गीत : प्रलयको भाखा

~बलदेव भट्ट “बिहानी”~Baldev Bhatta 'Bihani'

अजम्बरी जीवन देख्ने
उन्मक्त आकांक्षा संग
हजार सपनीका संसारहरु तीर दौडिदा खेरी
थकित दिन कलात्मक अन्त्यको बाटो देखाउछ !!

सपना नै त हो, गीत प्रलयको भाखा
दिनानुदिन पाइतालामुनि नुहिन्छ,
परदेशका बस्तीबाट घर आगन हेर्दा हेर्दै
थकित दिन कलात्मक अन्त्यको बाटो देखाउछ !!

आत्मा केन्द्रित रोदनका तकियाहरु
जीवनको हिसाबमा कमजोर देखिन्छन,
परदेशका बस्तीबाट लुटिएको आफ्नो घर आगन हेर्दा हेर्दै
थकित दिन कलात्मक अन्त्यको बाटो देखाउछ !!

सम्पन्नता को चुली बाट
कंगालहरु माथी राज्य गर्ने चिलको साम्राज्य
आर्यघाटको ज्वालासंग डराएपछि
थकित दिन कलात्मक अन्त्यको बाटो देखाउछ !!

जीवन सयपत्री झै फुल्छ, ओईलाउछ
फूल को बिहान अंहकारमा अन्धोसरि
बतास संग पोईला गएपछि,
थकित दिन कलात्मक अन्त्यको बाटो देखाउछ !!

बलदेव भट्ट “बिहानी”
सिंगापुर
baldevbihani@yahoo.com

April 19th, 2009

(स्रोत : Mysansar.com)

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.