बाल कविता : बालअधिकार

~प्रभातप्रकाश तिमल्सिना~ Prabhat Prakash Timilsina

बेलायती फोटो पत्रकार एग्लाइन्टाइन जेबले
विश्वमा पहिलोपटक बाल अधिकार चिनाइन्
यही बाल अधिकारको बाटोमा हामीलाई
प्रेरित गरी उत्साह भरेर हिँडाइन् ।

सन् १९८९ नोभेम्बर २० मा बनाए
बाल अधिकार महासन्धि सबै मिली जम्मा
अनि तयार भयो बाल अधिकारका
चार आधारभूत शक्तिशाली खम्बा

बालबालिकाको हक सुनिश्चित गर्न
बनाइएका आधारभूत खम्बा चार
बाल बचावट, बाल संरक्षण
बाल विकास र सहभागिताको अधिकार

सन् १९९० सेप्टेम्बर १४ मा नेपालले
बालबालिकाको महासन्धि अनुमोदन ग¥यो
त्यसपछि हरेक वर्षबाल दिवस मनाउन
सेप्टेम्बर १४ लाई तोक्ने घोषणा ग¥यो

नेपालको संविधान भाग ३ को
मौलिक हक अन्तर्गत ३९ औं धारा
यही धारामा सुनिश्चित छन्
बालबालिकाको आधारभूत अधिकार

बालबालिकालाई माया ममता गरौं
हेरविचार गरौं गरौं सद्व्यवहार
लुकाउन हुन्न यदि कसैलाई भएमा
अपमान, कुटपिट अनि दुव्र्यवहार

कर्तव्य पनि भुल्न हुन्न
गर्न बाल अधिकारको सम्बद्र्धन
संविधानको कार्यान्वयन गरौं
बाल अधिकारको संरक्षण र प्रवर्धन

सम्बद्र्धन बालअधिकारको कार्यान्वयन संविधानको
बाल दिवस–२०७३ को साझा नारा
बाल अधिकार सुनिश्चित र सम्बद्र्धन गर्ने
सरोकारवाला सबैको हुन्छ अभिभारा

(सन्दर्भः राष्ट्रिय बाल दिवस–२०७३)

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in बाल कविता and tagged . Bookmark the permalink.

1 Response to बाल कविता : बालअधिकार

  1. DIKESH YADAV says:

    nice so tallent

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.