बाल कविता : आहा ! हाम्रो नेपाल

~सहिर प्रजापति~

बिहानीको त्यो उषाको किरणझै रंगीन नेपाल
हिमालको अथक बग्ने पानीझै शीतल छ नेपाल
घामपानी र कुहिरोमा रम्ने मयुरझै छ नेपाल
सयौ जातजातिले भरिएको आहा कति राम्रो छ हाम्रो नेपाल ।

हिमाल, पहाड अनि तराईलाई अगालेको नेपाल
उकाली–ओराली, देउरालीको चौतारी हो नेपाल
पूर्व मेची, पश्चिम महाकाली फूलबारीझै नेपाल
नागबेलीझै बग्ने नदीनालायुक्त कति राम्रो छ हाम्रो नेपाल ।

प्राचीन मठमन्दिरले सजिएको वास्तुकलामा धनी नेपाल
संस्कार, संस्कृति र पूर्वीय सभ्यता बोकेको शान्त नेपाल
शान्ति क्ष्त्रमा संसारका अग्रदूत भगवान् बुद्ध जन्मेको नेपाल
जय जय जय जयनेपाल, आहा कति राम्रो छ हाम्रो देश नेपाल ।

सहिर प्रजापति,
कक्षा ८ क, ह्वाइटफिल्ड उमावि, खुशीबु, काठमाडौं ।

(स्रोत : केटाकेटीअनलाईन डट कम)

This entry was posted in बाल कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.