गजल : कपुरी क पढेको

~राई रमेश “गाउले”~

संझन्छु म बालापन,कपुरी क पढेको
हैट घोडा हैट भन्दै,आपाको काध चढेको

सिन्काउली,डण्डीवियो,चोर पुलिस खेल्दा
घुडा माथी चोट छनी,त्यसैवेला लडेको

दुनाई अंक जोड घटाउ,गुणन र भागा
नाजान्दामा सिर्काना,दुवै हातमा परेको

भात पकाई बिहागरी कति कति खेलीयो
संझन्छु माछा मार्न, साखोलामा झरेको

याद आउछ ती दिन,अनि मेरा वालापन
नपाएनी त्यो दिनलाई,संझना चाही गरेको

गाउले गोठ लिच्कीराम्चे ६ खोटाङ्ग
rai_rameshgaunle@yahoo.com
November 30, 2006

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.