अनूदित कविता : मेरो ठेगाना

~अमृता प्रीतम~Amrita Pritam
अनु : मनोज न्यौपाने

आज मैले आफ्नो घरको नंबर मेटिदिएँ
र, गल्लीको शिरमा लगाएको गल्लीको नाम हटाइदिए
र, हरेक सडकको दिशाको नाम पुछिदिएँ
तर यदि तपाईं मलाई भेट्नै चाहनुहुन्छ भने
हरेक देशको, हरेक शहरको, हरेक गल्लीको ढोका ढक्ढक्याउनुस्
यो एक श्राप हो, एक वर हो
र, जहाँ जहाँ स्वतन्त्र आत्माको झलक पाउनुहुन्छ
–सम्झनु, त्यो मेरो घर हो ।

(स्रोत : चारतारा न्यूज डट कम )

This entry was posted in अनूदित कविता and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.