Tag Archives: sangrahalaya

कविता : ईश्वरले तेरोे नाम काडेर उसको पेट भर्छ

~मनोज बोगटी~ धुर्नु बराइक र ईश्वर घामको छायाँ र स्वर्ग एउटै हो पानीको अनुहार र सपना एउटै हो । हावाको हात र सरकारको भरोसा एउटै हो । आगोले तेरो भन्साघरमा पसेर के भन्छ ? पानीले तेरो खेतमा गएर कुन गीत … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : किशोरी बादलहरु

~कमल संघर्ष~ केहि झुण्ड किशोरी बादलहरु जिस्किरहेछन बुढो सुर्य सङ्ग । झ्वाट्ट हेर्दा लाग्छ हेर्ने हरुलाइ आज बदलिएको चेहरा उनिहरुको फेरिएको छ पहिरन उनिहरुको निकै फरक छ आकार प्रकार उनिहरुको के सोचेर हो कुन्नि ?

Posted in कविता | Tagged | Leave a comment

कविता : काग करायो

~लिलाराज कार्की~ सुकेको रुखमा बसी काग करायो नराम्रो केहि होला भनि मनै डरायो टाढा टाढा धेरै टाढा केहि भयो कि शुन्दर पाखा बस्तीमा पहिरो गयो कि आगो लागी हृदयका भाव बलेकी बाँचौं भन्ने जीवनहरु कहीं ढलेकी

Posted in कविता | Tagged | Leave a comment

कविता : नारी गाथा

~तिलक कार्की~ पर पुरूष संग वर बस्ने, भोको पेटमा पोटुका कस्ने छालै छोप्ने गरि पोतो घस्ने चुप लागेर कहिल्यै नबस्ने

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : बोकाको आत्मकथा

~विनय कसजु~ मलाई बजैले काठामाडौँ लैजान्छु भनेको पाहोरै हो । तर यसपालीको दशैँमा त पक्कै लैजान्छु भनेकी छिन् । काठमाडौँ गएर रामुलाई भेट्ने मेरो ठूलो रहर छ । रामु मेरो सानैदेखिको साथी हो । म उसकै घरमा जन्मेर हर्ुर्केको हुँ … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : नेपाल गिर्नुको कारण

~कल्पना ढुङ्गाना~ ट्राफिक, जाम, हड्ताल छ र जुलुस पनि सुदपयोग छैन यहाँ धेरै छ हानी एउटा भन्छ आ छोड्दे, त्यसैले नै गर्छ आम्दानी आठाना रुपैयाँ छ खर्च प्रदुषण बढ्दैछ यहाँ जनसंख्या छ धेरै

Posted in कविता | Tagged | Leave a comment

कथा : चित्कार त्यो चितवनसँग

~नवीन अभिलाषी~ सिमलटाँडीमा ओर्लिएँ । दिनभरिसँगै दौडिएको सूर्य रातो साँझको उपचार दिएर डुबिसकेको थियो । पहिलो पटक पुगेको त्यो सहरी ईलाका थियो । नयाँ चलचित्र हेरेको महसुस भैरहेको थियो मलाई । पुरानो एटलस साइकल लिएर ११÷१२ वर्षकी एउटी काली काली … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ऊसको कथा

~सुमन पछाई~ कोठादेखि अफिस, आफिस देखि फेरि कोठा यहि नै हो मेरो दैनिकी । बिहानै उठेर कोठामा सामान्य औपचारिकता पूरा गरेपछि अफिसको बाटो ताक्नु, दिनभर अफिसमा भएका काम गर्नु, बेलुका आफिस टाइम सकिएपछि फेरी कोठालाई गन्तव्य बनाएर पाइलाहरु अघि बढाउनु, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कविता

~कबिता शर्मा~ ढाक्रेहरु ओडारतिर पानी उमाल्दैछन् मूढा जोडेर, आगाका लप्का अघिल्तिर सल्बलाएका देखिन्छन् दुईचार आकृतिहरुमात्र१ चौतारीका झयाउंकिरीको जुवारी पनि निख्रेपछि, सुनसानको एकलब्यता बगिरहेछ सुस्केराका सुसेलीहरु चुपचाप बिलाए, हातमा एकमूठी रांको सल्काएर मूलबाटाका बटुवाहरु अघिलाग्दा छिप्पिएको रात त्यही रात चिर्दै गाउं … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : मनमा माया छैन

~महेश बर्तमान रानामगर~ मनमा माया छैन हजुर देवतालाई चढाईंदिए धोका मात्र पाएपछि म त हजुर ढुङ्गा भएँ आस्था जगाई ढुङ्गा उठाई देउता भनि पुजौला चोखो दिलले,भत्तिभावले अर्पण पनि गरौला निरर्थक तिम्रा पुकार म त हेर निर्जिव भए

Posted in नेपाली गीत | Tagged | Leave a comment

अनूदित कथा : भान्का

~एन्तोन चेखब~ अनु : अनिल पोख्रेल भान्का जुकोब, नौ वर्षको एक बालक, जो एल्योहिन भन्ने मोचीकोमा तीन महिनादेखि जुत्ता मर्मत गर्ने काममा अभ्यास गर्दै थियो । क्रिसमसको पूर्वसन्ध्यामा ऊ केही सोचेर बसिरहेको थियो । मालिक–मालिक्नी र तिनका कामदारहरु नआउञ्जेल ऊ … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

नियात्रा : यार्सा जिन्दगी

~भीष्म उप्रेती~ नेपालगञ्जमा जेठको महिना । घाम हुर्हुरी बलेको आगोको डल्लो बनेको थियो । त्यसमाथि अव्यवस्थित शहरमा अव्यवस्थित यातायातका साधनले उडाएको धूलो, धूवाँ र हर्नको चर्को आवाज । दिउँसो बाहिरफेर निस्कन सकिने अवस्थै थिएन । चिसो वातावरण एउटा प्यास बनेको … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : अजम्बरी गीत

~सन्जिव राई~ कविताको आकाशबाट भुर्र उडेर आयो एउटा जुरेली र गाउन थाल्यो जिन्दगीको हाँगामा बसेर… मान्छेलाई मन पर्ने गीतहरू पहिलो अन्तराको पहिलो पङतिबाट उपमा टिप्यो सौन्दर्यले अन्तरालमा क़मशः उमङगको पाइला टेक्दै शिखर चढिरह्यो प्रेम र शान्तिसँगसँगै गीतकै उज्यालो पाएर अनि

Posted in कविता | Tagged | Leave a comment

कविता : भविष्यवाणी

~राजकुमार बगर~ भोलिको कुनै एक दिन मान्छेको देश माछाको देश जस्तै हुनेछ मान्छेको महादेश माछाको महादेश जस्तै हुनेछ र मान्छे माछा जस्तै हुनेछ भोलिको कुनै एक दिन बलिस्ठ माछाहरु माछाकै पसल थाप्नेछन बलिस्ठ माछाहरु माछाकै भोज खानेछन

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : फेसबुक

~टीका बस्नेत~ आज लामो समयपछि फेसबुक खोलेको छु । साथीहरुले पठाएका म्यासेजहरु एकएक गरी पढ्दै अगाडि बढिरहेको छु । मप्रति धेरैकोे गुनासो हुन्छ–सन्देशको प्रतिउत्तर नदिएकोमा । हुन पनि हो करीव दुई महिना अघिदेखि म सम्पर्कविच्छेदको अवस्थामा रहेको छु, फेसबुकको संसारबाट … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : तिमी जलिरहँदा ……….!

~विजया ‘स्मृति’~ दृढविश्‍वास, कर्तव्यनिष्ठ- भई शान्तिको मार्ग रोज्दै कर्मभूमिमा खटिएका तिमी अहोरात्र सेवामै सक्रिय थियौं। वैशाख १२ को विपत्तिमा होस् या कैलाली डुवानमा पर्दा ज्यानको वाजी थापेर रक्षक तिमी नै बनेका थियौं। आन्दोलनको हिंसात्मक ताण्डव नृत्यमा देश डुबिरहँदा

Posted in कविता | Tagged | Leave a comment

कविता : छिमेकीको बलेनीभित्र अटाउँछौ कति ?

~यशोदा पोख्रेल~ झुपडीको मालिक बन्ने रहरमा, छिमेकीको पिछा गर्छौ कति ? छिमेकीको ढुंगा पन्छाउन, आफ्नै झुपडीमा ढुंगा फाल्छौ कति ? ढुङ्गाले थिचिएको झुपडीको, मालिक बनेर गर्छौ के तिमी ? आफ्नो झुपडीको छाना नै धुजा धुजा पारेर ओत लाग्छौ कहाँ तिमी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रा नानीहरुलाई

~मीन बहादुर विष्ट~ तिम्रा नानीहरुलाई देशको नाम भन्न सिकाऊ देशको नाम लेख्न सिकाऊ देशको मानचित्र कोर्न सिकाऊ पाखुराहरुबाट रगतका केही थोपाहरु झिक्दै

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : म बिरामी छु

~भरतकुमार भट्टराई~ साथी ! ओ साथी ! म बिरामी छु साँच्चै साथी म असाध्यै बिरामी छु भुइँचालाले भर्खरै मेरो भकारी रित्तो बनाइदिएको छ सत्ताको हुचिलले दिउँसै देशको भकारी लुटिदिएको छ ठूलाघरेहरूबाट दिनरात गिद्धका तिखा नङ्ग्राहरू प्रदर्शित छन् मेरो प्यारो धर्तीमा … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : मुक्ति प्रसङ्ग

~डा. कविताराम श्रेष्ठ~ बाजा एकतालमा एकैनाशले बजिरहेछ । उसले बाँदरको मुकुण्डो लाएको छ । त्यसैले बाजाको ताल छाडेर नाच्न पनि उ स्वतन्त्र छ । बाँदरको कहाँ कुन निर्दिष्ट ताल हुन्छ र ? दोश्रो कुरा फेरि उसलाई के छ भने उसको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मनको आवाज

~सौरभ कारन्जित ~ मुहारले नभए नि ब्यबहारले पिडा खोल्दछ आवाज नभए नि आंसुले दु:ख ब्यथा बोल्दछ । अरुको दु:ख उसैले बुझ्छ, जस्ले भोगेको हुन्छ कसैको बगेको आंसुले कोही कसैलाई पोल्दछ ।। गलत मित्र लाई लाग्दो हो, सधैं नै जांच्न पाए … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा जीवन गीत

~दिपा राई पुन~ आफ्नै छात्तिको समुन्द्रमा छालहरू उर्लिएर ठोकिएको छ मनको किनारमा चोटको मिठो तरड्ग फैलिएको छ एक पछि अर्को यी सम्झनाहरू नै समयका डोबहरू हुन् आफ्नो अस्तित्वको एक झिल्का आफ्नोत्वको अमिट अभिलेख

Posted in कविता | Tagged | Leave a comment

गज़ल : डसेका डस्यै छन्

~कोमल भट्ट~ छिमेकीहरूले डसेका डस्यै छन् सधैँ तीक्ष्ण छुरी धसेका धस्यै छन् ll निजी स्वार्थ मात्रै छ नेताहरूमा रिझाएर चिल्लो घसेका घस्यै छन् ll

Posted in गजल | Tagged | Leave a comment

कविता : नकाबभित्र ‘तिमी’

~विजया सिम्खडा~ छरपष्ट छन् भत्किएका जीवनहरु बिना जगको भव्य महलको कल्पनामा जान्दिन म, कठै जिउछन कसरी खोक्रिएको अजीर्ण त्यो कल्पनामा ढलिसक्यो अगावै तिम्रो आडम्वर पनि

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : मनका तरंगहरू — पाल्पाली माटोका कविता

~देवेन्द्र पौडेल~ मोफसलबाट विभिन्न बान्कीका छन्दोबद्ध कविताको सँगालो पस्केर पहिलोपटक काव्य फाँटमा देखा परेका छन् सरोजप्रसाद नेपाल । राष्ट्रप्रतिको असीम माया, जीवनप्रतिको अथाह प्रेम, जीवन भोगाइका तीतामीठा पल, प्रकृतिप्रेम, मानवता र लोककल्याणकारी शान्ति समर्पित आत्मज्ञानलाई मुख्य रूपमा मनका तरंगहरूले प्रतिविम्बित … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

Story : The Cruel Rule of Economics

~Bishwaraj Adhikari~ My friend and I were riding horse while the owner of the horse was holding the bridle and walking behind us. It wasn’t a pleasant journey for me. As a soft hearted person, I could barely tolerate the … Continue reading

Posted in Story | Tagged | Leave a comment

संस्मरण : स्कुल हडताल अनि सांस्कृतिक क्रान्ति

~जीवन क्षेत्री~ पारिपट्टि बारीको डिलमा हेडसर र टुकनाथ सर देखा पर्नुभयो । मेरो मुटु काँप्यो । म ऊबेला त्यसै पनि काफर थिएँ तर यति सारो मुटुचाहिँ अरू बेला विरलै काँप्थ्यो । सरलाई देख्दा विद्यार्थी डराउनु अनौठो होइन । अझ हातमा … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

अनूदित छोक : कुर्सी

~गोरख पांडेय~ अनु : चन्द्र गुरुङ जबसम्म ऊ भुइँमा थियो कुर्सी नराम्रो थियो कुर्सी पाउने बित्तिकै उसलाई

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : माटोको चित्कार

~मिरा प्रसाई शर्मा~ रोईरहेको सहिदको आँशुले पोल्नु पोल्यो लोकतन्त्रका लागि निमोठिएका चित्कारहरुले मात्रीवात्सल्य च्वास्स च्वास्स घोच्यो । विश्वाश दुर्घटित भएर मेरो देशको माटो आशुमा लपेटिएकोछ । शान्तिको सागरमा रगताम्मय सुनामी उर्लिएर बगाई रहेकोछ मेरो देश् निरन्तर् म भित्रको मात्रीत्वको निर्मम … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : म बिदा भएँ

~कृष्ण प्र. पाण्डे~ के यसरी भनिन्छ ? म बिदा भएँ जान दिउँ या रोकुँ दुविधा भएँ गए यदि छोडेर दोधारै तिमी म के सोचुँ छ बन्धन या रिहा भएँ

Posted in गजल | Tagged | Leave a comment

कथा : छिमेकीहरु शीत चाट्छन्, तर हामीले छोएको पानी पिउँदैनन्

~विपुल सिजापति~ ‘बा sss आज पनि पँधेराँ मलाई अलग्गै राखेर भाँडा थाप्न लाए ।’ सँगै सुतेको छोराको कुरालाई जुठेले वास्ता गरेन, केवल कपाल सुम्सुमाइ रह्यो । ‘बा sss, हाम्लाई ईनारबाट पानी झिक्न किन दिँदैनन् ?’ यो प्रश्नले पनि छोराको शिरमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पृथ्वीको छायाँ

~राशि पाण्डे~ आकाश रातो हुन लगेको छ आकाशमा आगो लागेको छ यो सूर्योदय वा सूर्यास्तको लाली होइन नवविवाहिताको सिउँदोमा घोप्टाइएको सिँदुर पनि होइन वसन्तपूर्णेको उल्लासपूर्ण

Posted in कविता | Tagged | Leave a comment