गजल : पराईको हात समाएर !

~सुरेन्द्र खौलराठी~Shree Surendra

मेरो हातमा चिठी थमाई पराईको हात समाएर !
गइन उनि हासि हासि मलाई एक्लो बनाएर !

हेर्दा हेर्दै ओझेल परिन टोलाइरहें दिनैभरि,
कहाँ पुगी हास्दै होलिन मेरो दिल रुवाएर !

धेरै थिए रहरहरु उनि संग साट्नु पर्ने,
गल्ति गरें मनका रहर मनभित्रै लुकाएर !

देह बेच्ने सहरमा बेचिइनकि उनि पनि,
सपनिमा आउँदा खबर गए हुन्थ्यो बताएर !

फर्काईदेउ दैव उनलाई देख्न मन लाग्यो फेरि,
बसेकोछु बाटो हेर्दै आँशुधारा चुहाएर !

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

1 Response to गजल : पराईको हात समाएर !

  1. Ann Brooks says:

    Sounds sad and beautiful but I don’t understand completely because poor translation to English

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.