Tag Archives: sangrahalaya

कथा : उसको आत्मकथा

~खेमलाल पहारी~ थाह छैन, यहाँ नल्याइएको भए म आज कहाँ हुन्थें, के गर्थें वा म आजसम्म हुन्थें कि हुँदैनथें| मेरी आमाले मलाई यसै सहरको कुनै कुनामा जन्म दिएकी थिईन् रे| मेरो जन्मदाता- मेरा पिता म आमाको गर्भमा रहेकै पल बिरानो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित लघुकथा : नोट

~अवधेश कुमार~ अनु : लक्ष्मण अर्याल उनले मेरो आँखै अगाडि सय रुपियाको नोट हल्लाउंदै भने – यो कविकल्पना होइन यही दुनियाँको सत्य हो | म यसलाई जमीनमा रोप्छु अनि देख्नेछौ रुपियाको बाली लहलहाउनेछ | मैले त्यस नोटलाई कौतुहल र उत्सुकताका … Continue reading

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

कथा : शत्रु

~विश्वेश्वरप्रसाद कोइराला~ ‘आँखामा राखे पनि नबिझाउने’ भन्ने उखान कसैको निमित्त उपयुक्त हुन्थ्यो भने कृष्ण रायको निमित्त हुन्थ्यो । ४५ वर्षका कृष्ण राय गाउँका सबभन्दा भद्र मानिस थिए । तिनले यता १०/१२ वर्षदेखि गाउँभन्दा बाहिर पाइलो राखेका थिएनन्; यसैबाट तिनको शान्त … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : मनको पिर धुन्न

~भूपेन्द्र महत~ धोकामा जलेको मन कसै गरी थिर हुन्न जति दले नि साबुनले मनको पिर धुन्न माया जोडेर तिमीलाई दिल सुम्प्या थिएँ सिपालु रहिछौ नि त्यहि दिलमा झिर उन्न

Posted in गजल | Tagged | Leave a comment

गजल : र टेक्यौ जलाई

~विजय योजीत~ जलें हूँ म काँटी र टेक्यौ जलाई बुझें जिन्दगानी छ जस्तै सलाई ! निभायौ तिमीले कि आँधी चलेथ्यो थिएँ या म आफैं मधूरो बलाई !

Posted in गजल | Tagged | Leave a comment

कविता : न अमेरिकन भए न नेपाली भए

~राकेश कार्की~ कुर्सीको मोह हुनेहरु अध्यक्ष भए बचेका खुचेका सबै उपाध्यक्ष भए पैसा पैसा भन्ने कोषाध्यक्ष भए कुनै न कुनै पदका दक्ष भए न अमेरिकन भए न नेपाली भए एउटा न एउटा संस्था खोली भए

Posted in कविता | Tagged | Leave a comment

गीत : किन आउँथ्यो याद तिम्रो

~रामनाथ घिमिरे~ किन आउँथ्यो याद तिम्रो भूल्न सक्या भए तिमी जस्तै अर्कै दिलमा, फूल्न सक्या भए प्रीत रोपी फूल रोपेर, नगोडेको भए फूलेपछि बगरमा, नछोडेको भए छेपारोले जस्तै रंग फेर्यौ बेइमानी धनकै लागि विश्वासघात गर्यौ बेइमानी आज तिमीले मेरो साथ … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : वास्तविक रूप

~सिन्धु गौतम~ बिहान दस बजे सबैजना आ-आफ्नै काममा तल्लीन हुन्छौँ । सबैलाई एकआपसमा गुडमोर्निङ भन्नेबाहेक अरू फुर्सद हुँदैन तर दिउँसोको करिब एक घण्टा हामी सबै मन खोलेर कुरा गछौँ । त्यतिबेला हामी सधैँ छुट्टाछुट्टै विषयमा बहस गर्छौं । कहिलेकाहीँ त … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : हाम्रो दायित्व

~देवी नेपाल~ भन्छन् देश डुब्यो डुबे नि पहरा, पाखा र झर्नाहरू भन्छन् भेष म¥यो मरे नि मनका भाका र आशाहरू ढल्दै छन् इतिहासका धरहरा आदर्श ढल्दै गयो गिर्दो यो गरिमा उठाउनु छ है दायित्व हाम्रै त हो । फोस्रा ढोँग … Continue reading

Posted in कविता | Tagged | Leave a comment

स्वदेश गान : बस्छु म त हिमालको छायाँमा

~प्रेम विनोद नन्दन बस्छु म त हिमालको छायाँमा गाउँछु गीत नेपालको मायामा कहीं छैन यो हसिलो हिमालझैं हाम्रो कहीं छैन यो रसिलो नेपालझैं राम्रो जहा जाऊँ अति लाग्छ यो नेपाली माया

Posted in स्वदेश गान | Tagged , | Leave a comment

कविता : याद

~जे पि दाहाल~ तिमी कहाँ जाने होला,म कहाँ जाने हो दोवाटोमा भेट भयो,माया केलाई लाउने हो । भन्दछैं भने लाउ माया,भेट हाम्रो हुने छैन दुई क्षितिजमा बसी, अब म’त रुने छैंन ।। तरङ्ग नै हाम्रो मुटु, आवाज नै मिलन मानौं … Continue reading

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : पुतलीको मामाघर

~रत्‍न प्रजापति~ छोरी पुतली फूलको रस खाँदै थिइन् । आमा पुतली पनि सँगैको फूलमा बसेर रस खाँदै हुनुहन्थ्यो। फूलको रस खाँदाखाँदै छोरी पुतलीले भनीन्, ‘आमा, हामी कहिले मामाघर जाने?’ छोरी पुतलीसँगै बसेर फूलको रस खाँदै आमा पुतलीले भन्नुभयो, ‘अब हामी … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

गीत : एक अँजुली घाम

~हिरण्य भोजपुरे~ आस्थाको मान्द्रोमा सुकाएको छु एक अँजुली घाम

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : दर्शकजस्तै भएर

~रूपेश श्रेष्ठ~ आकांक्षाको झिसमिसे क्षितिजको पृष्ठभूमि, क्षितिजको केन्द्रमा प्रसँगको केन्द्रीय पात्र, सजीव पात्र, आशाको दिप्तीले प्रफुल्ल ज्योति, इन्द्रेणी-वादल-सूर्य-चन्द्र-ताराहरु-खोला-नदि नाला-बोटबुट्यानजस्ता प्रकृतिका सुन्दर अवयवहरुको चित्ताकर्षक अनि उत्कृष्ट समायोजन। शेक्सपीयरियन परिभाषाको साँचोमा ढालिएको जीवनको अजीव तर यथार्थ चित्रण, मेरो कथामा आधारित नाटकको यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : म छिट्टै आउने छु

~बाबु लामा~ मलाई सम्झी नरुनु है आमा म फर्की आउने छु ! हलो र जुवा काँधाम बोकी आफ्नै खेत बारी धाउन छु ! असारे गीत गाउदै फेरी मर्सी धान लाउने छु ! त्यो तिम्रो हातले पकाएर दिएको

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : नियती

~दयामोहन आचार्य~ पहरो फोर्ने भन्छन् तर त्यो पतक्कै नुग्ने गलको के काम हेर्दा त नमुना छ तर दर्शक बिनाको सिने घरको के काम जनतालाई यसरी नै फुस्रो आश्वासन बाढि रहने हो भने जनताको विश्वास टुटे त्यो राजनीतिक दलको के काम

Posted in गजल | Tagged | Leave a comment

कविता : म सगरमाथा

~बासु श्रेष्ठ~ सागरलाई थिचेर अनि सगरलाई चिरेर बसेको छुँ साँधमा नेपाललाई बेरेर उमेर बढ्छ जसै जसै बढ्दो छ वैंश उति नै साहस हुन्छ झन् झन् दरिलो विपत परोस् जति नै चुनौती बनेको छुँ विश्वलाई हाँक दिन्छु सबलाई वायू शीत हिउँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : कहिलेकाहीं म हाँस्छु

~नीर शाह~ कहिलेकाहीं म हाँस्छु धेरै बेर हाँस्छु जो हाँसिरहेछन् केवल उनीहरु माझ हाँस्छु न त कहिले कसैले सोधे न त मैले कसैलाई सुनाएँ आफ्नो जीवनका पीडाहरुलाई कहिलेकाहीं रिसाउँछु आगो भई रिसाउँछु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : रुन्छु म त यथार्थमा

~सरस्वती शर्मा ‘जिज्ञासु’~ मिलनलाई कल्पी कल्पी रुन्छु म त यथार्थमा भेटिएकै अमूल्य क्षण बुन्छु म त यथार्थमा तिम्रो यादमा बिक्षिप्त भई कल्पनामा हराउँदै उर्लिदिन्छ प्यारको भेल चुम्छु म त यथार्थमा

Posted in गजल | Tagged | Leave a comment

गजल : यतिकै मिठा लाग्छन्

~निशा प्रतीक्षित~ कुनै कुनै प्रेम कहानी यतिकै मिठा लाग्छन् अधुरा ती रहर सबै अधुरै मिठा लाग्छन् भेट्नु छुट्नु जिन्दगीको रित भन्छु मैले पनि कहिलेकाहीँ सम्बन्ध टाढा-बाटै मिठा लाग्छन्

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : ग्रामीण वर्गसंघर्षमा सुन्तिसलाल कारवाही

~श्यामकुमार बुढामगर ‘चिन्तन’~ समयले आज हामीलाई जुन ठाउँमा उभ्याएको छ र भोलि कहाँ पु-याउँछ ? त्यो कुरा अहिल्यै भन्न सकिन्न । आजका मितिसम्म हामी जे छौं र भोलि के हुन्छौं ? त्यो पनि भन्न गाह्रो छ । जीवन संघर्षको मोडहरुले … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : जीवन किन यस्तो ?

~ज्योतिराज अधिकारी~ जसै गरी पनि शान्त नहुने मानव मन जता गए पनि बिक्षीप्त के को जिजिबिसा झन अन्तमा के छ यहाँ मन को शान्ती जहाँ प्रप्ती लाई नियलेर नबुझ्ने दिमगी असोस्थता यहाँ ! एक दुई र तीन पाइला बढ्दा खुशी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

Translated Story : The Cases

~Biswambhar Chanchal~ Trans : Mahesh Paudyal ‘Prarambha’ A filed a case against B. C said, “You did the right thing. I knew it beforehand that B would do such a bad thing against you.” The issue didn’t have anything special … Continue reading

Posted in Translated Story | Tagged , | Leave a comment

कविता : कोसिस गरेर त हेरौं

~सुरेन्द्र रजौरा~ जीवनको उकाली ओरालीहरुमा अनि हरेक रड. तरङ्गहरुमा अनावश्यक आपत्ति र विपत्तिहरु आइपर्ने हरेक मोडहरुमा एक्लै तिमी मात्र होइन तिमी जस्तो हजारौ अनि

Posted in कविता | Tagged | Leave a comment

कविता : शब्दपीडा

~विप्लव ढकाल~ … शब्दको भीरबाट लडिदिन्छु कि शब्दकै अग्निकुण्डमा हाम्फाल्छु ! कि शब्दको तीरले घोचिन्छु कि शब्दकै तुइनमा झुण्डिएर तर्छु दुःखको कर्णाली ! ….. शब्दद्वारा कुटिएर मर्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : आगोले जन्मोत्सव मनाउँदैन’बाट

~भूपाल राई~ त्यागेर आफ्नो सनातन गद्दी राज्य हाँक्न निस्किएको कुनै मध्ययुगीन राजकुमारजस्तै अचानक निस्किएको छ यात्रामा एउटा त्रिकोण झण्डा थाहा छैन कुन राज्य हाँक्नु छ झण्डालाई ? अथवा टेक्नु छ निरपेक्ष दुबोहरुको पहिचान ! र निस्किएको छ यसरी

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : शम्भवामी युगेः युगेः

~पेशल आचार्य~ युग अनुसारका खोजी हुन्छन् । वैदिक युगमा दर्शनको खोजी भएथ्यो । उत्तरवैदिक युगमा भक्ति र द्वन्द्वको खोजी भयो । रामायणले भक्ति र महाभारतले खोजेको द्वन्द्वमय गूढ रहस्यका बारे यद्यपि खोजीको विषयातिरेक हुन सक्छ या सक्दैन विद्वत् वर्गबाट सन्धान … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : भूँचालोपछि धरान

~चन्द्र घिमिरे~ घर–घरलाई सख्खारै मन्त्र फुक्न कंगारुझैँ गुड्कँदै आउँथ्यो सूर्य ऊ रैनछ अब । फकलैण्डमा लडेको कप्तान र थियो छातीमा तक्मा ऊ पनि रैनछ अब ।

Posted in कविता | Tagged | Leave a comment

कविता : धमिलो सम्झना

~अनिल थापा~ हरेक बिहान आँखा मिच्दै गणित किताब पल्टाएर मयूरको प्वाँख नाप्दै वर्षौँसम्म बढ्ने अभिलाषा मनमा च्यापेर जिन्दगीको गणितका धेरै अंक मेटिइसक्दा पनि उभिरहेको थिएँ तिमीले दिएको मयूरको प्वाँखसँगै तिम्रो प्रेम कुरेर । बिजुली, पानी, गास, बास, पुर्‍याइदिन्छु भन्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : डर नमानेर पो के गर्नु र ?

~विमल कोइराला~ जब शान्त स्वरहरू आक्रामणमा पर्छन् जब दूधे बालक पनि घाँटी निमोठ्याइमा पर्छ जब मौन बहुमतमाथि हल्लाखोर अल्पमतले शासन चलाउँछ जब नम्र शरीरहरूमाथि हिंस्रकले डण्डा बर्साउँछ जब व्यस्त सहर पनि जङ्गलमा अनूदित हुन्छ असुरक्षित वातावरणमा कसको पो भर हुन्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म सरकारी जागिरे

~नारायण रेग्मी~ अरुले ब्रेकफास्ट गर्नेबेला, म दाल र भात पेटमा घुसारी घाम रापीलो नबन्दै कार्यालय पुग्छु भित्ते बिजुली बाकसमा ल्याप्चे लगाउँछु किनकि ! म लोकतन्त्रको सरकारी जागिरे हुँ। अरुले परमेश्वरको किर्तन गर्नेबेला, म धुलोले सेताम्मे भएका काला जुत्ता कपडाले पुछ्दै

Posted in कविता | Tagged | Leave a comment

लघु कथा : छोरीको कोशेली

~आचार्य प्रभा~ उस्ले बडो आनन्द र गर्वको साथ भन्दैथियो ।”मेरी छोरी एयरहोस्टेज हुँदा त मैले ब्ल्याक लेबल र रेड लेबल त कत्ती खाएँ,खाएँ । बिदेश जाँदै पिछे ल्याइेदिने । जे होस् व्हिस्की र ब्राण्डी त धित मरुन्जेल नेपालमा हुँदा नै … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment