुक्तकहरु

~उज्ज्वल जी.सी.~ न कसैलाई अनादरले हेर्न चाहन्छु म न कसैलाई समस्याले बेर्न चाहन्छु म हो,कर्म गर्दा पराजय भोग्नै किन नपरोस ? सधै‘ दुखीको जीवनरेखा फेर्न चाहन्छु म । **************0************** भाषा र कला हरायो भने रहन्न देश नै बिर्सियौं भने संस्कृतिलाई … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : घूस

~उज्ज्वल जी.सी.~ देवेन्द्र साहू आफ्नो व्यापारिक कामकाजको सिलसिलामा अफिस पुगेर गमक्क फुल्दै भन्न थाल्यो– “खर्दार साप ! मेरो टिप्पणी आज हाकिम साहेबकहाँ पेश गर्दिनुस् त ! पर्सि त म जर्मन पुग्नुपर्छ । ” उच्च व्यक्तित्वमा आकर्षित हुँदै खर्दारले भन्यो– “हुन्छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अब भरे उसिनेको आलु खाने छोरी !

~उज्ज्वल जी.सी.~ “छत्रजी ! हिजोको फाइल झिक्नुस् त ! ठेकेदार बिहानै घरमा आ’थ्यो । काम मिलेपछि दुःख हेर्छु भन्या छ । के गर्नु नमिलाएर पनि ? आफ्नो छोरीको बिहे गर्नुपर्ने बेला भइसक्यो । एउटा नेकलेस नहालि भा’छैन । हिजोको टिप्पणीलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : “निरीह समयमाथि” नियाली हेर्दा

~खिमानन्द पोखरेल~ सर्वसाधारण व्यक्तिभन्दा धेरै फरक हुन्छन् सिर्जनशील व्यक्तिका विचारहरू । आफूले सिर्जना गरेका भावनाहरू बाहिर प्रकट गर्न चाहन्छन् यस्ता व्यक्तिहरू । असल र राम्रा काम गर्ने व्यक्तिलाई असल दर्जामै राख्नु पर्छ । असल काम गर्ने व्यक्तिलाई समाजले मान–प्रतिष्ठा र … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लघुकथा : उत्सर्गभित्रको कथा

~उज्ज्वल जी.सी.~ जिन्दावाद र मुर्दावादका नाराहरु बढ्दै थिए – जुलुसमा । सुरजित देशको लागि आपूm र आफ्नी आमाको विवशताहरु बिर्सदै जोशको शिखरमा पुगि चर्को स्वरमा नाराहरु दिँदै थियो । जुलुसको विकराल स्वरुपमा तर्सदै लाठीहरु उठे । शाहसी ढुंगाहरुका क्रमिक प्रहारले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

उज्ज्वल जी.सी.का २० सेन्र्यूहरु

~उज्ज्वल जी.सी.~ १. झुल्क्यो बिहानी काउकुती लागेर सूर्योदयको । २. रुँदैछ देश एकता बाङ्गिएर विकास ठप्प । ३. वमन गर्छ अँध्यारो कुवाभित्र निरोगी माछो ।

Posted in सेन्र्यू | Tagged | Leave a comment

पुस्तक समीक्षा : कवि जी.सी.को “निरीह समयमाथि” हेर्दा

~अरुणबहादुर खत्री “नदी”~ नेपाली साहित्यको भण्डारमा एउटा उत्कृष्ठ, सुन्दर र पठनीय कृति बनेर आएको “निरीह समयमाथि” कवि एवं गजलकार उज्ज्वल जी.सी. द्वारा रचित नवीनतम् कविता सङ्ग्रह हो । यस सङ्ग्रहभित्र खै, के कविता लेखु कविज्यू १, वहुसत्य असत्यहरु, मान्छेहरु चुरोटजस्तै, … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

उज्ज्वल जी.सी.का १५ हाइकुहरू

~उज्ज्वल जी.सी.~ १. बनियो दाश भोको पेट रोएर शुन्य उपाय । २. बनेछ देश बाठाका ऑंगनीमा गाउँ दुर्गम । ३. सपना रोप्न पसिना झर्दाझर्दै सुक्छ रगत ।

Posted in हाइकु | Tagged | Leave a comment

कविता : ऊ मान्छे

~उज्ज्वल जी.सी.~ तीक्ष्ण बुद्धि मस्तिष्कभित्र सँगालेको दाबी गर्छ ऊ नगरोस् पनि किन उसले आफ्नो अस्तित्व अडाउने बलियो धरातल भेटेको छ अतः आफैलाई बहुविद् सम्झने उसको आडम्बर निरन्तर स्थायी छ

Posted in कविता | Tagged | Leave a comment

कविता : बहुसत्य असत्यहरू

~उज्ज्वल जी.सी.~ औँसी पोतिएको छातीका कुना कन्दराहरूमा स्निग्ध मित्रता खोज्न मैले हार्दिकताको अनमोल समय खर्चिएँ तर देखिन विश्वासका पीपलहरू आत्मीयताका दुबोहरू ऊ भित्र मेरो यात्रा

Posted in कविता | Tagged | Leave a comment

कविता : दास

~उज्ज्वल जी.सी.~ ‘नून’ खाने कुखुराहरू झोक्रिन्छन्/लठ्ठिन्छन् र, सम्भवतः मर्छन् पनि विवेकशून्य/चेतनाशून्य विचरा ती कुखुराहरू अनायास ‘नून’ खाँदै थला पर्छन् तर, हामी मानिस अर्काको ‘नून’ पाए

Posted in कविता | Tagged | Leave a comment

गजल : तपाईंका ती चालाहरू

~उज्ज्वल जी.सी.~ नदेख्नु’थ्यो देख्यौँ हामीले तपाईंका ती चालाहरू भन्न थाले धेरैले अचेल कस्ता रै’छन् सालाहरू । गर्दै नगरी देश र गरिबका लागि कुनै काम जता गयो लाज छोप्दै पहिरिनु हुन्छ मालाहरू ।

Posted in गजल | Tagged | Leave a comment

कथा : भूल…एउटा प्रेमीको

~उज्ज्वल जी.सी.~ उज्ज्वल जी.सी.“तिमी फर्केर आउन्जेल त मेरो बिवाह भएर पनि छोराछोरी भइसक्छन् होला । पॉंच–पॉंच वर्षसम्म प्रतीक्षामा बस्ने कुरा त्यति सजिलो छैन बिनोद ! मेरा बावुआमा कस्ता छन् भन्ने तिमीलाई थाहा नभएको हैन क्यारे ।” भन्दै शर्मिलाले ऑंखाभरि ऑसु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नेपाली भजन : हरिकिर्तन गाऊँ

~उज्ज्वल जि.सी~ प्रभुको दर्शन गर्न कसरी म पाऊँ मनको मन्दिर धाऊं या हरिकिर्तन गाऊँ । मानव चोला दिएर कसरी खेल खेलायौ हृदयवासी भई जीवनलीला आफैले सिकायौ

Posted in नेपाली भजन | Tagged | Leave a comment

कविता : म

~उज्ज्वल जी.सी.~ न तिमी नजिक आउन सकें न मजाले माया लाउन सकें । धेरैबेर नै कुरेँ चौतारीमा न तिम्रो आभास पाउन सकें ।

Posted in कविता | Tagged | Leave a comment

गजल : सायद

~उज्ज्वल जि. सि.~ हजूर हाम्रो हिंड्ने एकै छ बाटो सायद छातीमा गरिबीको एकै छ खाटो सायद । भन्नेले किन भन्छन् दुई धारका हौं हामी मृत्यूपछि बॉंचिने एकै छ माटो सायद ।

Posted in गजल | Tagged | Leave a comment

कथा : आमाको आसिक

~उज्ज्वल जी.सी.~ –चिरायु रहेस् ! –चॉंडै जागिर पाएस् ! –रोगव्याधि केही नलागोस् ! –देशको सेवा गर्न सकेस् ! –शत्रुसामु शिर कहिल्यै नझुकोस् !

Posted in नेपाली कथा | Tagged | Leave a comment