गजल : फालेको मान्छे म त

~भोला सिवाकोटी ‘पुरानाघरे’~bhola-siwakoti-puranaghare

गुटबन्दीले सिमा कटार्इ फालेको मान्छे म त
किच्ला भनी डराएर ढालेको मान्छे म त

लडेका छन मुर्दाहरू इतिहासको आयाै सुती
इतिहासले पाइला नयाँ चालेको मान्छे म त

लागेको छ बाँदरले नि घर बनाउनु कसैको
दुश्मनीलार्इ जदाै भन्न थालेको मान्छे म त

बालुवामाथि सिसाको घर बनाएर नडुक्रिनु
उज्यालो भर्न चेतनाले गालेको मान्छे म त

नठान्नु है मर्छ चाँडै युगाैंसम्म जान सक्छु
आयु धान्न सम्यताले पालेको मान्छे म त

चिराङ भूटान
हाल कोलोराडो अमेरिका

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.