गीत : पिरतीको मिठो तिर्सना…

~तुलसी घिमिरे ~

हुँदैन रेलिमाई चट्ट बिपना
हुँदैन रेलिमाई माया बिर्सन

केटा :
पिरतीको मिठो तिर्सना
सकिँदैन चट्ट मेटिन
हो पहिलो बसन्तको नयाँ कोपिला
मन लाग्यो टप्प टिपन ।

केटी :
पिरतीको मिठो तिर्सना
सकिँदैन चट्ट मेटिन
हो पहिलो बसन्तको नयाँ कोपिला
हुँदैन है टप्प टिपन ।

हुँदैन रेलिमाई चट्ट बिपना
हुँदैन रेलिमाई माया बिर्सन

केटा :
टिप्नै पर्छ सुन्दर फूल
नटिपे है ओईली झर्छ

केटी :
टिपेर के होला
बतासैमा उडी जाला
हो पहिलो बसन्तको नयाँ कोपिला
हुँदैन है टप्प टिपन ।

पिरतीको मिठो तिर्सना…..

केटी :
आयो कोही केलाई खेलमा
मन बस्यो अन्जानैमा
दुई दिनमा आफ्नो भयो
सँगै बस्ने कसम दियो
नचिनेको मान्छेलाई मन दिन नहुने
गाउँ घर चट्ट बिर्सन ।

पिरतीको मिठो तिर्सना…..

हुँदैन रेलिमाई चट्ट बिपना
हुँदैन रेलिमाई माया बिर्सन

केटा :
त्यस्तै होला माया भन्ने
मिठो मिठो काँडा बिझ्ने
भनु भने कसरी भनुँ
कती गाँठो बाँधी राखुँ
पहिलो मायाको नयाँ ढुकढुकी
सकिँदैन चट्ट बिर्सन ।

पिरतीको मिठो तिर्सना…..

हुँदैन रेलिमाई चट्ट बिपना
हुँदैन रेलिमाई माया बिर्सन ।

शब्द : तुलसी घिमिरे
स्वर – इन्द्रजित मिजार र भारती घिमिरे
संगीत : रन्जित गजमेर
चलचित्र : देवता(1994)

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.