कविता : नजाती ईतिहास

~भिमसेन थापा मगर~

तिम्रै अस्तित्तोको लागि अरे
भन्छन ” सम्झौता गरे ”
म अध्यारो भित्र उज्यालो खोजिरहेछु
उज्यालो भित्र पनि अध्यारो
म कसरी मानौ ?
आमा
ईतिहास कती नजाती है ?

तिम्रै रक्षार्थ
तिम्रै न्याय र
स्वतन्त्रताको लागि
तन्त्रै तन्त्रको साडी ओढायर
निरन्तर बलत्कार गरिरहने
सन्तान थरी थरिका
पढिरहेछु ईतिहास
ईतिहास भित्र ईतिहास
म कसरी मानौ ?
आमा
ईतिहास कती नजाती है ?

ईतिहासका पाना सँगै फेरिएछ
परिवर्तनका पानाहरु
जन्ती नहुनेले मलामी कमाएछ
मलामी हुनेले सलामि कमाएछ
फेरिएछ तिम्रो सरकार
फेरिएछ तिम्रो अधिकार
बस,
फेरिएन तिम्रो चित्कार
म सुनिरहेछु तिम्रो चित्कार
चित्कार भित्रको चित्कार
म कसरी सुनौ ?
आमा
ईतिहास कती नजाती है?

– भोजपुर

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.