समीक्षा : मोरङ जिल्लाको सङ्क्षिप्त साहित्यिक परिचय

~विवश पोखरेल~

मोरङ जिल्ला राजनैतिक, आर्थिक, सामाजिक, शैक्षिक औधोगिक क्षेत्रमा मात्र नभएर भाषा साहित्य र कला संस्कृतिका क्षेत्रमा पनि समृद्ध जिल्ला हो । जसले एउटा आफ्नो बेग्लै अस्तित्व र गरिमा बोकेको छ ।

विशेषतः आजको मेरो विषय मोरङ जिल्लाको सङ्क्षिप्त परिचय प्रस्तुत गर्ने रहेकाले म संङ्क्षिप्त रूपमा भाषा र साहित्यको क्षेत्रमा मोरङको योगदानबारे यहाँहरूसमक्ष यो सानो आलेख प्रस्तुत गर्ने अनुमति माग्दछु ।

मलाई थाहा छ ,समयको व्यस्तता, अप्राप्य सामग्री र आफ्नो सीमित अध्ययन र अल्पज्ञानका कारणले गर्दा यो आलेख पूर्ण छैन, म मात्र आफ्नो जिम्मेवारी पूरा गर्न उभिएको छु । यो अपूर्ण भए तापनि मेरा अग्रजहरूका सल्लाह सुझावअनुसार यसलाई शंसोधन र परिमार्जन गर्ने वचनबद्धता पनि व्यक्त गर्दछु ।

मान्छेले एउटा ऐना अगाडि उभिएर जति देख्न सक्छ, त्यति नै वर्णन गर्न सक्छ । त्यही रुपमा रहेको छ यो आलेख । यहाँहरूले मेरो दृष्टिअघिको यो ऐनालाई यसो हल्लाई दिनुभए मेरा आँखाबाट ओझेल परेका कुराहरू पनि देख्ने थिएँ कृपया त्यति कष्ट यहाँहरूले गरिदिनु हुनेछ भन्ने मैले आशा राखेको छु ।

एउटा आकाशमा जून हुन्छन्, घाम हुन्छन् र धेरै ताराहरू हुन्छन् हुन सक्छन् कहिलेकाहीँ ती ताराहरूलाई बादलका पर्दाहरूले छेकेका हुन सक्छन् तर ती ताराहरू हराउँदैनन, ओझेल हँुदैनन्, यस आलेखलाई पनि यहाँहरूले त्यही रुपमा हेरिदिन पनि आग्रह गर्दछु । बादलको पर्दा उघ्रिएपछि स्वतः ती अदृश्य ताराहरू देखिने छन् र तीनका शाश्वत ज्वाज्वल्लमान अस्तित्वहरू सवै सामु सार्वजनिक हुनेछन् ।

मोरङको साहित्यिक इतिहास हेर्दा –कृष्णप्रसाद कोइराला मोरङको पहिलो साहित्यकार मानिन्छन् । उनको कृष्ण विनोद नामक कृति विक्रम सम्वत् १९७७ सालमा प्रकाशित भएको देखिन्छ । मोरङ जिल्लाको दोस्रो साहित्यकारका रूपमा शोभाचन्द्र खनाल रहेका छन् । जसको पाटलीपुत्र नामक कृति विक्रम सम्वत् २००२ मा प्रकाशित भएको थियो । यही सालमा खनालले कवि शिरोमणी लेखनाथ पौडेलको बुद्धिविनोदभित्र उठाइएका प्रश्नहरूलाई पद्यमा नै उत्तर दिनुभएको थियो । खनाल मोरङको पहिलो कवि मानिन्छन् भने मोरङको जेठो कथाकार विश्वेश्वर प्रसाद कोइराला हुन् । चन्द्रबदन शीर्ष उनको कथा वि. स. १९९२ मा शारदामा छापिएको थियो ।

नेपाली भाषा र साहित्यलाई समृद्ध बनाएर विशिष्ठ योगदान दिने मोरङका अग्रज साहित्यकारहरूमा मातृकाप्रसाद कोइराला, महानन्द सापकोटा, विश्वेश्वरप्रसाद कोइराला, तारिणीप्रसाद कोइराला, लक्ष्मणप्रसाद आचार्य, पं मेघराज शर्मा, डि. पी अधिकारी, देवकुमारी थापा, बालकृष्ण पोखरेल, डा. गणेश भण्डारी, कालीप्रसाद रिजाल, डा. लक्ष्मण शास्त्री, डा. पिनाकीप्रसाद आचार्य, मित्रदेव ढुङ्गेल, माधवप्रसाद खनाल, भावुक, भानुभक्त पोखरेल, कोशराज रेग्मी,ं डा. डिल्लीराम तिम्सिना, गेरुप्रसाद कोइराला, रामेश्वरप्रसाद अर्याल, कृष्णप्रसाद काफ्ले, , देवीप्रसाद काफ्ले, मनमोहन अधिकारी, आदि रहेका छन् जसलाई भाषा र साहित्यका कोसेढुङ्गा मान्न सकिन्छ ।

साहित्य सिर्जनामा अनवरत समर्पित भई साहित्यका माध्यमबाट राष्ट्रलाई विशिष्ठ योगदान दिने मोरङका स्रष्टाहरूमा डा. सुशीला कोइराला,भण्डारी, डा.नरेन्द्र चापागाइँ, विश्वराज पाण्डे, परशु प्रधान, कृष्णभूषण बल, अनिरुद्ध तिम्सिना,चुडामणि गौतम, मदन भण्डारी, दधिराज सुवेदी, डा. मेदिनीप्रसाद नेपाल, डा.ऋषिराज बराल, जवाहर रोका, कविराज न्यौपाने, डा. कुमारप्रसाद कोइराला, अम्बरप्रसाद रिजाल, प्रतापनिधि शर्मा, शान्ता पोखरेल, सोमराज अभय, पवन आलोक,नारायण तिवारी, नवराज सुब्बा, सरिता ढकाल, विमल कोइराला, ऋतु आशिक, काजीमान कन्दङ्गवा, भवानी घिमिरे, राजकुमार पोखरेल, प्रमोद प्रधान, भूषण ढुङ्गेल शैलेश आचार्य, महेश आचार्य, लीलबहादुर राई ‘अकेला’ महेश प्रसाईं, माधवराज आचार्य, इन्दिरा प्रसाईं, ओम आचार्य, लक्ष्मण नेवटिया, देवी पन्थी, सुमन पोखरेल, सुवास ढकाल, बासु बराल, कविराज पोखरेल, केदार कोइराला, कृष्ण वस्ती, के बी डमजन, शंकर सुब्बा फागो,प्रभु पराजुली, विश्वगोपाल लम्साल, कृष्णराज कोइराला, गीता सापकोटा, गंगा सुवेदी, गोकुल अधिकारी, कविराज पोखरेल, राधिका गुरागाईं, डा. विमला श्रेष्ठ, ज्योति जङ्गल, गंगाधर कट्टेल, डा, शम्भु कोइराला, डा. हरिहर भण्डारी, गोविन्द नेपाल, लक्ष्मी उप्रेती, बसुश्री पाण्डे, स्नेह पोखरेल, लक्ष्मीप्रसाद पोखरेल, बलराम पोखरेल, माधव सापकोटा, मोहन निरौला दिपक आलोक, विना कोही, मेदिनी भण्डारी, प्रजिता भण्डारी, अम्बिका रिजाल आदि रहेका छन् ।

त्यसै गरी विश्वनाथ भट्टराई, अनिल पौडेल, मिश्र वैजयन्ती, मधु पोखरेल, गण्डकी पुत्र, जीवनाथ धमला, बद्री भिखारी, राजेश्वर रेग्मी, मनोज न्यौपाने, शंकर खरेल, लव प्रधान मित्र, एच एम तामाङ्ग, प्रमिला उप्रेती, सुदर्शन श्रेष्ठ, राधेश्याम लेकाली, खेम नेपाली, गोविन्द ढुङ्गाना, सीमा आभास, तीलक सापकोटा रेवतीरमण खनाल, पं टेकनाथ उपाध्याय, रेखबहादुर भट्टराई, मञ्जु शर्मा, कृष्ण पहाडी, रामबाबु दाहाल, दुर्गा कोशियाली, शङ्कर चौंलागाईं, हरिप्रसाद तिम्सिना, जीतबहादुर अज्र्याल, ऋषिराम अज्र्याल, नारदप्रसाद ओझा, लावण्य सापकोटा, केशव आचार्य, एकराज भट्टराई नम्रता गुरागाईं, जयन्ता पोखरेल, डि. बी बस्नेत, श्यामकुमार अधिकारी, कवि मान बज्राचार्य, विपुलेन्द्र चक्रवर्ती, बाबुराम तिम्सिना, रामनाथ बराल, कुमार आचार्य दुखी, डा. शम्भु कोइराला, विशाल पोखरेल, सरला चापागाईं, जीवनाथ धमला, जय पाण्डे, कविचन्द्र पोखरेल, खेम नेपाली, गोकुल व्याकुल, चुडामणि नेपाल ‘अकिञ्चन’ सुवास लोहनी, भुवन शर्मा, दिङ्गलाली कान्छो, किशोर विश्वकर्मा, पुस्कर कोइराला, संजीव सापकोटा, सुदर्शन श्रेष्ठ, हरिप्रसाद बराल, केशव पूर्वेली, रमाप्रसाद रिजाल, लोचन रिजाल, दिलिप सापकोटा,विशाल दाहाल, भोला बराल, रमेश दाहाल, लव प्रधान मित्र, कवि मान बज्राचार्य, बाबुराम श्रेष्ठ वर्षा, अनन्तराज न्यौपाने, प्रमिला उप्रेती, सुदर्शन श्रेष्ठ, घनश्याम खतिवडा, देवी पन्थी, वीरेश राई, जयप्रसाद भेटवाल, नारायण आचार्य, डम्बर घिमिरे, भानु भण्डारी, डि ,वी वस्नेत, विजय कट्टेल छहरा, शंकर सुवेदी, उत्स, सुमित्रा शिशु, विदुर सुवेदी, गोविन्द ढुङ्गाना, कृष्णप्रसाद गुरागाइर्,ं शिवेन्द्र श्रेष्ठ, लोकेन्द्बहादुर मल्ल, आदि मोरङका साहित्यिक सष्टाहरू हुन् जसले राष्ट्रिय र स्थानीयस्तरमा साहित्यिक योगदान दिएका थिए र दिइरहेका छन् ।

मातृभाषा नेपाली नभए तापनि राष्ट्रभाषा र राष्ट्रिय भाषामा कलम चलाउने स्रष्टाहरूमा यी स्रष्टाहरूलाई विर्सन सकिन्न । नेपाली साहित्यको उद्यानमा जसले विविध रङ र सुवासका साहित्यिक पूmलहरू रोपेर उद्यान सुन्दर र सुवासित बनाएका छन् । यी अविस्मरणीय नामहरू हुन्– विपुलेन्द चक्रवर्ती, लक्ष्मण नेवटिया, प्रफुल्लकुमार मौन, परशुराम भगत, हुलासचन्द्र गोल्छा, तोलाराम दुगड, बद्रीनारायण कर्ण, सुरेन्द्रनारायण मिश्र, सुनील झा, गुणानन्द ठाकुर, जितेन्द्र जीत, भैरोदान सुराना, शिवनारायण पण्डित‘सिङ्गल’ आदि ।

अग्रजहरूले निर्माण गरेका साहित्यिक मार्गमा अनवरत हिंडिरहेका युवा स्रष्टाहरूको जमात पनि मोरङमा निकै ठूलो छ । जसमध्ये केहीले राष्ट्रिय रुपमा नै आफ्नो स्थान सुरक्षित गरिसकेका छन् भने केही स्थान सुरक्षित गर्ने प्रयासमा रहेका छन् । मोरङका युवा पुस्ताका स्रष्टाहरू हुन् –भेषराज पोखरेल, मिनकुमार नवोदित, उमेश राई‘अकिञ्चन, रीता खत्री, सीमा आभास, सविता, गौतम दाहाल, जानुका खतिवडा, रमेश सायन, शुभलक्ष्मी लम्साल, उमेश लुइटेल, दिपक सम्चु, रोमा निरौला,वन्दना पोखरेल,सरिता दाहाल, मञ्जुश्री गिरी, सरिता तुलाधर, गोपाल निर्भिक टेकेन्द्र अधिकारी, कृष्ण कोइराला चारघरे, भक्ति विस्फोट, रामसागर अधिकारी, गोपाल कार्की,

पूर्वमा झापा, पश्चिममा सुनसरी, उत्तरमा धनकुटा र दक्षिणमा भारतको विहार राज्यसँग जोडिएको मोरङ जिल्लाको क्षेत्रफल १८५५ वर्ग किलो मिटर रहेको छ । यस जिल्लामा एक उपमहानगर पालिका रहेको छ भने ६५ गाविसहरू रहेका छन् । मोरङ जिल्लाका साहित्यिक स्रष्टाहरू पनि नगर पालिका अर्थात् सदर मुकामभित्र मात्र सीमित नरहेर गाउँ गाउँमा रहेर पनि साहित्य सिर्जना गर्दै राष्ट्रियस्तरमा नै आपूmलाई स्थापित गराइरहेका छन् जसमध्ये बेलबारी गाविस मोरङबाट इरान राई, सेवक, जे. बी थुलुङ, रेखा सुवेदी, तीला लेकाली, टेकराज मगर, संजीव धिमाल आदि रहेका छन् भने डाँगिहाट गाविस बाट बद्री अधिकारी, तारा पराजुली, धनजीत पराजुली, गणेश लामा, हिमांशु राय, झोराहाटबाट गण्डकी पुत्र, उमेश लुइटेल, भरत गुरागाई, उर्लाबारीबाट मिश्र वैजयन्ती, कृष्ण उदासी इन्द्रपुर गाविसबाट आचार्य अ, यज्ञ सुवेदी, रंगेली गाविसबाट केदार सत्याल आदि रहेका छन् ।

मोरङमा नजन्मिएता पनि अथवा भनौ मोरङलाई पूर्ण रुपमा कार्यथलो नबनाई अध्ययन, जागिर आदिका सिलसिलामा केही समयसम्म मोरङमा बसोबास गरी साहित्यिक योगदान दिने केही स्रष्टाहरू छन् जसलाई विर्सन सकिन्न, जसको नाम छुटाउँदा साहित्यिक इतिहास अपुरो रहन्छ, ती स्रष्टाहरू हुन, – फणिश्वरनाथ रेणु, शैलेन्द्र साकार, विष्णुविभू घिमिरे, सुब सेन ओली, दीपक मुडभरी, ऋषिराम न्यौपाने, भरतराज शर्मा मन्थलीय, पूर्णप्रकाश नेपाल यात्री, शङ्कर सुब्बा, फागो, उपेन्द्र पागल, गीताकेशरी, खेममणि काफ्ले, विक्रम सुब्बा, गोकुल जोशी, गोपाल गुरागाई, तोया गुरुङ, विनोद अश्रुमाली,अशेष मल्ल, बासु बराल,

मोरङ जिल्लाका भाषा र साहित्यमा योगदान दिने विगत र वर्तमानका साहित्यिक संस्थाहरू

प्रत्येक व्यक्तिलाई गन्तव्यसम्म पु¥याउन कुनै चौतारी प्लेटफर्म, आदिको आवश्यकता पर्दछ । जसको सहयोग र सहायताले व्यक्ति आफ्नो लक्ष्यसम्म पुग्न सक्छ । यी संस्थाहरू त्यस्ता प्लेटफर्म हुन्, मोरङे स्रष्टाहरूलाई आफ्नो लक्ष्यसम्म पु¥याउन जसको ठूलो भूमिका रहेको छ । जसले स्रष्टाहरूलाई एउटा अनुकूल वातावरण दिएको छ, प्रेरणा र सहयोग गरेको छ । जसको प्रतिफल मोरङका धेरै स्रष्टाहरू राष्ट्रियस्तरमा नै सुपरिचित छन् र सम्मानित छन् । ती संस्थाहरू हुन् नेपाली साहित्य समिति, पूर्वाञ्चल साहित्य प्रतिष्ठान, प्रजातान्त्रिक लेखक संघ, विराट साहित्य प्रतिष्ठान, प्रतिभा पुरस्कार प्रतिष्ठान, युवा साहित्य परिवार, शनिवारे साहित्यिक समूह, वाणी प्रकाशन, प्रगतिशील लेखक संघ, हिडपा साहित्यिक परिवार, मोतीराम राष्ट्रिय प्रतिष्ठान, धरणीधर पुरस्कार प्रतिष्ठान, आरोहण गुरुकुल, ज्योति साहित्य प्रतिष्ठान, सिलसिला परिवार, गहेली साहित्य परिवार, अपाला साहित्यिक समूह डां नरेन्द्र चापागाई स्मृति प्रतिष्ठान, गणतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च, नेपाली लेखक समिति, डा. गणेश भण्डारी स्मृति प्रतिष्ठान, विराट साहित्य सङ्गम, मारवाडी साहित्य परिषद, नेपाल भारत मैत्री संघ, महानन्द वाङमय मन्दिर, लक्ष्मीदेवी गुभाजु प्रतिष्ठान, गुँरास पुस्तकालय, देवकोटा पुस्तकालय, शिरोमणि पुस्तकालय, भानुकला केन्द्र, झींपुच,नागरिक सचेतना केन्द्र, मोती वाचनालय, गणेश पुस्तकालय आदि । विगत र वर्तमानका यी नामहरूमध्ये वाणी प्रकाशन जसको साहित्यक योगदान प्रमुख रहेको छ भने अहिले सक्रिय रहेका साहित्यिक संस्थाहरूमा विराट साहित्य सङ्गम, पूर्वाञ्चल साहित्य प्रतिष्ठान, मोतीराम राष्ट्रिय साहित्य प्रतिष्ठान, प्रतिभा पुरस्कार प्रतिष्ठान हुन् जसले निरन्तर रुपमा पुस्तक प्रकाशन, पुरस्कार सम्मान समर्पण, कविगोष्ठी , साहित्यिक भेटघाट तथा साहित्यिक विचारहरूको आदानप्रदान गर्दैं आएका छ । वाणी प्रकाशन, प्रतिभा पुरस्कार प्रतिष्ठान, धरणीधर पुरस्कार प्रतिष्ठान भानुकला केन्द्र, नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठान, दाहाल प्रतिष्ठान, आदिले प्रत्येक वर्ष साहित्यका विभिन्न विधामा योगदान दिने तीन दर्जन भन्दा बढी स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ ।

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.